शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्नताहरू (अंश ६५)
कतिपय अगुवा र कामदारहरूले मण्डलीभित्र रहेका व्यावहारिक समस्याहरूलाई देख्न सक्दैनन्। भेलामा हुँदा, तिनीहरूलाई आफूसँग भन्नको लागि केही पनि महत्त्वपूर्ण कुरा छैन भन्ने लाग्छ, त्यसकारण तिनीहरू जबरजस्ती केही शब्द र धर्मसिद्धान्तहरू प्रस्ताव गर्छन्। आफूले भनिरहेको कुरा धर्मसिद्धान्त मात्रै हो भन्ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर पनि तिनीहरूले त्यो कुरा भन्छन् नै। अन्त्यमा, तिनीहरू आफैलाई आफ्ना वचनहरू खल्लो पनि लाग्छ, र तिनीहरूका ब्रदर-सिस्टरहरूलाई पनि त्यो ज्ञानवर्धक लाग्दैन। यदि तँलाई यो समस्याबारे थाहा छैन, तर तँ जिद्दी गर्दै यस्ता कुराहरू बोलिरहन्छस् भने, पवित्र आत्माले काम गरिरहनुभएको छैन, र मानिसहरूलाई फाइदा हुँदैन। यदि तैँले सत्यता अनुभव गरेको छैनस्, तैपनि यसको बारेमा बोल्न चाहन्छस् भने, तैँले जेसुकै नै भने पनि सत्यताको भित्री कुरालाई बताउन सक्नेछैनस्; तैँले थप रूपमा बताउने कुरा शब्द र धर्मसिद्धान्तहरू मात्रै हुनेछन्। तैँले तिनमा केही हदसम्म अन्तर्दृष्टि हुन्छ भन्ने विचार गरेको हुन सक्छ, तर ती त धर्मसिद्धान्तहरू मात्रै हुन्; ती सत्यता वास्तविकता होइनन्। र सुन्नेहरूले चाहे जति नै प्रयास गरे पनि ती कुराबाट कुनै पनि वास्तविक कुरा प्राप्त गर्न सक्दैनन्। सुन्दा खेरी, तैँले भनेको कुरा सही हो भन्ने तिनीहरूलाई लाग्न सक्छ, तर पछि गएर, तिनीहरूले यसलाई पूर्ण रूपमा बिर्सनेछन्। यदि तैँले आफ्ना वास्तविक स्थितिहरूको बारेमा कुरा गर्दैनस् भने, तैँले मानिसहरूको हृदयलाई उत्प्रेरित गर्न सक्नेछैनस्, मानिसहरूले त्यो सुनेर याद राख्ने छैनन्। त्यसले कुनै रचनात्मक कुरा दिन सक्दैन। तैँले यस्तो परिस्थिति सामना गर्दा, तँलाई आफूले बोलिरहेको कुरा व्यावहारिक छैन भनेर थाहा हुनुपर्छ; तँ यसरी नै बोलिरहन्छस् भने, त्यसले कसैलाई राम्रो गर्नेछैन, र यदि कसैले तैँले उत्तर दिन नसक्ने प्रश्न सोध्यो भने, परिस्थिति झनै अप्ठ्यारो हुनेछ। तैँले तुरुन्तै चुप लागेर अरूलाई सङ्गति गर्न दिनुपर्छ—त्यो बुद्धिमानी निर्णय हुनेछ। यदि तँ भेलामा छस् र तँलाई कुनै निश्चित मामलाबारे केही कुरा थाहा छ भने, तैँले त्यसबारे केही व्यावहारिक कुरा बताउन मिल्छ। त्यो अलिक सतही होला, तर त्यो सबैले बुझ्नेछन्। यदि तँ सधैँ अरूलाई प्रभावित पार्न गहन तरिकामा बोल्न चाहन्छस् तर आफूलाई प्रस्ट व्यक्त गर्न सक्दैनस् भने तैँले बोल्न छोडिहाल्नुपर्छ। तैँले त्यसपछि बोल्ने सबै कुरा खोक्रो धर्मसिद्धान्त हुनेछन्; तैँले आफूले सङ्गति जारी राख्नुअघि अरू कसैलाई सङ्गति गर्न दिनुपर्छ। यदि तँलाई आफूले बुझ्ने कुरा धर्मसिद्धान्त हो र त्यो भन्नु रचनात्मक हुँदैन भन्ने लाग्छ भने, तैँले त्यस्तो क्षणमा बोल्दा, पवित्र आत्माले काम गर्नुहुनेछैन। यदि तँ जबरजस्ती बोल्छस् भने, निरर्थकता र विचलन निम्तिन सक्छ अनि मानिसहरू बहकिन सक्छन्। धेरै मानिसको जग र क्षमता यति कमजोर हुन्छ कि तिनीहरू गहन कुराहरूलाई छोटो समयमा ग्रहण गर्न वा तिनलाई सजिलै याद गर्न सक्दैनन्। अर्कोतर्फ, तिनीहरू विकृत, नियामक र धर्मसैद्धान्तिक कुराहरूचाहिँ झट्टै टिप्छन्। यो त तिनीहरूको दुष्ट व्यवहार हो, होइन र? त्यसैले, तँ आफूले सत्यताबारे सङ्गति गर्दा सिद्धान्तहरूमा अडिग हुनैपर्छ र आफूले जे बुझ्छस् त्यसबारे बोल्नुपर्छ। मानिसहरूको हृदयमा अभिमान हुन्छ, र कहिलेकाहीँ, तिनीहरू अभिमानद्वारा नियन्त्रित हुँदा, आफूले बोल्ने कुरा धर्मसिद्धान्त हो भन्ने थाहा भएर पनि बोल्ने जिद्दी गर्छन्। तिनीहरू यस्तो सोच्छन्, “मेरा दाजुभाइ-दिदीबहिनीहरूले बताउन नसक्लान्। म आफ्नो प्रतिष्ठाको खातिर त्यो सब बेवास्ता गरिदिन्छु। अहिले वर्तमान हालतलाई जस्ताका त्यस्तै ठिकठाक छ जस्तो देखाइराख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” के यो मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइन? यो त परमेश्वरप्रति निष्ठाहीन हुनु हो! यदि यस व्यक्तिमा अलिकति पनि समझ छ भने, उसलाई पछुतो हुनेछ र आफूले बोल्न छोड्नुपर्छ भन्ने महसुस हुनेछ। उसलाई आफूले विषय बदल्नुपर्छ र आफूले अनुभव गरेको कुरा, वा सायद सत्यताबारे आफ्नो बुझाइ र ज्ञानमा सङ्गति गर्नुपर्छ भन्ने महसुस हुनेछ। कुनै व्यक्तिले जति बुझ्छ, त्यति नै बोल्नुपर्छ। व्यक्तिले जतिसुकै बोले पनि, उसले बोल्न सक्ने व्यावहारिक कुराको सीमितता हुन्छ। अनुभवविना, तेरा कल्पना र सोचाइ सिद्धान्त मात्र हुन्, मानव धारणाका कुरा मात्र हुन्। सत्यता अर्थात् वचनहरू बुझ्न वास्तविक अनुभव चाहिन्छ, र अनुभवविना कसैले पनि सत्यताको सार पूर्णतः बुझ्न सक्दैन, झन् सत्यता अनुभव गरिने स्थितिलाई पूर्ण रूपमा व्याख्या गर्नु त परको कुरा हो। व्यावहारिक कुरा बोल्न, तँसँग सत्यताका केही अनुभव हुनुपर्छ। अनुभवविना त्यो हुँदै-हुँदैन। तँसँग अनुभव भए पनि, त्यो सीमित हुन्छ। तैँले बोल्न सक्ने निश्चित, सीमित स्थितिहरू हुन्छन्, तर तीबाहेक तँसँग दिनलाई केही हुँदैन। भेलामा गरिने सङ्गतिमा सधैँ एक वा दुई विषय मात्र समेट्नुपर्छ। यदि तैँले ती कुरा सङ्गतिमा अझ स्पष्ट पार्न सकिस् भने धेरै उपलब्धि हासिल गरेको हुनेछस्। धेरै वा ठूल्ठूला कुरा भन्ने कोसिसमा चुर्लुम्मै नडुब्—त्यसरी कसैले केही पनि प्रस्ट बुझाउन सक्दैन, र कसैलाई केही फाइदा हुँदैन। भेलाहरू भनेको पालैपालो बोल्नका लागि हुन्छन्, र यदि विषयवस्तु व्यावहारिक छ भने, मानिसहरूले त्यसबाट लाभ उठाउँछन्। एउटै व्यक्तिले आफै सबै सत्यताबारे प्रस्टसँग सङ्गति गर्न सक्छ भनेर सोच्न छोड्; त्यो असम्भव हुन्छ। कहिलेकाहीँ तँलाई आफूले अत्यन्तै व्यवहारिक तरिकाले कुराकानी गरिरहेको झैँ लाग्न सक्छ, तर तेरा ब्रदर-सिस्टरहरूले अझै पनि साँचो रूपमा बुझ्दैनन्। किनभने तेरो स्थिति भनेको तेरै स्थिति हो, र तेरा ब्रदर-सिस्टरहरूको स्थिति तेरो आफ्नै स्थितिजस्तो हुँदैन। यसको साथै, यस विषयमा तँसँग केही अनुभव हुन सक्छ, तर तेरा ब्रदर-सिस्टरहरूसँग त्यो अनुभव नहुन सक्छ, त्यसकारण तिनीहरूलाई तैँले बताएको कुरा आफूमा लागू हुँदैन भन्ने लाग्छ। यस्तो परिस्थितिको सामना गर्दा तैँले के गर्नुपर्छ? तैँले तिनीहरूको अवस्था बुझ्नको लागि केही प्रश्नहरू गर्नुपर्छ। यो विषयको कुरा उठ्दा तिनीहरूले के गर्नेछन्, र तिनीहरूले सत्यताअनुरूप कसरी अभ्यास गर्नुपर्छ भनी तिनीहरूलाई सोध्। यस तरिकामा केही समय सङ्गति गरिसकेपछि, अगाडि बढ्ने मार्ग खुल्नेछ। यसरी, तैँले मानिसहरूलाई त्यो बेलाको उचित विषयमा अगुवाइ गर्न सक्छस्, र तैँले सङ्गति गरिरहिस् भने, तैँले परिणामहरू हासिल गर्नेछस्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।