परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३

परमेश्‍वरको मनोवृत्तिलाई बुझ र परमेश्‍वर सम्‍बन्धी सबै गलत अवधारणाहरूलाई पन्छाओ

तिमीहरूले हाल विश्‍वास गरेको यो परमेश्‍वर कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ? के तिमीहरूले यसबारेमा कहिल्यै सोचेका छौ? जब उहाँले कुनै दुष्ट व्यक्तिलाई दुष्ट कार्यहरू गरिरहेको देख्नुहुन्छ, तब के उहाँले त्यसलाई घृणा गर्नुहुन्छ? (हो, उहाँले घृणा गर्नुहुन्छ।) उहाँले अज्ञानी व्यक्तिले गल्तीहरू गरेको देख्दा उहाँको आचरण कस्तो हुन्छ? (दुःखित।) जब मानिसहरूले उहाँका भेटीहरू चोरेको देख्नुहुन्छ, तब उहाँको मनोवृत्ति कस्तो हुन्छ? (उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।) यो एकदमै स्पष्ट छ, हैन त? जब परमेश्‍वरले उहाँप्रतिको कसैको विश्‍वासमा अन्योलता भएको देख्नुहुन्छ अनि जसले सत्यताको खोजी बिलकुलै गरिरहेको हुँदैन, तब परमेश्‍वरको आचरण कस्तो हुन्छ? तिमीहरू त्यति निश्चित छैनौ, छौ त? “आचरणको रूपमा अन्योलता” पाप होइन, न त यसले परमेश्‍वरलाई ठेस पुर्‍याउँछ अनि मानिसहरूले यसलाई ठूलो गल्ती हो भन्ने पनि ठान्दैनन्। त्यसो भए, मलाई बताओ—यो अवस्थामा परमेश्‍वरको आचरण कस्तो हुन्छ? (उहाँ तिनीहरूलाई स्वीकार गर्न अनिच्छुक हुनुहुन्छ।) “स्वीकार गर्न अनिच्छुक”—यो कस्तो प्रकारको आचरण हो? यसको मतलब, परमेश्‍वरले यी मानिसहरूलाई हेयको दृष्टिले हेर्नुहुन्छ र तिनीहरूलाई घृणा गर्नुहुन्छ। उहाँले त्यस्ता मानिसहरूलाई निराकरण गर्ने शैली भनेको तिनीहरूलाई जानाजान बेवास्ता गर्नु हो। परमेश्‍वरको पद्धति भनेको तिनीहरूलाई पन्छाउनु हो, तिनीहरूसँग कुनै पनि काममा संलग्न नहुनु हो र यसमा अन्तर्दृष्टि, ज्योति, ताडना र अनुशासनको काम समावेश हुन्छन्। त्यस्ता मानिसहरूलाई परमेश्‍वरको काममा गन्ती नै गरिँदैन। उहाँको स्वभावलाई भड्काउने र उहाँका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्ने व्यक्तिहरूप्रति परमेश्‍वरको आचरण कस्तो हुन्छ? अत्यन्तै धेरै घृणाले भरिएको हुन्छ! उहाँको स्वभावलाई भड्काएकोमा पश्‍चात्ताप नगर्ने मानिसहरूप्रति परमेश्‍वर अत्यन्तै धेरै क्रोधित बन्नुहुन्छ। “क्रोधित” भनेको एक अनुभव, एक मनस्थिति भन्दा बढी केही पनि होइन; यसले एक स्पष्ट आचरणलाई जनाउँदैन। तथापि, यो अनुभवले—यो मनस्थितिले—त्यस्ता मानिसहरूको लागि कुनै एउटा परिणाम निम्त्याउनेछ; यसले परमेश्‍वरलाई चरम घृणाले भरिदिनेछ! यो चरम घृणाको परिणाम के हुन्छ त? यसको परिणाम के हुन्छ भने परमेश्‍वरले यी मानिसहरूलाई पन्छाउनुहुनेछ र वर्तमान समयमा तिनीहरूप्रति कुनै प्रतिक्रिया जनाउनुहुन्न। त्यसपछि उहाँले “शरदपछि” तिनीहरूलाई ठीक पार्नलाई प्रतीक्षा गर्नुहुन्छ। यसले के कुराको सङ्केत गर्छ? के यी मानिसहरूको परिणाम आउनेछ त? परमेश्‍वरले त्यस्ता मानिसहरूलाई परिणाम प्रदान गर्ने सोच कहिल्यै पनि बनाउनुभएन! त्यसकारण, परमेश्‍वरले त्यस्ता मानिसहरूप्रति अहिले कुनै प्रतिक्रिया जनाउनुभएन भने के त्यो पूर्णतया सामान्य कुरा हुँदैन र? (हो, यो सामान्य कुरा हुन्छ।) त्यस्ता मानिसहरूले के गर्ने तयारी गरिरहेको हुनुपर्छ त? तिनीहरूले तिनीहरूको व्यवहार र तिनीहरूले गरेका दुष्ट कार्यहरूका नकारात्मक परिणामहरू भोग्न तयार हुनुपर्छ। त्यस्तो व्यक्तिको लागि परमेश्‍वरको प्रतिक्रिया यही हो। त्यसकारण म अब स्पष्टसित त्यस्ता मानिसहरूलाई भन्छु: तिमीहरू आफ्‍ना भ्रममा अब फेरि कहिल्यै नअल्झिओ, र अभिलाषी चिन्तनमा अब फेरि कहिल्यै संलग्न नहोओ। परमेश्‍वर मानिसहरूप्रति अनिश्चितकालीन रूपमा नै भने सहनशील रहिरहनुहुनेछैन; उहाँले तिनीहरूका अपराधहरू वा अवज्ञाहरूलाई सधैँभरि सहनुहुनेछैन। केही मानिसहरूले भन्नेछन्, “मैले त्यस्ता केही मानिसहरू पनि देखेको छु र जब तिनीहरूले प्रार्थना गर्छन्, तिनीहरूले आफूलाई परमेश्‍वरले छोएको अनुभूति गर्छन् र तिनीहरू त्यसपछि नमीठोसित रुन्छन्। प्रायजसो तिनीहरू खुशी पनि हुन्छन्; तिनीहरू परमेश्‍वरको उपस्थिति र परमेश्‍वरको मार्गनिर्देशन पाएका मानिसहरू जस्ता देखिन्छन्।” यस्ता बकवास कुराहरू नबोल! नमीठो आँसु झार्दैमा, त्यसको अर्थ व्यक्तिलाई परमेश्‍वरले छोएको वा उसले परमेश्‍वरको उपस्थितिको आनन्द लिएको हो भन्ने जरुरी छैन, परमेश्‍वरको मार्गनिर्देशन पाएको भन्ने त कुरै छोडौं। यदि मानिसहरूले परमेश्‍वरलाई रिस उठाउँछन् भने के उहाँले अझै तिनीहरूलाई मार्गनिर्देशन दिनुहुन्छ त? छोटकरीमा, यदि परमेश्‍वरले कसैलाई हटाउने र परित्याग गर्ने निर्णय लिनुभएको छ भने त्यस्तो व्यक्तिको परिणाम समाप्त भइसकेको हुन्छ। तिनीहरूले प्रार्थना गर्दा तिनीहरूको भावना जति नै अनुकूल भए पनि, वा तिनीहरूको हृदयमा परमेश्‍वरमाथि जति नै विश्‍वास भए पनि, यो कुराले अब फेरि कहिल्यै पनि कुनै परिणाम दिँदैन। महत्त्वपूर्ण कुरा के छ भने परमेश्‍वरलाई यस प्रकारको विश्‍वासको आवश्यकता छैन; उहाँले यी मानिसहरूलाई पहिले नै तिरस्कार गरिसक्नुभएको छ। तिनीहरूलाई भविष्यमा कसरी निराकरण गर्ने भन्ने कुरा पनि त्यति महत्त्वपूर्ण छैन। महत्त्वपूर्ण कुरा के छ भने यी मानिसहरूले परमेश्‍वरलाई रिस उठाएको क्षणमै तिनीहरूका परिणामहरू तय हुन्छन्। यदि परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मुक्ति नदिने सोच बनाउनुभएको छ भने तिनीहरूलाई दण्ड दिइनको लागि पछाडि छोडिनेछ। परमेश्‍वरको आचरण यही हो।

