परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६४

यदि हामी परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको बारेमा धेरै बुझ्न चाहन्छौँ भने, हामी पुरानो नियममा वा व्यवस्थाको युगमा रोकिन सक्दैनौं—परमेश्‍वरले आफ्नो काममा लिनुभएका कदमहरूलाई पछ्याएर हामी निरन्तर अघि बढ्नुपर्छ। त्यसकारण, परमेश्‍वरले व्यवस्थाको युग सिध्याएर अनुग्रहको युग सुरु गर्नुभएकोले, हाम्रा आफ्नै कदमहरूले पनि अनुग्रहको युगतर्फ पछ्याएको होस्—अनुग्रह तथा उद्धारले भरिपूर्ण युगभित्र। यस युगमा, परमेश्‍वरले फेरि पहिले कहिल्यै नगरिएको कुनै महत्त्वपूर्ण काम गर्नुभयो। यस नयाँ युगमा गरिएको काम परमेश्‍वर तथा मानवजातिको निम्ति एउटा नयाँ सुरुवाती बिन्दु थियो—एउटा यस्तो सुरुवाती बिन्दु जसमा परमेश्‍वरले पहिले कहिल्यै नगरिएको काम गर्नुभएको कुरा समावेश थियो। यो नयाँ काम अभूतपूर्व थियो, यस्तो कुरा जुन मानव तथा सारा सृष्टिको कल्पनाको शक्तिभन्दा परको कुरा थियो। यो यस्तो कुरा थियो जुन अहिले सबै मानिसहरूलाई ज्ञात भइसकेको छ—पहिलो पल्ट, परमेश्‍वर मानिस हुनुभयो, अनि पहिलो पल्ट उहाँले मानिसको रूप लिएर मानिसको नयाँ पहिचानमा रही नयाँ काम सुरु गर्नुभयो। परमेश्‍वरले व्यवस्थाको युगमा आफ्नो काम गरिसक्नुभएको थियो अनि अब उपरान्त उहाँले व्यवस्थाको अधीनमा केही पनि गर्नुहुने वा भन्नुहुने थिएन भन्ने कुरालाई यस नयाँ कामले इङ्गित गरेको थियो। न त उहाँले व्यवस्थाको रूपमा अर्थात् व्यवस्थाका सिद्धान्तहरू वा नियमहरू अनुसार केही कुरा भन्नु वा गर्नुहुने नै थियो। यसको अर्थ, उहाँको व्यवस्थामा आधारित सबै काम सदाको निम्ति रोकिएको थियो र यो जारी रहनेथिएन किनभने परमेश्‍वरले नयाँ काम सुरु गर्न र नयाँ कुराहरू गर्न चाहनुभएको थियो। फेरि एक पल्ट उहाँको योजनाको एउटा नयाँ सुरुवाती बिन्दु भयो, अनि त्यसैले परमेश्‍वरले मानवजातिलाई अर्को चरणमा डोर्‍याउनुपर्‍यो।

मानिसहरूको लागि यो समाचार आनन्ददायक थियो कि अनिष्ट सूचक भन्ने कुरा हरेक व्यक्तिको सारमा निर्भर हुन्थ्यो। कसै-कसैको लागि यो आनन्ददायक समाचार नभई अनिष्ट सूचक थियो भन्न सकिन्छ किनभने जब परमेश्‍वरले आफ्नो नयाँ काम सुरु गर्नुभयो, तब जुन मानिसहरूले केवल व्यवस्था तथा नियमहरूलाई मात्र पछ्याउँथे, जसले परमेश्‍वरको भय नमानेर केवल सिद्धान्तहरूलाई मात्र पछ्याउँथे, तिनीहरूले आफ्नो पुरानो कामलाई प्रयोग गरेर उहाँको नयाँ कामलाई दोष्याउने प्रवृत्ति थियो। ती मानिसहरूको निम्ति यो अनिष्ट सूचक समाचार थियो; तर जो निर्दोष तथा खुला थिए, जो परमेश्‍वरप्रति सच्चा थिए र उहाँको उद्धारलाई ग्रहण गर्न इच्छुक थिए, तिनीहरू सबैका निम्ति परमेश्‍वरको पहिलो देहधारण अत्यन्तै आनन्ददायक समाचार थियो। किनभने, पहिलो पटक मानिसहरूलाई अस्तित्वमा ल्याइएको दिनदेखि यता परमेश्‍वर आत्मामा नभई शरीरमा मानिसहरूकहाँ देखापर्नुभएको र तिनीहरूको माझमा वास गर्नुभएको यो पहिलो पटक थियो; यस पल्ट, उहाँ मानिसको रूपमा जन्मिनुभयो अनि मानिसको पुत्रको रूपमा मानिसहरूको माझमा वास गर्नुभयो, अनि तिनीहरूको बीचमा काम गर्नुभयो। यसले “पहिले” मानिसहरूको धारणाहरूलाई तोड्यो; यो सबै कल्पनाभन्दा परको कुरा थियो। यसबाहेक, परमेश्‍वरका सबै अनुयायीहरूले एउटा ठोस फाइदा हासिल गरे। परमेश्‍वरले पुरानो युगलाई मात्रै अन्त्य गर्नुभएन तर उहाँले काम गर्ने पुराना तरिकाहरू तथा काम गर्ने शैलीलाई पनि अन्त्य गर्नुभयो। उहाँले आफ्ना सन्देशवाहकहरूलाई उपरान्त आफ्नो इच्छा जाहेर गर्न लगाउनुभएन, उहाँ उपरान्त बादलहरूमा लुक्‍नुभएको थिएन, अनि उपरान्त मानिसहरूलाई गर्जनद्वारा हुकुम दिँदै देखापर्नुभएन वा बोल्नुभएन। अघिको कुनै पनि कुराभन्दा पृथक्, मानिसहरूको निम्ति बुझ्‍न वा स्वीकार गर्न कठिन र तिनीहरूको निम्ति एउटा अकल्पनीय विधिद्वारा—देह बनेर—उहाँ त्यस युगको काम सुरु गर्नको निम्ति मानिसको पुत्र हुनुभयो। परमेश्‍वरको यस कार्यले मानवजातिलाई पूर्ण रूपले बेतैयार भएको अवस्थामा भेट्टायो; यसले तिनीहरूलाई अप्ठ्यारोमा पार्‍यो, किनकि परमेश्‍वरले एक पल्ट फेरि नयाँ काम सुरु गर्नुभएको थियो जुन उहाँले पहिले कहिल्यै गर्नुभएको थिएन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १०१

परमेश्‍वर, जोसँग सृष्टिकर्ताको पहिचान छ, उहाँसँग मात्रै अद्वितीय अख्‍तियार छ (छनौट गरिएका खण्डहरू) परमेश्‍वरको अख्तियार केको प्रतीक हो? के...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७०

परमेश्‍वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्‍वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४८

मानिसको व्यवस्थापन गर्नु सदैव मेरो कर्तव्य रहिआएको छ। यसको अतिरिक्त, मैले संसारको सृष्टि गर्दा नै मानिसमाथिको विजयको ठहर गरेँ। आखिरी...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८८

त्यसबेला, येशूको कामका केही भाग पुरानो करार, साथै मोशाको व्यवस्था र व्यवस्थाको युगको अवधिमा दिइएको यहोवाको वचनअनुसार थियो। येशूले उहाँको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्