परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०८

परमेश्‍वरको काममा आउने बाधाहरू कति ठूला छन्? के कहिल्यै कसैलाई थाहा भएको छ? गहिरो अन्धविश्‍वासका रङ्गहरूको पिँजरामा परेका मानिसहरूका हुनाले, कसले परमेश्‍वरको वास्तविक अनुहार जान्न सक्छ? यस्तो खोक्रो र हास्यास्पद पछौटे सांस्कृतिक ज्ञानद्वारा, तिनीहरूले कसरी परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पूर्ण रूपमा बुझ्न सक्थे? यहाँसम्म कि, तिनीहरूलाई आमने-सामने बताइँदा, र मुखदेखि मुखमा खुवाउँदा समेत, तिनीहरूले कसरी बुझ्न सक्दछन्? कहिलेकहीँ यस्तो हुन्छ मानौं परमेश्‍वरका वचनहरू बहिरा कानहरूमा परेको छ: मानिसहरूले अलिकति पनि प्रतिक्रिया दिँदैनन्, तिनीहरू आफ्नो टाउको हल्लाउँछन् र केही पनि बुझ्दैनन्। यो कसरी चिन्ताको विषय हुन सक्दैन? यो “टाढाको, प्राचीन सांस्कृतिक इतिहास र सांस्कृतिक ज्ञान” ले यस्ता बेकम्मा मानिसहरूको समूहलाई पोषण दिएको छ। यो प्राचीन संस्कृति—अनमोल सम्पदा—फोहरको थुप्रो हो! यो धेरै पहिले नै अनन्त सर्म बन्यो, र यो कुरा उल्‍लेख गर्न पनि लायकको छैन! यसले मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने चाल र तरिकाहरू सिकाएको छ र राष्ट्रिय शिक्षाको “व्यवस्थित, कोमल मार्गदर्शन” ले मानिसहरूलाई परमेश्‍वरप्रति अझ बढी अनाज्ञाकारी बनाएको छ। परमेश्‍वरको कामको प्रत्येक भाग अत्यन्त कठिन छ, र पृथ्वीको उहाँको कामको हरेक चरणले परमेश्‍वरलाई तनाव दिइरहेको छ। पृथ्वीको उहाँको काम कति कठिन छ! पृथ्वीको परमेश्‍वरको कार्यका चरणहरूमा ठूलो कठिनाइ समावेश छ: किनकि मानिसको कमजोरी, कमीहरू, बालकपन, अज्ञानता, र मानिसका सबै कुराहरूका निम्ति परमेश्‍वरले सावधानीपूर्वक योजनाहरू बनाउनुहुन्छ र विचारशील बनेर ध्यान दिनुहुन्छ। मानिस कागजको बाघ जस्तो हो जसलाई कसैले प्रलोभन देखाउने वा उक्साउने आँट गर्दैन; अलिकति छुँदा मात्र उसले पछाडि फर्केर टोक्छ, वा अन्यथा ढल्छ र आफ्नो बाटो गुमाउँछ, र यो मानौं थोरै एकाग्रता हराएको जस्तो हो, ऊ फेरि फर्कन्छ, वा अन्यथा परमेश्‍वरलाई बेवास्ता गर्छ, वा आफ्ना आमाबुबाका सुँगुरहरू र कुकुरहरूकहाँ जान्छन् र तिनीहरूका शरीरका अशुद्ध कुराहरूमा लिप्त हुन्छन्। हो, कस्तो ठूलो बाधा! व्यावहारिक रूपमा उहाँको कामको हरेक चरणमा परमेश्‍वरलाई परीक्षा हुन्छ, र हरेक चरणमा परमेश्‍वर ठूलो खतरामा पर्नुहुन्छ। उहाँका वचनहरू साँचो र इमानदार अनि द्वेषरहित छन्, तापनि तिनलाई स्वीकार गर्न को इच्छुक हुन्छ? पूर्ण रूपले समर्पित हुन को तयार हुन्छ? यसले परमेश्‍वरको हृदय तोड्दछ। उहाँले मानिसका लागि दिन रात परिश्रम गर्नुहुन्छ, उहाँ मानिसको जीवनका लागि चिन्तित हुनुहुन्छ, र उहाँले मानिसको कमजोरीप्रति सहानुभूति राख्नुहुन्छ। उहाँले आफ्नो प्रत्येक चरणको काममा, उहाँले बोल्नुभएका प्रत्येक वचनमा धेरै वटा परिवर्तन र मोडहरू सहनुभएको छ; उहाँ सधैँ एउटा चट्टान र कठिन ठाउँको चेपारोमा हुनुहुन्छ, र हर घडी निरन्तर मानिसको कमजोरी, अनाज्ञाकारिता, बालकपन र जोखिमको बारेमा सोच्नुहुन्छ। यसको बारेमा कसलाई कहिल्यै थाहा भएको छ? उहाँले कसमाथि भरोसा राख्न सक्नुहुन्छ? कसले बुझ्न सक्दछ? उहाँले सधैँ मानिसका पापहरू, र गर्नुपर्ने काम गर्ने साहस नभएको, हुतिहारा मानिसलाई घृणा गर्नुहुन्छ र सधैँ मानिसको कमजोरीका लागि चिन्ता गर्नुहुन्छ र मानिसको अगाडि रहेको मार्गको बारेमा विचार गर्नुहुन्छ। उहाँले मानिसका वचनहरू र कामहरू अवलोकन गर्ने क्रममा, उहाँ सधैँ कृपा र क्रोधले भरिनुहुन्छ, र सधैँ यी कुराको दृश्यले उहाँको हृदयमा पीडा ल्याउँदछ। आखिर, निर्दोषहरू स्तब्ध बनेका छन्; परमेश्‍वरले किन सधैँ उनीहरूका लागि परिस्थितिहरू कठिन