परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३

धेरै मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनखण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य सम्पत्तिको रूपमा लिँदै होसियारीसाथ कण्ठस्थ गर्छन्, अनि यसअलावा परमेश्‍वरका वचनहरूलाई सबैतिर प्रचार गर्छन्, अरूहरूलाई परमेश्‍वरका वचनहरू उपलब्ध गराउँछन् र तिनीहरूलाई ती वचनहरूद्वारा सहयोग गर्छन्। तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरको साक्षी बन्‍नु हो, उहाँका वचनहरूको साक्षी बन्‍नु हो, र यसो गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्‍याउनु हो; तिनीहरूले ठान्छन् कि यसो गर्नु भनेको परमेश्‍वरका वचनहरूबमोजिम जिउनु हो, यसो गर्नु भनेको तिनीहरूको वास्तविक जीवनमा उहाँका वचनहरू ल्याउनु हो, तिनीहरूले ठान्छन् कि यस कार्यले तिनीहरूलाई परमेश्‍वरको प्रशंसा प्राप्‍त गर्न सक्षम तुल्याउनेछ, र तिनीहरूलाई उद्धार गर्नेछ र सिद्ध बनाउनेछ। तर तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रचार गरे तापनि तिनीहरूले व्यवहारमा कहिल्यै पनि परमेश्‍वरका वचनहरूको पालना गर्दैनन्, वा परमेश्‍वरका वचनहरूमा जे कुरा प्रकाश गरिएको छ त्यससँग आफैलाई तुलना गर्ने प्रयास गर्दैनन्। बरु, तिनीहरूले चलाखी गरेर अरूबाट आदर र भरोसा प्राप्‍त गर्न, आफै व्यवस्थापनमा प्रवेश गर्न, र परमेश्‍वरको महिमा उपभोग गर्न र चोर्न परमेश्‍वरका वचनहरूलाई प्रयोग गर्छन्। तिनीहरूले आफूलाई प्रदान गरिएको अवसरलाई परमेश्‍वरको काम र उहाँको प्रशंसाको इनाम प्राप्‍त गर्नको लागि प्रयोग गर्दै परमेश्‍वरका वचनहरू प्रसार गर्ने व्यर्थै आशा गर्छन्। धेरै वर्ष बितिसकेका छन्, तर यी मानिसहरूले परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा परमेश्‍वरको प्रशंसा हासिल गर्न असक्षम बनेका छन्, तिनीहरू परमेश्‍वरका वचनहरूको साक्षी हुने प्रक्रियामा पछ्याउनुपर्ने मार्ग पत्ता लगाउन असक्षम भएका छन्, तिनीहरूले परमेश्‍वरका वचनहरू अरूलाई प्रदान गर्ने र ती वचनहरूद्वारा अरूलाई सहयोग गर्ने प्रक्रियामा ती वचनहरू आफैलाई प्रदान गर्ने र ती वचनहरूद्वारा आफैलाई सहयोग गर्ने गरेका छन्, तिनीहरूले यी सबै कुराहरू गर्ने प्रक्रियामा परमेश्‍वरलाई चिन्‍न, वा तिनीहरू आफैलाई परमेश्‍वरको साँचो आदरमा जागरुक बनाउन असक्षम भएका छन्; तर यसको विपरीत, परमेश्‍वरका विषयमा तिनीहरूको गलत बुझाइ अझ वृद्धि हुँदै गइरहेको छ, उहाँमाथिको तिनीहरूको अविश्‍वास झन चुलिँदै गइरेहको छ, र उहाँको बारेमा तिनीहरूको कल्पना झन अतिरंजित हुँदै गइरहेको छ। परमेश्‍वरका वचनहरूको विषयमा तिनीहरूको आफ्नो सिद्धान्तहरूद्वारा परिपूर्ति र निर्देशित भएर, तिनीहरू पूर्ण रूपमा आफूलाई आनन्द लाग्ने अवस्थामा भएजस्तै गरी, आफ्ना सीपहरू सहजताका साथ प्रयोग गरेजस्तै गरी, तिनीहरूले जीवनमा आफ्नो उद्देश्य, आफ्नो मिसन पत्ता लगाएको जस्तै गरी, र