परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२५

राज्यको निर्माण औपचारिक रूपमा सुरु भइसकेको भए पनि, त्यो राज्यको औपचारिक सलामी गुञ्जन अझै बाँकी छ; अब यो पछि हुनआउने कुराको एउटा अगमवाणी मात्र हो। जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छ र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन गर्जने समय हुनेछ। वर्तमान समयचाहिँ त्यस चरणतर्फको लम्काइ हो; त्यस दिनतर्फ आक्रमण जारी गरिएको छ। यो, परमेश्‍वरको योजना हो र निकट भविष्यमा यो साकार हुनेछ। यद्यपि, परमेश्‍वरले बोल्‍नुभएका हरेक कुरा उहाँले पहिले नै पूरा गरिसक्‍नुभएको छ। त्यसैले, पृथ्वीका सबै राष्ट्र उच्‍च छालहरू नजिक आउँदा हल्‍लिने बालुवामा बनाइएका महलहरू मात्र हुन्: अन्तिम दिन नजिकै छ र ठूलो रातो अजिङ्गर परमेश्‍वरको वचनमुनि गिर्नेछ। उहाँको योजनालाई सफलतापूर्वक अघि बढाइएको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्न स्वर्गका दूतहरू पृथ्वीमा ओर्लेका छन्, अनि परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति सक्दो गर्दैछन्। देहधारी हुनुभएका परमेश्‍वर स्वयम् शत्रुविरुद्ध युद्ध सुरु गर्न युद्धको मैदानमा तैनाथ हुनुभएको छ। जहाँ-जहाँ देहधारण देखापर्नुहुन्छ, त्यहाँबाट शत्रुलाई नष्ट गरिन्छ। विनाश हुनेमा चीन पहिलो हुनेछ; परमेश्‍वरको हातद्वारा यसलाई निर्जन पारिनेछ। परमेश्‍वरले कुनै दया देखाउनुहुनेछैन। ठूलो रातो अजिङ्गरको बिस्तारै हुने पतनको प्रमाण मानिसहरूमा निरन्तर हुने परिपक्‍वतामा देख्‍न सकिन्छ; यो सबैको लागि स्पष्ट र देख्‍न सकिने हुन्छ। मानिसहरूको परिपक्‍वता शत्रुको निधनको चिन्ह हो। “प्रतिस्पर्धा गर्छु” को अर्थबारे छोटो व्याख्या यही हो। यसरी, धेरैवटा अवसरमा, परमेश्‍वरले मानिसहरूलाई उनीहरूको हृदयमा धारणाहरूले बनाएको स्थितिलाई अर्थात् ठूलो रातो अजिङ्गरको कुरूपतालाई हटाउन उहाँका सुन्दर गवाही दिनुपर्छ भनी स्मरण गराउनुभएको छ। परमेश्‍वरले त्यस्ता सम्झौटोहरू मानिसहरूको विश्वासलाई सजीव बनाउन प्रयोग गर्नुहुन्छ, त्यसो गरेर उहाँको आफ्नो काममा उपलब्धिहरू प्राप्त गर्नुहुन्छ। किनकि परमेश्‍वरले भन्नुभएको छ, “मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र?” सबै मानिस यस्तै प्रकारका छन्; तिनीहरू असक्षम मात्र छैनन्, तिनीहरू त सजिलै निराश र दुःखी पनि हुन्छन्। यसकारण, तिनीहरूले परमेश्‍वरलाई चिन्न सक्दैनन्। परमेश्‍वरले मानवजातिको विश्वास पुनर्जीवित मात्र पार्नुहुन्न; गोप्य र निरन्तर रूपमा मानिसहरूलाई बल पनि प्रदान गर्नुहुन्छ।

त्यसपछि, परमेश्‍वरले सम्पूर्ण ब्रह्माण्डसँग बोल्न थाल्नुभयो। परमेश्‍वरले चीनमा आफ्नो नयाँ काम सुरु गर्नुभएको मात्र छैन, उहाँले त सारा ब्रह्माण्डभरि नै आजको नयाँ काम गर्न थाल्नुभएको छ। कामको यस चरणमा, परमेश्‍वरले उहाँलाई धोका दिने सबै मानिस फेरि उहाँको सिंहासनको अधीनमा बस्न आउन सकून् भनी आफ्ना सारा काम संसारभरि प्रकट गर्न चाहनुभएको हुनाले परमेश्‍वरको न्यायमा अझै पनि उहाँको कृपा र प्रेमिलो-दयालुपन सम्मिलित हुनेछ। परमेश्‍वरले संसारभरिका वर्तमान घटनाहरूलाई मानिसहरूलाई त्रसित महसुस गराइ तिनीहरूलाई परमेश्‍वरलाई खोज्न प्रेरित गर्ने मौकाको रूपमा प्रयोग गर्नुहुन्छ, ताकि तिनीहरू उहाँसामु वापस आउन सकून्। त्यसैले परमेश्‍वर भन्नुहुन्छ, “मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्‍ने कुरामा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५९९

उनीहरूका पूर्ण रूपमा अविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७३

पवित्र आत्माको काम थुप्रै किसिमका मानिसहरू र थुप्रै फरक अवस्थाहरूबाट सम्पन्‍न गरिन्छन् र पूरा गरिन्छन्। देहधारी परमेश्‍वरको कामले सम्पूर्ण...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३२

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६१

जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्