बनाउनुपर्छ? कमजोर मानिसमा धैर्यको कमी हुन्छ; किन उनीहरूप्रति परमेश्‍वरको क्रोध कहिल्यै कम हुँदैन? कमजोर र शक्तिहीन मानिसमा अब थोरै पनि सामर्थ्य हुँदैन; किन परमेश्‍वरले सधैँ उसको अनाज्ञाकारिताका लागि उसलाई हप्काउनुपर्छ? स्वर्गका परमेश्‍वरका धम्कीहरूको सामना गर्न सक्ने को छ र? आखिर, मानिस कमजोर छ, र अत्यन्तै कष्टको अवस्थामा छ, परमेश्‍वरले आफ्‍नो क्रोधलाई उहाँको मुटुमा धकेल्नुभएको छ, यसैले कि मानिसले बिस्तारै आफ्‍नो बारेमा मनन गर्न सकोस्। तापनि मानिस, जो गम्भीर समस्यामा छन्, उसले परमेश्‍वरको इच्छालाई रत्तीभर पनि बुझ्दैन; मानिसलाई शैतानको प्राचीन राजाले पाइतालामुनि कुल्चेको छ, तर ऊ पूर्ण रूपमा अनभिज्ञ छ, उसले सधैँ आफूलाई परमेश्‍वरको विरुद्धमा उभ्याउँछ, वा ऊ परमेश्‍वरप्रति न तातो, न चिसो हुन्छ। परमेश्‍वरले यति धेरै वचनहरू बोल्नुभएको छ, तापनि कसले ती कुराहरूलाई गम्भीरतापूर्वक लिएको छ र? मानिसले परमेश्‍वरका वचनहरू बुझ्दैन, तापनि ऊ अटल, र तृष्णा रहित रहन्छ, र प्राचीन शैतानको सारलाई वास्तवमा कहिल्यै जानेको छैन। मानिसहरू पातालमा, नरकमा बस्छन्, तर तिनीहरू समुद्रतलको दरबारमा बस्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्; तिनीहरूलाई ठूलो रातो अजिङ्गरले सताउँछ, तापनि तिनीहरूले त्यस देशबाट “कृपा पाएका” छन् भन्‍ने ठान्छन्; शैतानले तिनीहरूको उपहास गर्छ तापनि उनीहरूले देहको उत्कृष्ट कलाको आनन्द लिन्छन् भन्‍ने ठान्छन्। तिनीहरू कस्तो फोहोर, तुच्छ नीचहरू हुन्! मानिसले दुर्भाग्यको सामना गरेको छ, तर उसलाई यो थाहा छैन, र यो अन्धकार समाजमा उसले एकपछि अर्को दुर्भाग्य भोग्छ, तर ऊ यस विषयमा कहिल्यै सचेत छैन। उसले कहिले आफूलाई बिचरा ठान्‍ने सोचाइ र दासको जस्तो स्वभावबाट छुटाउनेछ? ऊ किन परमेश्‍वरको हृदयको बारेमा यति बेपर्बाह छ? के उसले चुपचाप यस उत्पीडन र कठिनाइको सहन गर्दछ? के उसले त्यो दिनको लागि आशा गर्दैन जब उसले अन्धकारलाई उज्यालोमा बदल्न सक्छ? के उसले धार्मिकता र सत्यताप्रति भएको अन्यायलाई फेरि समाधान गर्न चाहँदैन? के ऊ मानिसहरूले सत्य त्यागेर र तथ्यहरू बङ्ग्याएको हरेर केही नगरी बस्‍न तयार छ? के ऊ यो दुर्व्यवहार सहिरहनु पर्दा खुसी छ? के ऊ दास हुन राजी छ? के ऊ यस असफल राज्यका दासहरूको साथमा परमेश्‍वरको हातमा नाश हुन तयार छ? तेरो संकल्प कहाँ छ? तेरो महत्वाकांक्षा कहाँ छ? तेरो मर्यादा कहाँ छ? तेरो सत्यनिष्ठा कहाँ छ? तेरो स्वतन्त्रता कहाँ छ? के त्यो ठूलो रातो अजिङ्गर, दियाबलसहरूका राजाका लागि तँ तेरो सम्पूर्ण जीवन अर्पण गर्न इच्छुक छस्? के त्यसले तँलाई मृत्युसम्मै यातना दिन तँ त्यसलाई खुसीसाथ अनुमति दिन्छस्? गहिराइको अनुहार अस्तव्यस्त र अँध्यारो छ, जबकि यस्तो पीडा भोग्ने आम जनताले स्वर्गसँग पुकारा गर्छ र पृथ्वीसँग गुनासो गर्छ। मानिसले कहिले आफ्नो शिर ठाडो गर्न सक्‍नेछ? मानिस दुब्लो र पातलो छ, ऊ यो क्रूर र निरङ्कुश शैतानसँग कसरी लड्न सक्छ? किन उसले सकेसम्म चाँडो परमेश्‍वरलाई आफ्नो जीवन दिन सक्दैन? ऊ किन अझै पनि डगमगाउँछ? उसले परमेश्‍वरको काम कहिले समाप्त गर्न सक्छ? त्यसरी, उद्देश्यहीन रूपमा धम्काइए पनि र थिचोमिचो गरिए पनि, उसको सम्पूर्ण जीवन अन्ततः व्यर्थमा व्यतीत हुनेछ; ऊ पुग्न किन हतार गर्छ, र प्रस्थान गर्न किन त्यत्ति हतार गर्छ? किन उसले परमेश्‍वरलाई दिन मूल्यवान्‌ थोकहरू राख्दैन? के उसले घृणाको सहस्राब्दीलाई बिर्सेको छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७०

मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २६३

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४९

मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्