परमेश्‍वरको सारमा प्रेमको एक अंश हुने भए तापनि अनि उहाँ प्रत्येक व्यक्तिप्रति कृपालु हुनुभए तापनि, मानिसहरूले उहाँको सार मान-मर्यादाको सार पनि हो भन्ने तथ्यलाई बेवास्ता गरेका र बिर्सेका छन्। उहाँमा प्रेम छ भन्नुको अर्थ मानिसहरूले उहाँमा कुनै भावना जागृत नगराईकनै उहाँलाई स्वतन्त्रतापूर्वक ठेस पुर्‍याउन सक्छन् भन्ने होइन, न त उहाँमा कृपा छ भन्ने तथ्यले नै उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा उहाँसँग कुनै सिद्धान्त नै छैन भन्ने जनाउँछ। परमेश्‍वर जीवित हुनुहुन्छ; उहाँ वास्तविक रूपमा अस्तित्वमा हुनुहुन्छ। उहाँ न त कल्पना गरिएको कठपुतली हुनुहुन्छ न त कुनै वस्तु नै हुनुहुन्छ। उहाँ अस्तित्वमा हुनुभएको हुनाले हामीले सधैँ उहाँको हृदयको आवाजलाई सावधानीपूर्वक सुन्नुपर्छ, उहाँको आचरणप्रति घनिष्ट रूपमा ध्यान दिनुपर्छ, र उहाँका भावनाहरूलाई बुझ्न थाल्नुपर्छ। हामीले परमेश्‍वरलाई परिभाषित गर्न मानवीय कल्पनाहरूको प्रयोग गर्नु हुँदैन, न त हामीले परमेश्‍वरलाई मानिसहरूप्रति मानवीय कल्पनाहरूको आधारमा मानवीय रूपले व्यवहार गराउन उहाँमा मानवीय सोचहरू र इच्छाहरू नै लाद्नु हुन्छ। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरलाई क्रोधित पार्दैछस्, उहाँको आक्रोशको परीक्षा लिँदैछस् र उहाँको मान-मर्यादालाई चुनौती दिँदैछस्! यसरी, तिमीहरूले यो कुराको गम्भीरतालाई बुझिसकेपछि, म तिमीहरू प्रत्येकलाई तिमीहरूको आफ्नो कार्यमा सावधान र विवेकी हुन आग्रह गर्छु। बोलीमा पनि सावधान र विवेकी होऊ—तिमीहरूले परमेश्‍वरप्रति कसरी व्यवहार गर्ने भन्ने बारेमा, तिमीहरू जति धेरै सावधान र विवेकी हुन्छौ त्यति नै धेरै राम्रो हुन्छ! जब तैँले परमेश्‍वरको मनोवृत्ति के-कस्तो छ भन्ने बुझ्दैनस्, तब तैँले जथाभाबी रूपमा बोल्ने नगर्नू, आफ्ना कार्यहरूमा लापरवाह नहुनू, अनि त्यतिकै नाम-वर्ग झुन्ड्याइदिने नगर्नू। अझै महत्त्वपूर्ण रूपमा, मनोमानी ढङ्गले कुनै पनि निष्कर्षहरू ननिकाल्नू। बरु, तैँले पर्खनुपर्छ र खोजी गर्नुपर्छ; यी कार्यहरू पनि परमेश्‍वरको डर मान्नु ‍अनि दुष्टताबाट अलग रहनुको एक अभिव्यक्ति हुन्। सबैभन्दा मुख्य रूपमा, यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, अनि सबैभन्दा मुख्य रूपमा, यदि तँसँग यो आचरण छ भने, परमेश्‍वरले तँलाई तेरो मूर्खता, अज्ञानता र वस्तु वा घटनापछाडिका कारणहरूको बुझाइको अभावको लागि तँलाई दोष लगाउनुहुन्न। बरु, परमेश्‍वरलाई ठेस पुर्‍याउन डराउने तेरो आचरणको कारण, उहाँको इच्छाहरूको सम्मान अनि उहाँको आज्ञापालन गर्ने इच्छुकताको कारण, परमेश्‍वरले तँलाई सम्झनुहुनेछ, तँलाई मार्गनिर्देशन र अन्तर्ज्ञान प्रदान गर्नुहुनेछ, वा तेरो अपरिपक्वता र अज्ञानतालाई सहन गर्नुहुनेछ। यसको विपरीत, यदि तेरो आचरण चाहिँ अनादरकारी छ भने—आफूलाई मनलाग्दो रूपमा उहाँको मूल्याङ्कन गर्ने वा मनोमानी ढङ्गले उहाँका विचारहरू अनुमान वा परिभाषित गर्ने गरेमा—परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ, तँलाई अनुशासनमा राख्‍नुहुनेछ अनि तँलाई सजाय समेत दिनुहुनेछ; वा उहाँले तेरो बारेमा टीकाटिप्पणी गर्न सक्नुहुनेछ। शायद यो टीकाटिप्पणी तेरो परिणामसँग सम्‍बन्धित हुनेछ। त्यसकारण, म एक पटक फेरि जोड दिन चाहन्छु: परमेश्‍वरबाट आउने कुराहरूको बारेमा तिमीहरू प्रत्येक सावधान र विवेकी हुनुपर्छ। जथाभाबी रूपमा बोल्ने नगर्नू अनि आफ्ना कार्यहरूमा लापरवाह नहुनू। केही कुरा बोल्नुभन्दा अगाडि, तैँले रोकिएर सोच्नुपर्छ: के यो मेरो कार्यले परमेश्‍वरलाई क्रोधित पार्छ? के यो कार्य गर्दा मैले परमेश्‍वरलाई श्रद्धा गरिरहेको हुन्छु? सामान्य कुराहरूमा पनि, तैँले यी प्रश्नहरूलाई हल गर्नुपर्छ र थप समय दिई तिनीहरूको बारेमा सोच्नुपर्छ। यदि तैँले सबै पक्षहरूमा, सबै कुराहरूमा, सबै समयहरूमा यी सिद्धान्तहरू अनुसार सच्चा रूपमा अभ्यास गर्छस् भने र खास गरी तैँले कुनै कुरा नबुझ्दा त्यस्तो आचरण अँगाल्छस् भने, परमेश्‍वरले सधैँ तँलाई मार्गनिर्देशन दिनुहुनेछ र तँलाई पछ्याउने मार्ग प्रदान गर्नुहुनेछ। मानिसहरूले जुनसुकै प्रकारको प्रदर्शन गरे तापनि परमेश्‍वरले तिनीहरूलाई स्पष्ट र सरल रूपमा हेर्नुहुन्छ, र उहाँले तेरा यी प्रदर्शनहरूको सही र उपयुक्त मूल्याङ्कन गरिदिनुहुनेछ। तैँले अन्तिम परीक्षाबाट गुज्रिसकेपछि परमेश्‍वरले तेरा सबै व्यवहारहरूलाई लिनुहुनेछ र तरो प्रतिफल निर्क्योल गर्नको लागि तिनीहरूलाई सारांशित गर्नुहुनेछ। यो नतिजाले शङ्काको छाँयासम्म पनि नहुने गरी प्रत्येक व्यक्तिलाई विश्‍वास दिलाउँछ। म तिमीहरूलाई यहाँ यो कुरा बताउन चाहन्छु: तिमीहरूको प्रत्येक कर्म, तिमीहरूको प्रत्येक कार्य अनि तिमीहरूको प्रत्येक सोचले तिमीहरूको नियति निर्धारण गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६४

मानिसहरूले ममा विश्‍वास गर्छन्, तर तिनीहरू मेरो निम्ति गवाही दिन असक्षम छन्, न त मैले आफैलाई प्रकट गर्न अघि तिनीहरूले मेरो निम्ति गवाही नै...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४७

सामान्य मानवतामा के-कस्ता पक्षहरू समावेश हुन्छन्? अन्तर्दृष्टि, बोध, विवेक, र चरित्र। यदि तैँले यी प्रत्येक पक्षहरूमा सामान्यता हासिल गरिस्...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२०

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४६९

यदि मानिसहरूमा अलिकति पनि आत्मविश्‍वास छैन भने, तिनीहरूलाई त्यो बाटोमा अगि बढिरहन सहज हुँदैन। परमेश्‍वरको काम मानिसहरूका धारणाहरूसँग अलिकति...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्