परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २१

परमेश्‍वरले मानवजातिको सृष्टिदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्‍वरको सार र स्वभावको अभिव्यक्ति सामेल थियो। अहिले परमेश्‍वरको कामको उत्थान भएको, र उहाँलाई पछ्याउने हरेक व्यक्तिमा यो काम असाधारण र ठोस बनेको भए पनि, उहाँको वचनको महान् अभिव्यक्तिसँगै, परमेश्‍वरको व्यक्तित्व मानवजातिबाट लुकेको छ। उहाँ दुई पटक देहधारी हुनुभयो, तापनि बाइबलीय वृत्तान्तहरूदेखि लिएर आधुनिक समयसम्म कसले परमेश्‍वरको वास्तविक व्यक्तित्वलाई देखेको छ? तिमीहरूको समझको आधारमा, के कसैले परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छ? छैन। कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छैन, अर्थात् कसैले पनि परमेश्‍वरको साँचो व्यक्तित्व देखेको छैन। यस कुरामा सबै सहमत छन्। यसको अर्थ यही हो कि परमेश्‍वरको वास्तविक व्यक्तित्व, वा परमेश्‍वरका आत्मा उहाँले सृष्टि गर्नुभएका आदम र हव्वा तथा उहाँले स्वीकार गर्नुभएका धर्मी अय्यूब लगायत सारा मानवजातिदेखि लुकेको छ। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेनन्। तर परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्वलाई किन जानाजान लुकाउनुहुन्छ? कतिपय मानिसहरू भन्छन्: “मानिसहरू तर्सिन्छन् कि भनेर परमेश्‍वर डराउनुहुन्छ।” अरू भन्छन्: “मानिस अति नै सानो र परमेश्‍वर अति नै महान् हुनुभएको कारण परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्व लुकाउनुहुन्छ; मानवले उहाँलाई हेर्न सक्दैनन्, नत्रता तिनीहरू मर्नेछन्।” यसो भन्‍नेहरू पनि छन्: “परमेश्‍वर हरेक दिन आफ्नो कामको व्यवस्थापनमा व्यस्त हुनुहुन्छ, र अरूले देख्‍ने गरी देखा पर्ने उहाँसँग समय नहुन सक्छ।” तिमीहरूले जे विश्‍वास गरे तापनि, मेरो निष्कर्ष यहाँ छ। त्यो निष्कर्ष के हो? त्यो यही हो कि मानिसहरूले उहाँको वास्तविक व्यक्तित्व देखेको परमेश्‍वर चाहनुहुन्‍न। मानवताबाट लुकेर रहने कार्य नै परमेश्‍वरले जानाजान गर्ने कार्य हो। अर्को शब्दमा, उहाँको वास्तविक व्यक्तित्व मानिसहरूले नदेखून् भन्‍ने परमेश्‍वरको अभिप्राय छ। यो कुरा तिमीहरूलाई अहिलेसम्ममा स्पष्ट हुनुपर्ने हो। यदि परमेश्‍वरले आफ्नो व्यक्तित्व कसैलाई कहिल्यै पनि प्रकट गर्नुभएको छैन भने, के परमेश्‍वरको व्यक्तित्व अस्तित्वमा छ भन्‍ने तिमीहरू सोच्छौ? (उहाँ अस्तित्वमा हुनुहुन्छ।) अवश्य उहाँ हुनुहुन्छ। परमेश्‍वरको व्यक्तित्व अस्तित्वमा छ भन्‍नेमा कुनै शङ्का छैन। तर परमेश्‍वरको व्यक्तित्व कति महान् छ वा उहाँ कस्तो देखिनुहुन्छ भन्‍ने सन्दर्भमा, के मानवजातिले यी प्रश्‍नहरूको छानबिन गर्नुपर्छ? पर्दैन। यसको जवाफ नकारात्मक छ। यदि परमेश्‍वरको व्यक्तित्व हाम्रो खोजको विषय होइन भने, के चाहिँ हो त? (परमेश्‍वरको स्वभाव।) (परमेश्‍वरको काम।) तथापि औपचारिक विषयको बारेमा सङ्‍गति गर्नुभन्दा पहिले, केही समय अगाडि हामीले छलफल गरिरहेको कुरामा फर्कौं: परमेश्‍वरले आफ्नो व्यक्तित्व मानवजातिकहाँ किन कहिले पनि प्रकट गर्नुभएको छैन? परमेश्‍वरले किन उहाँको व्यक्तित्व जानाजान मानवजातिदेखि लुकाउनुहुन्छ? यसको एउटै कारण छ र त्यो यो हो: परमेश्‍वरले सृष्टि गर्नुभएको मानिसले हजारौँ वर्षको उहाँको कामको अनुभव गरेको भए तापनि, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बुझ्‍ने एक जना पनि छैन। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू उहाँको विरुद्धमा हुन्छन् र उहाँको विरुद्ध लाग्‍ने मानिसहरूको अघि उहाँले आफैलाई देखाउनुहुन्‍न। परमेश्‍वरले उहाँको व्यक्तित्व मानवजातिकहाँ प्रकट नगर्नुको र उहाँले आफ्नो व्यक्तित्व जानाजान मानवजातिबाट लुकाउनुको एउटै कारण यही हो। के अब परमेश्‍वरको स्वभाव जान्‍नुको महत्त्व तिमीहरूलाई स्पष्ट भयो?

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३२

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १९

यहोवाले आफ्नो कार्य गर्नुभएको दुई हजार वर्षको अवधिभन्दा अगाडि मानिसलाई केही पनि थाहा थिएन र प्रायः सबै मानवजाति भ्रष्टतामा गिरेको थियो,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५९

आफ्ना परीक्षापछि अय्यूब अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्नुभयो, मेरो क्रोध...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०९

परमेश्‍वरमा विश्‍वास राख्दा, तैँले कम्तीमा पनि परमेश्‍वरसँगको सामान्य सम्बन्धका विषयमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। यदि परमेश्‍वरसँग...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्