परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२९

राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा परमेश्‍वरको कामलाई देख्न सकिन्छ। जब परमेश्‍वरले “पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्,” भनेर भन्नुहुन्छ, तब त्यो पृथ्वीमा उक्त डन्डाको प्रारम्भिक काम हो, जसको परिणामस्वरूप “पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।” पृथ्वीमा रहेका परिवारहरूको आम अवस्था यस्तै नै हुन्छ। प्राकृतिक रूपमा तिनीहरू हरेकको स्थिति यस्तै हुन त सम्भव नहोला, तर तिनीहरूमध्ये अधिकांशको अवस्थाचाहिँ यस्तै हुन्छ। अर्कोतर्फ, यसले यो धारका मानिसहरूले भविष्यमा भोग्ने परिस्थितिहरूको बारेमा पनि उल्लेख गरिरहेको छ। यसले के भविष्यवाणी गर्छ भने, तिनीहरूले वचनहरूको सजाय भोगिसकेपछि र अविश्‍वासीहरूलाई विपत्तिमा पारिसकिएपछि, पृथ्वीका मानिसहरूमा अबउप्रान्त कुनै पनि पारिवारिक सम्बन्धहरू बाँकी रहनेछैनन्; तिनीहरू सबै नै सिनिमका मानिसहरू हुनेछन्, र तिनीहरू परमेश्‍वरको राज्यप्रति बफादार हुनेछन्। यसरी, पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। अनि यसरी पृथ्वीका मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा र चकनाचूर पारिनेछ र यो परमेश्‍वरले मानिसमाथि गर्नुहुने अन्तिम काम हुनेछ। अनि परमेश्‍वरले यो कामलाई ब्रह्माण्डभरि नै फैलाउनुहुने भएकोले, उहाँले मानिसहरूलाई “भावना” भन्ने शब्दको अर्थ स्पष्ट पार्न यो अवसरको प्रयोग गर्नुहुनेछ, यसरी तिनीहरूलाई परमेश्‍वरको इच्छा भनेको सबै मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा पार्नु हो भन्ने देखाउनुहुनेछ र परमेश्‍वरले “पारिवारिक विवादहरू” समाधान गर्नलाई सजायको प्रयोग गर्नुहुन्छ भनी देखाउनुहुनेछ। होइन भने, पृथ्वीमा परमेश्‍वरको कामको अन्तिम भागलाई समाप्त पार्ने कुनै उपाय नै हुनेछैन। परमेश्‍वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरीलाई—अर्थात् तिनीहरू भावनाका साथ जिउँछन् भन्ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्‍वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्‍वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्‍वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्‍वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-उद्घाटन, अध्याय २८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २५४

जीवनको बाटो जोसुकैले पाउने कुरा होइन, न त यो कसैले सहजै प्राप्त गर्न सक्‍ने कुरा नै हो। यो यसैले हो किनभने जीवन परमेश्‍वरबाट मात्रै आउन...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३

धेरै मानिसहरूले दिनहुँ परमेश्‍वरका वचनहरू पढ्‍नको लागि माथि उठाउँछन्, यहाँसम्म कि सबै पौराणिक वचनखण्डहरूलाई तिनीहरूको सबैभन्दा बहुमूल्य...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४५४

येशू परमेश्‍वरको आज्ञा पूरा गर्न—अर्थात् सारा मानवजातिको छुटकाराको काम गर्न सक्षम हुनुहुन्थ्यो—किनकि उहाँले आफ्नै निम्ति कुनै योजनाहरू वा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९०

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्