परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२९

राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्‍वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा परमेश्‍वरको कामलाई देख्न सकिन्छ। जब परमेश्‍वरले “पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्,” भनेर भन्नुहुन्छ, तब त्यो पृथ्वीमा उक्त डन्डाको प्रारम्भिक काम हो, जसको परिणामस्वरूप “पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।” पृथ्वीमा रहेका परिवारहरूको आम अवस्था यस्तै नै हुन्छ। प्राकृतिक रूपमा तिनीहरू हरेकको स्थिति यस्तै हुन त सम्भव नहोला, तर तिनीहरूमध्ये अधिकांशको अवस्थाचाहिँ यस्तै हुन्छ। अर्कोतर्फ, यसले यो धारका मानिसहरूले भविष्यमा भोग्ने परिस्थितिहरूको बारेमा पनि उल्लेख गरिरहेको छ। यसले के भविष्यवाणी गर्छ भने, तिनीहरूले वचनहरूको सजाय भोगिसकेपछि र अविश्‍वासीहरूलाई विपत्तिमा पारिसकिएपछि, पृथ्वीका मानिसहरूमा अबउप्रान्त कुनै पनि पारिवारिक सम्बन्धहरू बाँकी रहनेछैनन्; तिनीहरू सबै नै सिनिमका मानिसहरू हुनेछन्, र तिनीहरू परमेश्‍वरको राज्यप्रति बफादार हुनेछन्। यसरी, पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। अनि यसरी पृथ्वीका मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा र चकनाचूर पारिनेछ र यो परमेश्‍वरले मानिसमाथि गर्नुहुने अन्तिम काम हुनेछ। अनि परमेश्‍वरले यो कामलाई ब्रह्माण्डभरि नै फैलाउनुहुने भएकोले, उहाँले मानिसहरूलाई “भावना” भन्ने शब्दको अर्थ स्पष्ट पार्न यो अवसरको प्रयोग गर्नुहुनेछ, यसरी तिनीहरूलाई परमेश्‍वरको इच्छा भनेको सबै मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा पार्नु हो भन्ने देखाउनुहुनेछ र परमेश्‍वरले “पारिवारिक विवादहरू” समाधान गर्नलाई सजायको प्रयोग गर्नुहुन्छ भनी देखाउनुहुनेछ। होइन भने, पृथ्वीमा परमेश्‍वरको कामको अन्तिम भागलाई समाप्त पार्ने कुनै उपाय नै हुनेछैन। परमेश्‍वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरीलाई—अर्थात् तिनीहरू भावनाका साथ जिउँछन् भन्ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्‍वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्‍वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्‍वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्‍वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय २८

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०१

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ। उहाँले उनीहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश १७

परमेश्‍वरले वर्तमानको दिनसम्म आफ्नो छ हजार वर्षे कामलाई अघि बढाइसकेपछि पहिले नै आफ्ना धेरै कार्यहरू प्रकट गरिसक्‍नुभएको छ, जसको प्राथमिक...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०८

यदि तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न चाहन्छस् भने तेरो हृदय परमेश्‍वरमा फर्किनै पर्छ। यसको जगमा अन्य मानिसहरूसँग पनि तेरो सम्बन्ध...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४५

जब तेरो दैनिक जीवनमा तँलाई केही हुन्छ, तब तैंले त्यो पवित्र आत्माको कामबाट आएको हो वा शैतानको कामबाट आएको हो भनी कसरी छुट्ट्याउँनुपर्छ? जब...