सत्यता कसरी पछ्याउने (१२) भाग पाँच

ई. चौथो विशेषता: मूर्खता

हामीले भर्खरै सङ्गति गरेको कुरा पशुबाट पुनर्जन्म लिएका मानिसहरूको तेस्रो प्रकटीकरण—अर्थात् तिनीहरू अलमल्‍ल परेका हुन्छन् भन्ने थियो। अर्को एउटा प्रकटीकरण पनि छ, जुन के हो भने, तिनीहरू मूर्ख हुन्छन्। मूर्खता बुद्धिमत्तासँग पनि सम्बन्धित छ—त्यसोभए यी मानिसहरू कतिसम्म मूर्ख हुन्छन् त? कुन-कुन प्रकटीकरणहरूले मूर्खतालाई प्रदर्शित गर्छन्? कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्दा यसो भन्छन्, “परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुहोस्! परमेश्‍वरको त आफ्नो शिर अडाउने ठाउँसमेत छैन। परमेश्‍वरका अभिप्रायहरू श्रमसाध्य छन्! परमेश्‍वरको काम सजिलो छैन—यो कठिन छ!” जब गैरविश्‍वासीहरूले यो सुन्छन्, तब तिनीहरूले यसो भन्छन्, “तिमीले यो के बकवास गरिरहेका छौ?” यी वचनहरू गैरविश्‍वासीहरूको समझभन्दा बाहिर हुन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, त्यसैले तिनीहरूलाई यी वचनहरूले केलाई जनाउँछन् वा तिनको पृष्ठभूमि के हो भन्‍ने थाहा हुँदैन। त्यसोभए तैँले यी कुराहरू भन्नु मूर्खता होइन र? (हो।) यो कुन हिसाबमा मूर्खता हो? ती गलत श्रोतालाई सम्बोधन गरिएका छन्, होइन र? (हो।) कतिपय अलमल्‍ल परेका मानिसहरू पक्राउ परेपछि, तिनीहरूलाई दुष्ट प्रहरीले सोधपुछ गर्छ: “तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ—परमेश्‍वरले तिमीहरूलाई के गर्न भन्नुहुन्छ? के तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु गैरकानुनी हो भन्‍ने थाहा छैन? तिमीहरूले कानुन उल्लङ्घन गरेका छौ। राज्यले यस्तो विश्‍वासको अनुमति दिँदैन!” वास्तवमा, यी दुष्ट प्रहरी अधिकारीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई दोषी ठहराउनका लागि प्रयोग गर्न सकिने केही बहाना खोजिरहेका हुन्छन्, तर यस्तो मूर्ख व्यक्तिले यो कुरा छर्लङ्गै देख्न सक्दैन। तिनीहरूले भन्छन्, “परमेश्‍वरमाथिको हाम्रो विश्‍वास गैरकानुनी होइन। परमेश्‍वरले हामीलाई इमानदार मानिसहरू बन्नू, सही मार्गमा हिँड्नू, र असल मानिसहरू बन्नू भनेर भन्नुहुन्छ।” जब दियाबलसहरूले यो सुन्छन्, तब तिनीहरूले भन्छन्, “परमेश्‍वरले तिमीहरूलाई इमानदार मानिसहरू बन्नू भनेर भन्नुहुन्छ भने, हामीलाई भन—तिमीहरूको मण्डलीका अगुवाहरू को-को हुन्? तिमीहरूको मण्डलीको पैसा कहाँ राखिएको छ? इमानदारीसाथ बोल! यदि तैँले इमानदारीसाथ बोलिनस् भने, तेरो परमेश्‍वरले तँलाई दोषी ठहराउनेछ!” यो सुनेर, यस्तो मूर्ख व्यक्ति अचम्भित हुन्छ। के यो मूर्ख हुनु होइन र? दियाबलसहरूसँग कसरी इमानदारीसाथ बोल्न सकिन्छ र? दियाबलसहरूलाई कसरी परमेश्‍वरको सत्यता बताउन सकिन्छ र? जेसुकै भए पनि, तिनीहरूलाई कहिल्यै बताउनु हुँदैन। यस्ता मूर्ख मानिसहरू पनि छन् जसले प्रहरीलाई यस्तो सोध्छन्, “तपाईँहरू हामीलाई सधैँ किन पक्रनुहुन्छ? तपाईँहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्नेहरूका लागि सधैँ किन कामकुराहरू कठिन बनाउनुहुन्छ? तपाईँहरू सधैँ हाम्रा बारेमा किन अफवाहहरू फैलाउनुहुन्छ?” के तिनीहरूलाई साँच्चै किन भन्‍ने थाहा हुँदैन र? के तिनीहरूले उनीहरूबाट जवाफ पाउने आशा गर्छन्? के तिनीहरूले जवाफ पाउँछन्? तिनीहरूलाई किन भनेर सोध्नु—के यो बेतुके कुरा होइन र, के यो मूर्ख हुनु होइन र? तर यी मूर्ख मानिसहरूले साँच्चै यस्ता मूर्ख कुराहरू सोध्न सक्छन्। तिनीहरूले बुझ्दै बुझ्दैनन् र सोधिरहन्छन्, “चिनियाँ कम्युनिस्ट पार्टीले किन हामीलाई सधैँ सताउँछ? तिनीहरूले हामी परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सधैँ किन पक्रन्छन् र हाम्रा बारेमा अफवाहहरूसमेत फैलाउँछन्? स्पष्ट रूपमा नै हामी सताइएका छौँ र घर फर्कन सक्दैनौँ, तैपनि तिनीहरूले हामीले पो आफ्ना परिवारहरूलाई चाहिँ त्यागेका छौँ भनेर भन्छन्। यी दियाबलसहरूले आफ्ना शब्दहरूलाई तथ्यहरूमा आधारित गर्दैनन्! के यो पूर्ण रूपमा बनावटी कुरा होइन र? हामी त केवल परमेश्‍वरको गवाही दिन र परमेश्‍वरका वचनहरू प्रसार गर्न केही कलात्मक प्रस्तुति भिडियोहरू बनाउँछौँ—दियाबलसहरू र शैतानहरूले यसलाई किन यति धेरै घृणा गर्छन्? तिनीहरू सधैँ मेरो परिवार र आफन्तहरूलाई धम्काउन र तर्साउन मेरो घरमा जान्छन्, यहाँसम्म कि निगरानी क्यामेराहरूसमेत जडान गर्छन्—किन?” के यो कुरा सोध्नुपर्ने आवश्यकता समेत छ र? के यसो भन्नु मूर्ख कुरा होइन र? यदि तैँले भर्खरै परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको थिइस् भने, के भइरहेको छ भनी नबुझ्नु सामान्य नै हुन्थ्यो। तर तैँले यति धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस्—तँलाई अझै पनि कसरी थाहा भएन? अनि यदि तँलाई थाहा छ भने, तँ किन सोध्छस्? कतिपय मानिसहरूले अझै पनि यो कुरा बुझ्न सक्दैनन्: “हामीले कहिल्यै पार्टी वा राज्यको विरोध गरेका छैनौँ, हामी कहिल्यै राजनीतिक गतिविधिहरूमा संलग्न भएका छैनौँ, हामीले कहिल्यै सरकार वा त्यसको शासनलाई पल्टाउने प्रयास गरेका छैनौँ, हामीले कहिल्यै त्यसको शासनलाई कुनै खतरा उत्पन्न गरेका छैनौँ—तैपनि किन चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई सधैँ पक्रन्छ र सताउँछ? हामी सधैँ लुकिरहेका हुन्छौँ, चाहेर पनि घर जान वा आफ्‍नो परिवारलाई फोन गर्न सक्दैनौँ। मैले त बुझ्दै बुझ्दिनँ—चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ हाम्रा लागि किन परिस्थिति कठिन बनाउँछ?” यदि तैँले साँच्चै यो कुरा छर्लङ्गै देख्न सक्दैनस् भने, तँ अत्यन्तै अज्ञानी छस्—तँ साँच्चै मूर्ख छस्। मानौँ एउटी