परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६३

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने प्रमुख छ वटा चलाखीहरू छन्।

पहिलो भनेको नियन्त्रण र दबाब हो। अर्थात्, तेरो हृदयलाई नियन्त्रण गर्नको लागि शैतानले सम्‍भव भएको जेसुकै गर्नेछ। “दबाब” भनेको के हो? यसको अर्थ तैँले त्यसको आज्ञापालन गरिनस् भने आउने परिणामहरूको बारेमा तँलाई सोच्‍ने तुल्याउँदै तँलाई त्यसको आज्ञापालन गर्ने तुल्याउनको लागि धम्कीपूर्ण र जबरजस्ती रणनीतिको प्रयोग गर्नु भन्‍ने हो। तँ त्यसको अवज्ञा गर्न डराउँछस् र आँट गर्दैनस्, त्यसकारण तँ त्यसमा समर्पित हुन्छस्।

दोस्रो भनेको धोका र छल हो। “धोका र छल” ले के कुरालाई संलग्न गर्दछ? शैतानले तँलाई ती विश्‍वास गर्ने तुल्याउन केही कथा र झूटहरू बनाउँदछ। मानिसलाई परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो भनेर त्यसले तँलाई कहिल्यै भन्दैन, न त त्यसले सीधै तँलाई तँ परमेश्‍वरद्वारा सृष्टि गरिएको होइनस् भनेर नै भन्छ। यसले “परमेश्‍वर” भन्‍ने शब्‍दको प्रयोग गर्दै-गर्दैन, बरु यसको सट्टामा अर्को कुनै कुराको प्रयोग गर्छ, यसरी परमेश्‍वरको अस्तित्वको बारेमा तँलाई आधारभूतरूपमा केही थाहा नै नहोस् भनेर तँलाई धोका दिनको लागि यो कुराको प्रयोग गर्छ। अवश्य नै, यो “चलाकी” मा यो मात्रै होइन, धेरै पक्षहरू समावेश हुन्छन्।

तेस्रो भनेको जबरजस्ती सैद्धान्तिकरण गर्नु हो। मानिसहरूलाई केद्वारा जबरजस्ती सैद्धान्तिकरण गरिन्छ? के जबरजस्ती सैद्धान्तिकरण मानिसको आफ्‍नै निर्णयद्वारा गरिन्छ? के यो मानिसको सहमतिमा गरिन्छ? त्यसरी अवश्य नै गरिँदैन। तैँले सहमति जनाइनस् भने पनि, तैँले यसको बारेमा गर्न सक्‍ने केही छैन। तेरो अनभिज्ञतामा, शैतानले त्यसका विचारहरू, जीवन सम्‍बन्धी त्यसका नियमहरू र त्यसको सार तँमा हालिदिँदै, त्यसले तँलाई सैद्धान्तिकरण गर्छ।

चौथो भनेको डरधम्की र छलछाम हो। अर्थात्, तँलाई शैतानले त्यसलाई स्वीकार गर्न, त्यसलाई पछ्याउन, र त्यसको सेवामा काम गर्न लगाउनको लागि विभिन्‍न चलाकीहरूको प्रयोग गर्छ। त्यसका लक्ष्यहरू हासिल गर्नको लागि त्यसले जेसुकै गर्नेछ। यसले कहिलेकाहीँ तँलाई सानो निगाह प्रदान गर्छ, यस क्रममा तँलाई लोभ्याएर पाप गर्न लगाउँछ। यदि तैँले त्यसलाई पछ्याएनस् भने, त्यसले तँलाई कष्ट दिन्छ र दण्ड दिन्छ, अनि तँलाई आक्रमण गर्न र तँविरुद्ध षड्यन्त्र गर्नको लागि विभिन्‍न तरिकाहरूको प्रयोग गर्छ।

पाँचौँ धोका र पक्षाघात हो। “धोका र पक्षाघात” भनेको जब शैतानले मानिसहरूको देहगत अवस्था, तिनीहरूको जीवन र भविष्यको बारेमा त्यो चिन्तित छ भन्‍नेजस्तो तुल्याउनको लागि मानिसहरूका धारणासँग मिल्‍ने र विश्‍वासलाग्दो सुनिने मीठा शब्‍द र विचारहरू मानिसहरूमा घुसाउँछ, जब वास्तविकतामा त्यसको एकमात्र लक्ष्य भनेको तँलाई मूर्ख तुल्याउनु भन्‍ने हुन्छ। त्यसपछि तँलाई सही के हो र गलत के हो भन्‍ने थाहा नहोस् भनेर, तँलाई अनजानमा छल गर्न सकियोस् र तँ त्यसको नियन्त्रणमा आउन सक् भनेर, त्यसले तँलाई पक्षाघात तुल्याउँछ।

छैटौं भनेको शरीर र मनको विनाश हो। शैतानले मानिसको कुन भागलाई नष्ट गर्छ? तँलाई विरोध गर्न नसक्‍ने तुल्याउनको लागि शैतानले तेरो मन नष्ट गर्छ, अर्थात् तेरो इच्‍छा विपरीत अलि-अलि गर्दै तेरो हृदय शैतानतर्फ फर्कन्छ। आखिरमा तैँले उप्रान्त असल व्यक्ति बन्‍ने इच्‍छा नगरोस्, उप्रान्त तैँले “धार्मिकता” भनी भन्‍ने गरेको कुराको लागि खडा हुने इच्‍छा नगरोस् भनेर, तेरो इच्‍छालाई अलि-अलि गर्दै कमजोर तुल्याउँदै, तँलाई प्रभाव पार्न र तयारी गर्नको लागि प्रत्येक दिन यी विचार र संस्कृतिहरूको प्रयोग गर्दै, त्यसले तँमा यी कुराहरू हरेक दिन हालिदिन्छ। अनजानमै, तँसँग उप्रान्त प्रवाहको विरुद्ध पौडने इच्‍छा शक्ति हुँदैन, बरु तँ यसैसँग बग्छस्। “विनाश” भनेको मानिसहरू उप्रान्त मानव होइन बरु तिनीहरूको आफ्‍नै छाया बनून् भनेर शैतानले तिनीहरूलाई अत्यन्तै कष्ट दिनु भन्‍ने हो। शैतानले तिनीहरूलाई प्रहार गरेर कब्‍जा गर्ने र निल्‍ने बेला यही हो।

मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने यी हरेक चलाकीहरूले मानिसलाई विरोध गर्नै नसक्‍ने तुल्याउँछ; मानिसको लागि तीमध्ये कुनै पनि घातक हुनसक्छ। अर्को शब्‍दमा भन्दा, शैतानले जे गर्छ र त्यसले जुन चलाकी प्रयोग गर्छ, त्यसले तँलाई पतित तुल्याउन सक्छ, तँलाई शैतानको नियन्त्रणमा ल्याउन सक्छ र तँलाई दुष्टता र पापको दलदलमा फसाउन सक्छ। मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने चलाकीहरू यिनै हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५८

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले सामाजिक प्रचलन प्रयोग गर्छ शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १७

परमेश्‍वरले वर्तमानको दिनसम्म आफ्नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि पहिले नै आफ्ना धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९३

परमेश्‍वरका आशिष्‌हरू उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्