परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५३

मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले प्रयोग गर्ने विधिहरूले मानवजातिमा के ल्याउँछ? तिनले कुनै सकारात्मक कुरा ल्याउँछ? पहिलो कुरा, के मानिसले असल र खराबको बीचमा भिन्‍नता छुट्याउन सक्छ? यो संसारमा चाहे कुनै चर्चित वा महान् व्यक्ति होस्, वा कुनै अखबार वा अरू प्रकाशक होस्, के तिनीहरूले कुनै कुरा असल वा खराब, वा सही वा गलत छ भनी मूल्याङ्कन गर्न प्रयोग गर्ने मापदण्डहरू सही छन् भनेर भन्छस्? के घटना र मानिसहरू सम्‍बन्धी तिनीहरूको लेखाजोखा सही छ? तिनमा सत्यता समावेश छ? के यो संसार, यो मानवजातिले सकारात्मक र नकारात्मक कुराहरूलाई सत्यताको मापदण्डको आधारमा मूल्याङ्कन गर्छ? (गर्दैन।) किन मानिसहरूमा त्यो क्षमता छैन? मानिसहरूले धेरै ज्ञान अध्ययन गरेका छन् र तिनीहरूलाई विज्ञानको बारेमा धेरै थाहा छ, त्यसकारण तिनीहरूमा धेरै क्षमताहरू छन्, छैनन् र? त्यसो भए किन तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरूको बीचमा भिन्‍नता छुट्याउन सक्दैनन्? किन यसो हुन्छ? (किनभने मानिसहरूसँग सत्यता छैन; विज्ञान र ज्ञान सत्यता होइनन्।) शैतानले मानवजातिमा ल्याउने सबै कुरा दुष्ट, भ्रष्ट अनि सत्यता, जीवन र मार्गविनाका कुराहरू हुन्। शैतानले मानिसमा ल्याउने दुष्टता र भ्रष्टताको आधारमा, के शैतानसँग प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? के मानिसमा प्रेम छ भनेर तैँले भन्‍न सक्छस्? कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्: “तपाईं गलत हुनुहुन्छ; संसारभरि गरिब वा घरबार विहीनलाई सहयोग गर्ने धेरै मानिसहरू छन्। के यिनीहरू असल मानिसहरू होइनन् र? असल कार्य गर्ने परोपकारी संस्थाहरू पनि छन्; के तिनीहरूले गर्ने काम असल होइन र?” त्यसबारेमा तिमीहरू के भन्छौ? मानिसलाई भ्रष्ट तुल्याउनको लागि शैतानले विभिन्‍न विधि र सिद्धान्तहरूको प्रयोग गर्छ; के मानिसको यो भ्रष्टता एउटा अस्पष्ट अवधारणा हो त? होइन, यो अस्पष्ट छैन। शैतानले पनि केही व्यवहारिक कुराहरू गर्छ, र यसले पनि यो संसार र समाजमा दृष्टिकोण वा सिद्धान्तलाई प्रवर्धन गर्छ। हरेक राजवंश र हरेक कालखण्डमा, त्यसले सिद्धान्तको प्रवर्धन गर्छ र मानिसको मनमस्तिष्कमा विचारहरू घुसाइदिन्छ। यी विचार र सिद्धान्तहरूले बिस्तारै मानिसको हृदयमा जरा गाड्छन्, त्यसपछि तिनीहरू तिनकै आधारमा जिउन थाल्छन्। तिनीहरूले यी कुराहरू अनुरूप जिउन थालेपछि, के तिनीहरू पत्तै नपाई शैतान बन्दैनन् र? के त्यसपछि मानिसहरू शैतानसँग एक बन्दैनन् र? जब मानिसहरू शैतानसँग एक बन्छन्, आखिरमा परमेश्‍वरप्रति तिनीहरूको आचरण के हुन्छ? के यो परमेश्‍वरप्रति शैतानको जे आचरण छ त्यही होइन र? यसलाई स्वीकार गर्न कसैले पनि आँट गर्दैन, गर्छ त? कस्तो भयानक कुरो! शैतानको प्रकृति दुष्ट छ भनेर म किन भन्छु त? म विनाआधार यसो भन्दिन; बरु, त्यसले के गरेको छ र त्यसले के प्रकट गरेको छ, ती कुराहरूको आधारमा शैतानको प्रकृतिलाई निर्धारित र विश्‍लेषण गरिन्छ। यदि मैले शैतान दुष्ट छ भनेर मात्रै भनेको भए, तिमीहरूले के सोच्‍नेथियौ? तिमीहरूले यो सोच्‍नेथियौ: “अवश्य नै शैतान दुष्ट छ।” म तँलाई सोध्छु: “शैतानको कुन-कुन पक्षहरू दुष्ट छन् त?” यदि तैँले यसो भनिस् भने: “परमेश्‍वर विरुद्ध शैतानले गर्ने विरोध दुष्ट छ,” तैँले अझै पनि स्पष्टताको साथ बोलिरहेको हुनेथिइनस्। अब मैले यसरी निश्‍चित विवरणहरूको बारेमा बताइसकेको हुनाले, के तिमीहरूसँग शैतानको