परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७६

जब तैँले मानवजातिप्रति परमेश्‍वरका विचारहरू तथा धारणालाई साँचो रीतिले बुझ्‍न सक्छस्, जब तैँले सृष्टिका हरेक प्राणीको निम्ति परमेश्‍वरका भावनाहरू तथा चिन्तालाई साँचो रीतिले बुझ्न सक्छस्, तब सृष्टिकर्ताद्वारा सृष्टि भएका मानिसहरू प्रत्येकको लागि खर्चिने समर्पण तथा प्रेमलाई तैँले बुझ्न सक्‍नेछस्। जब यो हुनेछ, तब परमेश्‍वरको प्रेमलाई बुझ्न तैँले दुई वटा शब्दहरू प्रयोग गर्नेछस्। ती दुई शब्दहरू के-के हुन्? कतिपय मानिसहरूले “निस्वार्थ” भन्छन् र कतिपय मानिसहरूले “परोपकारी” भन्छन्। यी दुई शब्दहरूमध्ये “परोपकारी” भन्‍ने शब्‍द परमेश्‍वरको प्रेमलाई बयान गर्न सुहाउँदो छैन। मानिसहरूले उदार वा विशाल मन भएको व्यक्तिलाई व्याख्या गर्न यो शब्‍दको प्रयोग गर्छन्। यो शब्दलाई म घृणा गर्छु किनकि यसले जथाभाबी, कुनै भेदभाव नगरी, कुनै सिद्धान्तको परवाह नगरीकन परोपकार गर्ने कुरालाई जनाउँछ। यो अत्यन्तै भावुक झुकाव हो, जुन मूर्ख तथा अन्योलग्रस्त मानिसहरूका निम्ति सामान्य नै हुन्छ। जब परमेश्‍वरको प्रेमलाई बयान गर्न यो शब्‍दको प्रयोग गरिन्छ, तब त्यसमा ईश्‍वरनिन्दाको भाव अवश्य नै हुन्छ। परमेश्‍वरको प्रेमलाई उपयुक्त ढङ्गले बयान गर्ने मसित यहाँ दुई वटा शब्दहरू छन्। ती के-के हुन् त? पहिलो हो, “असीम”। के यो शब्द अत्यन्तै उत्प्रेरणात्मक छैन र? दोस्रो शब्द हो, “विशाल”। यी शब्दहरू पछाडि वास्तविक अर्थ छ जसलाई म परमेश्‍वरको प्रेम बयान गर्न प्रयोग गर्छु। अक्षरिक रूपमा लिँदा, “असीम” ले कुनै कुराको आयतन वा क्षमतालाई बयान गर्छ, तर त्यो कुरा जतिसुकै ठूलो भए तापनि, यो यस्तो कुरा हो जसलाई मानिसहरूले छुन वा देख्न सक्छन्। किनभने यसको अस्तित्व हुन्छ—यो एउटा अमूर्त वस्तु होइन तर मानिसहरूलाई तुलनात्मक रूपमा सही र व्यवहारिक ढङ्गले विचारहरू प्रदान गर्न सक्‍ने कुरा हो। यसलाई तैँले चाहे दुई वा तीन आयामको दृष्टिकोणले हेरे तापनि यसको अस्तित्वलाई तैँले कल्पना गर्नु आवश्यक छैन, किनकि यो वास्तवमै साँचो रूपले अस्तित्वमा भएको कुरा हो। “असीम” भन्ने शब्दले परमेश्‍वरको प्रेमलाई बयान गर्दा यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्ने प्रयास गरेको जस्तो भाव दिए तापनि, यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भन्ने अनुभूति पनि दिन्छ। म भन्छु कि परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिन्छ किनकि उहाँको प्रेम रित्तो छैन, न त यो मनगढन्ते कुरा हो। बरु, यो परमेश्‍वरको शासनमुनि रहेका सबै कुराहरूले पाउने कुरा हो, सारा सृष्टिहरूले विविध स्तरहरू तथा विभिन्न दृष्टिकोणहरूबाट उपभोग गर्ने कुरा हो। मानिसहरूले यसलाई देख्न वा छुन नसके तापनि, यस प्रेमले सबै कुराहरूलाई तब भरणपोषण गर्छ र जीवन दिन्छ जब यसलाई तिनीहरूको जीवनमा थोरै-थोरै गरेर प्रकट गरिन्छ, अनि तिनीहरूले बितेर जाने हरेक क्षणमा उपभोग गर्ने परमेश्‍वरको प्रेमलाई भरोसा गर्छन् र त्यसको गवाही दिन्छन्। म परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भनी भन्छु किनकि सबै कुराको निम्ति परमेश्‍वरका विचारहरू, अनि निश्‍चित रूपमा मानिसहरूका लागि उहाँका विचारहरू जस्तै, परमेश्‍वरले सबै कुराहरूको निम्ति प्रबन्ध गर्नुहुन्छ अनि तिनीहरूलाई पालनपोषण गर्नुहुन्छ भन्‍ने कुराको रहस्यलाई बुझ्‍नु मानिसहरूको निम्ति कठिन छ। भन्‍नुको अर्थ, सृष्टिकर्ताले मानवजातिको निम्ति बगाउनुभएको रगत र आँसुलाई कसैले पनि जान्दैन। आफ्नै हातहरूले सृष्टि गर्नुभएको मानवजातिको निम्ति सृष्टिकर्तासित भएको प्रेमको गहिराइ वा वजन कसैले आत्मसात् गर्न सक्दैन, कसैले बुझ्न सक्दैन। परमेश्‍वरको प्रेमलाई असीम भनी बयान गर्नु भनेको मानिसहरूलाई यसको अस्तित्वको चौडाइ तथा सत्यतालाई सराहना तथा बुझ्न सहायता गर्नु हो। यो यसकारण पनि हो ताकि मानिसहरूले अझ गहिरो प्रकारले “सृष्टिकर्ता” को वास्तविक अर्थलाई राम्ररी बुझ्न सकून्, ताकि मानिसहरूले “सृष्टि” भन्ने संज्ञाको साँचो अर्थको गहिरो बुझाइ हासिल गर्न सकून्। “विशाल” भन्ने शब्दले सामान्यतया कुन कुराको व्याख्या गर्दछ? सामान्यतया समुद्र वा ब्रम्‍हाण्डका व्याख्या गर्न यसको प्रयोग गरिन्छ, उदाहरणको लागि: विशाल ब्रम्‍हाण्ड वा विशाल समुद्र। ब्रम्‍हाण्डका फैलावट तथा अति गहिराइ मानव समझभन्दा परको कुरा हो; यो यस्तो कुरा हो जसले मानिसको कल्पनालाई उत्तेजित गर्छ, यस्तो कुरा जसको निम्ति तिनीहरूले ठूलो विस्मयको अनुभूति गर्छन्। यसको रहस्य तथा गम्भीरतालाई देख्‍न त सकिन्छ तर यी पहुँचभन्दा पर छन्। जब तँ समुद्रको बारेमा सोच्छस्, तँ यसको चौडाइको बारेमा सोच्छस्—यो असीमित देखिन्छ, अनि तैँले यसको रहस्य र थोकहरूलाई थाम्न सक्ने यसको ठूलो क्षमतालाई अनुभूति गर्न सक्छस्। त्यसैले, यो कति बहुमूल्य छ भनी अनुभूति गर्न, उहाँको प्रेमको अथाह सुन्दरता अनि उहाँको प्रेमको शक्ति अनन्त र व्यापक छ भनी अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले परमेश्‍वरको प्रेमलाई बयान गर्न “विशाल” भन्ने शब्दको प्रयोग गरेको हुँ। उहाँको प्रेमको पवित्रतालाई अनुभूति गर्न, र उहाँको प्रेमद्वारा प्रकट गरिएको परमेश्‍वरको गौरव तथा उल्‍लङ्घन गर्न नसकिने उहाँको स्वभाव अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले यो शब्दको प्रयोग गरेँ। अब, के परमेश्‍वरको प्रेमलाई बयान गर्नको निम्ति “विशाल” भन्‍ने शब्‍द सुहाउँदो शब्द हो भन्‍ने तिमीहरूलाई लाग्छ? के परमेश्‍वरको प्रेम “असीम” र “विशाल” भन्‍ने यी दुई शब्‍दको नापमा पुग्‍न सक्छ? अवश्य सक्छ! मानव भाषामा, यी दुई शब्द मात्रै केही हदसम्म सुहाउँदो छन्, अनि परमेश्‍वरको प्रेमलाई बयान गर्न तुलनात्मक रूपले उचित छन्। के तिमीहरूलाई त्यस्तो लाग्दैन? यदि मैले तिमीहरूलाई परमेश्‍वरको प्रेमबारे बयान गर्न लगाएँ भने के तिमीहरू यी दुई शब्दको प्रयोग गर्छौ? सायद तिमीहरूले त्यसो गर्दैनौ, किनकि परमेश्‍वरको प्रेम सम्‍बन्धी तिमीहरूको बुझाइ तथा सराहना दुई आयामको दृष्टिकोणको क्षेत्रभित्र सीमित छ, अनि यो तीन आयामको स्थानको उचाइमा उक्लेको छैन। यसैले, यदि मैले तिमीहरूलाई परमेश्‍वरको प्रेमको बयान गर्न दिएँ भने तिमीहरूले शब्दहरूको कमी भएको महसुस गर्नेथियौ, सायद तिमीहरू निःशब्द पनि हुने थियौ होला। आज दुई शब्दको बारेमा मैले तिमीहरूसित जुन कुरा गरेँ, त्यसबारे बुझ्न तिमीहरूलाई कठिन भयो होला वा सायद तिमीहरू पूर्ण रूपमा सहमत हुँदैनौ होला। यसले पनि देखाउँछ कि परमेश्‍वरको प्रेम सम्‍बन्धी तिमीहरूको सराहना तथा बुझाइ सतही छ र साँघुरो क्षेत्रभित्र सीमित छ। मैले अघि भनेँ कि परमेश्‍वर निःस्वार्थी हुनुहुन्छ; तिमीहरू “निःस्वार्थी” भन्‍ने यो शब्दलाई सम्झिन्छौ। के परमेश्‍वरको प्रेमलाई निःस्वार्थी भनेर मात्र बयान गर्न सकिन्छ भन्‍ने कुराको सम्‍भावना छ? के यो निकै साँघुरो क्षेत्र होइन र? तिमीहरूले यो विषयमा अझै बढी चिन्तन गर्नुपर्छ ताकि तिमीहरूले यसबाट केही हासिल गर्न सक।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८०

उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू (छनौट गरिएका खण्डहरू) यूहन्‍ना २१:१६-१७ उहाँले तिनलाई फेरि दोस्रोपटक भन्‍नुभयो,...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९८

यसले प्रायःजसो मानिसहरूका मनमा उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछः “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं” (उत्पत्ति १:२६)। यहाँ...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३२

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२३

संसारमा, भूकम्‍पहरू जानु विपत्तिको सुरुवात हो। सुरुमा म संसार अर्थात् पृथ्वीलाई परिवर्तन गर्छु, त्यसपछि केही महामारी र अनिकाल ल्याउँछु।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्