परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७९

बाइबल हजारौं वर्षदेखि मानव इतिहासको एउटा हिस्साको रूपमा रहीआएको छ। यसबाहेक, मानिसहरूले यसलाई परमेश्‍वर जस्तो व्यवहार गर्छन्, यहाँसम्म कि आखिरी दिनहरूमा यसले परमेश्‍वरको स्थान लिएको छ, जसले परमेश्‍वरमा घृणा उत्पन्न गर्दछ। यसैले, समयले साथ दिँदा परमेश्‍वरले बाइबलको भित्री कथा र उत्पत्तिबारे स्पष्ट पार्न आफू बाध्य भएको महसुस गर्नुभयो; यदि उहाँले त्यसो नगर्नुभएको भए, बाइबलले मानिसहरूका हृदयमा परमेश्‍वरको स्थान ओगटी नै रहने थियो र परमेश्‍वरका कामहरू नाप्न र निन्दा गर्नको लागि मानिसहरूले बाइबलका वचनहरू प्रयोग गर्नेथिए। बाइबलको सार, संरचना र त्रुटिहरूबारे व्याख्या गरेर परमेश्‍वरले कुनै पनि हालतमा बाइबलको अस्तित्वलाई इन्कार गरिरहनुभएको थिएन, न त उहाँले दोषी ठहऱ्याउँदै हुनुहुन्थ्यो; बरु उहाँले बाइबलको मौलिक स्वरूप पुनर्स्थापना गर्ने, बाइबलप्रति भएको मानिसहरूको भ्रमहरूलाई सम्‍बोधन गर्ने, तिनीहरूलाई बाइबलको सही दृष्टिकोण प्रदान गर्ने उचित र सुहाउँदो विवरण दिइरहनुभएको थियो, यसैले कि तिनीहरूले उप्रान्त बाइबलको पूजा नगरून्, र त्यसउप्रान्त तिनीहरू नहराऊन्; भन्नुको तात्पर्य यो हो कि, तिनीहरूले बाइबलप्रतिको आफ्‍नो अन्धो विश्‍वासलाई परमेश्‍वरमाथिको विश्‍वास र परमेश्‍वरको आराधना ठान्ने गल्ती नगरून्, त्यसको वास्तविक पृष्ठभूमि र असफलताहरूको सामना गर्न समेत नडराऊन्। जब मानिसहरूले बाइबलको बारेमा शुद्ध ज्ञान पाउँछन्, तब तिनीहरूले कुनै सङ्कोच नमानी त्यसलाई पन्साउन अनि साहसपूर्वक परमेश्‍वरका नयाँ वचनहरूलाई स्वीकार गर्न सक्छन्। यी केही अध्यायहरूमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरले यहाँ मानिसहरूलाई बताउन चाहनुभएको सत्यता के हो भने, कुनै पनि सिद्धान्त वा तथ्यले परमेश्‍वरको आजका काम र वचनको स्थानलाई लिन सक्दैन र परमेश्‍वरको स्थानमा कुनै पनि थोक खडा हुन सक्दैन। यदि मानिसहरू बाइबलको पासोबाट उम्कन सक्दैनन् भने, तिनीहरू कहिल्यै पनि परमेश्‍वरको सामु आउन सक्नेछैनन्। यदि तिनीहरू परमेश्‍वरको सामु आउन चाहन्छन् भने, तिनीहरूले पहिले आफ्नो हृदयमा उहाँको स्थान लिने कुनै पनि थोकलाई हटाउनुपर्छ; तब तिनीहरू परमेश्‍वरका निम्ति सन्तोषजनक हुनेछन्। परमेश्‍वरले यहाँ बाइबलको बारेमा व्याख्या गर्नुभएको भए पनि, बाइबल बाहेक मानिसहरूले पुज्ने धेरै वटा गलत कुराहरू छन् भन्‍ने नबिर्सनुहोस्; तिनीहरूले आराधना नगर्ने भनेका, साँचो रूपमा परमेश्‍वरबाट आएका कुराहरू मात्र हुन्। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँका वचनहरू स्वीकार गर्दा गलत बाटो नलिऊन् र फेरि अतिवादी कुरातिर लागेर भ्रमको शिकार नहोऊन् भनी स्मरण गराउन मात्र बाइबललाई उदाहरणको रूपमा प्रयोग गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मण्डलीहरूमाझ हिँड्ने क्रममा ख्रीष्‍टले दिनुभएका वचनहरू, परिचय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८१

पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ लूका २४:३०-३२ अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्‍नुहुँदा,...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७१

मेरा नजरमा, मानिस सबै थोकको शासक हो। मैले उसलाई पृथ्वीमा सबै थोक व्यवस्थापन गर्न दिएर कम मात्रामा अख्तियार दिएको छैन—हिमालका घाँसलाई,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१८

आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८१

परमेश्‍वरले गर्नुहुने कामले उहाँको देहको अनुभवलाई प्रतिनिधित्व गर्दैन; मानिसले गर्ने कामले उसको अनुभवको प्रतिनिधित्व गर्छ। हरेक व्यक्तिले...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्