परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०५

उत्पत्ति १९:१-११ अनि साँझमा दुई स्वर्गदूतहरू सदोममा आए; र लोत सदोमको प्रवेशद्वारमा बसेका थिए: तिनीहरूलाई देखेर लोत तिनीहरूलाई भेट्न खडा भए; अनि तिनले निहुरेर दण्डवत् गरे; अनि तिनले भने, हेर्नुहोस्, मेरा मालिकहरू, म बिन्ती गर्छु, आफ्ना दासको घरमा आउनुहोस् र सारा रात बिताउनुहोस्, र आफ्ना खुट्टाहरू धुनुहोस्, सबेरै उठ्नुहोस् र आफ्नो बाटो लाग्‍नुहोस्। तब तिनीहरूले भने, हुन्‍न; तर हामी सारा रात सडकमा गुजार्नेछौँ। अनि उनले तिनीहरूलाई धेरै कर लगाए; अनि तिनीहरू तिनीमाथि जाइलागे, र उनको घरमा पसे; र उनले तिनीहरूको निम्ति भोज तयार पारे, खमिर नहालेको रोटी बनाए र तिनीहरूले खाए। तर तिनीहरू सुत्‍नु अगाडि सहरका मानिसहरू, सदोमका वृद्ध र जवान चारैतिरका सबै मानिसहरू समेतले वरिपरिबाट घरलाई घेरे: अनि तिनीहरूले लोतलाई बोलाएर तिनलाई भने, आज राती तिम्रोमा आएका मानिसहरू कता छन्? तिनीहरूलाई हामीकहाँ ल्याऊ ताकि हामीले तिनीहरूलाई चिन्‍न सकौँ। अनि लोत बाहिर ढोकामा तिनीहरूकहाँ गए र आफ्नो पछाडिको ढोका बन्द गरे र भने, दाजुभाइहरू, म तपाईंहरूसँग बिन्ती गर्छु यति धेरै दुष्ट नबन्‍नुहोस्। हेर्नुहोस्, अहिले मसँग दुई छोरीहरू छन् जसले कुनै पनि पुरुषलाई चिनेका छैनन्; म बिन्ती गर्छु कि म तिनीहरूलाई बाहिर तपाईंहरूकहाँ ल्याउँछु र तपाईंहरूले आफ्ना आँखाले राम्रो लाग्‍ने काम तिनीहरूलाई गर्नुहोस्: यी मानिसहरूलाई मात्रै केही नगरिदिनुहोस्; किनकि तिनीहरू मेरो घरको छायामा आएका छन्। अनि तिनीहरूले भने, पछि हट्। र तिनीहरूले फेरि भने, यो मान्छे यहाँ बस्‍न आयो र ऊ हाम्रो न्यायाधीश बन्‍न खोज्छ: अब हामी तिनीहरूसँग भन्दा नराम्रो व्यवहार तँसँग गर्छौं। अनि तिनीहरूले त्यस मानिस, लोतलाई धकेले र ढोका फोर्नलाई नजिक आए। तर ती मानिसहरूले आफ्ना हात अगाडि बढाए र लोतलाई घरभित्र आफू भएका ठाउँमा ल्याए अनि ढोका बन्द गरे। अनि घरका ढोकामा भएका साना र ठूला मानिसहरूलाई अन्धा तुल्याइदिए: फलस्वरूप तिनीहरू ढोका फेला पार्न नसकेर थाके।

उत्पत्ति १९:२४-२५ त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।

परमेश्‍वरको क्रोध भड्काएकोले सदोम पूर्णतया भस्‍म हुन्छ

जब सदोमका मानिसहरूले यी दुई सेवकलाई देखे, तिनीहरूले तिनीहरू आउनुको कारण सोधेनन्, न त कसैले तिनीहरू परमेश्‍वरको इच्‍छाको बारेमा प्रचार गर्न आएका हुन् कि भनेर नै सोधे। यसको विपरीत, तिनीहरूले भीड जम्‍मा गरे अनि, स्पष्टीकरणको प्रतीक्षा नगरीकन, यी दुई सेवकलाई पक्रन जङ्गली कुकुर वा घातक ब्‍वाँसाहरूजस्तो गरी आए। के यी घटनाहरू घट्दा परमेश्‍वरले हेर्नुभयो? यस प्रकारको मानव व्यवहार, यस प्रकारको घटनाप्रति परमेश्‍वरले आफ्‍नो हृदयमा के सोचिरहनुभएको थियो? परमेश्‍वरले यस सहरलाई नष्ट गर्ने निर्णय गर्नुभयो; उहाँ हिचकिचाउने वा प्रतीक्षा गर्नेवाला हुनुहुन्नथ्यो, न त उहाँ थप कुनै धैर्यता नै देखाउनेवाला हुनुहुन्थ्यो। उहाँको दिन आइसकेको थियो, त्यसकारण उहाँ आफूले गर्न चाहेको काम गर्न तयार हुनुभयो। तसर्थ, उत्‍पत्ति १९:२४-२५ ले भन्छ, “त्यसपछि यहोवाले सदोम र गमोरामाथि स्वर्गबाट यहोवाबाट गन्धक र आगो बर्साउनुभयो; अनि उहाँले ती सहरहरू, सारा मैदान, ती सहरहरूका बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोकलाई नष्ट गर्नुभयो।” यी दुई पदले यो सहरलाई परमेश्‍वरले के-कसरी नष्ट गर्नुभयो साथै परमेश्‍वरले के-कस्ता कुराहरू नष्ट गर्नुभयो भन्‍नेबारेमा बताउँछन्। सबभन्दा पहिले, परमेश्‍वरले यो सहरलाई आगोले जलाउनुभयो, र यो आगोको मात्रा सारा मानिसहरूलाई नष्ट गर्न र जमिनबाट उम्रने सबै कुरा नष्ट गर्नको निम्ति पर्याप्त थियो भनी बाइबलले वर्णन गरेको छ। भन्‍नुको अर्थ, स्वर्गबाट झरेको उक्त आगोले सहरलाई मात्र होइन, यसभित्र बसोबास गरिरहेका मानिसहरू र सबै जीवित प्राणीहरूलाई पनि कुनै नाम-निशान नै नरहने गरी नष्ट गर्‍यो। यो सहर नष्ट गरिएपछि, उक्त भूमि जीवित प्राणी रहित भयो; त्यहाँ कुनै जीवन बाँकी थिएन, न त जीवनको कुनै लक्षण नै बाँकी थियो। यो सहर एक उजाड स्थान, घातक मौनताले भरिएको एक रित्तो स्थान बनेको थियो। यस ठाउँमा अबउप्रान्त परमेश्‍वरको विरुद्ध कुनै दुष्ट कार्यहरू हुनेवाला थिएनन्, कुनै हत्या वा रगत बगाउने कार्य हुनेवाला थिएनन्।

परमेश्‍वरले किन यो सहरलाई यति सम्पूर्ण तवरले जलाउन चाहनुभयो त? तिमीहरू यहाँ के देख्‍न सक्छौ? के परमेश्‍वरले मानवजाति र प्रकृति, अर्थात् उहाँको आफ्‍नै सृष्टि यसरी नष्ट भएको हेर्न सक्‍नुभयो त? स्वर्गबाट झारिएको आगोबाट तैँले यहोवा परमेश्‍वरको रिस पत्ता लगाउन सक्छस् भने, उहाँले गर्नुभएको विनाशका निसानाहरू र सहरलाई जुन हदसम्‍म नष्ट गरिएको थियो त्यस हदको आधारमा मूल्याङ्कन गर्दा, उहाँको क्रोध कति ठूलो थियो भनी देख्‍नु त्यति कठिन हुँदैन। जब परमेश्‍वरले कुनै सहरलाई घृणा गर्नुहुन्छ, उहाँले यसमाथि आफ्‍नो दण्डको वर्षा गराउनुहुन्छ। जब परमेश्‍वरलाई कुनै सहरदेखि घिन लागेर आउँछ, उहाँले मानिसहरूलाई उहाँको रिसको बारेमा जानकारी दिन बारम्‍बार चेतावनी दिनुहुन्छ। तैपनि, जब परमेश्‍वरले कुनै सहरलाई समाप्त गर्ने र नष्ट गर्ने निर्णय गर्नुहुन्छ—अर्थात्, जब उहाँको क्रोध र प्रतापलाई क्रुद्ध पारिएको हुन्छ—उहाँले थप कुनै दण्ड वा चेतावनी दिनुहुन्‍न। बरु, उहाँले यसलाई सीधै नष्ट गर्नुहुनेछ। उहाँले यसलाई पूर्ण रूपमा मेटाउनुहुनेछ। यो परमेश्‍वरको धर्मी स्वभाव हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७८

मानिसको काम एक निश्‍चित दायराभित्र रहन्छ र यो सीमित छ। एक व्यक्तिले एक निश्‍चित चरणको काम गर्न सक्छ र सम्पूर्ण युगको काम गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६९

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८२

परमेश्‍वरले सबै थोकको सृष्टि गर्नुभयो र तिनीहरूको निम्ति सीमाहरू स्थापित गर्नुभयो; तीमध्येमा उहाँले सबै किसिमका जीवित प्राणीहरूको पालनपोषण...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२०

बृहत् र सूक्ष्‍म दृष्टिकोणहरूबाट परमेश्‍वरको अख्तियारलाई बुझ्ने परमेश्‍वरको अख्तियार अद्वितीय छ। यो परमेश्‍वर स्वयम्‌को चारित्रिक...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्