परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५४
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
शैतानका सीप र क्षमताहरू मानिसको भन्दा ठूलो भए तापनि, त्यसले मानिसले गर्न नसक्ने कुराहरू गर्न सक्ने भए तापनि, चाहे तैँले शैतानले जे गर्छ त्यसको ईर्ष्या वा चाहना गरे पनि, चाहे यी कुराहरूलाई तैँले मन नपराउने वा घृणा गर्ने भए पनि, चाहे तँ तिनलाई देख्न सक्ने भए पनि नभए पनि, र चाहे शैतानले जति नै धेरै हासिल गर्न सके पनि, वा त्यसले जति मानिसलाई त्यसको आराधना गर्न र प्रतिष्ठित गर्न लगाउन छल गर्न सके पनि, र चाहे तैँले त्यसलाई जे-जसरी परिभाषित गरे पनि, तैँले त्यससँग परमेश्वरको अख्तियार र शक्ति छ भनेर सायद भन्न सक्दैनस्। तँलाई थाहा हुनुपर्छ कि परमेश्वर, परमेश्वर नै हुनुहुन्छ, परमेश्वर एउटै मात्र हुनुहुन्छ, यसको साथै, परमेश्वरसँग मात्रै अख्तियार छ, सबै थोकलाई नियन्त्रण गर्ने र शासन गर्ने शक्ति परमेश्वरसँग मात्रै छ। शैतानसँग मानिसहरूलाई धोका दिने क्षमता छ र त्यसले परमेश्वरको अनुकरण गर्न सक्छ, परमेश्वरले प्रदर्शन गर्नुहुने चिन्ह र आश्चर्यकर्महरू अनुकरण गर्न सक्छ, अनि त्यसले परमेश्वरका जस्तै कुराहरू गरेको छ भन्दैमा, तैँले गलत रूपमा परमेश्वर अद्वितीय हुनुहुन्न, ईश्वरहरू धेरै छन्, यी फरक-फरक ईश्वरहरूसँग ठूला वा साना सीपहरू छन्, र तिनीहरूले चलाउने शक्तिको क्षेत्रमा भिन्नताहरू छन् भनेर विश्वास गर्छस्। तिनीहरूको आगमनको क्रम र तिनीहरूको उमेरको आधारमा तैँले तिनीहरूको महानताको क्रम मिलाउँछस्, र परमेश्वरबाहेक अरू ईश्वरहरू पनि छन् भनेर तैँले गलत रूपमा विश्वास गर्छस्, अनि परमेश्वरको शक्ति र अख्तियार अद्वितीय छैनन् भन्ने ठान्छस्। यदि तँसँग त्यस्ता विचारहरू छन् भने, यदि तैँले परमेश्वरको अद्वितीयपनलाई पहिचान गर्दैनस्, परमेश्वरसँग मात्रै अख्तियार छ भन्ने विश्वास गर्दैनस् भने, र तैँले बहुईश्वरवादलाई मात्रै मान्छस् भने, तँ प्राणीहरू मध्येको नीच प्राणी होस्, तँ शैतानको साँचो मूर्तरूप होस्, र तँ पूर्ण रूपमा दुष्ट व्यक्ति होस्! यी वचनहरू भनेर मैले तिमीहरूलाई के सिकाउने प्रयास गरिरहेको छु, के तिमीहरू बुझ्छौ? समय, स्थान, वा तेरो पृष्ठभूमि जेसुकै भए तापनि, तैँले परमेश्वर र अरू कुनै व्यक्ति, थोक, वा वस्तुमा झुक्किनु हुँदैन। परमेश्वरको अख्तियार र परमेश्वर स्वयम्को सार जति जान्न नसकिने र पहुँच प्राप्त गर्न नसकिने छ भन्ने तँलाई लागे पनि, चाहे तेरो धारणा र कल्पनासँग शैतानका जति कार्य र वचनहरू मिले पनि, चाहे तेरो लागि ती जति नै चित्तबुझ्दो भए पनि, मूर्ख नबन्, यी अवधारणाहरूप्रति अन्योल नबन्, परमेश्वरको अस्तित्वलाई इन्कार नगर्, परमेश्वरको पहिचान र हैसियतलाई इन्कार नगर्, परमेश्वरलाई तेरो हृदयको ढोकाबाट बाहिर निकालेर परमेश्वरको सट्टा शैतानलाई तेरो परमेश्वर बनाउन नले। तिमीहरूले त्यसो गर्नुका परिणामहरू के हुनेछन् त्यसको कल्पना गर्न सक्छौ भन्नेमा मलाई कुनै शङ्का छैन!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्वरबाट मात्रै आउन...
मानिसले परमेश्वरलाई विश्वास गर्न थालेदेखि उसले के उपलब्धि प्राप्त गरेको छ? तैँले परमेश्वरको बारेमा के कुरा जानेको छस्? परमेश्वरमा...
मानव जीवनका छ महत्वपूर्ण मोडहरू (छनौट गरिएका खण्डहरू) पाँचौं महत्वपूर्ण मोड: सन्तान विवाह गरिसकेपछि, व्यक्तिले अर्को पुस्ताको सन्तान...
तँ परमेश्वरको इच्छाप्रति जति धेरै सचेत हुन्छस्, तैँले त्यति नै बढी बोझ बोक्नेछस् अनि तैँले बोक्ने बोझ जति ठूलो हुन्छ, तेरो अनुभव त्यति नै...