परमेश्वरका दैनिक वचनहरू: बाइबल सम्बन्धी रहस्यहरू | अंश २६९
बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैंले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैंले अनुग्रहको युगको अवधिमा पुरानो करारको...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तेस्रो तरिका परम्परागत संस्कृति हो। परम्परागत संस्कृति र अन्धविश्वासको बीचमा विभिन्न समानताहरू छन्, तर भिन्नता के हो भने परम्परागत संस्कृतिमा निश्चित कथा, उपमा, र स्रोतहरू हुन्छन्। शैतानले मानिसहरूमा परम्परागत संस्कृति वा अन्धविश्वासका व्यक्तित्वहरूको गहन छाप छोड्न विभिन्न लोक कथा वा इतिहासका पुस्तकहरूमा देखा पर्ने कथाहरूको कल्पना र प्रतिपादन गरेको छ। उदाहरणको लागि, चीनमा “समुद्र तर्ने आठ जना अविनाशीहरू,” “पश्चिमतर्फको यात्रा,” सम्राट जेड, “अजिङ्गर राजालाई जित्ने नेझा,” र “देवताहरूको अभिषेक” जस्ता लोक कथाहरू छन्। के यिनले मानिसको मनमा गहिरो जरा गाडेका छैनन् र? तिमीहरूमध्ये कतिलाई यिनको विवरण थाहा नभए पनि, तिमीहरूलाई समग्र कथा थाहा छ, र तेरो हृदय र मनमा टाँस्सिने भनेको समग्र विषयवस्तु नै हो, यसरी तैँले तिनलाई बिर्सन सक्दैनस्। शैतानले धेरै पहिले नै मानिसका निम्ति तयार गरेका विभिन्न विचार वा दन्त्यकथाहरू यिनै हुन्, र फरक-फरक समयमा यसको प्रचार-प्रसार भएको छ। यी कुराहरूले प्रत्यक्ष रूपमा मानिसहरूको प्राणलाई हानी र नष्ट गर्छन् अनि मानिसहरूलाई एकपछि अर्को गरी मन्त्रमुग्ध पार्छ। भन्नुको अर्थ, तैँले त्यस्ता परम्परागत संस्कृति, कथाहरू, वा अन्धविश्वासका कुराहरूलाई स्वीकार गरिसकेपछि, ती तेरो मनमा स्थापित भइसकेपछि, र ती तेरो हृदयमा बसिसकेपछि, तँ मन्त्रको बन्धनमा परेको जस्तै हुनेछस्—तँ यी परम्परागत फन्दाहरू, यी विचार र परम्परागत कथाहरूको जालमा पर्छस् र त्यसकै प्रभावमा हुन्छस्। तिनले तेरो जीवन, जीवन सम्बन्धी तेरो दृष्टिकोण, र कुराहरूप्रतिको तेरो मूल्याङ्कनलाई प्रभाव पार्छन्। त्योभन्दा पनि बढी जीवनको साँचो मार्गको तेरो खोजीलाई तिनले प्रभाव पार्छन्: यो वास्तवमा नै दुष्ट मन्त्र हो। तैँले जसरी प्रयास गरे पनि, तैँले तिनलाई हटाउन सक्दैनस्; तैँले तिनलाई काट्छस् तर काटेर ढाल्न सक्दैनस्; तैँले तिनलाई प्रहार गर्छस् तर प्रहार गरेर तैँले तिनलाई धपाउन सक्दैनस्। यसको साथै, मानिसहरू अनजानमा यस प्रकारको मन्त्रमा परिसकेपछि, तिनीहरूले आफ्नो हृदयमा शैतानको स्वरूपलाई जगेर्ना गरेर अनजानमै शैतानको पूजा गर्न थाल्छन्। अर्को शब्दमा भन्दा, तिनीहरूले शैतानलाई तिनीहरूको मूर्ति, तिनीहरूले आराधना गर्ने र आदरको साथ हेर्ने वस्तुको रूपमा स्थापना गर्छन्, यहाँसम्म कि तिनीहरूले यसलाई परमेश्वरकै रूपमा लिन्छन्। अनजानमा, यी