परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०७
तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्वरलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
जब राज्यप्रतिको सलामी बज्छ—जुन सात गर्जनहरू गर्जिने समय पनि हो—यो आवाजले स्वर्ग र पृथ्वीलाई थर्काउँदै, आकाशलाई हल्लाउँछ र हरेक मानवजातिको मुटु धड्कने तुल्याउँछ। मैले त्यो राष्ट्रलाई नष्ट गरेको छु र मेरो राज्य स्थापना गरेको छु भन्ने प्रमाणित गर्दै, राज्यको राष्ट्रिय-गान ठूलो रातो अजिङ्गरको भूमिमा विधिवत् रूपमा खडा हुन्छ। अझै महत्त्वपूर्ण कुरा के छ भने, पृथ्वीमा मेरो राज्य स्थापना हुन्छ। यस क्षणमा, म मेरा स्वर्गदूतहरूलाई संसारका हरेक राष्ट्रहरूमा पठाउन सुरु गर्छु ताकि तिनीहरूले मेरा पुत्रहरूलाई, मेरा मानिसहरूलाई गोठाला गरून्; यो मेरो कामको अर्को चरणका मागहरूलाई पूरा गर्नको लागि पनि हो। तैपनि, व्यक्तिगत रूपमा म त्यो ठाउँमा जानेछु जहाँ ठूलो रातो अजिङ्गर बेरिएर बसिरहेको छ, अनि त्यससँग प्रतिस्पर्धा गर्छु। सारा मानवजातिले मलाई मेरो शरीरमा चिनेपछि र शरीरमा मेरा कार्यहरूलाई देख्न सक्षम भइसकेपछि, ठूलो रातो अजिङ्गरको अखडालाई खरानीमा परिणत गरिनेछ र यसलाई नाम-निशाना नछोडीकन मेटाइनेछ। मेरा राज्यका मानिसहरूका रूपमा, तिमीहरूले मनैदेखि ठूलो रातो अजिङ्गरलाई घृणा गर्छौ, त्यसो हुनाले तिमीहरूले आफ्ना कार्यहरूद्वारा मेरो हृदयलाई सन्तुष्ट पार्नैपर्छ, र यसरी तिमीहरूले अजिङ्गरलाई शर्ममा पार्छौ। के तिमीहरू ठूलो रातो अजिङ्गर घृणित छ भन्ने साँच्चै अनुभूति गर्छौ? के तिमीहरूले यो राज्यको राजाको शत्रु हो भन्ने साँच्चै अनुभव गर्छौ? के तिमीहरूले मेरो लागि सुन्दर गवाही दिन सक्छौ भन्ने तिमीहरूमा साँच्चै विश्वास छ? के तिमीहरूले ठूलो रातो अजिङ्गरलाई जित्न सक्छौ भन्नेमा तिमीहरू साँच्चै निश्चित छौ? तिमीहरूलाई मैले माग्ने कुरा यही हो; मलाई चाहिने एउटै कुरा भनेको तिमीहरू यो चरणमा पुग्न सक भन्ने हो। के तिमीहरूले यसो गर्न सक्नेछौ? के यो हासिल गर्न सक्छौ भन्ने तिमीहरूमा विश्वास छ? मानव वास्तवमा के गर्न सक्षम छन्? के बरु म आफैले गर्नुपर्ने होइन र? युद्धमा संलग्न हुने स्थानमा नै म व्यक्तिगत रूपमा ओर्लन्छु भनेर म किन भन्छु? मलाई तिमीहरूको विश्वास चाहिन्छ, तिमीहरूका काम होइन। मानवजाति मेरा वचनहरूलाई सोझो रूपमा स्वीकार गर्न सबै असमर्थ छन्, बरु तिनीहरू तिनलाई छड्के नजरले मात्रै हेर्छन्। के यसले तिमीहरूका उद्देश्यहरू पूरा गर्न सहयोग गरेको छ? के तिमीहरूले यसरी मलाई चिन्न पुगेका छौ? इमानदारीपूर्वक भन्नुपर्दा, पृथ्वीका मानवमध्ये, मलाई मेरो अनुहारमा सिधा नजरले हेर्न सक्ने क्षमता भएको एक जना पनि छैन, र मेरा वचनहरूका शुद्ध र विशुद्ध अर्थलाई प्राप्त गर्न सक्ने क्षमता भएको एक जना पनि छैन। त्यसकारण मैले मेरा लक्ष्यहरूलाई पूरा गर्न र मानिसहरूका हृदयमा मेरो आफ्नो साँचो स्वरूप स्थापना गर्नको लागि, पृथ्वीमा मैले अभूतपूर्व परियोजनालाई अघि बढाएको छु। यसरी, मानिसहरूमाथि धारणाहरूले शक्ति चलाउने युगलाई म अन्त्य गर्नेछु।
