परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १५३
अघिल्ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्वरको काम अझै बढी व्यावहारिक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
परमेश्वरको अख्तियारअन्तर्गत हरेक व्यक्तिले उहाँको सार्वभौमिकता र बन्दोबस्तलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, र जीवन जिउने क्रममा व्यक्तिले जसरी संघर्ष गरे पनि, उसले जति धेरै कुटिल मार्गहरू हिँडे पनि, आखिरमा ऊ सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमापथमै फर्कनेछ। यो सृष्टिकर्ताको अख्तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवन नियन्त्रण गर्छन्, हस्तक्षेपविनै बारम्बार मानिसहरूलाई पुनर्जन्म लिन दिन्छन्, अनि दिनहुँ र वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुमाउँछन् र अघि बढाउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझेका छौ, र तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्वरसम्बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यताको वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, र तैँले परमेश्वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तसम्बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्ने कुरामा निर्भर हुन्छ? के परमेश्वरमा यो अख्तियार छ भन्ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्ने कुराद्वारा निर्धारित हुन्छ? परिस्थिति जस्तोसुकै भए पनि परमेश्वरको अख्तियार अस्तित्वमा रहन्छ। हर परिस्थितिमा, परमेश्वरले आफ्ना विचार र कामनाहरूअनुसार मानव नियति र सबै कुराहरू नियन्त्रित र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुँदैन; यो मानिसको इच्छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्वरको अख्तियार नै उहाँको सार हो। मानिसले परमेश्वरको सार्वभौमिकतालाई जान्न र स्वीकार गर्न सक्छ कि सक्दैन, र यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्वरको सार्वभौमिकताको तथ्यलाई रत्तीभर परिवर्तन गर्न सक्दैन। भन्नुको अर्थ, परमेश्वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्वरकै सार्वभौमिकता छ भन्ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि अझै पनि उहाँकै नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्न सकिनस् भने पनि, उहाँको अख्तियार अस्तित्वमै रहिरहन्छ। परमेश्वरको अख्तियार र मानव नियतिमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्य मानव इच्छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरूअनुसार ती परिवर्तन हुँदैनन्। परमेश्वरको अख्तियार जुनसुकै ठाउँ, जुनसुकै घडी, र जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी नासिएर जालान्, तर उहाँको अख्तियार कहिल्यै नाश हुनेछैन, किनभने उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्तियार छ, र उहाँको अख्तियार मानिसहरू, घटनाहरू, वा वस्तुहरूद्वारा, स्थान वा भूगोलद्वारा नियन्त्रित वा सीमित छैन। हरसमय, परमेश्वरले आफ्नो अख्तियार प्रयोग गर्नुहुन्छ, आफ्नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँझैँ आफ्नो व्यवस्थापन कार्यलाई जारी राख्नुहुन्छ; हरसमय, उहाँले सधैँझैँ यावत् थोकमाथि शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्य रहिआएको छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अघिल्ला युगहरूको तुलनामा, राज्यको युगको अवधिमा परमेश्वरको काम अझै बढी व्यावहारिक, मानिसको सार-तत्व र उसका स्वभाव परिवर्तनहरूप्रति अझै बढी...
बृहत् र सूक्ष्म दृष्टिकोणहरूबाट परमेश्वरको अख्तियारलाई बुझ्ने परमेश्वरको अख्तियार अद्वितीय छ। यो परमेश्वर स्वयम्को चारित्रिक...
परमेश्वरका वचनहरू अनगिन्ती घरहरूमा फैलिनेछन्, ती सबैलाई थाहा हुनेछन्, र त्यसपछि मात्रै उहाँको कार्य ब्रह्माण्डभरि फैलिनेछ। भन्नुको अर्थ के...
आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो...