परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३१

उहाँले मानवजातिलाई सृष्टि गर्नुभएलगत्तै, परमेश्‍वर मानिससँग संलग्‍न हुन र मानिससँग कुराकानी गर्न थाल्नुभयो, र उहाँको स्वभाव मानिससमक्ष प्रकट हुन थाल्यो। अर्को शब्दमा भन्दा, जब परमेश्‍वर मानवजातिसँग पहिलोपटक संलग्‍न हुनुभयो, त्यस समयदेखि नै उहाँले विनारोकावट मानिससामु उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सार्वजनिक गर्न थाल्नुभयो। पहिलेका मानिसहरू वा आजका मानिसहरूले यसलाई देख्‍न वा बुझ्न सके पनि नसके पनि, परमेश्‍वर मानिससँग बोल्नुहुन्छ र मानिसहरूको माझमा काम गर्नुहुन्छ, र यस क्रममा आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ र आफ्नो सार व्यक्त गर्नुहुन्छ—यो एउटा तथ्य हो र यसलाई कुनै पनि व्यक्तिले अस्वीकार गर्न सक्दैन। यसको अर्थ यो पनि हो कि परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँ काम गर्नुहुँदा र मानिससित संलग्‍न हुनुहुँदा निरन्तर बाहिर निस्किरहन्छन् र प्रकट भइरहन्छन्। उहाँले कुनै कुरा कहिल्यै लुकाउनुभएको वा गुप्त राख्‍नुभएको छैन, उहाँ त सबै सार्वजनिक गर्नुहुन्छ र कुनै पनि कुरा नलुकाईकन आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ। यसरी, मानिसले परमेश्‍वरलाई चिन्‍न र उहाँको स्वभाव र सार बुझ्न सक्छ भनी उहाँ आशा गर्नुहुन्छ। मानिसले उहाँको स्वभाव र सारलाई अनन्त रहस्यको रूपमा व्यवहार गरेको उहाँ चाहनुहुन्‍न, न त उहाँ मानवजातिले परमेश्‍वरलाई कहिल्यै समाधान गर्न नसकिने पहेली ठानेको नै चाहनुहुन्छ। जब मानवजातिले परमेश्‍वरलाई चिन्छ तब मात्र मानिसले अघि बढ्ने बाटो चिन्छ र परमेश्‍वरको मार्गनिर्देशन स्वीकार्न सक्छ, र केवल यस्तै मानिस मात्र परमेश्‍वरको अधीनमा बस्‍न र परमेश्‍वरका आशिष्‌हरूमाझ ज्योतिमा जिउन सक्छ।

परमेश्‍वरद्वारा दिइएका र प्रकट गरिएका वचनहरू र स्वभावले उहाँको इच्छालाई प्रतिनिधित्व गर्छन् र तिनले उहाँको सारलाई पनि प्रतिनिधित्व गर्छन्। जब परमेश्‍वर मानिससँग संलग्‍न हुनुहुन्छ, उहाँले जे भन्‍नुभए पनि वा गर्नुभए पनि वा जस्तै स्वभाव प्रकट गर्नुभए पनि, र मानिसले परमेश्‍वरको सारलाई र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई जस्तो देखे पनि ती सबैले मानिसका निम्ति परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्छन्। मानिस थाहा पाउन, सम्झन वा बुझ्न जति नै सक्षम भए पनि, त्यो सबैले परमेश्‍वरको इच्छालाई—मानिसको निम्ति परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्छ। यसमा कुनै शङ्का छैन! मानवजातिका लागि परमेश्‍वरको इच्छा भनेको उहाँ मानिसहरू कस्तो भएको चाहनुहुन्छ, उहाँ तिनीहरूले के गरेको चाहनुहुन्छ, उहाँ तिनीहरू कसरी बाँचेको चाहनुहुन्छ, र उहाँ तिनीहरू कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम बनेको चाहनुहुन्छ भन्‍ने हो। के यी परमेश्‍वरको सारबाट अलग हुन नसक्‍ने कुराहरू हुन्? अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै प्रकट गर्नुहुन्छ, त्यसको साथै उहाँले मानिसलाई मापदण्डहरू दिनुहुन्छ। त्यसमा कुनै झूट हुँदैन, कुनै ढोँग हुँदैन, लुकाउने कुनै कुरा हुँदैन, र कुनै अलङ्कार हुँदैन। तैपनि मानिस किन जान्‍न असमर्थ छ, र किन मानिसले कहिल्यै पनि परमेश्‍वरको स्वभावलाई राम्ररी बुझ्न सकेको छैन? किन मानिसले कहिल्यै परमेश्‍वरको इच्छालाई बुझ्न सकेको छैन? जुन कुरा परमेश्‍वर आफैले प्रकट गर्नुहुन्छ र बाहिर निकाल्नुहुन्छ त्यो उहाँ स्वयम्‌सँग जे छ र उहाँ स्वयम्‌ जे हुनुहुन्छ त्यही हो; यो उहाँको वास्तविक स्वभावको प्रत्येक भाग र पक्ष हो—त्यसो भए, मानिसले चाहिँ किन देख्‍न सक्दैन त? किन मानिसले पूर्ण ज्ञान प्राप्त गर्न सक्दैन? यसको एउटा महत्त्वपूर्ण कारण छ। त्यसो भए, यो कारण के हो त? सृष्टिको समयदेखि यता मानिसले परमेश्‍वरसित कहिल्यै पनि परमेश्‍वरको रूपमा व्यवहार गरेको छैन। सुरुसुरुको समयमा, परमेश्‍वरले मानिसको सम्बन्धमा जे गर्नुभए पनि—भर्खरै सृष्टि गरिएको मानिसले परमेश्‍वरसँग एक मित्रसँग जस्तो, भर पर्न सकिने कुनै व्यक्तिसँग जस्तो मात्र व्यवहार गर्थ्यो, र मानिसलाई परमेश्‍वरको बारेमा कुनै ज्ञान वा बुझाइ नै थिएन। भन्‍नुको अर्थ, मानिसले उक्त अस्तित्वबाट के निस्केर आएको छ भनी जान्दैनथ्यो—त्यो अस्तित्व जसमाथि ऊ भर पर्थ्यो, जसलाई उसले आफ्नो मित्रको रूपमा हेर्थ्यो—त्यस्तो अस्तित्वबाट अर्थात् उहाँबाट निस्केर आएको कुरा परमेश्‍वरको सार थियो, र उक्त अस्तित्व सबै थोकमाथि शासन गर्नुहुने एउटै उहाँ हुनुहुन्छ भन्‍ने पनि उसलाई थाहा थिएन। सरल रूपमा भन्‍नुपर्दा, त्यस समयका मानिसहरूले परमेश्‍वरलाई चिन्दै चिन्दैनथे। तिनीहरू स्वर्ग र पृथ्वी अनि सबै थोक उहाँद्वारा बनाइएका हुन् भनी जान्दैनथे, र उहाँ कहाँबाट आउनुभएको हो भनेर तिनीहरूलाई थाहा थिएन र त्यसबाहेक, उहाँ के हुनुहुन्थ्यो भनेर पनि तिनीहरूलाई थाहा थिएन। अवश्य नै, त्यतिखेर परमेश्‍वर मानिसले उहाँलाई चिनोस् वा बुझोस्, वा उहाँले गर्नुभएका सबै कुरा बुझोस्, वा उहाँको इच्छाको बारेमा उसँग ज्ञान होस् भनी चाहनुभएको थिएन, किनकि त्यो समय मानवजातिलाई सृष्टि गरिएको सुरुसुरुको समय थियो। जब परमेश्‍वरले व्यवस्थाको युगको कामको तयारी गर्न थाल्नुभयो, परमेश्‍वरले मानिसका निम्ति केही गर्न र मानिसलाई केही मापदण्डहरू पनि दिन थाल्नुभयो, र त्यस क्रममा उहाँले मानिसलाई भेटीहरू कसरी चढाउनुपर्छ र परमेश्‍वरको आराधना कसरी गर्नुपर्छ भनेर बताउनुभयो। तब मात्र मानिसले परमेश्‍वरको बारेमा केही सामान्य विचारहरू प्राप्त गर्‍यो, र त्यसपछि मात्र उसले मानिस र परमेश्‍वरबीचको भिन्‍नताका साथै परमेश्‍वरले नै मानवजातिलाई सृष्टि गर्नुभएको हो भनी थाहा पायो। जब मानिसले परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो भनी थाहा पायो, तब परमेश्‍वर र मानिसको बीचमा निश्‍चित दूरी आयो, तर पनि परमेश्‍वरले मानिसमा उहाँको बारेमा ठूलो ज्ञान वा गहन बुझाइ हुनुपर्छ भनेर भन्‍नुभएन। यसरी, परमेश्‍वरले उहाँको कामका चरण र परिस्थितिहरूअनुसार मानिसबाट विभिन्‍न मापदण्डहरू अपेक्षा गर्नुहुन्छ। यसमा तँ के देख्छस्? तैँले परमेश्‍वरको स्वभावको कुन पक्षलाई बुझ्छस्? के परमेश्‍वर वास्तविक हुनुहुन्छ? के मानिसप्रति परमेश्‍वरका मापदण्डहरू उचित छन्? परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएपछिको सुरुसुरुको समयमा, जब परमेश्‍वरले विजय गर्ने र मानिसलाई सिद्ध पार्ने काम गर्नु बाँकी नै थियो, र ऊसँग त्यति धेरै वचनहरू बोल्नुभएको थिएन, त्यस बेला उहाँले मानिसबाट थोरै कुरा मात्र अपेक्षा गर्नुभयो। मानिसले जे गरे पनि र जस्तै व्यवहार गरे पनि—उसले परमेश्‍वरलाई चिढ्याउने केही काम गरे पनि—परमेश्‍वरले क्षमा गर्नुभयो र ती सबलाई बेवास्ता गर्नुभयो। किनभने उहाँले मानिसलाई के दिनुभएको छ र मानिसभित्र के छ भनी परमेश्‍वर जान्‍नुहुन्थ्यो, र त्यसैले उहाँले मानिसलाई दिनुपर्ने मापदण्डहरूको स्तर जान्‍नुहुन्थ्यो। त्यस समयमा उहाँका मापदण्डहरूको स्तर एकदम कम भएको भए पनि, यसको अर्थ उहाँको स्वभाव महान्‌ थिएन, वा उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता खोक्रा वचनहरू मात्र थिए भन्‍ने होइन। मानिसका लागि परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई जान्‍ने एउटै मात्र उपाय छ: परमेश्‍वरको व्यवस्थापनको काम र मानवजातिको मुक्तिको कार्यका चरणहरू पछ्याउँदै परमेश्‍वरले मानवजातिसित बोल्नुहुने वचनहरू स्वीकार गर्ने। मानिसले परमेश्‍वरसित के छ र उहाँ के हुनुहुन्छ भनी जानेपछि र उसले परमेश्‍वरको स्वभावलाई जानेपछि, के उसले अझै पनि परमेश्‍वरलाई उहाँको वास्तविक व्यक्तित्व देखाउन बिन्ती गर्छ? गर्दैन, मानिसले बिन्ती गर्दैन, र सोध्‍ने हिम्मत पनि गर्दैन, किनकि परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, मानिसले पहिले नै साँचो परमेश्‍वर स्वयम्‌लाई र उहाँको वास्तविक व्यक्तित्वलाई देखिसकेको हुन्छ। यो अपरिहार्य परिणाम हो।

परमेश्‍वरको कार्य र योजना निरन्तर अघि बढ्दै गएपछि, र उहाँले फेरि कहिल्यै जलप्रलयद्वारा यस संसारलाई नाश गर्नुहुनेछैन भन्‍ने एउटा चिह्नस्वरूप मानिससँग इन्द्रेनीको करार स्थापित गर्नुभएपछि, परमेश्‍वरले उहाँसित एकै मनका हुनसक्‍ने व्यक्तिहरूलाई प्राप्त गर्ने तीव्र इच्छा गर्नुभयो। पृथ्वीमा उहाँका इच्छा पूरा गर्न सक्‍ने मानिसहरूलाई प्राप्त गर्ने, अझ भन्‍ने हो भने अन्धकारको शक्तिबाट स्वतन्त्र हुन सक्‍ने र शैतानको वशमा नपर्ने मानिसहरूको समूह अर्थात् पृथ्वीमा उहाँको साक्षी दिन सक्‍ने मानिसहरूको समूह प्राप्त गर्ने तीव्र इच्छा पनि उहाँमा थियो। यस्ता मानिसहरूको समूहलाई प्राप्त गर्नु परमेश्‍वरको लामो समयदेखिको चाहना थियो, उहाँले सृष्टिको समयदेखि नै प्रतीक्षा गर्नुभएको कुरा त्यही थियो। यसैले, परमेश्‍वरले संसारलाई नष्ट पार्न प्रयोग गर्नुभएको जलप्रलय वा मानिससितको उहाँको करार जे-जस्तो भए पनि, परमेश्‍वरको इच्छा, मानसिकता, योजना, र आशाहरू सबै उही थियो। उहाँले जे गर्न चाहनुहुन्थ्यो अर्थात् उहाँले सृष्टिको समयभन्दा पहिलेदेखि नै चाहनुभएको कुरा भनेको मानवजातिको माझमा उहाँले प्राप्त गर्न चाहनुभएका मानिसहरूलाई प्राप्त गर्नु थियो—त्यस्ता मानिसहरूको झुन्ड प्राप्त गर्नु थियो जसले उहाँको स्वभावलाई जान्‍न र उहाँको इच्छालाई बुझ्न सक्छ, एउटा यस्तो झुन्ड जसले उहाँको आराधना गर्न सक्छ। त्यस्ता मानिसहरूको झुन्डले साँच्‍चै उहाँको गवाही दिन सक्थे, र यो भन्‍न सकिन्छ कि तिनीहरू उहाँकै विश्‍वासपात्रहरू हुन्थे।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५८

शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन हो। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५६४

आत्म-चिन्तन गर्नु र आफैलाई चिन्‍नुको कुञ्जी यही हो: तैँले कुनै निश्‍चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्‍ने महसुस...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २९

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो; चाहे तिनीहरू भ्रष्ट भएका होऊन् वा चाहे तिनीहरूले उहाँलाई पछ्याऊन् वा नपछ्याऊन्, परमेश्‍वरले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७१

सत्तरी गुणा सात पल्ट क्षमा देऊ मत्ती १८:२१-२२ तब पत्रुस उहाँकहाँ आए र भने, प्रभु, मेरो भाइले मेरो विरुद्ध कति पटक पाप गर्दा मैले क्षमा...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्