परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०३

मानवजाति भ्रष्ट तुल्याइएको भए तापनि, ऊ अझै पनि सृष्टिकर्ताको अख्‍तियारको सार्वभौमिकताको अधीनमा जिउँछ

शैतानले मानवजातिलाई हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको छ, र संसारमा भयानक अपराधहरू गरेको छ। त्यसले मानिसलाई दुर्व्यवहार गरेको छ, मानिसलाई धोका दिएको छ, मानिसलाई परमेश्‍वरको विरोध गर्न प्रलोभनमा पारेको छ, र बारम्‍बार परमेश्‍वरको व्यवस्थापन योजनालाई अलमल्याउने र दुर्बल तुल्याउने दुष्ट कार्यहरू गरेको छ। तैपनि, परमेश्‍वरको अख्‍तियारमा, सबै थोक र जीवित प्राणीहरू परमेश्‍वरले तय गर्नुभएका नियम र व्यवस्थाहरूलाई नै निरन्तर पालना गर्छन्। परमेश्‍वरको अख्‍तियारको तुलनामा, शैतानको दुष्ट प्रकृति र उच्छृङ्खलता अत्यन्तै कुरूप, अत्यन्तै घिनलाग्दो र तुच्छ, र अत्यन्तै सानो र असहाय छ। शैतान परमेश्‍वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा हिँड्ने भए तापनि, परमेश्‍वरले हुकुम चलाउनुहुने मानिस, कामकुरा, र वस्तुहरूमा यसले अलिकति पनि परिवर्तन ल्याउन सक्दैन। हजारौँ वर्ष बितिसकेको छ, र मानवजातिले अझै पनि परमेश्‍वरले दिनुभएको ज्योति र हावाको आनन्द लिन्छ, परमेश्‍वर स्वयम्‌ले फुकिदिनुभएको सासद्वारा सास फेर्छ, परमेश्‍वरले सृष्टि गर्नुभएका फूल, चराचुरुङ्गी, माछा र कीरा-फट्याङ्ग्रामा रमाउँछ, र परमेश्‍वरले प्रदान गर्नुभएका सबै थोकमा आनन्द लिन्छ; दिन र रात अझै पनि आउने-जाने क्रम जारी छ; सधैँ झैँ चार ऋतु परिवर्तन भइरहन्छ; आकाशमा उड्ने हाँस शिशिरमा बिदा हुन्छन्, तैपनि अर्को वसन्तमा फर्कन्छन्; पानीमा बस्‍ने माछाले कहिल्यै पनि तिनीहरूको घर, अर्थात् खोलानाला र ताल-तलैयालाई छोड्दैन; ग्रीष्म याममा पृथ्वीका झ्याउँकिरीहरू आफ्‍नो हृदयबाट गीत गाउँछन्; शरद याममा घाँस-पातभित्रबाट किरकिर गर्ने फट्याङ्ग्रोले बताससँगै समय-समयमा मन्द स्वरमा गुनगुनाउँछ; पानी-हाँसहरू बथानमा भेला हुन्छन्, जबकी चीलहरू एकला-एकलै रहन्छन्; सिंहका समूहले सिकार खेलेर आफ्‍नो पेट पाल्छन्; बाह्रसिङ्गे मृग घाँस-पात र फूलहरूबाट टाढा जाँदैनन्…। सबै थोकका बीचमा रहेका हरेक प्रकारका जीवित प्राणी बिदा हुन्छन् र फर्कन्छन्, त्यसपछि फेरि बिदा हुन्छन्, आँखाको एक निमेषमा करोडौँ परिवर्तन भइरहन्छ—तर परिवर्तन नहुने भनेका तिनीहरूका प्राकृतिक गुण र अस्तित्व सम्‍बन्धी नियमहरू हुन्। ती परमेश्‍वरको बन्दोबस्‍त र पालनपोषणमा जिउँछन्, र कसैले पनि तिनीहरूको प्राकृतिक गुणलाई परिवर्तन गर्न सक्दैन, न त अस्तित्व सम्‍बन्धी तिनीहरूका नियमहरूलाई नै कसैले बिगार्न सक्छ। सबै थोकको बीचमा जिउने मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको र छल गरेको भए तापनि, परमेश्‍वरले बनाउनुभएको पानीलाई, र परमेश्‍वरले बनाउनुभएको हावालाई, अनि परमेश्‍वरले बनाउनुभएको सबै थोकलाई मानिसले अझै त्याग्‍न सक्दैन, र परमेश्‍वरले सृष्टि गर्नुभएको यो क्षेत्रमा नै मानिस अझै जिउँछ र वृद्धि हुन्छ। मानवजातिको प्राकृतिक गुण परिवर्तन भएको छैन। मानिसले अझै पनि हेर्नको लागि आफ्‍नो आँखा, सुन्‍नको लागि आफ्‍नो कान, विचार गर्नको लागि आफ्‍नो मस्तिष्क, बुझ्‍नको लागि उसको हृदय, हिँड्नको लागि आफ्‍ना हात-खुट्टा, काम गर्नका लागि आफ्‍ना हातमा भर पर्छ, र यस्तै इत्यादि; उसले