भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्नेसम्बन्धी वचनहरू (अंश ४९)
मान्छेका भ्रष्ट स्वभावहरूमा निरर्थक र दुष्ट कुराहरूबाहेक केही हुँदैन। तीमध्ये सबैभन्दा गम्भीर कुरामा मान्छेको अहङ्कारी स्वभाव र त्यसबाट प्रकाश हुने कुराहरू, अर्थात्, विशेष आत्मधार्मिकता र अहम्ता, आफू अरूभन्दा बलियो छु भन्ने विश्वास, कसैप्रति समर्पित हुनमा अनिच्छुकता, अन्तिम निर्णय गर्ने निरन्तरको जिद्दी, सबै मामिलामा धाक प्रदर्शन, आफ्ना कार्यहरूमा चापलुसी र प्रशंसाको खोजी, अरू आफ्नो वरिपरि रहुन् भन्ने निरन्तरको चाहना, सधैँको आत्म-केन्द्रितता, सदैव महत्त्वाकाङ्क्षा र चाहनाहरूको प्रश्रयता, अनि मुकुट र इनाम पाउने र राजा भएर शासन गर्ने सधैँको चाहना गर्छन्—यी सम्पूर्ण विषयहरू गम्भीर भ्रष्ट स्वभावहरूको वर्गमा पर्छन्। अन्य सबै सामान्य समस्याहरू मात्र हुन्। उदाहरणको लागि, केही गलत विचार, निरर्थक सोचाइ, कुटिलपन र छलीपन, ईर्ष्या, स्वार्थीपन, विवादी हुनु, अनि सिद्धान्तविना व्यवहार गर्नु, इत्यादि सबैभन्दा आम भ्रष्ट स्वभावहरू हुन्। शैतानको स्वभावभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझ विहीन हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्कारी स्वभाव भएका मानिसहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदैन। मानिसहरू परमेश्वरमाथि विश्वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्कारी स्वभावले उसलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्छ; यस्तो व्यक्तिले शक्तिको निम्ति र अरूमाथि नियन्त्रण गर्न सधैँ परमेश्वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो समझ गुमाउने हदसम्म अहङ्कारी छन्, उहाँप्रतिको आफ्नो विश्वासमा तिनीहरू परमेश्वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्वरको भय मान्ने हृदय फिटिक्कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्वरको भय मान्ने हृदय हुने अवस्थासम्म पुग्ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्कारी स्वभाव हटाउँछस्, तँमा परमेश्वरको भय मान्ने हृदय त्यति नै बढी हुनेछ, र तब मात्र तैँले उहाँमा समर्पित हुन, सत्य प्राप्त गर्न र उहाँलाई चिन्न सक्छस्। सत्यता प्राप्त गर्नेहरू मात्रै साँचो रूपमा मानव हुन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।