आज, म ठूलो रातो अजिङ्गरको देशमा ओर्लिरहेको मात्रै छैन, तर सारा आकाशलाई हल्लाउँदै, म सम्पूर्ण ब्रह्माण्डको रूपलाई पनि परिवर्तन गर्दैछु। के मेरो न्यायको सामना नगर्ने कहीँ त्यस्तो कुनै ठाउँ छ? के मैले वर्षाउने विपत्तिहरू नपर्ने कुनै एउटा ठाउँ छ? म जहाँ-जहाँ जान्छु, मैले “विपत्तिका अनेक बीउहरू” छरेको छु। मैले काम गर्ने एउटा तरिका यही हो, र यो मानवजातिको मुक्तिको कार्य हो भन्नेमा कुनै शङ्का छैन, अनि मैले तिनीहरूलाई दिने कुरा भनेको एक प्रकारको प्रेम नै हो। अझै धेरै मानिसहरूलाई मलाई चिन्ने र मलाई देख्न सक्ने तुल्याउने मेरो इच्छा छ, अनि, यसरी, तिनीहरूले धेरै वर्षसम्म देख्न नसकेका तर जो अहिले वास्तविक हुनुहुन्छ, उहाँ परमेश्वरलाई तिनीहरूले सम्मान गर्न पुग्छन्। के कारणले मैले संसारको सृष्टि गरेँ? मानव भ्रष्ट भएर पनि, मैले किन तिनीहरूलाई पूर्ण रूपमा सर्वनाश गरिनँ? के कारणले गर्दा सारा मानवजाति विपत्तिहरूको बीचमा जिउँछन्? देह धारण गर्नुमा मेरो उद्देश्य के थियो? जब म मेरो काम गरिरहेको हुन्छु, मानवजातिले तीतोलाई चाख्न मात्र होइन, तर मीठोलाई पनि चाख्न सिक्छ। संसारका सारा मानिसहरूमध्ये, को मेरो अनुग्रहभित्र जिउँदैन र? यदि मैले मानवजातिलाई भौतिक आशिषहरू प्रदान नगरेको भए, संसारको प्रशस्तताको आनन्द कसले लिन सक्थ्यो र? के मेरा प्रजाका रूपमा रहेको तिमीहरूको स्थान तिमीहरूलाई लिन दिनु आशिष हुन सक्छ? तिमीहरू मेरा प्रजा नभएको, तर सेवाकर्ता भएको भए, के तिमीहरू मेरा आशिषहरूभित्र अस्तित्वमा रहिरहेका हुने थिएनौ र? मेरा वचनका उत्पत्तिलाई बुझ्न सक्ने तिमीहरूमध्येमा एक जना पनि छैन। मानवता—मैले तिनीहरूलाई प्रदान गरेको पदवी नामहरूलाई बहुमूल्य ठान्नु त कता हो कता, तिनीहरूमध्ये धेरैले आफ्नो हृदयमा “सेवा गर्ने” पदवी नामको कारण द्वेष राख्छन्, र धेरैले आफ्नो हृदयमा “मेरा मानिसहरू” भन्ने पदवी नामको कारण मेरो लागि प्रेम पैदा गर्छन्। कसैले पनि मलाई मूर्ख बनाउने प्रयास गर्नु हुँदैन; मेरा आँखाहरू सर्वदर्शी छन्! तिमीहरूमध्ये कसले तत्परतासाथ ग्रहण गर्छौ, तिमीहरूमध्ये कसले पूर्ण आज्ञापालन दिन्छौ? यदि राज्यको सलामी बजेन भने, के तिमीहरू साँच्चै अन्त्यसम्मै समर्पित हुने थियौ र? मानव जे गर्न र विचार गर्न सक्षम छन्, र तिनीहरू जति हदसम्म जान सक्छन्—यी सबै कुराहरूलाई मैले धेरै पहिले नै अघिबाटै नियुक्त गरिसकेको छु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय १०
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्वरलाई...
विश्वास नभएका मानिसहरूले प्रायजसो मानवले देख्न सक्ने सबै कुरा अस्तित्वमा छन्, तर देख्न नसकिने सबै कुरा, वा मानिसहरूबाट अत्यन्तै टाढा...
सत्यताको अभ्यास यस्तो मार्ग हो जसमा मानिसको जीवन वृद्धि हुन सक्छ। यदि तिमीहरूले सत्यताको अभ्यास गरेनौं भने, तिमीहरूसँग सिद्धान्तभन्दा बढी...
जब परमेश्वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव...