परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश २००
आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला,...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो व्यवस्थापनको सम्पूर्ण रहस्य प्रकट गरेको छु, र मानिसले मेरो कामको उद्देश्य जानिसकेको छ, र यति मात्र होइन, मेरा सबै रहस्यहरू बुझ्न पुगेको छ। मैले मानिसलाई पहिले नै त्यो गन्तव्यको बारेमा सबै कुरा बताइसकेको छु, जसको बारेमा उसले चासो राख्छ। मैले मानिसका लागि पहिले नै मेरा सबै रहस्यहरू, अर्थात् ५,९०० वर्षदेखि लुकाइएका रहस्यहरू उजागर गरिसकेको छु। यहोवा को हुनुहुन्छ? मसीह को हुनुहुन्छ? येशू को हुनुहुन्छ? तिमीहरूलाई यो सबै थाहा हुनुपर्छ। मेरो काम यी नामहरूमाथि निर्भर रहन्छ। के तिमीहरूले त्यो बुझेका छौ? मेरो पवित्र नाम कसरी घोषणा गरिनुपर्छ? मलाई मेरा कुनै पनि नामहरूले बोलाउने ती अन्यजातिहरू समक्ष कसरी मेरो नाम फैलाउनुपर्छ? मेरो काम विस्तार हुँदैछ, र म यसको सम्पूर्णता कुनै पनि र सबै जातिहरूमा फैलाउनेछु। मेरो काम तिमीहरूमा गरिसकिएको हुनाले, जसरी यहोवाले इस्राएलमा दाऊदका घरानाका गोठालाहरूलाई प्रहार गर्नुभएको थियो त्यसरी नै म पनि तिमीहरूलाई हरेक जातिमा तितरबितर हुने गरी प्रहार गर्नेछु। किनकि आखिरी दिनहरूमा म सबै जातिहरूलाई टुक्रा-टुक्रा हुने गरी चकनाचूर पार्नेछु र त्यहाँका मानिसहरूलाई नयाँ प्रकारले वितरित हुन लगाउनेछु। जब म फेरि फर्कन्छु, जातिहरू पहिले नै मेरो जलिरहेको ज्वालाद्वारा तय गरिएको सीमामा विभाजित भइसकेका हुनेछन्। कुनै बेला जसरी म, यहोवा, यहूदी कुलहरूको बीच हिँडे त्यस बेला पनि म आफैलाई मानवजातिकहाँ तिनीहरूले कहिल्यै नदेखेका पवित्र परमेश्वरको स्वरूपमा तिनीहरूका बीचमा खुल्ला रूपमा प्रकट गर्दै, बहुसङ्ख्यक जातिहरूको बीचमा हिँड्दै, चर्को घाम झैँ नयाँ गरी प्रकट गर्नेछु। तत्पश्चात्, म मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा अगुवाइ गर्नेछु। त्यहाँ तिनीहरूले पक्कै मेरो महिमा देख्नेछन्, र तिनीहरूको जीवनमा अगुवाइ गर्न तिनीहरूले पक्कै पनि आकाशमा बादलको खम्बा देख्नेछन्, किनकि म पवित्र स्थानहरूमा प्रकट हुनेछु। मानिसले मेरो धार्मिकताको दिन र मेरो महिमित प्रकटीकरण पनि देख्नेछ। मैले सारा पृथ्वीमाथि शासन गरेर मेरा धेरै पुत्रहरूलाई महिमामा ल्याएपछि त्यसो हुनेछ। पृथ्वीमा जताततै, मानिसहरू झुक्नेछन्, र मेरो पवित्र वासस्थान मैले आज गरेको कार्यको जगमाथि दृढताका साथ मानवजातिको बीचमा खडा हुनेछ। मानिसहरूले मन्दिरमा पनि मेरो सेवा गर्नेछन्। फोहोर र घृणित चीजहरूले ढाकिएको वेदीलाई म टुक्राटुक्रा पार्नेछु र नयाँ बनाउनेछु। नवजात थुमाहरू र बाछोहरूलाई पवित्र वेदीमा जम्मा पार्नेछु। म आजको मन्दिर भत्काउनेछु र नयाँ मन्दिर निर्माण गर्नेछु। घृणित मानिसहरूले भरिएको अहिले खडा रहेको मन्दिरलाई नष्ट गरिनेछ, र मैले बनाएको त्यस मन्दिर मप्रति वफादार सेवकहरूले भरिनेछन्। उनीहरू फेरि मेरो मन्दिरको महिमाको लागि खडा हुनेछन् र मेरो सेवा गर्नेछन्। तिमीहरूले पक्कै पनि त्यो दिन देख्नेछौ जुन दिन म ठूलो महिमा प्राप्त गर्छु, र तिमीहरूले त्यो दिन पक्कै देख्नेछौ जब म मन्दिर भत्काउनेछु र नयाँ निर्माण गर्नेछु। साथै, तिमीहरूले पक्कै पनि मेरो पवित्र-वासस्थान मानिसहरूको संसारमा आएको दिन देख्नेछौ। जसरी म मन्दिरलाई भत्काउनेछु, त्यसरी नै म आफ्नो पवित्र-वासस्थानलाई मानिसहरूको संसारमा ल्याउनेछु, त्यो तिनीहरूले म तल ओर्लेको देखेजस्तै हुनेछ। मैले सबै जातिहरूलाई धूलोपीठो बनाएपछि, म तिनीहरूलाई नयाँ गरी समेट्नेछु, तत्पश्चात्, मेरो मन्दिर निर्माण र मेरो वेदी स्थापित गर्नेछु, ताकि सबैले मलाई बलिदान चढाउन, मेरो मन्दिरमा मेरो सेवा गर्न, र अन्यजातिहरूमा गरिएको मेरो कामप्रति तिनीहरू विश्वासयोग्य रूपमा समर्पित हुन सकून्। तिनीहरू पूजाहारीको पोसाक र मुकुटले सुसज्जित भएर, तिनीहरूको माझमा मेरो, यहोवाको, प्रताप हुन्छ, र मेरा वैभव तिनीहरूमाथि परिभ्रमण गर्दै र तिनीहरूसँग साथसाथै रहँदै गर्दा तिनीहरू वर्तमान दिनका इस्राएलीहरू जस्तै हुनेछन्। अन्यजातिहरूमा पनि मेरो काम त्यस्तै गरी कार्यान्वयन हुनेछ। मेरो काम इस्राएलमा जस्तो थियो, त्यस्तै काम अन्यजातिहरूमा पनि हुनेछ, किनभने म मेरो काम इस्राएलमा विस्तार गर्नेछु र अन्यजातिहरूमा फैलाउनेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला,...
मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...
हजारोँ वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणा अनि उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ...
परमेश्वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको...