परमेश्वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२६
आफ्नो विश्वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्वरलाई करमा पार्न खोज्छन्, उहाँलाई...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्म आज्ञापालन गर्न सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि तँ अन्त्यसम्म पछि लाग्नुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्वरप्रतिको विश्वास गुमाउनु हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको आज्ञाकारिता; र पत्रुसको गवाही—परमेश्वरप्रतिको सर्वोच्च प्रेम। एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र शरीर पीडाले ढाक्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्वरलाई प्रेम गर्न सके। जब तिनलाई क्रूसमा टाँगियो र तिनले मृत्युको सामना गरे, त्यस बेला पनि तिनले परमेश्वरलाई प्रेम गरिरहे; तिनले आफ्नै सम्भावनाहरूको बारेमा सोचेनन् वा सुन्दर आशा वा असाधारण विचारहरूको पछि लागेनन्, तिनी केवल परमेश्वरलाई प्रेम गर्न र परमेश्वरका सबै प्रबन्धहरूको पालन गर्न लागिपरे। तैँले गवाही दिनेबारे विचार गर्नुभन्दा अघि, जितिएर सिद्ध बनाइएपछिको कुनै व्यक्ति बन्नु भन्दा पहिले, तैँले यस्तै स्तर प्राप्त गर्नुपर्छ। आज, यदि मानिसहरूले साँच्चै आफ्नो सार र दर्जा थाहा पाउने हो भने, के उनीहरूले अझै पनि सम्भावना र आशाहरू खोज्ने थिए? तैँले जान्नुपर्ने कुरा यो हो: परमेश्वरले मलाई सिद्ध बनाउनु भए पनि वा नबनाउनु भए पनि, म परमेश्वरको पछि लाग्नुपर्छ; अहिले उहाँले गर्नुहुने सबै कुरा असल छन् र ती मेरो खातिर गरिएका हुन्, ताकि हाम्रो स्वभाव परिवर्तन हुन सकोस् र हामी आफैलाई शैतानको प्रभावबाट छुटाउन सकौं, फोहोरको भूमिमा जन्मेर पनि आफैलाई अशुद्धताबाट मुक्त गर्न सकौं, फोहोर र शैतानको प्रभावलाई फाल्न सकौं, त्यसलाई पछाडि छोड्न सकौं। अवश्य, तँबाट चाहेको कुरा यही नै हो, तर परमेश्वरका निम्ति यो मानिसहरूले आज्ञापालन गर्ने सङ्कल्प गरून् र तिनीहरू परमेश्वरका सबै योजनाहरूको अधीनमा बस्न सकून् भनी गरिने विजयको कार्य मात्रै हो। यही तरिकाले, सबै कुराहरू सम्पन्न हुनेछन्। आज, अधिकांश मानिसहरू अघि नै जितिसकिएका छन्, तर तिनीहरूभित्र अझै पनि विद्रोही र अनाज्ञाकारी धेरै कुरा छन्। मानिसहरूको वास्तविक कद अझै पनि धेरै सानो छ, र आशाहरू र सम्भावनाहरू छन् भने मात्र तिनीहरू जोसले भरिन सक्छन्; आशा र सम्भावनाहरूको अभावमा, तिनीहरू नकारात्मक बन्छन्, र परमेश्वरलाई छोड्ने मन गर्छन्। यसबाहेक, मानिसहरूमा सामान्य मानवतामा जिउन प्रयास गर्ने कुनै ठूलो चाहना छैन। यो अस्वीकार्य छ। यसैले, मैले अझै पनि विजयको कुरा गर्नैपर्छ। वास्तवमा, विजय भएकै समयमा सिद्धता पनि हुन्छ: जब तँ जितिन्छस्, तब सिद्ध बन्नुको पहिलो प्रभावहरू पनि प्राप्त गरिन्छ। जहाँ जितिने र सिद्ध बनाइने कुराबीच भिन्नता हुन्छ, त्यो पनि मानिसहरूमा भएको परिवर्तनको तहअनुसार हुन्छ। सिद्ध बनाइनुको पहिलो चरण जितिनु हो, अनि त्यसको अर्थ तिनीहरू पूर्णरूपमा सिद्ध भइसकेका छन् भन्ने होइन, न त यो तिनीहरू पूर्ण रूपमा परमेश्वरद्वारा प्राप्त गरिएका छन् भन्ने कुराको प्रमाण नै हो। मानिसहरू जितिएपछि, तिनीहरूको स्वभावमा केही परिवर्तनहरू हुन्छन्, तर त्यस्ता परिवर्तनहरू परमेश्वरबाट पूर्ण रूपमा प्राप्त भएका व्यक्तिहरूका भन्दा निकै कम हुन्छन्। आज, जे गरिन्छ त्यो मानिसहरूलाई सिद्ध बनाउने—तिनीहरूलाई जित्ने प्रारम्भिक काम हो—अनि यदि तैँले विजय हुने कामलाई प्राप्त गर्न सक्दैनस् भने, तँसँग सिद्ध हुने र परमेश्वरद्वारा पूर्ण रूपमा प्राप्त हुनै कुनै माध्यम हुनेछैन। तैँले दण्ड र न्यायको थोरै वचनहरू प्राप्त गर्नेछस्, तर तिनले तेरो हृदय पूर्ण रूपमा परिवर्तन गर्न सक्नेछैनन्। यसैले तँ हटाइनेछस्; त्यो टेबलमाथिको भव्य भोज हेर्नु, तर नखानु भन्दा त्यत्ति फरक हुँदैन। के यो तेरो लागि दुःखद परिदृश्य हुँदैन र? त्यसकारण तैँले परिवर्तनहरू खोज्नुपर्दछ: चाहे त्यो जित्ने होस् वा सिद्ध पारिने, ती दुवै तँभित्र परिवर्तनहरू भएका छन् कि छैनन्, र तँ आज्ञाकारी छस् कि छैनस् भन्ने कुरासित सम्बन्धित हुन्छन्, अनि त्यसले तँ परमेश्वरद्वारा प्राप्त हुन सक्छस् कि सक्दैनस् भन्ने कुरा निश्चित गर्दछ। यो जान् कि “जितिनु” र “सिद्ध बनाइनु” परिवर्तन र आज्ञाकारिताको मात्रामा साथै परमेश्वरप्रतिको तेरो प्रेम कति शुद्ध छ भन्ने कुरामा आधारित हुन्छन्। आज चाहिने कुरा भनेको तँ पूर्ण रूपमा सिद्ध हुन सक्नु नै हो, तर सुरुमा तँलाई जितिनुपर्छ—तँमा परमेश्वरको सजाय र न्यायको पर्याप्त ज्ञान हुनुपर्दछ, उहाँलाई पछ्याउने विश्वास हुनुपर्दछ, र तँ परिवर्तन खोज्ने र परमेश्वरको ज्ञानको खोजी गर्ने व्यक्ति बन्नुपर्छ। तब मात्र तँ त्यो व्यक्ति बन्नेछस् जो सिद्ध बन्न लागिपर्छ। तिमीहरूले बुझ्नुपर्दछ, कि सिद्ध हुने क्रममा तँ जितिनेछस्, र जितिने क्रममा तँ सिद्ध बनाइनेछस्। आज, तँ सिद्ध बनाइन वा तेरो बाहिरी मानवतामा परिवर्तन ल्याउन र तेरो क्षमतामा सुधार गर्न लागिपर्न सक्छस्, तर प्रमुख महत्त्वको कुरा यो हो कि तैँले आज परमेश्वरले गर्नुहुने सबै कुराको अर्थ छ र त्यो लाभदायक छ भनी बुझ्न सक्नेछस्: यसले तँ फोहोर देशमा जन्मेको व्यक्तिलाई फोहोरबाट उम्कन र त्यसलाई फाल्न सक्ने, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारको प्रभावलाई त्याग्न सक्ने बनाउँछ। यी कुराहरूमा ध्यान दिँदा, तँ फोहोरको यो देशमा सुरक्षित हुनेछस्। आखिरमा, तँलाई के गवाही दिन लगाइन्छ? तँ फोहोरको देशमा जन्मेको छस्, तर तँ पवित्र बन्न सक्छस्, र शैतानको क्षेत्रमा जिउने गरी फेरि कहिल्यै फोहोरद्वारा दूषित हुँदैनस्, तर आफैलाई शैतानको प्रभावबाट छुटाउँछस्, शैतानको कब्जा वा उत्पीडनमा पर्दैनस्, सर्वशक्तिमानका हातहरूमुनि जिउँछस्। शैतानसितको लडाइँमा पाएको विजयको गवाही र प्रमाण यही नै हो। तैँले शैतानलाई त्याग्न सक्छस्, तैँले आफ्नो जियाइमा शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले माग गर्नुभएअनुसार नै जिउनेछस्: सामान्य मानवता, सामान्य ज्ञान, सामान्य अन्तर्दृष्टि, परमेश्वरलाई प्रेम गर्ने सामान्य संकल्प, र परमेश्वरप्रतिको बफादारीता। यो परमेश्वरको सृष्टिले वहन गर्नुपर्ने गवाही हो। तैँले यसो भन्छस्, “हामी फोहोरको देशमा जन्मिएका छौं, तर परमेश्वरको सुरक्षाको कारण, उहाँको नेतृत्वको कारण, र उहाँले हामीलाई जित्नुभएको कारण, हामीले आफैलाई शैतानको प्रभावदेखि छुटाएका छौं। आज हामीले आज्ञापालन गर्न सक्नु पनि परमेश्वरले हामीलाई विजय गर्नुभएको प्रभाव हो, अनि यो हामी असल भएकोले, वा हामीले स्वाभाविक रूपले परमेश्वरलाई प्रेम गरेकोले होइन। परमेश्वरले हामीलाई चुन्नुभएकोले र हामीलाई पूर्वनियुक्त गर्नुभएकोले आज हामीलाई विजय गरिएको, र उहाँको गवाही दिन सक्छौं, उहाँको सेवा गर्न सक्छौं; यसरी, उहाँले हामीलाई चुन्नुभएको र रक्षा गर्नुभएकोले पनि, हामी शैतानको क्षेत्रबाट बचाइएका र छुटाइएका छौं, अनि फोहोरलाई त्यागेर ठूलो रातो अजिङ्गरको देशमा शुद्ध हुन सक्छौं।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
आफ्नो विश्वासमा मानिसहरू तिनीहरूलाई उपयुक्त गन्तव्य र तिनीहरूलाई चाहिएका सबै अनुग्रह दिनका निम्ति परमेश्वरलाई करमा पार्न खोज्छन्, उहाँलाई...
परमेश्वरले मानिसलाई सिद्ध पार्ने मार्ग के हो? यसमा के-के कुराहरू पर्छन्? के तँ परमेश्वरद्वारा सिद्ध पारिन तत्पर छस्? के तँ उहाँको न्याय र...
यदि मानिसको हृदयमा परमेश्वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...
परमेश्वरले मानवलाई सृष्टि गर्नुभयो, र उनीहरूलाई पृथ्वीमा राख्नुभयो, र उहाँले उनीहरूलाई त्यस बेलादेखि नै डोर्याउनुभएको छ। उहाँले उनीहरूलाई...