परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३५

मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई कसैले परिवर्तन गर्न सक्दैन

परमेश्‍वरको अख्तियारअन्तर्गत हरेक व्यक्तिले उहाँको सार्वभौमिकता र बन्दोबस्तलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, र जीवन जिउने क्रममा व्यक्तिले जसरी संघर्ष गरे पनि, उसले जति धेरै कुटिल मार्गहरू हिँडे पनि, आखिरमा ऊ सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमापथमै फर्कनेछ। यो सृष्टिकर्ताको अख्‍तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवन नियन्त्रण गर्छन्, हस्तक्षेपविनै बारम्‍बार मानिसहरूलाई पुनर्जन्‍म लिन दिन्छन्, अनि दिनहुँ र वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुमाउँछन् र अघि बढाउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझेका छौ, र तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्‍बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्‍वरसम्‍बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यताको वास्तविकतालाई कति राम्ररी जान्दछस्, तैँले परमेश्‍वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, र तैँले परमेश्‍वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तसम्‍बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ? के परमेश्‍वरमा यो अख्‍तियार छ भन्‍ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुराद्वारा निर्धारित हुन्छ? परिस्‍थिति जस्तोसुकै भए पनि परमेश्‍वरको अख्तियार अस्तित्वमा रहन्छ। हर परिस्थितिमा, परमेश्‍वरले आफ्‍ना विचार र कामनाहरूअनुसार मानव नियति र सबै कुराहरू नियन्त्रित र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुँदैन; यो मानिसको इच्‍छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्‍वरको अख्तियार नै उहाँको सार हो। मानिसले परमेश्‍वरको सार्वभौमिकतालाई जान्‍न र स्वीकार गर्न सक्छ कि सक्दैन, र यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकताको तथ्यलाई रत्तीभर परिवर्तन गर्न सक्दैन। भन्‍नुको अर्थ, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्‍वरकै सार्वभौमिकता छ भन्‍ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्‍वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि अझै पनि उहाँकै नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्‍न सकिनस् भने पनि, उहाँको अख्‍तियार अस्तित्वमै रहिरहन्छ। परमेश्‍वरको अख्तियार र मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्य मानव इच्‍छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरूअनुसार ती परिवर्तन हुँदैनन्। परमेश्‍वरको अख्तियार जुनसुकै ठाउँ, जुनसुकै घडी, र जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी नासिएर जालान्, तर उहाँको अख्‍तियार कहिल्यै नाश हुनेछैन, किनभने उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्‍तियार छ, र उहाँको अख्‍तियार मानिसहरू, घटनाहरू, वा वस्तुहरूद्वारा, स्थान वा भूगोलद्वारा नियन्त्रित वा सीमित छैन। हरसमय, परमेश्‍वरले आफ्‍नो अख्‍तियार प्रयोग गर्नुहुन्छ, आफ्‍नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँझैँ आफ्‍नो व्यवस्थापन कार्यलाई जारी राख्‍नुहुन्छ; हरसमय, उहाँले सधैँझैँ यावत् थोकमाथि शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्य रहिआएको छ!

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३३

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४१

जब तैँले आफैलाई जीवनका लागि सुसज्जित पारिरहेको हुन्छस्, तैंले परमेश्‍वरको वचनहरू खाने र पिउने कुरामा ध्यान दिनु पर्दछ, तैँले परमेश्‍वरको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४९७

परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५९

तिमीहरूले परमेश्‍वरको कार्यका दर्शनहरूलाई जान्‍नैपर्छ र उहाँको कार्यको सामान्य निर्देशनलाई बुझ्‍नैपर्छ। यो सकारात्मक प्रवेश हो। तँ...