परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४०

परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।

अय्यूब १:५ अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे।

अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।

तिमीहरूले यी खण्डहरूमा देख्‍ने मुख्य बुँदा के हो? धर्मशास्‍त्रका यी तीन संक्षिप्त खण्डहरू सबै नै अय्यूबसँग सम्बन्धित छन्। संक्षिप्त भए पनि, तिनी कस्ता किसिमका व्यक्ति थिए भनी यी खण्डहरूले स्पष्ट रूपमा बताउँछन्। अय्यूबको दैनिक व्यवहार र तिनको आचरणको विवरणमार्फत यी खण्डहरूले सबैलाई के कुरा बताउँछन् भने परमेश्‍वरले अय्यूबको बारेमा गर्नुभएको मूल्याङ्कन आधारहीन थिएन बरु उचित रूपमा तथ्यपरक थियो। यी खण्डहरूले हामीलाई चाहे अय्यूबको बारेमा मानिसले गरेको मूल्याङ्कन होस् (अय्यूब १:१), वा तिनको बारेमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन (अय्यूब १:८), ती दुवै नै अय्यूबले परमेश्‍वर र मानिसको अघि गरेका कार्यहरूका नतिजा हुन् (अय्यूब १:५) भन्‍ने कुरा बताउँछन्।

पहिले हामी यो खण्ड पढौँ: “ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” यो अय्यूबको बारेमा बाइबलमा गरिएको पहिलो मूल्याङ्कन हो, र यो वाक्य, लेखक आफैले गरेको अय्यूबको मूल्याङ्कन हो। स्वाभाविक रूपमा, यसले मानिसले गरेको अय्यूबको मूल्याङ्कनको पनि प्रतिनिधित्व गर्छ, जुन हो “त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” अर्को, हामी परमेश्‍वरले गर्नुभएको अय्यूबको मूल्याङ्कन पढौँ: “त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन” (अय्यूब १:८)। ती दुईमध्ये एउटा मानिसबाट र अर्को परमेश्‍वरबाट आयो; ती एउटै विषयवस्तु भएका दुईवटा मूल्याङ्कन हुन्। त्यसैले यो देख्‍न सकिन्छ कि अय्यूबको व्यवहार र आचरणको बारेमा मानिसलाई थाहा थियो र परमेश्‍वरद्वारा प्रशंसा गरिएको थियो। अर्को शब्दमा भन्दा, मानिसको अघि र परमेश्‍वरको अघि अय्यूबको आचरण एकसमान थियो; तिनले परमेश्‍वरद्वारा अवलोकन होस् भनेर हरसमय आफ्नो व्यवहार र अभिप्राय उहाँको सामु राख्थे र तिनी परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति थिए। यसरी, परमेश्‍वरको नजरमा, पृथ्वीका मानिसहरूमा अय्यूब मात्र सिद्ध र सोझो थिए, जो परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।

अय्यूबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसेको विशेष प्रकटीकरणहरू

