परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१६
तेरो असफलता, कमजोरी, तेरा नकारात्मक समयका धेरै वटा अनुभवहरूलाई परमेश्वरको जाँचहरूको समय भन्न सकिन्छ। किनकि सबै थोक परमेश्वरबाट आउँछन्, र...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
शैतानले मानिसको उत्सुकता, विज्ञानको अन्वेषण गर्ने र रहस्यहरू जाँच्ने मानिसको इच्छालाई सन्तुष्ट पार्न विज्ञानको नाम प्रयोग गर्छ। विज्ञानको नाममा, शैतानले मानिसका भौतिक खाँचोहरू र जीवनको गुणस्तर निरन्तर सुधार गर्ने मानिसको माग पूरा गर्छ। तसर्थ, यही बहानामा शैतानले मानिसलाई भ्रष्ट तुल्याउन विज्ञानको प्रयोग गर्छ। के शैतानले यसरी विज्ञानको प्रयोग गरी मानिसको विचारलाई मात्र भ्रष्ट तुल्याउँछ कि मानिसको मनमस्तिष्कलाई नै भ्रष्ट तुल्याउँछ? हाम्रो वरिपरिका हामीले देख्ने र हाम्रो सम्पर्कमा आउने मानिसहरू, घटनाहरू र विभिन्न कुराहरूमध्ये, अरू के-केलाई भ्रष्ट तुल्याउन शैतानले विज्ञानको प्रयोग गर्छ? (प्राकृतिक वातावरणलाई।) सही हो। तिमीहरूलाई यसले गहन रूपमा हानि गरेको र गहन रूपमा असर पारेको छ जस्तो देखिन्छ। मानिसलाई धोका दिनको लागि विज्ञानका विभिन्न परिणाम र निष्कर्षहरू प्रयोग गर्नबाहेक, मानिसलाई परमेश्वरले दिनुभएको जिउने वातावरणलाई मनोमानी रूपमा विनाश र शोषण गर्न पनि शैतानले विज्ञानकै प्रयोग गर्छ। मानिसले वैज्ञानिक शोध-अध्ययन गरेमा मानिसको जिउने वातावरण र जीवनको गुणस्तर निरन्तर सुधार हुनेछ, र वैज्ञानिक विकासको उद्देश्य भनेकै मानिसहरूको दैनिक रूपमा बढ्दो भौतिक खाँचोहरू र तिनीहरूको जीवनको गुणस्तरमा निरन्तर सुधार गर्नुपर्ने आवश्यकता पूरा गर्नु हो भन्ने बहानामा त्यसले यसो गर्छ। शैतानले विज्ञानको विकास गर्नुको सैद्धान्तिक आधार यही हो। तैपनि, विज्ञानले मानवजातिमा के ल्याएको छ त? के हाम्रो जिउने वातावरण, र सारा मानवजातिको जिउने वातावरण, दूषित पारिएको छैन र? के मानिसले सास फेर्ने हावा दूषित पारिएको छैन र? के हामीले पिउने पानी दूषित पारिएको छैन र? के हामीले खाने खाना प्राङ्गारिक र प्राकृतिक छ र? धेरैजसो अन्न र सागसब्जीलाई आनुवांशिक संशोधन गरी, रासायनिक मलको प्रयोग गरेर उमारिन्छ र तीमध्ये केही त विज्ञानको प्रयोग गरी सिर्जना गरिएका फरक प्रजातिहरू पनि छन्। हामीले खाने सागसब्जी र फलफूलसमेत अब प्राकृतिक छैनन्। प्राकृतिक अन्डासमेत अब भेट्टाउन सजिलो छैन, र शैतानको तथाकथित विज्ञानले पहिले नै प्रशोधन गरेको कारण अन्डाहरूको स्वाद पहिलेजस्तो छैन। बृहत् चित्रलाई हेर्दा, सम्पूर्ण वायुमण्डललाई नष्ट र प्रदूषित गरिएको