कुराहरूले मानिसहरूको बोलीवचन र कार्यहरूलाई नियन्त्रण गर्दै ती तिनीहरूको हृदयमा बस्छन्। यसको साथै, सुरुमा तैँले यी कथा र दन्त्यकथाहरू झूट हुन् भन्ने ठान्छस्, तर अनजानमै तिनीहरूलाई वास्तविक व्यक्तिहरू ठान्दै र तिनीहरूलाई वास्तविक, अस्तित्वमा रहेका थोकहरूका रूपमा परिवर्तन गर्दै तँ तिनीहरूका अस्तित्वलाई स्वीकार गर्छस्। तेरो अनभिज्ञतामा, तैँले यी विचारहरूलाई र यी कुराहरूको अस्तित्वलाई अवचेतन रूपमा ग्रहण गर्छस्। तैँले अवचेतन रूपमा दियाबलसहरू, शैतान, र मूर्तिहरूलाई तेरो आफ्नै घरमा र तेरो आफ्नै हृदयमा ग्रहण गर्छस्—यो वास्तवमा मन्त्र नै हो। के यी शब्दहरूले तिमीहरूलाई छोयो? (छोयो।) के तिमीहरूमध्ये कसैले बुद्धको लागि धूप बालेका र त्यसको पूजा गरेका छौ? (छौँ।) त्यसो भए, धूप बाल्नु र बुद्धको पूजा गर्नुको उद्देश्य के थियो? (शान्तिको लागि प्रार्थना गर्नु।) अहिले विचार गर्दा, शान्तिको लागि शैतानलाई प्रार्थना गर्नु कति मूर्खतापूर्ण थियो होइन र? के शैतानले शान्ति ल्याउँछ? (ल्याउँदैन।) के तिमीहरू त्यो बेला कति अनजान थियौ सो देख्छौ? त्यस किसिमको बानीबेहोरा मूर्ख, अज्ञानी र अबुझ हो, होइन र? शैतानले तँलाई कसरी भ्रष्ट तुल्याउने भन्ने बारेमा मात्रै चासो राख्छ। शैतानले तँलाई शान्ति दिन सक्दैन, केवल अस्थायी सहजता मात्रै दिन सक्छ। तर यो सहजता प्राप्त गर्नको लागि तैँले भाकल गर्नैपर्छ, र यदि तैँले शैतानलाई गरेको कबुल वा भाकल तोडिस् भने, त्यसले तँलाई कसरी सताउँछ त्यो तैँले देख्नेछस्। तँलाई भाकल गर्ने तुल्याउँदा त्यसले वास्तवमा तँलाई नियन्त्रण गर्न चाहन्छ। जब तिमीहरूले शान्तिको लागि प्रार्थना गर्यौ, के तिमीहरूले शान्ति प्राप्त गर्यौ? (गरेनौँ।) तिमीहरूले शान्ति प्राप्त गरेनौ, तर यसको विपरीत तिमीहरूको प्रयासले दुर्भाग्य र अटुट विपत्ति अर्थात् तिक्तताको साँच्चै सीमारहित सागर ल्यायो। शान्ति शैतानको राज्यक्षेत्रभित्र छैन, र सत्य यही हो। सामन्ती अन्धविश्वास र परम्परागत संस्कृतिले मानवजातिमा ल्याउने परिणाम यही हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैंले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैंले अनुग्रहको युगको अवधिमा पुरानो करारको...
मानिसको कारणले गर्दा मात्रै व्यवस्थापनको कार्य आयो, जसको अर्थ मानवजातिको अस्तित्वको कारणले मात्रै यो खडा भयो। मानवजाति हुनुभन्दा पहिले वा...
दर्शनहरूमा संलग्न कुराले प्राथमिक रूपमा परमेश्वर स्वयमको कार्यलाई जनाउँछ र अभ्यासमा संलग्न कुरालाई मानिस स्वयमले गर्नुपर्छ र...
दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्नुपर्ने परमेश्वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि...