परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३१

सृष्टिकर्ताको प्रभुत्वमा आऊ अनि चुपचाप मृत्युको सामना गर

व्यक्तिको जन्‍म भएकै क्षणमा, एउटा एकल आत्माले पृथ्वीमा आफ्‍नो अनुभव सुरु गर्छ, सृष्टिकर्ताले यसको लागि बन्दोबस्त गरिदिनुभएको सृष्टिकर्ताको अख्तियार सम्बन्धमा आफ्नो अनुभव सुरु गर्छ। यो अवश्य पनि त्यो व्यक्ति—त्यो आत्मा—को लागि सृष्टिकर्ताको सार्वभौमिकताको बारेमा ज्ञान प्राप्त गर्ने, उहाँको अख्‍तियारलाई जान्‍ने र यसलाई व्यक्तिगत रूपमा अनुभव गर्ने उत्कृष्ट अवसर हो। मानिसहरूले आफ्‍नो जीवन सृष्टिकर्ताले तिनीहरूको लागि सृजित गर्नुभएका नियतिका नियमहरूभित्र रहेर जिउँछन्, अनि विवेक भएको कुनै पनि विवेकशील व्यक्तिको लागि तिनीहरूको जीवनको दशकौं अवधिमा सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्नु अनि उहाँको अख्तियारलाई जान्‍नु त्यति कठिन कुरा होइन। त्यसकारण, हरेक व्यक्तिको लागि आफ्नो दशकौंको जीवन अनुभवहरूमार्फत सबै मानव नियतिहरू पूर्वनिर्धारित हुन्छन् भनी पहिचान गर्न सहज हुनुपर्छ, अनि जिउँदो हुनुको अर्थ के हो सो बुझ्‍न वा सारांशित गर्न सहज हुनुपर्छ। व्यक्तिले जीवन सम्‍बन्धी यी पाठहरूलाई अङ्गाल्‍न थालेपछि, उसले क्रमिक रूपमा जीवन कहाँबाट आउँछ सो बुझ्‍न थाल्नेछ, हृदयलाई वास्तवमा के कुराको खाँचो छ, के कुराले व्यक्तिलाई जीवनको साँचो मार्गमा डोर्‍याउँछ, र मानव-जीवनको मिसन र लक्ष्य के हुनुपर्छ सो जान्‍न थाल्‍नेछ। यदि व्यक्तिले सृष्टिकर्ताको आराधना गर्दैन भने, यदि व्यक्ति उहाँको प्रभुत्वमा आउँदैन भने, जब मृत्युको सामना गर्ने बेला हुन्छ—जब व्यक्तिको आत्माले फेरि एक पटक सृष्टिकर्ताको सामना गर्न लागेको हुन्छ—तब उसको हृदय असीमित भय र आतङ्कले भरिएको हुनेछ भन्‍ने कुरा व्यक्तिले क्रमिक रूपमा पहिचान गर्न थाल्‍नेछ। यदि व्यक्ति संसारमा आएको धेरै दशक भइसकेको छ तैपनि उसले मानव जीवन कहाँबाट आउँछ भन्ने कुरा बुझेको छैन, उसले मानव भाग्य कसको हातमा छ भन्‍ने समेत बुझेको छैन भने, उसले शान्त भएर मृत्युको सामना गर्न सक्‍नेछैन भन्‍नेमा कुनै आश्‍चर्य हुँदैन। मानव जीवन सम्‍बन्धी आफ्‍नो दशकौंको अनुभवहरूमा सृष्टिकर्ताको सार्वभौमिकताको ज्ञान प्राप्त गरेको व्यक्ति जीवनको अर्थ र मूल्य सम्‍बन्धी सही बुझाइ भएको व्यक्ति हो। त्यस्तो व्यक्तिसँग सृष्टिकर्ताको सार्वभौमिकता सम्‍बन्धी साँचो अनुभव र बुझाइको साथमा जीवनको उद्देश्य सम्‍बन्धी गहन ज्ञान हुन्छ, अनि यसबाहेक, ऊ सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुन सक्छ। त्यस्तो व्यक्तिले परमेश्‍वरले मानवजाति सृष्टि गर्नुको अर्थ बुझ्छ, मानिसले सृष्टिकर्ताको आराधना