छ; हिमाल, तालतलैया, वनजङ्गल, खोलानाला, समुद्र, र जमिनमाथि एवं जमिनमुनिका सबै कुरालाई तथाकथित वैज्ञानिक उपलब्धिले तहसनहस पारेको छ। छोटकरीमा, परमेश्वरले मानवजातिलाई दिनुभएको जिउने वातावरण अर्थात प्राकृतिक वातावरणलाई सम्पूर्ण रूपमा तथाकथित विज्ञानले नष्ट र विनाश गरेको छ। जीवनको गुणस्तरको हिसाबमा, आफूले सधैँ आशा गरेका कुराहरू प्राप्त गर्ने र यसरी आफ्ना इच्छाहरू र देहलाई सन्तुष्ट पार्ने मानिसहरू धेरै छन्, तैपनि मानिस जिउने वातावरणलाई विज्ञानले ल्याएका विभिन्न “उपलब्धिहरू” ले नष्ट र विनाश गरेका छन्। एकपटक चोखो हावाको सास फेर्ने अधिकारसमेत हामीसँग अब रहेन। के यो मानवजातिको लागि शोक होइन र? यस प्रकारको स्थानमा जिउनुपर्दा, के मानिससँग अब कुरा गर्नको लागि कुनै खुशी बाँकी रहेको छ र? मानिस बस्ने यो स्थान र जिउने वातावरणलाई सुरुबाटै परमेश्वरले मानिसको लागि सृष्टि गर्नुभएको थियो। मानिसहरूले पिउने पानी, मानिसहरूले सास फेर्ने हावा, मानिसहरूले खाने विविध प्रकारका खानेकुरा, साथै बोटबिरुवा, सजीव प्राणीहरू, पहाड, तालतलैया र समुद्रसमेत—यस जीवित वातावरणको हरेक भाग परमेश्वरले मानिसलाई दिनुभएको थियो; यो प्राकृतिक छ, परमेश्वरले तय गर्नुभएको प्राकृतिक नियमअनुसार चलिरहेको छ। विज्ञान नै नभएको भए पनि, मानिसहरूले परमेश्वरप्रदत्त तौरतरिकाहरू अवलम्बन गर्नेथिए, तिनीहरूले मौलिक र प्राकृतिक अवस्थामा रहेका सबै कुराको आनन्द लिन सक्नेथिए, र तिनीहरू खुसी नै हुनेथिए। तर, अहिले यो सबैलाई शैतानले नष्ट र विनाश गरेको छ; मानिसहरू जिउने आधारभूत क्षेत्र अब मौलिक रहेन। तर यस्तो अवस्था केले पैदा गर्यो वा यो कसरी भयो भनी कसैले पहिचान गर्न सक्दैन, बरु धेरैभन्दा धेरै मानिसहरू विज्ञानको शरण पर्छन् र शैतानले तिनीहरूको मनमस्तिष्कमा घुसाइदिएको विचारहरूद्वारा यसलाई बुझ्छन्। के यो अत्यन्तै घृणास्पद र दयनीय कुरा होइन र? अहिले, शैतानले मानिसहरू अस्तित्वमा रहेको क्षेत्रका साथै तिनीहरू जिउने वातावरणलाई लिइसकेको छ र तिनीहरूलाई भ्रष्ट तुल्याई यो स्थितिमा पुर्याएको छ, र मानवजाति अटुट रूपमा यही मार्गमा विकसित भइरह्यो भने, के यी मानिसहरूलाई व्यक्तिगत रूपमा परमेश्वरले नष्ट गर्नु आवश्यक छ? यदि मानिसहरूले यहीअनुरूप विकास हुने कार्यलाई जारी राखे भने, तिनीहरूले कुन दिशा लिनेछन्? (तिनीहरू नष्ट पारिनेछन्।) तिनीहरू कसरी नष्ट पारिनेछन्? ख्याति र प्राप्तिसम्बन्धी मानिसहरूको लोभी खोजबाहेक, तिनीहरूले अटुट रूपमा वैज्ञानिक अन्वेषणलाई अघि बढाउँछन् र गहन शोध-अध्ययन गर्छन्, र त्यसपछि तिनीहरू आफ्नै भौतिक खाँचो र इच्छाहरू पूरा गर्न अनवरत रूपमा