दुष्टताको सारको निश्‍चित विषयवस्तुको बारेमा बुझाइ छ? (छ।) यदि शैतानको दुष्ट प्रकृतिलाई तिमीहरू स्पष्ट रूपमा देख्‍न सक्छौ भने, तिमीहरूले तिमीहरूका आफ्‍नै अवस्थाहरूलाई देख्‍नेछौ। यी दुई कुराका बीचमा कुनै सम्‍बन्ध छ? यो तिमीहरूका लागि उपयोगी छ कि छैन? (छ।) जब म परमेश्‍वरको पवित्रताको सारको बारेमा सङ्गति गर्छु, के मैले शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक हुन्छ त? यसको बारेमा तिमीहरूको विचार के छ? (हो, यो आवश्यक छ।) किन? (शैतानको दुष्टताले परमेश्‍वरको पवित्रतालाई स्पष्ट देखिने तुल्याउँछ।) के यो त्यस्तै हो त? शैतानको दुष्टताविना मानिसहरूले परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने थाहा पाउनेथिएन भन्‍ने अर्थमा यो आंशिक रूपमा सही छ; यसो भन्‍नु सही छ। तैपनि, यदि तैँले परमेश्‍वरको पवित्रता शैतानको दुष्टताको विपरीत भएको कारण मात्रै अस्तित्वमा छ भनेर भन्छस् भने, के यो सही हुन्छ त? यो विरोधाभासपूर्ण सोचाइ गलत छ। परमेश्‍वरको पवित्रता परमेश्‍वरको अन्तर्निहित सार हो; परमेश्‍वरले यसलाई उहाँका कार्यहरूद्वारा प्रकट गर्नुभए पनि, यो परमेश्‍वरको सारको प्राकृतिक अभिव्यक्ति हो र यो परमेश्‍वरको अन्तर्निहित सार नै हो; मानिसले यसलाई देख्‍न नसके पनि यो सधैँ अस्तित्वमा छ र परमेश्‍वरमा यो अन्तर्निहित र स्वाभाविक रूपमा छ। यस्तो हुन्छ किनभने मानिस शैतानको भ्रष्ट स्वभावको बीचमा र शैतानको प्रभावमा जिउँछ, अनि तिनीहरूलाई पवित्रताको बारेमा थाहा छैन, परमेश्‍वरको पवित्रताको निश्‍चित विषयवस्तुको बारेमा थाहा हुनु त परै जाओस्। त्यसकारण, के हामीले सुरुमा शैतानको दुष्ट सारको बारेमा सङ्गति गर्नु आवश्यक छ त? (हो, छ।) कतिपय मानिसहरूले केही शङ्का व्यक्त गर्न सक्छन्: “तपाईंले परमेश्‍वर स्वयम्‌को बारेमा सङ्गति गर्दै हुनुहुन्छ, त्यसकारण तपाईं किन सधैँ शैतानले कसरी मानिसहरूलाई भ्रष्ट तुल्याउँछ र कसरी शैतानको स्वभाव भ्रष्ट छ भनेर कुरा गरिरहनुहुन्छ?” अब तिमीहरूले यी शङ्काहरूलाई रोकिसकेका छौ, छैनौ त? जब मानिसहरूसँग शैतानको दुष्टताको बारेमा बोध हुन्छ र जब तिनीहरूसँग यसको बारेमा सटीक परिभाषा हुन्छ, जब मानिसहरूले दुष्टताको निश्‍चित विषयवस्तु र प्रकटीकरण, दुष्टताको स्रोत र सारलाई स्पष्ट रूपमा देख्‍न सक्छन्, तब मात्रै परमेश्‍वरको पवित्रतासम्बन्धी छलफलमार्फत मानिसहरूले परमेश्‍वरको पवित्रता के हो, पवित्रता आफै के हो भनेर महसुस गर्न वा पहिचान गर्न सक्छन्। यदि मैले शैतानको दुष्टताको बारेमा छलफल गरिन भने, मानिसहरूले समाजमा र मानिसहरूका बीचमा गर्ने कुराहरूले—वा यो संसारमा अस्तित्वमा रहेका निश्‍चित कुराहरूले—पवित्रतासँग केही सम्‍बन्ध राख्छ भनेर कतिपय मानिसहरूले गलत रूपमा विश्‍वास गर्नेछन्। के यो गलत दृष्टिकोण होइन र? (हो, यो गलत हो।)

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४८२

पत्रुस र पावलका सारहरूमा रहेका भिन्‍नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमा परिश्रम गर्छन् भन्‍ने बुझ्‍नुपर्छ! तैँले परमेश्‍वरमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६२

सारा ब्रह्माण्डका मानिसहरूले मेरो आगमनको दिनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा सबै मानिसहरूहरूको माझमा हिँड्छन्। जब शैतानले समस्या...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३००

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९७

मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्