परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७९

परमेश्‍वरले सबै कुराको सृष्टि गर्नुभएदेखि नै ती सबै चिजहरू उहाँले तय गर्नुभएका नियमका आधारमा उपयुक्त तवरले काम गरिरहेका छन् र नियमित रूपमा निरन्तर चलिरहेका छन्। उहाँको दृष्टि र उहाँको नियमको छत्रछायामा मानव जाति बाँचिरहेको छ र सबै चिजहरू व्यवस्थित रूपमा निरन्तर विकसित भइरहेका छन्। यी नियमहरू परिवर्तन गर्न वा नष्ट गर्न सक्ने कोही छैन। यसको कारण के हो भने परमेश्‍वरका नियम अनुसार सबै वृद्धि हुँदै जान्छन् र उहाँको नियम र व्यवस्थापनका कारण सबै जीवहरू बाँच्न सक्छन्। यसको अर्थ यो हो कि परमेश्‍वरको नियमका आधारमा नै रीतपूर्वक सबै प्राणीहरू अस्तित्वमा आउँछन्, तिनीहरूको वृद्धि-विकास हुन्छ, हराएर जान्छन्, र तिनीहरूको पुनर्जन्म हुन्छ। जब वसन्त ऋतुको आगमन हुन्छ तब झरीले स्वच्छ मौसमको अनुभूति गराउँछ र धर्तीलाई भिजाउँछ। जमिन नरम हुन थाल्छ, र जमिनबाट घाँस उम्रिन थाल्छ र बिस्तारै-बिस्तारै रूखहरू हरिया हुँदै जान्छन्। यी हरेक जीवित प्राणीहरूले पृथ्वीमा स्वच्छ नयाँ जीवनशक्ति ल्याउँछन्। जब सबै प्राणीहरू अस्तित्वमा आउँछन् र तिनीहरूको वृद्धि-विकास हुँदै जान्छ तब यस्तै देखिन्छ। वसन्तको न्यानो अनुभव गर्न र नयाँ वर्षको शुभारम्भ गर्न सबै प्रकारका जनावरहरू आ—आफ्नो आश्रय स्थलबाट बाहिर निस्कन्छन्। सबै प्राणीहरू ग्रीष्म ऋतुको न्यानो ताप्छन् र यस ऋतुको न्यानोपनमा आनन्दित हुन्छन्। तिनीहरू द्रुत गतिमा बढ्छन्। रूखहरू, घाँस र सबै प्रकारका बोट-बिरुवाहरू तीव्र गतिमा बढ्छन् र अन्त्यमा तिनीहरू फुल्छन् र फल दिन्छन्। ग्रीष्म ऋतुमा मानवसहित सबै प्राणीहरू निकै व्यस्त रहन्छन्। वर्षा ऋतुमा वर्षातले शरद ऋतुको शीतलतालाई स्वागत गर्न थाल्छ अनि सबै प्रकारका जीवित प्राणीहरूले अन्नबाली भित्र्याउने समयको आगमनको अनुभूति गर्न थाल्छन्। हरेक वनस्पतिमा फल लाग्न थाल्छन् र मानिसहरू शिशिरको तयारीका लागि यी विभिन्न प्रकारका फलहरू भित्र्याउन थाल्छन्। शिशिर ऋतुमा सबै प्राणीहरू शान्तपनमा चुपचाप बस्नुका साथै चिसो मौसमसँगै आराम गर्न थाल्छन् र यस मौसममा मानिसहरूले पनि विश्राम लिन्छन्। वसन्तदेखि ग्रीष्म, वर्षातदेखि शिशिर हरेक ऋतुहरूका यी सबै परिवर्तनहरू परमेश्‍वरद्वारा स्थापित नियमअनुसार भइरहन्छन्। उहाँले हरेक चीजको नेतृत्व गर्नुहुन्छ। यी नियमहरूको प्रयोग गर्दै उहाँले सबै कुराहरूलाई साथै मानवजातिलाई नेतृत्व गर्नुहुन्छ र तापक्रम र मौसमअनुसार फरक रहेको वातावरणलाई अस्तित्वको लागि तयार गर्दै, मानव जातिका लागि एक सम्पन्न र रङ्गीन जीवन मार्ग तयार गर्नुभएको छ। यसकारण अस्तित्वका लागि निर्मित यस प्रकारको वातावरणमा मानव जाति व्यवस्थित रूपमा बाँच्न र आफ्नो वंश विकास गर्न सक्षम हुन्छ। मानव जातिले यी नियमहरू परिवर्तन गर्न सक्दैनन् र कुनै पनि व्यक्ति वा प्राणीले यो नियम उल्‍लङ्घन गर्न सक्दैन। संसारमा अनगिन्ती परिवर्तनहरू आएका छन्। समुन्द्रहरू मैदान भएका छन् भने मैदानहरू समुन्द्रमा परिणत भएका छन्। तथापि यी नियमहरू निरन्तर लागू भइरहेका छन्। यी नियमहरू अस्तित्वमा छन् किनभने परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, र उहाँको शासन र उहाँको व्यवस्थापनका कारण सबै चीज अस्तित्वमा छन्। यस प्रकारको क्रमबद्ध र वृहत् वातावरणमा यी नियम र शासनसँगै मानव जीवन अगाडि बढिरहन्छ। यी नियमहरूका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता चलेका थिए र यिनै नियमका अधीनमा मानव जातिका पुस्तौँ-पुस्ता अस्तित्वमा रहेका छन्। मानिसले बाँच्नका लागि यो व्यवस्थित वातावरणका साथै परमेश्‍वरद्वारा सृजित सबै थोकहरूको आनन्द पुस्तौँ-पुस्तादेखि लिइरहेका छन्। यद्यपि मानिसहरूलाई लाग्न सक्छ कि यस प्रकारका नियमहरू जन्मजात बनेका हुन् र तिनीहरूले यिनीहरूलाई सामान्य रूपमा लिन्छन्। परमेश्‍वरले यी नियमहरू बनाइरहनु भएको छ, जेसुकै भए तापनि यी नियमहरूमाथि परमेश्‍वरले योजनाबद्ध कार्य गरिरहनुभएको छ र परमेश्‍वर यस अपरिवर्तनीय कार्यमा लागिरहनु भएको छ भन्ने कुरा उनीहरूले महसुस गर्न सक्दैनन्। यस अपरिवर्तनीय कार्यमा उहाँको उद्देश्य भनेको मानव जातिको अस्तित्वको रक्षा गर्नु हो ता कि मानव जाति सँधैभरि बाँचिरहोस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ९

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९८

आज, म चीनमा परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०९

परमेश्‍वरमा विश्‍वास राख्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँगको सामान्य सम्बन्धका विषयमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। यदि परमेश्‍वरसँग...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४५

यदि आखिरी दिनहरूको अवधिमा मुक्तिदाता आउनुभयो भने र अझै येशू नै कहलाइनुभयो भने र फेरि एक पटक यहूदियामा नै जन्मनुभयो र उहाँको काम त्यहाँ नै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्