गर्नुपर्छ भन्‍ने बुझ्छ, मानिससँग भएका सबै कुरा सृष्टिकर्ताबाट नै आउँछ र भविष्यमा चाँडै नै एक दिन ती सबै उहाँकहाँ नै फर्कन्छन् भन्‍ने बुझ्छ। यस प्रकारको व्यक्तिले मानिसको जन्‍मलाई सृष्टिकर्ताले नै बन्दोबस्त गर्नुहुन्छ र मानिसको मृत्युमाथि उहाँकै सार्वभौमिकता छ, अनि जीवन र मृत्यु दुवैलाई सृष्टिकर्ताको अख्तियारले पूर्वनिर्धारित गरेको हुन्छ भन्‍ने बुझ्छ। त्यसकारण, जब व्यक्तिले यी कुराहरूलाई साँचो रूपमा बुझेको हुन्छ, ऊ मृत्युलाई शान्त भएर सामना गर्न, आफ्‍ना सारा सांसारिक सम्पत्तिहरूलाई चुपचाप पन्छ्याएर त्यसपछि आउने सबै कुराहरूलाई खुशीसाथ स्वीकार गर्न र त्यसमा समर्पित हुन, अनि सृष्टिकर्ताले बन्दोबस्त गर्नुभएको जीवनको अन्तिम घडीसँग अन्धाधुन्ध डराएर त्यसको विरुद्ध संघर्ष गर्नुको सट्टा त्यसलाई सोही रूपमा स्वागत गर्न सक्षम हुन्छ। यदि व्यक्तिले जीवनलाई सृष्टिकर्ताको सार्वभौमिकता अनुभव गर्ने र उहाँको अख्‍तियारलाई चिन्‍ने अवसरको रूपमा लिन्छ भने, यदि व्यक्तिले आफ्‍नो जीवनलाई सृष्टि गरिएको मानवजातिको रूपमा आफ्‍नो कर्तव्य निभाउने अनि आफ्‍नो मिसन पूरा गर्ने दुर्लभ अवसरको रूपमा लिन्छ भने, ऊसँग अवश्य नै जीवन सम्‍बन्धी सही दृष्टिकोण हुनेछ, अवश्य नै उसले सृष्टिकर्ताले आशिष दिनुभएको र डोर्‍याउनुभएको जीवन जिउनेछ, ऊ अवश्य नै सृष्टिकर्ताको ज्योतिमा हिँड्नेछ, उसले अवश्य नै सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍नेछ, ऊ अवश्य नै उहाँको प्रभुत्वको अधीनमा आउनेछ, र ऊ अवश्य नै उहाँका आश्‍चर्यजनक कार्यहरूको साक्षी, उहाँको अख्तियारको साक्षी बन्‍नेछ। भन्नै पर्दैन, त्यस्तो व्यक्तिलाई सृष्टिकर्ताले अवश्य पनि प्रेम र स्वीकार गर्नुहुन्छ, अनि त्यस्तो व्यक्तिले मात्र मृत्युप्रति शान्त मनोवृत्ति देखाउन र जीवनको अन्तिम घडीलाई आनन्दसाथ स्वीकार गर्न सक्छ। मृत्युप्रति यस्तै प्रकारको आचरण देखाउने एक जना व्यक्ति अय्यूब हुन्। अय्यूब जीवनको अन्तिम विन्दुलाई खुशीसाथ स्वीकार गर्ने अवस्थामा थिए, अनि आफ्‍नो जीवन यात्रालाई सहज समाप्तिमा ल्याएर आफ्‍नो जीवनको मिसनलाई पूरा गरेपछि, तिनी सृष्टिकर्ताको क्षेत्रमा फर्किए।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २८

परमेश्‍वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २४

परमेश्‍वरले हव्वालाई सृष्टि गर्नुहुन्छ उत्पत्ति २:१८-२० अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो, मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६७

वर्तमान समयमा पवित्र आत्माले मण्डलीमा कसरी काम गर्दैहुनुहुन्छ? के तैंले यो प्रश्‍नलाई स्पष्ट रूपमा बुझेको छस्? तेरा दाजुभाइ-दिदीबहिनीहरूको...