कार्य गर्छन्; यस्तो हुँदा, मानिसको लागि के-कस्ता परिणामहरू हुन्छन् त? सर्वप्रथम, पर्यावरणीय सन्तुलन बिग्रन्छ, र जब यस्तो हुन्छ, यो असन्तुलित वातावरणद्वारा मानिसहरूका शरीर, तिनीहरूका भित्री अङ्गहरूमा प्रतिकूल असर र क्षति पुग्छ, र संसारभरि विभिन्न प्रकारका सङ्क्रामक रोग र महामारीहरू फैलन्छन्। अहिलेको यो अवस्था मानिसले नियन्त्रण गर्नै नसक्ने भएको छ भन्ने कुरा के साँचो होइन र? अब तिमीहरूले यसलाई बुझिसकेका छौ, यदि मानवजातिले परमेश्वरलाई पछ्याउँदैन, बरु निरन्तर आफैलाई सम्पन्न तुल्याउन ज्ञान प्रयोग गर्दै, मानव जीवनको भविष्यको निरन्तर अन्वेषण गर्न विज्ञान प्रयोग गर्दै, निरन्तर बाँचिरहन यस प्रकारको विधि प्रयोग गर्दै, सधैँ यसरी नै शैतानलाई पछ्याउँछ भने, मानवजातिको अन्त्य कसरी हुन्छ, के तँ पहिचान गर्न सक्छस्? मानवजाति प्राकृतिक रूपमै लोप हुनेछ: एकएक कदम गर्दै मानवजाति विनाशतर्फ—आफ्नै विनाशतर्फ अघि बढ्छ। के यो आफैमाथि विनाश ल्याउनु होइन र? अनि, के यो वैज्ञानिक प्रगतिको परिणाम होइन र? यस्तो लाग्छ, विभिन्न कुराहरू पत्ता लगाउने प्रयास गर्दा, तिमीहरूले कुहिरोको धूमिल दृष्टिभित्र बसेर यसो गर्नुपरोस् भनी मान्छेको लागि शैतानले तयार गरेको जादुको ओखती अब विज्ञान नै हो; तैँले जति नै जोड गरी हेरे पनि, स्पष्ट रूपमा देख्न सक्दैनस्, अनि तैँले जति नै कठिन प्रयास गरे पनि, तैँले तिनलाई पत्ता लगाउन सक्दैनस्। तर, शैतानले तेरो अभिलाषालाई अझै बढाउन र तँलाई सधाएको जन्तुलाई झैं एकपछि अर्को कदम गर्दै अतलकुण्ड र मृत्युतर्फ डोर्याउन विज्ञानको नाम प्रयोग गरिरहन्छ। अवस्था यस्तो भएको हुँदा, मानिसहरूले त्यसलाई स्पष्टसित देख्नेछन्, मानिसको विनाश शैतानको हातले गराएको हो, र शैतान नै गिरोहको नाइके हो भनेर स्पष्टसित देख्नेछन्।
— वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ६
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
तेरो असफलता, कमजोरी, तेरा नकारात्मक समयका धेरै वटा अनुभवहरूलाई परमेश्वरको जाँचहरूको समय भन्न सकिन्छ। किनकि सबै थोक परमेश्वरबाट आउँछन्, र...
आफ्ना सामान्य मानवतालाई सिद्ध पार्न वा सामान्य मानवताको कार्य गर्न परमेश्वर पृथ्वीमा आउनुहुन्न। उहाँ सामान्य मानवतामा ईश्वरीय काम गर्नका...
सर्वशक्तिमान् परमेश्वर! उहाँको महिमित शरीर खुला ठाउँमा देखा पर्दछ, पवित्र आत्मिक शरीर खडा हुन्छ, र उहाँ पूर्ण परमेश्वर स्वयम् हुनुहुन्छ!...
मेरा रहस्यहरू प्रकट भएका छन् र खुला रूपमा प्रदर्शित भएका छन्, र अब लुकेका छैनन्, यो सबै पूर्ण रूपमा मेरो अनुग्रह र कृपाको कारणले भएको हो।...