परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२३

संसारमा, भूकम्‍पहरू जानु विपत्तिको सुरुवात हो। सुरुमा म संसार अर्थात् पृथ्वीलाई परिवर्तन गर्छु, त्यसपछि केही महामारी र अनिकाल ल्याउँछु। मेरो योजना यही हो, र मैले अपनाउने चरणहरू यिनै हुन्, अनि मेरो व्यवस्थापन योजनालाई पूरा गर्नको लागि म सबै कुरालाई मेरो सेवाको निम्ति परिचालन गर्नेछु। यसरी, मेरो प्रत्यक्ष हस्तक्षेपविना पनि सम्पूर्ण ब्रह्माण्ड नष्‍ट हुनेछ। मैले पहिलो पटक देहधारण गर्दा र म क्रूसमा टाँगिदा, पृथ्वी भयङ्कर रूपले कम्पित भएको थियो, र अन्त्य आउँदा पनि यस्तै नै हुनेछ। मैले देहबाट आत्मिक क्षेत्रमा प्रवेश गर्नेबित्तिकै भूकम्पहरू सुरु हुनेछन्। यसरी, ज्येष्ठ पुत्रहरूले बिलकुलै विपत्तिहरूको कष्‍ट भोग्नेछैनन्, जबकि जो ज्येष्ठ पुत्रहरू होइनन् तिनीहरूलाई भने विपत्तिमाझ कष्‍ट सहन छोडिनेछ। त्यसकारण, मानव दृष्टिकोणबाट हरेक व्यक्ति जेठो छोरो बन्न इच्छुक छन्। मानिसहरूको पूर्वबोधमा, यो आशिष्‌को आनन्द लिनको लागि होइन, बरु विपत्तिको कष्‍टबाट उम्कनको लागि हो। यो ठूलो रातो अजिङ्गरको चाल हो। तथापि, म यसलाई कहिल्यै पनि त्यसै भाग्न दिनेछैनँ; म यसलाई मेरो कठोर दण्ड भोग्न लगाउनेछु र मेरो निम्ति खडा हुन र मलाई सेवा प्रदान गर्न लगाउनेछु (यसले मेरा छोराहरू र मेरा मानिसहरूलाई पूर्ण बनाउने कार्यलाई जनाउँछ), र यसरी यसलाई सदासर्वदा आफ्नै षड्ययन्त्रको जालमा आफै पर्ने, सदासर्वदा मेरो न्याय स्वीकार गर्ने, र सदासर्वदा मद्वारा जलाइने तुल्याउँछु। सेवाकर्ताहरूलाई मेरो प्रशंसा गर्न लगाउनुको साँचो अर्थ यही हो (यसको मतलब, मेरो महान् शक्ति प्रकट गर्नको लागि तिनीहरूलाई प्रयोग गर्नु हो)। म ठूलो रातो अजिङ्गरलाई मेरो राज्यमा लुसुक्क छिर्न दिनेछैन, न त यसलाई मेरो प्रशंसा गर्ने अधिकार नै प्रदान गर्नेछु! (किनकि यो योग्य छैन; यो कहिल्यै पनि योग्य हुनेछैन!) म यो ठूलो रातो अजिङ्गरलाई अनन्तसम्म मेरो सेवा गर्न मात्र लगाउनेछु! म यसलाई मेरो अगाडि लम्पसार पर्न मात्र लगाउनेछु। (अनन्त दण्डमा भएकाहरूभन्दा नाश भएकाहरू राम्रो अवस्थामा हुन्छन्; विनाश भनेको कठोर सजायको अस्थायी स्वरूप मात्र हो, जबकि अनन्त दण्डमा भएकाहरूले अनन्तकालसम्मै कठोर दण्ड भोग्नेछन्। यही कारणले गर्दा, मैले “लम्पसार पर्नु” भन्ने शब्दको प्रयोग गरेँ। यी मानिसहरू मेरो घरमा लुसुक्क छिर्ने र मेरो धेरै अनुग्रहको आनन्द उठाउने, अनि तिनीहरूसँग मेरो बारेमा केही ज्ञान हुने भएकोले, म कठोर दण्डहरू प्रयोग गर्छु। मेरो घरभन्दा बाहिर भएकाहरूको हकमा भने, ती अज्ञानीहरूले कष्‍ट भोग्नुपर्दैन भनेर भन्न सकिन्छ।) मानिसहरूको धारणामा, तिनीहरूले अनन्त दण्डमा भएकाहरूभन्दा विनाश भएकाहरू खराब अवस्थामा हुन्छन् भन्ने ठान्छन्, तर यसको विपरीत, अनन्त दण्डमा भएकाहरू सदासर्वदा दण्डित भइरहन्छन् अनि विनाश भएकाहरू भने अनन्तसम्मै अस्तित्वहीन आवस्थामा फर्कन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९७

परमेश्‍वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्‍वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्‍ने हो: तैँले जीवन प्रवेश वा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९२

परमेश्‍वरका आशिष्‌हरू उत्पत्ति १७:४-६ मेरो बारेमा भन्दा, हेर्, मेरो करार तँसितै छ र तँ धेरै जातिहरूको पिता बन्‍नेछस्। न त अब तेरो नाम...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०४

सबै मानिस येशूको साँचो मुहार हेर्न चाहन्छन्, र सबै जना उहाँसँग हुन चाहन्छन्। कुनै दाजुभाइ वा दिदी-बहिनीले हामी येशूलाई हेर्न वा उहाँसँग हुन...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४४

मेरो काम तिमीहरूका लागि धेरै उपयोगी भए पनि, मेरा वचनहरू सधैँ तिमीहरूमा हराउँछन् र तिमीहरूमा केही पनि आउँदैन। मद्वारा सिद्ध पारिने लक्षित...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्