परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २१३

विजयको कामको मुख्य उद्देश्य भनेको मानवतालाई शुद्ध पार्नु हो ताकि मानिसले सत्यता प्राप्त गर्न सकोस्, किनभने मानिसले सत्यलाई अत्यन्तै थोरै मात्र बुझ्‍छ! त्यस्ता मानिसहरूमा विजयको काम गर्नु भनेको निकै महत्त्वपूर्ण कुरा हो। तिमीहरू सबै जना अन्धकारको प्रभावमा परेका छौ र तिमीहरूलाई गहिरो चोट लागेको छ। त्यसैले यो कामको लक्ष्य भनेको तिमीहरूलाई मानव प्रकृतिबारे जान्‍न र सत्यतामा जिउन सक्षम पार्नु हो। सिद्ध पारिने कार्य यस्तो कुरा हो जसलाई सृष्टि गरिएका सबै प्राणीहरूले स्विकार्नुपर्छ। यदि यस चरणको काममा मानिसहरूलाई सिद्ध पार्ने कार्य मात्रै समावेश भएको भए, यो बेलायत, वा अमेरिका, वा इजरायलमा गर्न सकिन्थ्यो; यसलाई कुनै पनि राष्ट्रका मानिसहरूमा गर्न सकिन्थ्यो। तर विजयको काम चयनात्मक छ। विजयको कामको पहिलो चरण अल्पकालीन छ; यसबाहेक, शैतानको अपमान गर्न र सम्पूर्ण ब्रह्माण्ड जित्‍नका लागि यसको प्रयोग गरिनेछ। यो विजयको प्रारम्भिक कार्य हो। के भन्‍न सकिन्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने कुनै पनि प्राणीलाई सिद्ध गर्न सकिन्छ किनभने सिद्ध पारिने कार्य दीर्घकालीन परिवर्तनपछि मात्र प्राप्त गर्न सकिने कुरा हो। तर विजय गरिनु भनेको फरक कुरा हो। विजयको नमुना र आदर्श प्रतिरूप सबैभन्दा पछाडि रहेको, गहिरो अन्धकारमा बाँचेको हनुपर्छ; तिनीहरू सबैभन्दा निकृष्ट, परमेश्‍वरलाई मान्‍न सबैभन्दा अनिच्छुक र परमेश्‍वरप्रति सबैभन्दा अनाज्ञाकारी हुनुपर्दछ। यो ठ्याक्‍कै त्यस्तै किसिमको व्यक्ति हो जसले विजय प्राप्त गरिएको बारेमा साक्षी दिन सक्छ। विजयको कामको मुख्य लक्ष्य शैतानलाई हराउनु हो, जबकि मानिसहरूलाई सिद्ध पार्नुको मुख्य लक्ष्य मानिसहरूलाई प्राप्त गर्नु हो। यसको लक्ष्य विजयपश्‍चात् मानिसहरूलाई विजयको कार्य यहाँ तिमीहरूजस्तै मानिसहरूमा गरिएको छ भन्‍ने कुराको साक्षी दिन सक्षम पार्नु हो। विजयपश्‍चात् मानिसहरूलाई साक्षी दिन लगाउनु यसको उद्देश्य हो। यी विजय गरिएका मानिसहरूलाई शैतानको अपमान गर्ने लक्ष्य हासिल गर्न प्रयोग गरिनेछ। त्यसो भए, विजयको मुख्य विधि के हो त? सजाय, न्याय, श्राप र खुलासा—मानिसहरूलाई जित्‍नको लागि धर्मी स्वभावको प्रयोग गर्ने, ताकि तिनीहरू परमेश्‍वरको धर्मी स्वभावको कारण पूर्ण रूपमा विश्‍वस्त हुन सकून्। मानिसहरूलाई विजय गर्न र तिनीहरूलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनको लागि वचनको वास्तविकता र अख्तियारको प्रयोग गर्नु—विजय गरिनुको अर्थ यही हो। सिद्ध पारिएका व्यक्तिहरू आफूमाथि विजय गरिएपछि आज्ञाकारिता मात्र प्राप्त गर्न सक्षम हुँदैनन्, तिनीहरू त न्यायको कामको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभाव बदल्न, र परमेश्‍वरलाई चिन्‍न पनि सक्षम हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्ने मार्गको अनुभव गर्छन् र तिनीहरू सत्यले भरिन्छन्। तिनीहरूले परमेश्‍वरको कार्यलाई कसरी अनुभव गर्ने, परमेश्‍वरको लागि कसरी कष्ट भोग्‍न सक्षम बन्‍ने र आफ्नै इच्छाशक्ति हासिल गर्न कसरी सक्षम हुने भन्‍ने कुराहरू सिक्छन्। सिद्ध पारिएकाहरू तिनै हुन् जोसँग परमेश्‍वरको वचनको अनुभव गरेको कारण सत्यको वास्तविक ज्ञान छ। विजय गरिएकाहरू तिनै हुन् जसले सत्य के हो जानेका छन् तर सत्यको वास्तविक अर्थलाई स्वीकार गरेका छैनन्। विजय गरिएपछि, तिनीहरूले आज्ञापालन गर्छन्, तर तिनीहरूको आज्ञाकारिता तिनीहरूले पाएको न्यायको परिणाम हो। तिनीहरूसँग धेरै सत्यहरूको वास्तविक अर्थको बारेमा कुनै पनि बुझाइ छैन। तिनीहरूले सत्यलाई मौखिक रूपमा