तिनीहरूले नयाँ जीवन विजय गरेको र तिनीहरू उद्दार भएको जस्तै गरी, तिनीहरूको जिब्रोमा परमेश्‍वरका वचनहरू स्वतः उच्‍चारण भएजस्तै गरी, तिनीहरूले सत्यता प्राप्‍त गरेका छन्, परमेश्‍वरका अभिप्रायहरू बुझेका छन्, र परमेश्‍वरलाई चिन्ने मार्ग पत्ता लगाएका छन्, परमेश्‍वरका वचनहरू प्रचार गर्ने प्रक्रियामा भएजस्तै गरी, तिनीहरू प्रायजसो परमेश्‍वरको आमनेसामने आएका छन्। साथै, तिनीहरू प्राय “भावुक भई” रुने गर्छन्, र परमेश्‍वरका वचनहरूमा परमेश्‍वरद्वारा प्राय डोर्‍याइएका छन्, तिनीहरू उहाँको इमान्दारीपूर्ण सरोकार र कृपालु अभिप्रायलाई बेपर्वाह रूपले उपयोग गरिरहेका देखिन्छन्, साथसाथै, मानिसको निम्ति परमेश्‍वरको मुक्ति र उहाँको व्यवस्थापनलाई उपयोग गरिरहेका देखिन्छन्, उहाँको सारलाई जानेका, र उहाँको धर्मी स्वभावलाई बुझेका जस्ता देखिन्छन्। यही जगको आधारमा, तिनीहरूले परमेश्‍वरको अस्तित्वमा अझ बलियो गरी विश्‍वास गरेको देखिन्छ, तिनीहरू उहाँको उच्‍च स्थितिलाई अझ बढी पहिचान गरेका, र उहाँको भव्यता वा महान्‌ता र उहाँको आत्मिक अस्तित्व अझ गहन रूपमा महसुस गरेका जस्ता देखिन्छन्। परमेश्‍वरका वचनहरूको सतही ज्ञानमा खडा भएर, तिनीहरूको विश्‍वास वृद्धि भएको जस्तो, दुःखकष्‍ट सहने तिनीहरूको क्षमता सबलीकरण भएजस्तो, र परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान गहिरिएको जस्तो देखिन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू साँच्‍चिकै अनुभव नगरेसम्म, परमेश्‍वरको विषयमा तिनीहरूको सम्पूर्ण ज्ञान र उहाँको विषयमा तिनीहरूको सोचविचार तिनीहरूकै चाहले भरिएका कल्पना र अनुमानहरूबाट आएका हुन्छन् भन्ने कुरा तिनीहरूलाई कमै मात्र थाहा छ। तिनीहरूको विश्‍वास परमेश्‍वरबाट आएको कुनै पनि जाँचको अगाडि खडा हुन सक्दैन, तिनीहरूको कथित आत्मिकता र कद परमेश्‍वरको परीक्षा वा निरीक्षणको अगाडि कुनै हालतमा खडा हुन सक्दैन, तिनीहरूको सङ्‍कल्प बालुवामा बनाएको महल जस्तै हुन्छ, परमेश्‍वरको विषयमा तिनीहरूको कथित ज्ञान तिनीहरूको कल्पनाको मनगढन्ते कुराभन्दा बढी केही पनि हुँदैन। वास्तवमा, यी मानिसहरूले परमेश्‍वरका वचनहरूमा ठूलो प्रयत्‍न लगाएका छन्, तैपनि साँचो विश्‍वास के हो, साँचो आज्ञापालन के हो, साँचो वास्ता के हो, वा परमेश्‍वरको साँचो ज्ञान के हो भनी कहिल्यै महसुस गरेका छैनन्। तिनीहरूले सिद्धान्त, कल्पना, ज्ञान, वरदान, परम्परा, अन्धविश्‍वास, साथै मानवीय नैतिक मूल्य-मान्यतालाई लिन्छन्, र यी कुराहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने “पुँजी” र “हतियार” बनाउँछन्, र तिनलाई तिनीहरूको परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरलाई पछ्याउने कार्यको आधार बनाउँछन्। साथै, परमेश्‍वरको निरीक्षण, परीक्षा, सजाय र न्यायलाई सामना र निराकरण गर्नको लागि तिनीहरूले यो पुँजी र हतियार लिन्छन् र तिनलाई जादुमय तावीज बनाउँछन् जसमार्फत तिनीहरूले परमेश्‍वरलाई चिन्‍न सक्‍छन्। अन्त्यमा, तिनीहरूले जे प्राप्‍त गर्छन् त्यसमा परमेश्‍वरबारेका निष्‍कर्षहरूभन्दा अरू केही हुँदैनन्, जुन धार्मिक भाव, सामन्ती अन्धविश्‍वासमा आधारित हुन्छन्, र मनोरम, विचित्र र रहस्यमयी सबै कुरामा आधारित हुन्छन्। परमेश्‍वरलाई चिन्‍ने र परमेश्‍वरको परिभाषा गर्ने तिनीहरूको तरिका भनेको माथिको स्वर्ग, वा आकाशमा भएको बूढो मान्छेमा विश्‍वास गर्ने मानिसहरूको विश्‍वास जस्तै छ, जबकि परमेश्‍वरको वास्तविकता, उहाँको सार, उहाँको स्वभाव, उहाँको सम्पत्ति र अस्तित्व, र अन्य कुराहरू—साँचो परमेश्‍वर स्वयम्सँग सम्बन्धित सबै कुराहरू—यिनीहरू ती कुराहरू हुन् जसलाई बुझ्‍न तिनीहरूको ज्ञान असमर्थ भएको छ, जसबाट तिनीहरूको ज्ञान पूर्णतया अलग र उत्तरी र दक्षिणी ध्रुबजतिकै टाढा छ। यसरी, यी मानिसहरू परमेश्‍वरका वचनहरूको प्रबन्ध र पोषणमा बाँचिरहेका भए तापनि, तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा साँच्‍चिकै हिँड्न असक्षम भएका छन्। यसको साँचो कारण भनेको तिनीहरू कहिल्यै पनि परमेश्‍वरसँग परिचित नहुनु हो, उहाँसँग तिनीहरूको साँचो सञ्‍चार वा सङ्‍गति नहुनु हो, र त्यसैले तिनीहरू परमेश्‍वरसँगको पारस्परिक बुझाइमा आउन असम्भव भएको हो, वा तिनीहरूले आफूभित्र परमेश्‍वरप्रति साँचो विश्‍वास जगाउन वा उहाँलाई पछ्याउन वा उहाँको आराधना गर्न असम्भव भएको हो। परमेश्‍वरलाई यसरी लिनुपर्छ, परमेश्‍वरका वचनहरूलाई त्यसरी लिनुपर्छ भन्ने तिनीहरूको दृष्‍टिकोण र स्वभावको कारण तिनीहरूले तिनीहरूका प्रयत्‍नहरूबाट रित्तो हात फर्कन बाध्य भएका छन्, अनन्तसम्म पनि परमेश्‍वरको डर मान्‍ने र दुष्‍टताबाट अलग बस्ने मार्गमा हिँड्न असक्षम हुन बाध्य भएका छन्। तिनीहरूले राखेको लक्ष्य र तिनीहरूले हिँड्न चुनेको मार्गले तिनीहरू अनन्तसम्म परमेश्‍वरका शत्रुहरू हुन् र तिनीहरूले अनन्तसम्म कहिल्यै पनि मुक्ति प्राप्त गर्न सक्‍नेछैनन् भन्‍ने दर्साउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १५७

शैतानले मानिसलाई भ्रष्ट तुल्याउने तेस्रो तरिका परम्‍परागत संस्कृति हो। परम्‍परागत संस्कृति र अन्धविश्‍वासको बीचमा विभिन्‍न समानताहरू छन्,...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९३

परमेश्‍वरको कामको उद्देश्य, मानिसमा उहाँको कामले हासिल गर्ने प्रतिफल, र मानिसको लागि उहाँको इच्छा खास के हो त्यसलाई बुझ्‍नु: परमेश्‍वरलाई...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९८

यसले प्रायःजसो मानिसहरूका मनमा उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछः “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं” (उत्पत्ति १:२६)। यहाँ...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २६५

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ;...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्