यसपछि, हामी अय्यूबले परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसको विशेष प्रकटीकरणहरूलाई हेरौँ। यसभन्दा अघि र पछिका खण्डहरूबाहेक हामी अय्यूब १:५ पनि पढौँ, जुन अय्यूबले परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसेको एक विशेष प्रकटीकरण हो। यो खण्ड तिनी आफ्नो दैनिक जीवनमा कसरी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट टाढा बस्थे भन्‍ने कुरासित सम्बन्धित छ; सबैभन्दा मुख्य कुरा, तिनले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍नका लागि जे गर्नुपर्थ्यो त्यो मात्र गरेनन्, आफ्ना छोराछोरीहरूका लागि समेत नियमित रूपमा परमेश्‍वरलाई होमबलि चढाए। तिनीहरूले भोज खाँदा “पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्” कि भनी तिनी डराउँथे। अय्यूबमा यो डर कसरी प्रकट भयो? मूल पाठले निम्‍न विवरण दिन्छ: “अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे।” अय्यूबको आचरणले हामीलाई के देखाउँछ भने, परमेश्‍वरप्रतिको तिनको भय तिनको बाहिरी आचरणमा प्रकट हुनुको सट्टा तिनको हृदयभित्रबाट आएको थियो र परमेश्‍वरप्रतिको तिनको भय तिनको दैनिक जीवनको हरेक पक्षमा हरसमय पाउन सकिन्थ्यो, किनकि तिनले आफैलाई दुष्टताबाट अलग मात्र राख्दैनथे, आफ्ना छोराछोरीहरूको तर्फबाट समेत होमबलिहरू चढाउँथे। अर्को शब्दमा भन्दा, अय्यूब परमेश्‍वरको विरुद्धमा पाप गर्ने र आफ्नै हृदयमा परमेश्‍वरलाई इन्कार गर्नेबारेमा गहन रूपमा डराउने मात्र होइन, तिनका छोराछोरीहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे होलान् र उनीहरूका हृदयमा उहाँलाई इन्कार गरे होलान् भनेर समेत चिन्तित हुन्थे। यसबाट देख्‍न सकिन्छ कि परमेश्‍वरप्रतिको अय्यूबको भयको सत्यता जाँचमा खरो उत्रन्छ, र यो कुनै पनि मानिसको शङ्काभन्दा पर छ। तिनले यो काम कहिलेकहीँ गर्थे कि बारम्बार गर्थे? पाठको अन्तिम वाक्य यस्तो छ, “अय्यूबले निरन्तर यसो गर्थे।” यी शब्दहरूको अर्थ यो हो कि अय्यूबले कहिलेकहीँ वा तिनलाई मन लागेको बेला मात्र गएर आफ्ना छोराछोरीहरूलाई हेर्दैनथे, न त तिनले प्रार्थनामार्फत नै परमेश्‍वरसामु पाप स्वीकार गर्ने गर्थे। बरु, तिनले आफ्ना छोराछोरीहरूलाई नियमित रूपमा पवित्र हुन पठाउँथे र तिनीहरूका लागि होमबलि चढाउँथे। यहाँ “निरन्तर रूपमा” भन्‍ने शब्दको अर्थ तिनले एक वा दुई दिन, वा एक क्षणका लागि त्यसो गर्थे भन्‍ने हुँदैन। यसले के भनिरहेको छ भने परमेश्‍वरप्रतिको अय्यूबको डर अस्थायी थिएन, र यो ज्ञान वा बोलेका वचनहरूमा सीमित थिएन; बरु, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गले तिनको हृदयलाई मार्गनिर्देशित गरेको थियो, त्यसले नै तिनको व्यवहारलाई निर्देशित गरेको थियो, र तिनको हृदयमा यो नै तिनको अस्तित्वको मूल थियो। तिनले निरन्तर यो कुरा गर्थे भन्‍ने तथ्यले के देखाउँछ भने, तिनी आफ्नो हृदयमा प्रायजसो आफैले पनि परमेश्‍वरको विरुद्धमा पाप गरिएला कि भनी डराउँथे र आफ्ना छोराछोरीहरूले पनि परमेश्‍वरको विरुद्ध पाप गर्लान् कि भनी डराउँथे। यसले तिनको हृदयमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुराको वजन कति थियो भन्‍ने कुरालाई दर्साउँछ। तिनले निरन्तर यो काम गरे, किनकि तिनको हृदयमा भय र डर थियो—तिनले परमेश्‍वरको विरुद्धमा दुष्कर्म र पाप गरे कि अनि तिनी परमेश्‍वरको मार्गबाट तर्केर गए कि र त्यसरी परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन असक्षम भए कि भनी डराउँथे। यसको साथसाथै, तिनी आफ्ना छोराछोरीले परमेश्‍वरलाई रिस उठाए कि भनी तिनीहरूको बारेमा पनि चिन्तित हुन्थे। अय्यूबको दैनिक जीवनमा तिनको सामान्य आचरण ठीक यस्तै थियो। तिनको यही सामान्य आचरणले प्रमाणित गर्छ कि अय्यूब परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भन्‍ने कुरा केवल खोक्रा शब्दहरू थिएनन्, अय्यूब त साँच्‍चै नै त्यस्तो वास्तविकतामा जिउँथे। “अय्यूबले निरन्तर यसो गर्थे”: यी वचनले हामीलाई परमेश्‍वरको सामु अय्यूबले गर्ने गरेका दैनिक कार्यहरूको बारेमा बताउँछन्। जब तिनले निरन्तर त्यसो गरे, के तिनको व्यवहार र तिनको हृदय परमेश्‍वरको सामुन्‍ने पुग्यो? अर्को शब्दमा, के परमेश्‍वर तिनको हृदय र तिनको व्यवहारबाट प्रायजसो प्रसन्‍न बन्‍नुहुन्थ्यो? अनि, अय्यूबले कुन स्थिति र कुन सन्दर्भमा निरन्तर त्यसो गरिरहे? केही मानिसहरू भन्छन् कि परमेश्‍वर घरीघरी अय्यूबको सामु देखा पर्नुहुन्थ्यो, त्यसैले तिनले त्यस्तो व्यवहार गर्थे; कोही भन्छन्, तिनमा दुष्टताबाट अलग बस्‍ने इच्छा भएकोले तिनले निरन्तर त्यसो गरे; र कोही भन्छन्, सायद तिनको धनसम्पत्ति सजिलै प्राप्त भएको थिएन भन्‍ने तिनलाई लाग्थ्यो, र त्यो तिनलाई परमेश्‍वरले दिनुभएको हो भन्‍ने तिनी जान्दथे, त्यसैले तिनी परमेश्‍वरको विरुद्ध पाप गर्दा वा उहाँलाई चिढ्याउँदा त्यो सम्पत्ति गुमाउनु पर्ला भनी साह्रै डराउँथे। के यी दाबीहरूमध्ये कुनै सत्य छ? स्पष्ट छ, सत्य छैन। किनकि तिनले निरन्तर त्यसो गरे भन्‍ने तथ्य परमेश्‍वरले आफ्नो नजरमा अय्यूबको बारेमा स्वीकार र कदर गर्नुभएको कुरा थिएन; त्यो भन्दा पनि बढी, तिनलाई शैतानको हातमा सुम्पिँदा र तिनको परीक्षा हुँदा परमेश्‍वर, मानिस र शैतानको सामु तिनको आचरण जे-जस्तो थियो त्योचाहिँ परमेश्‍वरले स्वीकार र कदर गर्नुभएको कुरा थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४८

वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १७८

परमेश्‍वर केवल उहाँले चुन्‍नुभएका मानिसहरूको मात्र परमेश्‍वर हुनुहुन्‍न। तैँले हाल परमेश्‍वरलाई पछ्याउँछस् र उहाँ तेरो परमेश्‍वर हुनुहुन्छ,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४७

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी ज्ञानको प्रयोग गर्छ के ज्ञान भनेको सबैले सकारात्मक ठान्‍ने गरेको कुरा हो? मानिसहरूले कम्तीमा पनि,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्