परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३३

सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेर मात्रै व्यक्ति उहाँको क्षेत्रमा फर्कन सक्छ

जब व्यक्तिसँग परमेश्‍वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तहरूको स्पष्ट ज्ञान र अनुभव हुँदैन, नियति र मृत्युसम्‍बन्धी उसको ज्ञान अवश्य नै अस्पष्ट हुनेछ। मानिसहरूले सबै कुरा परमेश्‍वरकै हातमा छ भन्‍ने स्पष्ट देख्‍न सक्दैनन्, सबै कुरा परमेश्‍वरको नियन्त्रण र सार्वभौमिकताको अधीनमा छ भन्‍ने महसुस गर्दैनन्, र त्यस्तो सार्वभौमिकता त्याग्‍न वा त्यसबाट उम्‍कन मानिस सक्दैन भन्‍ने कुरा स्वीकार गर्दैनन्। यही कारणले गर्दा, तिनीहरूले मृत्युको सामना गर्ने समय आउँदा, तिनीहरूका आखिरी शब्‍द, चिन्ता, र अफसोसहरू कहिल्यै अन्त्य हुँदैनन्। तिनीहरू अत्यन्तै धेरै भार, अत्यन्तै धेरै अनिच्‍छा, र अत्यन्तै धेरै अन्योलले थिचिएका हुन्छन्। यसले तिनीहरूलाई मृत्युको डर मान्‍ने तुल्याउँछ। यस संसारमा जन्‍मने कुनै पनि व्यक्तिको लागि, जन्‍म अत्यावश्यक र मृत्यु अपरिहार्य छ; यी घटनाक्रमहरूभन्दा माथि कोही पनि उठ्न सक्दैन। यदि व्यक्तिले यो संसारबाट पीडारहित रूपमा बिदा हुन चाहन्छ भने, यदि ऊ जीवनको अन्तिम बिन्दुलाई अनिच्‍छा वा चिन्तारहित रूपमै सामना गर्न सक्‍ने हुन चाहन्छ भने, यसको एउटै मात्र तरिका भनेको कुनै पनि अफसोस नराख्‍नु हो। अनि कुनै अफसोसविना बिदा हुने एउटै तरिका भनेको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नु, उहाँको अख्‍तियारलाई जान्‍नु, र तिनमा समर्पित हुनु हो। यसरी मात्रै व्यक्ति मानव कलह, दुष्टता र शैतानको बन्धनबाट टाढा बस्‍न सक्छ, र यसरी मात्रै उसले अय्यूबको जस्तो सृष्टिकर्ताद्वारा मार्गनिर्देशित र आशिषित, मुक्त र स्वतन्त्र जीवन, मूल्यवान् र अर्थपूर्ण जीवन, इमानदार र खुला हृदय भएको जीवन जिउन सक्छ। यसरी मात्रै व्यक्ति सृष्टिकर्ताले दिनुभएको परीक्षा र अभावरूपी कष्टहरू र सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छ। यसरी मात्रै व्यक्तिले आफ्‍नो जीवनभरि अय्यूबले जस्तै सृष्टिकर्ताको आराधना गर्न र उहाँको स्याबासी हासिल गर्न सक्छ, र उहाँको आवाजलाई सुन्‍न र उहाँ प्रकट हुनुभएको देख्‍न सक्छ। यसरी मात्रै हामी अय्यूबजस्तै कुनै पनि पीडा, चिन्ता, पछुतोविना नै खुशीसाथ जिउन र मर्न सक्छौं। यसरी मात्रै व्यक्ति अय्यूबजस्तै ज्योतिमा जिउन, र ज्योतिमा आफ्‍नो जीवनको हर मोड पार गर्न, ज्योतिमा आफ्‍नो यात्रा सहजसाथ पूरा गर्न, सफलतापूर्वक आफ्‍नो मिसन पूरा गर्न—सृष्टि गरिएको प्राणीको रूपमा सृष्टिकर्ताको सार्वभौमिकतालाई अनुभव गर्न, सिक्‍न, र जान्‍न—अनि ज्योतिमै बितेर जान, र सृष्टि गरिएको मानवजातिको रूपमा, उहाँको स्याबासी पाएर सदासर्वदाको लागि सृष्टिकर्ताको छेउमा खडा हुन सक्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६०

परमेश्‍वरले मानिसलाई जे गर्नुहुन्छ त्यसमार्फत कसरी उहाँको पवित्रता बुझ्ने (छनौट गरिएको खण्ड) मानिसहरूको सुरक्षाको प्रत्याभूति दिने,...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९४

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९५

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५८

धेरै चाँडो, मेरो काम सकिनेछ र धेरै वर्षहरूको साथ एउटा असहनीय सम्झना बनेको छ। मैले अविच्छिन्‍न रूपमा मेरा वचनहरू दोहोर्‍याएको छु र मेरो नयाँ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्