परमेश्‍वरको बन्दोबस्‍तलाई स्वीकार गर्न सकोस् भनेर परमेश्‍वरले मानिसलाई दिनुभएका सबै प्राकृतिक गुणहरू अपरिवर्तित नै रहन्छन्, परमेश्‍वरसँग मानिसले जुन अङ्गहरूको प्रयोग गरी सहकार्य गर्छ ती परिवर्तन भएका छैनन्, सृष्टि गरिएको प्राणीको रूपमा रहेको कर्तव्य निभाउने मानवजातिको अङ्ग परिवर्तन भएको छैन, मानवजातिका आत्मिक खाँचोहरू परिवर्तन भएका छैनन्, आफ्‍नो व्युत्पत्ति पत्ता लगाउने मानवजातिको इच्‍छा परिवर्तन भएको छैन, सृष्टिकर्ताद्वारा मुक्ति पाउने मानवजातिको तृष्णा परिवर्तन भएको छैन। मानवजातिका वर्तमान परिस्‍थितिहरू यस्तै छन्, जो परमेश्‍वरको अख्‍तियारको अधीनमा जिउँछन्, र जसले शैतानद्वारा ल्याइएका खूनी विनाशलाई भोगेको छ। मानवजाति शैतानको दमनमा परेको छ, र ऊ उप्रान्त सृष्टिको प्रारम्‍भका आदम र हव्‍वा होइन, तर ज्ञान, कल्‍पना, धारणाहरू र यस्तै इत्यादि जस्ता परमेश्‍वरको विरोध गर्ने कुराहरूले भरिएको छ, र भ्रष्ट शैतानी स्वभावले भरिएको छ, तैपनि, परमेश्‍वरको नजरमा मानवजाति अझै पनि उहाँले सृष्टि गर्नुभएको त्यही मानवजाति नै हो। मानवजातिलाई अझै पनि परमेश्‍वरले शासन गर्नुहुन्छ र योजनाबद्ध गर्नुहुन्छ, र ऊ परमेश्‍वरले तय गर्नुभएको मार्गभित्रै अझै जिउँछ, त्यसकारण परमेश्‍वरको नजरमा, शैतानले भ्रष्ट पारेको मानवजाति भोको पेट, अलिक ढिलो प्रतिक्रिया, पहिलेजस्तो राम्रो स्मरणशक्ति नभएको, र अलिक बूढो अवस्थामा फोहोर-मैलाले ढाकिएको मात्रै छ—तर मानिसका सबै कार्यगत गुण र प्राकृतिक गुणहरूमा कुनै क्षति पुगेको छैन। परमेश्‍वरले मुक्ति दिने अभिप्राय राख्‍नुभएको मानवजाति यही नै हो। यो मानवजातिले सृष्टिकर्ताको बोलावटलाई सुन्‍ने, र सृष्टिकर्ताको आवाजलाई सुन्‍ने बाहेक केही पनि गर्नु पर्दैन, अनि ऊ खडा हुनेछ र यो आवाज कहाँबाट आयो त्यो पत्ता लगाउन हतार गर्नेछ। यो मानवजातिले सृष्टिकर्ताको रूपलाई हेर्ने बाहेक केही गर्नु पर्दैन, अनि उसले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि अरू कसैलाई सुन्‍नेछैन, र सबैलाई बिर्सनेछ, र उहाँको लागि आफ्‍नो जीवन समेत दिनेछ। जब मानवजातिका हृदयले सृष्टिकर्ताको हृदयविदारक वचनहरू बुझ्छ, मानवजाति शैतानलाई इन्कार गरेर सृष्टिकर्ताको पक्षमा आउनेछ; जब मानवजातिले आफ्‍नो शरीरबाट फोहोर-मैला पूर्ण रूपमा धोएको हुन्छ, र फेरि एक पटक सृष्टिकर्ताको बन्दोबस्‍त र पालनपोषण प्राप्त गरेको हुन्छ, मानवजातिको स्मरण फर्केको हुनेछ, र यस पटक मानवजाति सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा फर्केको हुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६९

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५४४

परमेश्‍वरद्वारा सिद्ध तुल्याइने कुराको खोजी गर्न व्यक्तिले पहिले उहाँद्वारा सिद्ध तुल्याइनुको अर्थ के हो, साथै सिद्ध तुल्याइनका निम्ति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६२

कतिपय मानिसहरूले यो सोध्‍नेछन्, “देहधारी परमेश्‍वर र विगतका समयहरूका अगमवक्ता र प्रेरितहरूले गरेका कामको बीचमा रहेको भिन्‍नता के हो?...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १२९

मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) छैटौं महत्त्वपूर्ण मोड: मृत्यु धेरै दौडधूप, धेरै निराशा र विफलताहरूपछि, धेरै आनन्द...