स्विकार्छन्, तर तिनीहरू सत्यमा प्रवेश गरेका छैनन्; तिनीहरू सत्यलाई बुझ्छन्, तर तिनीहरूले सत्यको अनुभव गरेका छैनन्। सिद्ध पारिँदै गरिएकाहरूमा भइरहेको काममा जीवनको प्रावधानसँगै सजाय र न्यायहरू पर्दछन्। सत्यमा प्रवेश गर्नुलाई मूल्यवान् ठान्‍ने व्यक्ति नै सिद्ध पारिनुपर्ने व्यक्ति हो। सिद्ध पारिनुपर्नेहरू र विजय गरिनुपर्नेहरूको बीचमा रहेको भिन्‍नता भनेकै उनीहरू सत्यमा प्रवेश गर्छन् कि गर्दैनन् भन्‍ने नै हो। सिद्ध पारिएकाहरू तिनीहरू हुन् जो सत्यलाई बुझ्दछन्, सत्यमा प्रवेश गरेका छन् र सत्यमा जिइरहेका छन्; सिद्ध पार्न नसकिने मानिसहरू तिनीहरू हुन् जो सत्यलाई बुझ्दैनन् र सत्यमा प्रवेश गर्दैनन्, अर्थात तिनीहरू जो सत्यमा जिइरहेका छैनन्। यदि यस्ता मानिसहरू अहिले पूर्ण रूपमा आज्ञापालन गर्न सक्षम छन्, भने तिनीहरू विजय गरिएका छन्। यदि विजय गरिएका मानिसहरूले सत्यको खोजी गर्दैनन् भने—यदि तिनीहरूले सत्यतालाई पछ्याउँछन् तर यसमा जिउँदैनन् भने, यदि तिनीहरूले सत्यलाई हेर्छन् र सुन्छन् तर सत्यमा जिउने कार्यलाई मूल्यवान् ठान्दैनन् भने—तिनीहरूलाई सिद्ध पारिन सकिँदैन। सिद्ध पारिनुपर्ने मानिसहरूले सिद्धताको बाटोमा हिँड्दै परमेश्‍वरका मापदण्डहरूअनुसार सत्यको अभ्यास गर्छन्। यसमार्फत, तिनीहरूले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छन्, अनि तिनीहरूलाई सिद्ध पारिन्छ। विजयको काम समाप्त हुनुअघि अन्त्यसम्‍मै पछ्याउने जोकोही व्यक्ति विजय गरिएको व्यक्ति हो, तर उसलाई सिद्ध पारिएको व्यक्ति भनेर भन्‍न सकिँदैन। “सिद्ध पारिएका” भन्‍ने पदावलीले ती मानिसहरूलाई जनाउँछ जसले विजयको काम समाप्त भएपछि सत्यलाई पछ्याउन सक्छन् र परमेश्‍वरद्वारा प्राप्त गरिएका हुन्छन्। यसले ती व्यक्तिहरूलाई जनाउँछ जो विजयको काम समाप्त भएपछि संकष्टमा दृढ भएर खडा हुन्छन् र सत्यमा जिउँछन्। विजय गरिनु र सिद्ध गरिनुबीचको भिन्‍नतालाई कामको चरणमा हुने फरक र मानिसहरूले सत्यलाई बुझ्ने र त्यसमा प्रवेश गर्ने हदले छुट्याउँछ। सिद्ध हुने बाटोमा नहिँडेका ती सबै, अर्थात् जसले सत्य धारण गरेका छैनन्, तिनीहरू सबैलाई अन्ततः हटाइनेछ। जोसँग सत्य छ र जो सत्यमा जिउँछ तिनीहरूलाई मात्र परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ। अर्थात्, पत्रुसको स्वरूपमा जिउनेहरू सिद्ध पारिएकाहरू हुन् भने अरू सबै विजय गरिएकाहरू हुन्। विजय गरिएकाहरूमा भइरहेको काममा श्राप दिने, सजाय दिने, र क्रोधको प्रदर्शन गर्ने कार्यहरू समावेश छन् र तिनीहरूमा आउने भनेको धार्मिकता र श्रापहरू हो। त्यस्तो व्यक्तिमा काम गर्नु भनेको कुनै समारोह वा शिष्टाचारविना खुलासा गर्नु हो—उनीहरूभित्रको भ्रष्ट स्वभावलाई उजागर गर्नु हो ताकि उनीहरू आफैले यसलाई पहिचान गरून् र पूर्ण रूपमा विश्‍वस्त होऊन्। जब मानिस पूर्ण रूपमा आज्ञाकारी हुन्छ, विजयको काम समाप्त हुन्छ। अधिकांश मानिसहरूले अझै पनि सत्यलाई बुझ्नको लागि प्रयास नगरे पनि विजयको काम समाप्त भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७३

पवित्र आत्माको काम थुप्रै किसिमका मानिसहरू र थुप्रै फरक अवस्थाहरूबाट सम्पन्‍न गरिन्छन् र पूरा गरिन्छन्। देहधारी परमेश्‍वरको कामले सम्पूर्ण...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२५

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७२

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०१

मानिसको भ्रष्‍ट स्वभाव उसलाई शैतानद्वारा दूषित बनाइएको र कुल्चीमिल्ची गरिएको कुराबाट, शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्दृष्टि र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्