स्त्रीले गैरविश्‍वासी पतिसँग विवाह गर्छे। जब तिनीहरू प्रेम सम्बन्धमा थिए, तब उसले भनेको थियो, “म पनि तिमीसँगै विश्‍वास गर्नेछु—हामी सँगै स्वर्गको राज्यमा प्रवेश गर्नेछौँ।” उसले कति राम्ररी बोलेको थियो, तर वास्तवमा, ऊ एक अविश्‍वासी, एक दियाबलस हो—उसले उनलाई झुक्याइरहेको मात्रै थियो। तर जब उनले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न सबै कुरा त्याग्छिन्, तब ऊ रिसले आगो हुन्छ। उसले उनलाई भेलाहरूमा सहभागी हुन दिँदैन, उनलाई आफ्नो कर्तव्य निर्वाह गर्न दिँदैन, र उनलाई परमेश्‍वरका वचनहरू पढ्न दिँदैन। यो मूर्ख स्त्रीले अझै पनि सोच्छे, “ऊ पहिले यस्तो थिएन। उसले मलाई यति धेरै माया गर्थ्यो, मेरो यति धेरै ख्याल गर्थ्यो, मलाई यति राम्ररी बुझ्थ्यो, र परमेश्‍वरमाथिको मेरो विश्‍वासलाई पूर्ण रूपमा समर्थन गर्थ्यो। ऊ अहिले किन पूरै फरक व्यक्तिजस्तो देखिन्छ? उसले पनि पहिले विश्‍वास गर्थ्यो—ऊ किन यस्तो भएको छ?” आफ्नो कर्तव्य निर्वाह गर्न घरबाट टाढा बसेका धेरै वर्षहरूमा, उसले यस विषयमा निरन्तर सोच्छे: “मेरो पतिले अर्को स्त्री खोज्नै सक्दैन। उसले मलाई सबैभन्दा धेरै माया गर्छ। म उसको एकमात्र हुँ, म उसको पहिलो प्रेम हुँ। उसले कहिल्यै अर्को स्त्रीलाई माया गर्नेछैन। यसबाहेक, मेरो पति एक निष्कपट पुरुष हो, र ऊसँग कुनै ठूलो योग्यता वा सीप छैन—को ऊसँग बस्न चाहन्छ र?” वास्तवमा, उसले यस्तो सोच्दा पनि, उसलाई आफ्नो हृदयमा असहज महसुस हुन्छ। उसले आफ्नो पतिले अझै पनि उसलाई पर्खिरहेको छ भनी आशा गरिरहेकी हुन्छे। तर वास्तवमा, ऊ घरमा छँदा नै, ऊ हरेक दिन परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न व्यस्त भएकाले, उसले अर्कै स्त्री खोजिसकेको थियो। तैपनि उसले त्यो असम्भव छ भन्‍ने सोच्छे: “अरू कसैले अर्को स्त्री खोज्ला, तर उसले खोज्दैन। ऊ त्यस्तो प्रकारको व्यक्ति होइन! म घरमै छँदा, उसले परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छु समेत भनेको थियो!” मलाई भन्, के ऊ अत्यन्तै मूर्ख भइरहेकी छैन र? (हो।) यतिका वर्षसम्म ऊ घरमा बसेकी छैन—उसको पतिले अर्कै स्त्री खोजेको मात्र होइन, उसका छोराछोरी र आमाबुबाले समेत उसलाई अस्वीकार गरिसकेका छन्। उसलाई त्यो परिवारको सदस्य मान्‍न छोडिएको धेरै भइसक्यो। तिनीहरूले उसको पिठ्युँपछाडि उसलाई कति अपमान गर्छन् वा तिनीहरूले उसलाई कति गहन रूपमा घृणा गर्छन्, कसलाई के थाहा। तैपनि उसले यो कुरा छर्लङ्गै देख्न सक्दिन—मलाई भन्, के यो मूर्खता होइन र? (हो।) ऊ कुन हदसम्म मूर्ख छे? ऊसँग सामान्य मानव बुद्धिमत्ताको पूर्ण रूपमा कमी हुने हदसम्म; यसरी, उसले मानिसहरू र कामकुराहरूलाई हेर्न सामान्य मानव सोच प्रयोग गर्न सक्दिन। उसले सधैँ आफ्ना केटाकेटीजस्ता, विकृत, मूर्ख विचार र दृष्टिकोणहरू प्रयोग गरेर कामकुराहरूलाई हेर्छे र मापन गर्छे। अन्त्यमा, उसले प्रायः आफूलाई कठिन परिस्थितिहरूमा फसाउँछे, ऊ धेरै निष्क्रिय बन्छे, र धेरै अज्ञानी तरिकाले कार्य गर्छे। के यो मूर्खता होइन र? (हो।) यस्ता केही मूर्ख मानिसहरू छन्। मूर्ख हुनुको अर्थ तिनीहरूमा सामान्य मानवताको बुद्धिमत्ता हुँदैन, त्यसैले मानिसहरू र कामकुराहरूलाई हेर्दा वा मामलाहरूलाई सम्हाल्दा, तिनीहरूसँग राम्रा परिणामहरू हासिल गर्न तिनीहरूलाई सक्षम तुल्याउने सहाराका रूपमा आधारभूत सिद्धान्तहरू हुँदैनन्, होइन र? (हो।)

संक्षेपमा, यदि पशुबाट पुनर्जन्म लिएका मानिसहरूलाई सत्यतालाई मानकका रूपमा लिएर मापन गरियो भने, तिनीहरूको मुख्य विशेषता के हुन्छ भने, तिनीहरूले मूलतः त्यो मानकलाई पूरा गर्न सक्दैनन्—यो एक उच्च मानक हो। यदि तिनीहरूलाई सामान्य मानवताको बुद्धिमत्ताद्वारा मापन गरियो भने, तिनीहरू आफ्नो दैनिक जीवनमा उत्पन्न हुने मानिसहरू, घटनाहरू, कामकुराहरू, वा परिस्थितिहरूलाई सामान्य मानवताको सोचाइले हेर्न समेत असमर्थ हुन्छन्। कडाइका साथ भन्नुपर्दा, दैनिक जीवनमा, यस्ता मानिसहरूले आत्मनिर्भर रूपमा आफ्नो खाना, कपडा, आवास, वा यातायातको समेत व्यवस्थापन गर्न सक्दैनन्, न त तिनीहरूले आत्मनिर्भर रूपमा यी विषयहरूको सामना गर्न र तिनलाई सम्हाल्न नै सक्छन्। तिनीहरू भोकले नमरीकन जेनतेन बाँच्न सफल भए भने पनि, विभिन्न मामलाहरू सम्हाल्ने तिनीहरूका प्रकटीकरणहरूबाट हेर्दा, यस्ता मानिसहरू अत्यन्तै मूर्ख र भद्दा देखिन्छन्, र तिनीहरूमा साँचो सामान्य मानवता हुनु त धेरै टाढाको कुरा हो। उदाहरणका रूपमा केही पशुहरूलाई लिऔँ—तिनीहरू आफैलाई कति खाना खानु उपयुक्त हुन्छ भन्‍ने कुरा थाहा हुँदैन। मानिसहरूले तिनीहरूलाई निश्‍चित समयमा र मापन गरिएको मात्रामा खुवाएमा मात्र तिनीहरूले स्वस्थ तरिकाले खान सक्छन्। उदाहरणका रूपमा कुकुरहरूलाई लिऔँ, यदि तिनीहरूलाई कति खाने भन्‍नेमा कुनै रोकटोक नगरीई स्वतन्त्र रूपमा खान दिइयो भने, तिनीहरूले धेरै खानेछन्। तिनीहरू पूर्ण रूपमा अघाएर शारीरिक रूपमा थप खान नसक्ने नभएसम्म खाइरहनेछन्। त्यसैले, पशुबाट पुनर्जन्म लिएका मानिसहरूको एउटा अत्यन्तै स्पष्ट विशेषता भनेको तिनीहरूले आफ्नो जीवनका धेरै पक्षहरूलाई आत्मनिर्भर रूपमा व्यवस्थापन गर्न सक्दैनन्। तिनीहरूले किन आत्मनिर्भर रूपमा त्यसो गर्न सक्दैनन्? किनभने तिनीहरूलाई त्यस्ता कामहरू गर्ने सिद्धान्तहरू के हुन्, आधारभूत सर्तहरू के हुन्, वा तिनीहरूले उल्लङ्घन गर्न नहुने सीमाहरू के हुन् भन्‍ने कुरा कहिल्यै थाहा हुँदैन। यो त केही पशुहरूले खाँदाको अवस्था जस्तै हो—तिनीहरूलाई कति खाना उपयुक्त हुन्छ भन्‍ने थाहा हुँदैन। यदि मानिसहरूले तिनीहरूलाई व्यवस्थापन गरेनन् भने, तिनीहरूले मरुञ्जेल खानेछन्। यदि तिनीहरूलाई व्यवस्थापन गर्ने र खुवाउने कोही छ भने, तिनीहरूले राम्रो स्वास्थ्य कायम राख्न सक्छन्। यो विशेषता पशुबाट पुनर्जन्म लिएका मानिसहरूमा पनि निकै स्पष्ट हुन्छ। यो त कतिपय मानिसहरूले यसो भने जस्तै हो: “तिनीहरू भोक लागेको छ कि अघाइएको छ भन्‍ने थाहै नपाई खान्छन्, र दिन हो कि रात हो भन्‍ने थाहै नपाई सुत्छन्।” त्यसोभए, के यस्ता मानिसहरूमा मानवताको बुद्धिमत्ता हुन्छ? तिनीहरूमा हुँदैन भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ। वर्षका चार ऋतुहरूभर तिनीहरूको शरीरले विभिन्न अवस्था अनुभव गरिरहँदा आफ्नो स्वास्थ्यलाई नियमन गर्न कसरी खानुपर्छ, कुन मौसममा कुन खानेकुरा स्वस्थकर र कुन अस्वस्थकर हुन्छ, कुन जीवनशैली स्वस्थकर र अस्वस्थकर हुन्छ जस्ता विचारहरू—एक सामान्य व्यक्तिले बीस वर्षको उमेरमा यी कुराहरू नजान्न सक्छ, तर तीसको उमेरमा, उसले तीमध्ये केही त जानेको हुन्छ, र चालीसको उमेरमा उसले अझै धेरै जानेको हुन्छ। पचासको उमेरमा, आफ्नो वास्तविक शारीरिक अवस्थाका आधारमा, तिनीहरूले आफूलाई सुहाउँदो जीवनयापनका नियमहरू सारमा उतारेका हुनेछन्, र यो मूलतः स्थापित र पक्का भइसकेको हुन्छ, र यसमा थप ठूला परिवर्तनहरू हुनेछैनन्। तर पशुबाट पुनर्जन्म लिएका मानिसहरू असी वर्षसम्म बाँचे पनि, जीवनयापनका नियमहरू सारमा उतार्न सक्दैनन्। तिनीहरूले कि त धेरै खान्छन् कि त अत्यन्तै थोरै खान्छन्, र कि त तिनीहरूको पेट गडबड हुन्छ कि त तिनीहरूलाई अपच हुन्छ। तिनीहरूलाई कुन जीवनशैलीका बानीबेहोरा वा कुन खानेकुराले कुन स्वास्थ्य समस्याहरू निम्त्याउँछ भन्‍ने कुराको कुनै पत्तो हुँदैन—तिनीहरू जथाभाबी खान्छन्। यदि तैँले उनीहरूलाई उनीहरूको शारीरिक प्रकृतिलाई कुन खानेकुरा उपयुक्त वा अनुपयुक्त छ भन्‍ने आधारमा, र विभिन्न जानकारीहरूका आधारमा उनीहरूलाई सुहाउँदो आहार तालिका वा आहारको तरिकालाई सारमा उतार्नू भनेर भनिस् भने, तिनीहरूले त्यो गर्न सक्दैनन्। उदाहरणका लागि, अनलाइनमा कसैले अण्डाको बोक्रामा धेरै क्याल्सियम हुन्छ र अण्डाको बोक्रा खाँदा उनीहरूमा क्याल्सियमको मात्रा बढ्न सक्छ भनेर भन्छ, त्यसैले तिनीहरूले यस्तो सोच्छन्: “ममा क्याल्सियमको कमी भएकाले म त्यति अग्लो छैनँ—म आफ्नो क्याल्सियमको मात्रा बढाउन अण्डाको बोक्रा खानेछु।” तर परिणाम के हुन्छ भने, केही समयसम्म खाएपछि, तिनीहरूको क्याल्सियमको स्तरमा कुनै सुधार भएको देखिँदैन। मलाई भन्, के यो विकृत कुरा होइन र? जब तैँले अनलाइनमा अण्डाको बोक्रामा क्याल्सियम धेरै हुन्छ र यसलाई क्याल्सियम पूरकका रूपमा प्रयोग गर्न सकिन्छ भन्‍ने जानकारी भेट्टाउँछस्, तब तैँले यसलाई कसरी बोध गर्नुपर्छ? अण्डाको बोक्रा खाने मानिसहरू विकृतिप्रति प्रवृत्त हुन्छन् भन्‍ने कुरा स्पष्टै छ। तिनीहरूको बोध गलत हुन्छ, त्यसैले तिनीहरूको अभ्यास विकृत, चरम, र मूर्खतापूर्ण हुन्छ। त्यसोभए यसलाई बोध गर्ने सही तरिका के हो त? अण्डाको बोक्रामा क्याल्सियम धेरै हुन सक्छ, तर यो हामीले खान सक्ने कुरा होइन। यसले वास्तवमा क्याल्सियम पूरकका रूपमा प्रभाव पार्न सक्छ कि सक्दैन भन्‍ने कुरा अझै अज्ञात छ, र तिनले तेरो क्याल्सियमको स्तरलाई बढाउन सके पनि, तैँले यसलाई सोस्न सक्छस् कि सक्दैनस् भन्‍ने पनि अनिश्‍चित छ। यसबाहेक, के अण्डाको बोक्रा क्याल्सियम पूरक हुन सक्छ भन्‍ने कुनै प्रमाण छ? के यो दाबी प्रमाणित भएको छ? वास्तवमा, क्याल्सियमको मात्रा बढाउन सक्ने धेरै कुराहरू छन्, र ती सबै चिकित्सकीय रूपमा प्रमाणित भएका छन्। यदि तैँले यी प्रमाणित विधिहरूलाई स्वीकार गर्न मानिनस् भने, तँ एक बेतुका व्यक्ति होस्। तैँले आफ्नो क्याल्सियमको मात्रा बढाउन क्याल्सियम चक्कीहरू खाए हुँदैन र? त्यो सबैभन्दा सरल विधि हो। तिनले पेटलाई हानि गर्दैनन् वा दाँतलाई क्षति पुर्‍याउँदैनन्, तिनको स्वाद मिठै हुन्छ, र तैँले तिनको प्रभाव महसुस गर्न सक्छस्। के यो सही बोध होइन र? (हो।) तर विकृत बोध भएकाहरूले यसलाई यसरी बोध गर्दैनन्—तिनीहरूले कुराहरूलाई चरम सीमामा लान्छन्। तिनीहरूलाई लाग्छ, “यदि कसैले अण्डाको बोक्राले क्याल्सियमको मात्रा बढाउन सक्छ भनेर भन्छ भने, अण्डाको बोक्रा खानु पक्‍कै पनि ठिक हो। यदि आफ्नो क्याल्सियमको मात्रा बढाउनु आवश्यक छ भने, ती खानैपर्छ।” तिनीहरूले खाएपछि शरीरले ती सोस्न सक्छ कि सक्दैन भन्‍ने कुरालाई विचारसमेत गर्दैनन्। यसले विकृत बोधलाई प्रतिबिम्बित गर्छ, यो चरम हुनु हो। यदि कसैले, “केराको बोक्रामा भिटामिन धेरै हुन्छ, र यसलाई खाँदा यसले सौन्दर्य बढाउन सक्छ” भनेर भन्यो भने, के तिमीहरू खान्छौ? (खाँदैनौँ।) किन खाँदैनौ? (किनभने प्राकृतिक नियमअनुसार त परमेश्‍वरले सृष्टि गर्नुभएका केही खानेकुराहरूलाई बोक्रा ताछेपछि खानुपर्छ। बोक्रा खाने जिद्दी गर्नु भनेको कुराहरूलाई चरम सीमामा लानु हो। यदि कसैले आफ्नो सौन्दर्य बढाउन आफ्नो भिटामिनको मात्रा बढाउन चाहन्छ भने, उसले सामान्य रूपमा खान मिल्ने र सौन्दर्य बढाउने गुण भएका खानेकुराहरू खानुपर्छ।) यो सही बोध हो। तर त्यो अतिवादी मूर्खलाई हेर्—उसले यसलाई यसरी बुझ्दैन। उसले आफूलाई बोक्रा खान जबरजस्ती गर्ने अड्डी कस्छ र यसो समेत भन्छ, “मैले मेरो देहविरुद्ध विद्रोह गर्नैपर्छ। मैले एक निश्‍चित पोषक तत्त्वको मेरो स्तर बढाउन केराको बोक्रा खानैपर्छ।” तर उसले यस्तो सोच्दैन, “केराको बोक्राको स्वाद मिठो हुँदैन। यो खानेकुरा होइन। म यो खानेछैनँ। मैले यसको सट्टा यो पोषक तत्त्व भएको अरू कुनै चीज किन नखाने?” के यो सही बोध होइन र? (हो।) यदि तँ यसरी खुट्ट्याउन सक्छस् भने, यदि तैँले कुराहरूलाई यसरी बुझ्न सक्छस् भने, यसले तँसँग मानव बुद्धिमत्ता छ भन्‍ने प्रमाणित गर्छ। तर यदि तैँले यसरी खुट्ट्याउन सक्दैनस्, र केराको बोक्रामा एक निश्‍चित पोषक तत्त्व हुन्छ भनी सुन्‍ने बित्तिकै, त्यसको स्वाद खराब भए पनि तँ त्यो खान जिद्दी गर्छस् भने—त्यसोभए, तँ एक मूर्ख होस्, तँ पशुबाट पुनर्जन्म लिएको व्यक्ति होस्, र तँसँग सामान्य मानवताको सोचाइ छैन। कुनै पनि विधर्म वा भ्रमले यस्ता मानिसहरूलाई बहकाउन सक्छ, र तिनीहरू विभिन्न जानकारीहरूको शुद्धता वा सत्यतालाई खुट्ट्याउन पूर्ण रूपमा असमर्थ हुन्छन्—तिनीहरूले सधैँ धोका खान्छन्। यी सबै कुराहरू पशुबाट पुनर्जन्म लिएका मानिसहरूले विभिन्न निश्‍चित मामलाहरूलाई कसरी लिन्छन् भन्‍ने कुराको एउटा प्रकटीकरण हो—तिनीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूको बोध विकृत र बेतुका हुन्छ, र तिनीहरूले सबै कुरालाई चरम सीमामा लान्छन्। जब अनुसन्धानले कुनै कुरा खान योग्य छ भनेर देखाउँछ भनी मानिसहरूले भन्छन्, तब त्यसको अर्थ तैँले त्यो खानैपर्छ भन्‍ने हुँदैन, न त त्यस कुरालाई अरू कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन भन्‍ने नै हुन्छ। यदि तैँले सत्यतालाई कुनै पनि सिद्धान्तले प्रतिस्थापन गर्न सक्दैन भनिस् भने, त्यो वस्तुगत र सटीक हुन्छ। तर यी पोषक तत्त्वहरू भौतिक पदार्थहरू हुन्—कुनै विकल्प नै नहुनु त असम्भव हुन्छ। परमेश्‍वरले विभिन्‍न प्रकारका खानेकुराहरू सृष्टि गर्नुभयो, र विभिन्न पोषक तत्त्वहरू भएका धेरै खानेकुराहरू छन्। मानिसहरूले आफ्नो व्यक्तिगत शारीरिक प्रकृति, उमेर समूह, र वर्तमान स्वास्थ्य अवस्थाका आधारमा सटीक छनौट गर्न सक्छन्—प्रावधानहरूमा टाँसिनुपर्ने कुनै आवश्यकता छैन। कुनै एउटा जानकारी सुनेपछि, चरमसीमामा पुग्ने मानिसहरूले त्यसलाई सही तरिकाले लिन सक्दैनन्, न त तिनीहरूले त्यसलाई खुट्ट्याउन नै सक्छन्। तिनीहरू सधैँ ती कुराहरूद्वारा भ्रमित पारिन्छन्, र अन्त्यमा, तिनीहरूले भन्छन्, “अनलाइनमा भएका सबै कुरा झूट हुन्—एक शब्द पनि साँचो छैन!” हेर् त, तिनीहरू अब अर्को चरम सीमामा जान्छन्। तैँले अनलाइनमा जानकारी खोज्न सक्छस्, तर तैँले के प्रयोग गर्ने र के छोड्ने भन्‍नेबारे सही छनौट गर्नका निम्ति, त्यसलाई खुट्ट्याउन मानव बुद्धिमत्ता र मानव सोचाइको सही तरिका कसरी प्रयोग गर्ने भनेर जान्नैपर्छ। यदि कुनै कुरा तेरा लागि लाभदायक छ भने, तैँले त्यसलाई प्रयोग गर्न सक्छस्; यदि यो लाभदायक छैन वा तेरा लागि उपयुक्त छैन भने, तैँले त्यसलाई एउटा सन्दर्भ वा एक प्रकारको सामान्य ज्ञानका रूपमा लिन सक्छस्। मानव सोचाइ भएका मानिसहरूले यसरी अभ्यास गर्छन्। मानव सोचाइ नभएकाहरूले कि त बायाँतिर कि त दायाँतिर विचलित हुनेगरी अभ्यास गर्छन्—तिनीहरूले कि त धोका खान्छन् कि त सबै कुरालाई पूर्ण रूपमा अविश्‍वास गर्छन्। तिनीहरू यस्ता मामलाहरूलाई होसियारीसाथ खुट्ट्याउन असमर्थ हुन्छन्। यस्ता मानिसहरू विभिन्न प्रकारका जानकारीहरूलाई व्यवहार गर्ने वा वास्तविक जीवनका मामलाहरूलाई सम्हाल्ने तरिकामा विशेष गरी हठी, हास्यास्पद, अलमल्ल परेका, र मूर्खतापूर्ण देखिन्छन्। जो मानिसहरू यति मूर्ख छन्, जसले सहीलाई गलतबाट वा ठीकलाई बेठीकबाट खुट्ट्याउन सक्दैनन्—तिनीहरूले आफ्नो जीवनको हरेक दिन कसरी बिताउँछन्? तिनीहरूले व्यवहार गर्ने तरिकालाई हेर्दा मात्रै तँलाई चिन्ता लाग्छ—के तैँले अझै पनि तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछन् भनेर कुनै आशा राख्न सक्छस् र?

एउटी स्त्रीले एउटा घटिया बदमाससँग विवाह गर्छे र सोच्छे, “मेरो पतिले मलाई धेरै माया गर्छ। मैले साँचो प्रेम भेट्टाएकी छु, म प्रेममा परेकी छु,” र उसले धेरै आनन्दित महसुस गर्छे। तर अरूले उसको पतिलाई हेर्छन् र ऊ मानिससमेत होइन—ऊ एक दियाबलस हो भन्‍ने देख्छन्—र ऊ कसरी अझै पनि यति मग्न र यति धेरै रमाइरहन सकेकी छे भनी आश्‍चर्य मान्छन्। तिनीहरू समेत उसको बारेमा चिन्तित हुन्छन् र उसको तर्फबाट सुर्ता गर्छन्। अन्त्यमा, त्यो व्यक्तिसँग छोराछोरी भएपछि, उसलाई लात हानेर पन्छाइन्छ र उसको कुनै सहारा हुँदैन—उसको जीवन असह्य रूपमा कठिन हुन्छ! पशुबाट पुनर्जन्म लिएका मानिसहरूले गर्ने मूर्ख कुराहरूबाट के स्पष्ट हुन्छ भने, तिनीहरूले जीवन धान्न र बाँच्न सक्नु नै धेरै हदसम्म परमेश्‍वरको अनुग्रहको कारणले हो। परमेश्‍वरले तिनीहरूलाई सास दिनुहुन्छ ताकि तिनीहरू जीवित रहन सकून्, र तिनीहरूलाई खाना दिनुहुन्छ ताकि तिनीहरू बाँच्न सकून्। आकाशका चराहरू, जमिनका साना जनावरहरू र कमिलाहरूसँग पनि खानका लागि खानेकुरा हुन्छ भने—मानिसहरूका हकमा यो अझ कति बढी सत्य हो? तैँले मानिसका रूपमा पुनर्जन्म लिएको हुनाले, परमेश्‍वरले तँलाई बाँच्ने साधन दिनुहुन्छ। कि त कसैले तँलाई पालनपोषण गर्छ, कि त तँसँग एउटा निश्‍चित सबल पक्ष हुन्छ जसले गर्दा तैँले आफ्नो जीविका धान्न सक्छस्। यो परमेश्‍वरको अनुग्रह हो। परमेश्‍वरले तँलाई भोकले मर्न दिनुहुन्न बरु तँलाई बाँच्ने एउटा बाटो दिनुहुन्छ, त्यसैले तँ वृद्धावस्थासम्म बाँच्न, अन्त्यसम्म बाँच्न सक्षम हुन्छस्। परमेश्‍वरको अनुग्रहविना, पशुबाट पुनर्जन्म लिएकाहरूको जन्मजात क्षमता, तिनीहरूमा सामान्य सोचाइको अभाव, र समस्याहरू सम्हाल्ने अलिकति क्षमताको पनि अभावका कारण, तिनीहरूले आफ्नो जीविकोपार्जन गर्न समेत सक्दैनन्। अर्को दृष्टिकोणबाट हेर्दा, पशुबाट पुनर्जन्म लिएका मानिसहरू वास्तवमा निकै आशिषित् हुन्छन्। सबै पक्षमा तिनीहरूको सामर्थ्य र तिनीहरूको बुद्धिमत्तालाई विचार गर्दा, तिनीहरूका लागि यो जटिल र दुष्ट संसारमा जीविकोपार्जन गर्नु लगभग असम्भव हुनेथियो। तर परमेश्‍वरले सबै सृजित प्राणीहरूलाई अनुग्रह देखाउनुहुने र कृपा गर्नुहुने भएकाले, चाहे तैँले पशुबाट पुनर्जन्म लिएको होस् वा मानिसबाट लिएको होस्, परमेश्‍वरको नजरमा, यदि तँ एक सृजित प्राणी होस् र उहाँले तँलाई सास दिनुभएको छ भने, उहाँले सामान्यतया तँलाई जिउन र बाँच्नका लागि चाहिने कुराहरू प्रदान गर्नुहुन्छ, जसले तेरो जीवनलाई निरन्तरता दिन र तँलाई बाँचिरहन सक्षम बनाउँछ। त्यसैले यदि तैँले “म पैसा कमाउन बाहिर गएको छु र सङ्घर्ष गरेको छु, आफूलाई राम्रोसँग पोषित र स्वस्थ राख्नका लागि आफ्नो भरणपोषण गरेको छु—के मेरो जीवन राम्रैसँग चलिरहेको छैन र? तपाईँले मलाई मूर्ख भनेर मेरो अपमान गरिरहनुभएको छैन र?” भनेर भन्छस् भने, तँ गलत छस्। तैँले पैसा कमाउन र आफ्नो पालनपोषण गर्न सक्नु तेरो आफ्नै सामर्थ्यको कारणले नै हुन जरुरी छैन—यसको उनान्सय प्रतिशत परमेश्‍वरको अनुग्रह हो। परमेश्‍वरले तँलाई केही स्फूर्ति दिनुहुन्छ, र यसरी तँलाई खानेकुराका लागि पैसा कमाउन परिश्रम गर्न सक्षम बनाउनुहुन्छ; उहाँले तँलाई एक निश्‍चित सबल पक्ष, साथै एक स्वस्थ शरीर दिनुहुन्छ, र यसरी तँलाई कुनै काम गर्न, पैसा कमाउन, परिवार पाल्न, र बाँच्न सक्षम बनाउनुहुन्छ। तैँले यी कुराहरू गर्न सक्नुको आधार के हो? यो सबै परमेश्‍वरले तँलाई सामान्य मानव श्रममा संलग्न भएर अन्ततः तँलाई आफ्नो पालनपोषण गर्न र आफ्नो जीविका धान्न सक्षम बनाउने गरी सबैभन्दा आधारभूत जन्मजात अवस्था दिनुहुने कुरामा आधारित हुन्छ। छोटकरीमा भन्दा, जेसुकै भए पनि, चाहे तँ मूर्ख होस् वा अलमल्‍ल परेको होस्, अहिले, एक मानिसको बाहिरी रूप भएको सृजित प्राणीका रूपमा, तैँले आफ्नो पहिचान र आफ्नो मोल जान्नुपर्छ। यसबाहेक, तैँले परमेश्‍वरले तँलाई प्रदान गर्नुभएको कुरा, परमेश्‍वरले तेरा लागि उपलब्ध गराउनुभएको कुरा, र परमेश्‍वरको अनुग्रह र कृपालाई सही तरिकाले बोध गर्नुपर्छ। यदि तँमा पशुबाट पुनर्जन्म लिएका मानिसहरूका धेरै विशेषताहरू छन् र तँलाई निश्‍चय नै यस श्रेणीका मानिसहरूमा पर्छु भन्‍ने लाग्छ भने, तैँले के गर्नुपर्छ? यो कुरा सम्हाल्न सजिलो छ: तेरो मूल जेसुकै भए पनि, तँसँग स्वाभाविक रूपमै मानव बुद्धिमत्ता र मानव सोचाइ भए पनि वा नभए पनि, तथ्य के हो भने तँसँग अहिले मानव पहिचान छ। तँसँग मानव पहिचान भएकाले, तैँले मानिसको कर्तव्य निर्वाह गर्नुपर्छ—आफूले सक्दो गर्, आफ्नो क्षमताले भ्याएसम्म गर्, र अधिकतम हदसम्म, मानिसले जे गर्नुपर्छ त्यो पूरा गर् र राम्ररी गर्। कतिपय मानिसहरूले भन्छन्, “तपाईँले भन्नुभयो, पशुबाट पुनर्जन्म लिएका मानिसहरूमा विकृत बोध, बोधोपन, अलमल्‍लता, र मूर्खता हुने विशेषताहरू हुन्छन्—यसको अर्थ तिनीहरूसँग मानव बुद्धिमत्ता हुँदैन। यीमध्ये अधिकांश मानिसहरूले सत्यता पटक्कै बुझ्दैनन्—तिनीहरूले आफ्नो कर्तव्य कसरी राम्ररी र उपयुक्त तरिकाले पूरा गर्न सक्छन् र?” यदि तँलाई कडा मानकहरूद्वारा बाँधिएन भने, तैँले यसलाई राम्ररी र उपयुक्त तरिकाले गर्न सक्छस्, किनभने आखिरमा, तँसँग अहिले मानव पहिचान छ; जबसम्म तँ आज्ञाकारी हुन्छस् र तैँले कुतर्कहरू गर्दैनस्, तबसम्म तैँले यो हासिल गर्न सक्छस्। यदि तैँले यी दुई बुँदाहरू पनि पूरा गर्न सक्दैनस् भने, म भन्छु, तँ साँच्चै खतरामा छस्, र तँलाई मण्डलीबाट सफा गरेर निकाल्नुपर्नेछ। यदि तैँले, “म यी दुई बुँदाहरू पूरा गर्न सक्छु। म कुतर्कहरू गर्नेछैनँ, र म सही अभिव्यक्तिहरू स्वीकार गर्छु। मलाई जे गर्न भनिन्छ, म त्यही गर्नेछु; र मलाई जसरी गर्न भनिन्छ, म त्यसरी नै गर्नेछु” भनेर भन्छस् भने—यदि तैँले साँच्चै यसरी अभ्यास गर्न सक्छस् भने, तँ आफ्नो कर्तव्य राम्ररी र उपयुक्त तरिकाले गर्न सक्षम हुनेछस्। कतिपय मानिसहरूले यसो भन्छन्, “मैले आफ्नो कर्तव्य राम्ररी र उपयुक्त तरिकाले पूरा गरेको छु, र म यसलाई सत्यता सिद्धान्तहरूअनुसार पनि गर्न चाहन्छु।” यदि तँसँग आफ्नो कर्तव्य राम्ररी र उपयुक्त तरिकाले पूरा गर्न सक्ने जगमा रहेर सत्यता सिद्धान्तहरूतर्फ लागिपर्ने साँचो अभिप्राय छ भने, तँ जुनसुकै स्तरमा पुग्न सके पनि ठीकै हुन्छ—कुनै मागहरू छैनन्। जबसम्म तँ जब्बर हुँदैनस्, तैँले कुतर्कहरू गर्दैनस्, आफ्नै तर्कहरूमा जोड दिइरहँदैनस्, अलमल्‍ल परेको तरिकाले काम गर्दैनस्, र तैँले कुनै मूर्खतापूर्ण काम गरेपछि त्यसलाई स्वीकार गर्न नमान्‍ने गर्दैनस्, तबसम्म त्यो नै पर्याप्त हुन्छ। जहाँसम्म सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्ने कुरा छ, तँ जति गर्न सक्षम छस् त्यति गर्; तैँले जे गर्न सक्छु भन्‍ने सोच्छस्, त्यही गर्। यस प्रकारको व्यक्तिका लागि मागहरू उच्च छैनन् किनभने उसलाई सत्यता सिद्धान्तहरू प्राप्त गर्न केही हदसम्म गाह्रो हुन्छ। त्यसैले, उसको जन्मजात अवस्थाका आधारमा, उसँग कडाइका साथ सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्ने माग गरिँदैन। तिनीहरूसँग किन त्यो माग गरिँदैन? किनभने तिनीहरू त्यसका लागि असक्षम हुन्छन्। यदि तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्ने माग गर्न जिद्दी गरिस् भने, त्यो माछालाई जमिनमा बाँच्न बाध्य गरेजस्तै हुनेछ। केही पशुहरूलाई उदाहरणका रूपमा लिऔँ—यदि तैँले तिनीहरूसँग हरेक छाकमा सही मात्रामा खानुपर्ने र धेरै नखानुपर्ने र आफ्नो पेट फुल्ने गरी नखानुपर्ने माग गरिस् भने, के तिनीहरूले त्यो गर्न सक्छन्? सक्दैनन्। तिनीहरूले शारीरिक रूपमा थप खान नसक्ने नभएसम्म एकै पटकमा जति सक्दो धेरै खान्छन्। पशुबाट पुनर्जन्म लिएका मानिसहरू पनि उस्तै हुन्। यदि तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्ने माग गरिस् भने, तिनीहरूले त्यसो गर्न सक्दैनन्। त्यसोभए के यसको अर्थ यस्ता मानिसहरूलाई त्यागिन्छ भन्‍ने हो? होइन, तिनीहरूलाई त्यागिँदैन। तर तिनीहरूलाई नत्याग्‍नुको अर्थ तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्नुपर्ने र आत्मसात् गर्नुपर्ने माग गर्नु होइन। यसको सरल अर्थ तिनीहरूलाई सही तरिकाले व्यवहार गर्न, तिनीहरू जे गर्न सक्षम छन् त्यही गर्न दिनु हो। यो भनेको कर्तव्य निर्वाह गर्ने तिनीहरूका योग्यताहरू रद्द गर्नु होइन, न त यो सत्यता पछ्याउने तिनीहरूका योग्यताहरू रद्द गर्नु नै हो, र झन् यो कुरा मुक्ति प्राप्त गर्ने तिनीहरूका योग्यताहरू रद्द गर्नु त हुँदै होइन। यसको अर्थ के मात्रै हो भने, तिनीहरूसँग कडाइका साथ सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्ने माग गरिँदैन, न त तिनीहरूसँग कडाइका साथ सबै कुरामा सत्यता सिद्धान्तहरूमा पुग्नुपर्ने माग गरिन्छ भन्‍ने नै हो। अर्थात्, तिनीहरू जति गर्न सक्षम छन् तिनीहरूले त्यति नै गर्नुपर्छ। जबसम्म तिनीहरूले जानाजानी बाधा उत्पन्न गर्ने प्रयास गर्दैनन्, सिद्धान्तका महत्त्वपूर्ण मामलाहरूमा कुतर्कहरू गर्दैनन् वा जथाभाबी दुष्कर्महरू गर्दैनन्, तबसम्म त्यो नै पर्याप्त हुन्छ। यस्ता मानिसहरूबाट गरिने मागहरू उच्च छैनन्। बुझिस्? (बुझेँ।)

पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका हकमा भन्दा, हामीले तिनीहरूका सारका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका छौँ। अवश्य पनि, केही प्रकटीकरणहरू छन् जसका बारेमा हामीले त्यति विस्तृत रूपमा कुरा गरेका छैनौँ। यदि हामीले तिनका बारेमा अझै विशिष्ट रूपमा कुरा गर्ने हो भने, कतिपय मानिसहरूले त्यो सहन नसक्लान्, त्यसैले हामीले अलिक सामान्य रूपमा कुरा गरेका छौँ, र केही कुराहरू नभनीकन छोडेका छौँ। तैँले जेसुकैबाट पुनर्जन्म लिएको भए पनि, अन्त्यमा अहिले तँसँग मानव पहिचान छ। तँसँग मानव पहिचान भएकाले, तँ आफ्नो छवि र आफ्नो प्रतिष्ठाको वास्ता गर्छस्, त्यसैले हामी तेरो प्रतिष्ठा अलिकति बाँकी राखिदिनेछौँ—हामी यस पक्षमा त्यति धेरै विस्तृत रूपमा कुरा गर्नेछैनौँ। हामीले छलफल गरिसकेका कुराहरू आधारभूत रूपमा यस्तै नै हुन्—आफैलाई त्योसँग तुलना गर्। मानौँ, तेरा प्रकटीकरणहरू पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका प्रकटीकरणहरूसँग मेल खान्छन्, र तैँले आफ्नो हृदयमा निकै विचलित महसुस गर्छस्—तैँले यस्तो प्रकारको पहिचान भएकाले, एकातिर तेरो मूल्य घटेको छ, र अर्कोतिर तेरो निष्ठा अपमानित भएको छ र तेरो प्रतिष्ठामाथि चुनौती खडा भएको छ भन्‍ने महसुस गर्छस्। तँलाई परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन, र तँ अचानक तेरो हैसियत ह्वात्तै घटेको छ, तँ अरूभन्दा नीच भएको छस् भन्‍ने महसुस गर्छस्, उप्रान्त आफूमा कुनै सम्मानजनक कुरा छ भन्‍ने महसुस गर्दैनस्, उप्रान्त आफ्नो चरित्र कुलीन छ वा तँ सम्मानजनक मूल्यको छस् भन्‍ने महसुस गर्दैनस्, र अचानक तैँले आफ्नो हृदयमा आफूसँग कुनै आशा वा आड छैन, र तेरो भविष्यको गन्तव्य अनिश्‍चित छ भन्‍ने महसुस गर्छस्। के यी असल प्रकटीकरणहरू हुन् त? (होइनन्।) त्यसोभए के तैँले आफूलाई बदल्नु पर्दैन र? (पर्छ।) यी प्रकटीकरणहरू र यस्तो प्रकारको बोध असल नभएका हुनाले, के गर्नुपर्छ त? हामीले यस्ता मानिसहरूका लागि निस्कने एउटा बाटो खोज्नुपर्छ, ताकि तिनीहरूलाई अलिकति राम्रो महसुस होस्। यो तिनीहरूलाई शान्त पार्ने कुरा होइन, न त तिनीहरूलाई धोका दिने कुरा नै हो—यो त तिनीहरूलाई यो मामलालाई सही तरिकाले लिन र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न लागिपर्न सक्षम बनाउने कुरा हो। त्यसोभए तिनीहरूले के गर्नुपर्छ? पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूले यो मामलालाई कसरी बोध गर्नुपर्छ? सर्वप्रथम त, परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, कुनै व्यक्तिले जेसुकैबाट पुनर्जन्म लिएको भए पनि, यो परमेश्‍वरद्वारा नियोजन गरिएको कुरा हो—यसमा मानिसहरूको केही लाग्दैन। मानौँ, तँ यी मानिसहरूमध्ये एक होस्। यदि तँलाई छनौट गर्न लगाइयो भने, तैँले पशुका रूपमा पुनर्जन्म लिने छनौट गर्छस् कि मानिसका रूपमा? (मानिसका रूपमा पुनर्जन्म लिने।) तैँले किन त्यो छनौट गर्छस्? (किनभने यदि हामीले मानिसका रूपमा पुनर्जन्म लियौँ भने मात्रै हामीले परमेश्‍वरले के भन्नुहुन्छ सो सुन्‍ने र उहाँका वचनहरू बुझ्ने मौका पाउन सक्छौँ।) अनि यदि तैँले पशुका रूपमा पुनर्जन्म लिइस् भने नि? (हामीले परमेश्‍वरका वचनहरू सुन्‍ने मौका पाउनेथिएनौँ।) यसको अर्थ तैँले परमेश्‍वरको आवाज सुन्‍ने मौका कहिल्यै पाउनेथिइनस् भन्‍ने हुन्छ। त्यसैले, तँलाई पशुका रूपमा, मानिस भएर पुनर्जन्म लिनु असल कुरा हो भन्‍ने कुरा थाहा भएको हुनाले, तैँले परमेश्‍वरलाई अझै धेरै धन्यवाद दिनुपर्छ—तैँले उहाँका बारेमा गुनासो गर्नु हुँदैन। तँलाई मानिस बन्‍ने मौका दिनुभएकोमा तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ—यसबाहेक, यो त हजार वर्षमा एक पटक आउने मौका पो हो। आखिर, परमेश्‍वर मानिसहरूलाई मुक्ति दिनलाई नै देह बन्नुभयो, र धेरैजसो मानिसहरूले मुक्तिको यो अनुग्रह प्राप्त नगरेका भए पनि, तैँले त प्राप्त गरेको छस्—तैँले परमेश्‍वरको आवाज सुन्‍ने र परमेश्‍वरले सत्यता व्यक्त गर्नुभएको सुन्‍ने सौभाग्य पाएको छस्। यो तेरो आशिष् हो। यो यस्तो कुरा हो जुन, एक सृजित जीवका रूपमा, तैँले धेरै जीवनकाल वा धेरै युगहरूसम्म भीक मागे पनि प्राप्त गर्न सक्नेथिइनस्। परमेश्‍वरले ठीक यही युगमा तँलाई छान्नुभयो, र तँलाई मानिसका रूपमा पुनर्जन्म लिन, परमेश्‍वरको घरमा बस्‍न र मानवजातिसँगै, एक सृजित प्राणीको कर्तव्य पूरा गर्न, तेरो पहिचानलाई पशुको पहिचानबाट मानवजातिको सदस्यको पहिचानमा रूपान्तरण गर्न र तँलाई मानिसको कर्तव्य पूरा गर्न दिनुभयो। यो कति ठूलो सम्मान र सौभाग्यको कुरा हो! यो धेरै सृजित जीवहरूले कामना मात्र गर्न सक्ने तर कहिल्यै प्राप्त गर्न नसक्ने कुरा हो—तैपनि तैँले आज यो प्राप्त गरेको छस् र यसको आनन्द लिइरहेको छस्। यो मौका अत्यन्तै दुर्लभ छ; कुनै पनि सृजित जीवका लागि, यो हजार वर्षमा एक पटक आउने मौका हो। त्यसैले, तैँले दिक्दारीमा डुब्‍ने र गुनासो गर्ने, र दुःखी हुने वा तेरो हैसियत अरूको भन्दा कम छ भन्‍ने सोच्ने गर्नु त हुँदै हुँदैन, बरु, यसको विपरीत, तैँले वास्तवमा आफूलाई भाग्यमानी महसुस गर्नुपर्छ। तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ—उहाँले तँलाई दिनुभएको मौकाका लागि उहाँलाई धन्यवाद दे, उहाँले तँलाई उच्‍च पार्नुभएकोमा उहाँलाई धन्यवाद दे, किनभने उहाँले गर्नुभएको काम महान् छ: उहाँले गर्नुभएको काम साँच्चै नै सृजित प्राणीहरूप्रतिको अनुग्रह र कृपा नै हो। परमेश्‍वरबाट यो अनुग्रह स्वीकार गरेपछि, उहाँले तेरो पहिचान र तेरो गुण परिवर्तन गर्नुभएकोमा तँ कृतज्ञ हुनुपर्छ। तर तैँले उहाँलाई धन्यवाद मात्र दिएर यो कुरा सकिँदैन—उहाँलाई धन्यवाद दिनुबाहेक, तैँले यो मौकाको कसरी फाइदा उठाउने भनेर पनि सोच्नु आवश्यक छ। तेरो मौलिक पहिचान जेसुकै भए पनि, अब तैँले मानिसका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्ने भएको हुनाले, यो तेरो पहिचान परिवर्तन गर्ने र एक सृजित प्राणीका रूपमा तेरो गुण परिवर्तन गर्ने राम्रो मौका हो। त्यसोभए तैँले यो परिवर्तन कसरी गर्न सक्छस्? पहिलो मुख्य बुँदा भनेको आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु हो। यदि, तेरा जन्मजात अवस्थाहरूका विभिन्न सीमितताहरूका कारण, तँ केवल परिश्रम गर्न र शारीरिक श्रम गर्न, फोहोरी र थकाइलाग्दो काम गर्न मात्रै सक्षम हुन्छस्, र तेरो पहिचान र मूल्यका आधारमा, तैँले पूरा गर्ने कर्तव्य सधैँ यही दायराभित्र मात्र रहन सक्छ, र कुनै राहत वा सुधारको सम्भावना हुँदैन भने, तैँले के गर्नुपर्छ? तैँले कुन सिद्धान्त पालन गर्नुपर्छ? यदि, चाहे तेरो बुद्धिमत्ता होस्, तेरो चरित्र होस्, वा तेरा जन्मजात अवस्थाहरू हुन्, हामीले जुनसुकै प्रकटीकरणहरूलाई हेरे पनि, मानिसहरूका बीचमा तेरो मूल्य सधैँ यस्तै रहनेछ भने—तँ सधैँ एउटा काम नलाग्ने, मूर्ख, अलमल्ल परेको, बोधो, मन्दबुद्धि सहितको विकृत बोध भएको व्यक्ति हुनेछस्, र तेरो मूल्य कहिल्यै बढ्नेछैन भने—तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? यो अत्यन्तै महत्त्वपूर्ण छ। मानौँ तेरो मूल्य कहिल्यै बढ्नेछैन, र मानिसहरूका बीचमा तेरो कहिल्यै कुनै प्रतिष्ठा हुनेछैन। परमेश्‍वरको नजरमा, तँ सदासर्वदाका लागि जहाँको त्यहीँ रहन्छस्—तँ यस्तै होस्। तेरो गुणमा सतही रूपमा देखिने स्पष्ट विशेषताहरू हुन सक्छन्, र तँ कहिल्यै पशुबाट साँचो मानिसमा परिवर्तन हुनेछैनस्। तँसँग मुक्ति प्राप्त गर्ने कुनै आशा हुँदैन, किनभने तैँले सत्यता बुझ्न सक्दैनस्, र तँसँग मानवीय बुद्धिमत्ता समेत हुँदैन। तैँले दर्शनका सत्यताहरू बुझ्दैनस्, र परमेश्‍वरको घरमा, तँलाई सुसमाचार कसरी प्रचार गर्ने भन्‍ने थाहा हुँदैन, तँ व्यावसायिक सीपहरूसँग सम्बन्धित कुनै पनि प्रकारको कर्तव्यका लागि अयोग्य हुन्छस् र त्यसमा खरो उत्रन सक्दैनस्—तँ सधैँ फोहोरी र थकाइलाग्दा कामहरू गर्नमा नै अल्झिरहनेछस्, र तँसँग तेरो अवस्थालाई बदल्ने कुनै उपाय हुँदैन। मानौँ तँ यस्तै छस् भने, तैँले के गर्छस्? के तैँले परमेश्‍वरमा विश्‍वास गर्न छोड्छस्? के तैँले आफैप्रति हरेस खान्छस्? के कतिपय मानिसहरूले आफ्नो ज्यानसमेत लिन्छन्? के तिनीहरूले यसो भन्छन्, “म अब उप्रान्त बाँच्‍न चाहन्नँ। यसै पनि मसँग बाहिर निस्कने कुनै बाटो नै छैन—यसरी बाँच्‍नुको के अर्थ छ र?” यदि तैँले जति नै प्रयास गरे पनि, तँ जति नै लगनशील भए पनि, जति नै लागिपरे पनि, वा जति नै ठूलो मोल चुकाए पनि, तेरो मूल्य कहिल्यै परिवर्तन हुनेछैन, र परमेश्‍वरको घरमा तँ सधैँ परिश्रम गर्ने र पसिना बगाउने व्यक्ति, सबैले हेला गर्ने एक प्रतिष्ठाविहीन तुच्छ व्यक्ति मात्रै हुन्छस् भने, जब तँ तेरो कर्तव्य, परमेश्‍वरको कार्यभार, र सृष्टिकर्ताका विभिन्न मागहरूलाई कसरी लिन्छस् भन्ने कुरा आउँछ, तब तैँले अभ्यासको कुन तरिका छनौट गर्नुपर्छ? यही नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सिद्धान्त र अवधारणाअनुसार त, तेरो मूल्य र पहिचान निर्धारित छ, तर वास्तवमा, अहिले मानिसहरूका बीचमा र परमेश्‍वरका नजरमा, तेरो साँचो पहिचान मानिसको हो। म किन यो मानिसको हो भनेर भन्छु? किनभने तैँले पूरा गर्न सक्‍ने कर्तव्य, तेरा दैनिक प्रकटीकरणहरू, र तेरा जन्मजात अवस्थाहरूका विभिन्न अन्तर्निहित क्षमताहरू मानिसका लागि सामान्य हुने आधारभूत दायराभित्र पर्छन्—तँसँग मानिस हुनुका यी आधारभूत अवस्थाहरू छन्। यही बुँदाको हिसाबमा मात्रै, तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ? पशुहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, तिनीहरूलाई आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने, आफ्नो कर्तव्यमा कसरी दृढ रहने, वा आफ्नो कर्तव्य कसरी अर्पित भई पूरा गर्ने र अन्त्यसम्म सेवा प्रदान गरिरहने भन्‍ने थाहा हुँदैन—पशुहरूले यी कुराहरू बुझ्दैनन्। तर अब, एक मानिसका रूपमा, तैँले बुझ्छस्, तँलाई थाहा छ, त्यसैले तैँले यी कुराहरू हासिल गर्नुपर्छ। तँ यी कुराहरू हासिल गर्न सक्षम भएकाले, परमेश्‍वरले यही सिद्धान्तका आधारमा तँसँग मागहरू गर्नुहुनेछ। तर, यदि तँ आफ्नो पहिचानसँग असन्तुष्ट भएकाले र तैँले परमेश्‍वर अन्यायपूर्ण हुनुहुन्छ भन्‍ने महसुस गरेकाले निरुत्साहित हुन्छस्, र उहाँका बारेमा गुनासो गर्छस्, तेरो जीवन अपमानजनक र प्रतिष्ठाविहीन छ भन्‍ने महसुस गर्छस्, र त्यसपछि तैँले गर्न सक्‍ने कामसमेत गर्न इन्कार गर्दै आफ्नो कर्तव्य पूरा गर्न छोड्छस् भने, तँ पूर्णतया विद्रोही होस्। परमेश्‍वरका नजरमा, तँ एक सृजित प्राणीका रूपमा मानकअनुरूपको छैनस्; तँ एक विकृति होस्। त्यसोभए तैँले के गर्नुपर्छ? तेरो मूल्य सम्मानजनक होस् वा तुच्छ होस्, तँ जहाँसुकैबाट आएको भए पनि, वा तेरा जन्मजात अवस्थाहरूमा जे-जस्ता समस्याहरू भए पनि, छोटकरीमा, तँ जे गर्न सक्षम छस्, त्यही गर्न सक्दो प्रयास गर्, र त्यसलाई राम्ररी गर्न सक्दो प्रयास गर्। यदि सक्दो प्रयास गरेपछि पनि, तैँले अझै सत्यता सिद्धान्तहरूमा खरो उत्रन सक्दैनस् भने, परमेश्‍वरसँग सबै प्रकारका मानिसहरूसँग माग गरिने एउटा न्यूनतम मानक छ: जबसम्म तैँले आफ्नो सबथोक लगाउँछस्, आफ्नो इमानदारी देखाउँछस्, र आफ्नो बफादारी चढाउँछस्, तबसम्म तँ मानकअनुरूपको हुनेछस्। परमेश्‍वरले हरेक व्यक्तिले शत प्रतिशत हासिल गर्नुपर्ने माग गर्नुहुन्न—साठी प्रतिशत पनि पर्याप्त हुन्छ। परमेश्‍वरले के चाहनुहुन्छ? परमेश्‍वरले चाहनुभएको कुरा एउटा मनोवृत्ति हो—यदि तेरो मनोवृत्ति एक सृजित प्राणीको कर्तव्य पूरा गर्ने, तैँले गर्नुपर्ने र हासिल गर्नुपर्ने कुराहरूलाई कुनै पछुतो गर्ने ठाउँ नराखी राम्ररी गर्ने चाहना राख्नु हो भने, यो मनोवृत्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ। परमेश्‍वरले यो मनोवृत्तिलाई अनुमोदन गर्नुहुनेछ, र यसले तँलाई सुरक्षा दिनेछ जसले गर्दा तँ मार्गको अन्त्यसम्म पुग्न सक्छस्। कतिपय मानिसहरूले भन्छन्, “जब म मार्गको अन्त्यमा पुग्छु, तब के हुनेछ?” म तँलाई अहिले बताउनेछैनँ—पछि बताउनेछु। जब तँ मार्गको अन्त्यमा पुग्छस्, तब तँलाई थाहा हुनेछ। छोटकरीमा, अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, तैँले यो मामलालाई कसरी लिन्छस्, तैँले परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्यलाई कसरी लिन्छस्, र तैँले परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्य कसरी पूरा गर्छस् भन्‍ने नै हो। यो कर्तव्य जेसुकै भए पनि, जबसम्म यो परमेश्‍वरको घरले तँलाई सुम्पेको कुरा हो, तबसम्‍म तैँले यसलाई पूरा गर्न आफ्नो सबथोक लगाउनुपर्छ। जब तैँले आफ्नै समस्याहरू चिन्छस्, तब तैँले कुतर्कहरू नगर्न, परमेश्‍वरलाई चिढ्याउने कामहरू नगर्न, र परमेश्‍वरलाई चिढ्याउने कुराहरू नभन्न सक्दो प्रयास गर्नुपर्छ; बरु, तैँले मानिसहरू र परमेश्‍वरको घरलाई फाइदा हुने कामहरू गर्नुपर्छ, र मानिसहरू र परमेश्‍वरको घरलाई फाइदा हुने कुराहरू भन्‍नुपर्छ। तिमीहरूमध्ये कतिले यसो भन्छौ, “म अहिले यसो गर्न अझै सक्षम छैनँ।” त्यसोभए आफ्नो समय लि—अधीर नहो। यदि तैँले आज गर्न सक्दैनस् भने, भोलि गर्। यदि तैँले यो वर्ष गर्न सक्दैनस् भने, अर्को वर्ष गर्ने प्रयास गर्। आफ्नो समय लि। तर यदि मानिसहरूका परिणामहरू घोषणा गरिने समयसम्ममा तैँले अझै यो हासिल गरेको छैनस् भने, तैँले आफैले परिणामहरू भोग्नुपर्नेछ। तेरो व्यवहारको मूल्य कसैले पनि चुकाउनेछैन। बुझिस्? (बुझेँ।) यो मामला समाधान गर्न सजिलो हुनुपर्ने हो—यो सबै व्यक्तिको चेतनामा र उसले यी वचनहरू बुझ्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँ तिनलाई बुझ्न सक्छस् भने, यी कुराहरू समाधान गर्न निकै सजिलो हुनेछ। केही व्यक्तिहरूले यो अलि गाह्रो छ भनेर भने पनि, जबसम्म तिनीहरू यस दिशामा लागिपर्छन्, तबसम्‍म तिनीहरूले अन्ततः केही परिणामहरू प्राप्त गर्ने नै छन्। यदि तँ यो मार्गमा हिँड्दैनस् भने, सायद तँ अझै पनि बाँच्‍न सक्‍नेछस्, तर जहाँसम्म अन्त्यमा तँलाई कस्तो परिणामले पर्खिरहेको हुनेछ भन्‍ने कुरा छ—त्यो भन्न गाह्रो छ; कसैले पनि यसको प्रत्याभूति दिन सक्दैन, र कसैले पनि तँलाई यसबारे कुनै आश्‍वासन दिनेछैन।

आजको विषय सुनेपछि तिमीहरूलाई कस्तो महसुस भइरहेको छ? तिमीहरूलाई सायद भावनात्मक रूपमा निकै दुःख लागिरहेको होला, होइन र? परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि मानिसहरूले सामना गर्न सबैभन्दा कम इच्छा गर्ने विषयहरूमध्ये यो एउटा विषय हो, होइन र? के यो सेवाकर्ता हुनुको विषयभन्दा पनि धेरै दुःखदायी र स्वीकार गर्न गाह्रो कुरा होइन र? के यो स्वीकार गर्न गाह्रो छ? वास्तवमा तिमीहरू स्वीकार गर्न सक्षम छौ, होइन र? (हो।) यदि मानिसहरू परमेश्‍वरको पहिचानबारे निश्‍चित छन् र तिनीहरूले आफ्नै स्थान भेट्टाएका छन् भने, यी वचनहरू र यस्तो प्रकारको समस्या मानिसहरूका लागि त्यति धेरै गाह्रो नहुनुपर्ने हो—केही व्यक्तिहरूलाई मात्रै यसमा केही कठिनाइ हुन सक्छ। तर यो सुनेपछि, धेरैजसो मानिसहरूले आफ्नो मूल्य र पहिचान वास्तवमा के हो भनेर खोतल्न लागिरहने सम्भावना छैन। यदि तिनीहरू साँच्चै पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरूका केही प्रकटीकरणहरूसँग मेल खाए पनि, तिनीहरूले यसलाई सही तरिकाले लिन सक्‍नेछन्, र केही समयपछि, तिनीहरूलाई ठीकै महसुस हुनेछ, होइन र? (हो।) त्यसोभए, आजका लागि हामी यहाँसम्म सङ्गति गर्नेछौँ। अलबिदा।

जनवरी २०, २०२४

सम्बन्धित विषयवस्तु