परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९४

मानिसलाई आफूमा आत्मिक जीवनको आपूर्ति र परमेश्‍वरलाई चिन्‍ने कार्यको अनुभवको कमी मात्र नभई, अझै महत्त्वपूर्ण रूपमा, आफ्नो स्वभाव परिवर्तनको पनि कमी छ भन्‍ने कुरा बुझ्न आजको दिनसम्मको समय लागेको छ। मानिस उसको आफ्नै जातिको इतिहास र प्राचीन संस्कृतिको विषयमा पूर्ण अनजान भएको कारण यो भएको हो, र त्यसको परिणामस्वरूप उसले परमेश्‍वरको कामको बारेमा केही पनि जान्दैन। मानिस उसको हृदयको गहिराइमा परमेश्‍वरसँग गाँसिन सकोस् भन्‍ने आशा सबै मानिसको हुन्छ, तर मानिसको देह अति नै भ्रष्ट भएकोले, साथै चेतनाशून्य र बोधो दुवै भएकोले, यसले उसलाई परमेश्‍वरको बारेमा केही पनि जान्‍न नसक्‍ने बनाएको छ। आज मानिसको माझमा आउने क्रममा, परमेश्‍वरको उद्देश्य भनेको मानिसहरूका विचार र आत्मालाई रूपान्तरित गर्नु हो, साथै लाखौँ वर्षदेखि उनीहरूको हृदयमा रहेको परमेश्‍वरको रूपलाई रूपान्तरित गर्नु हो। उहाँले मानिसलाई सिद्ध बनाउनको लागि यो मौका लिनुहुनेछ। भन्‍नुको अर्थ, उहाँले मानिसको ज्ञानद्वारा, उहाँलाई चिन्‍ने मानिसहरूको तरिका र उहाँप्रतिको उनीहरूको मनोवृतिलाई परिवर्तन गर्नुहुनेछ, र यसरी मानिसलाई उहाँले परमेश्‍वरलाई चिन्‍ने एउटा नयाँ विजयी सुरुआत गर्न, र मानवीय आत्माको नवीकरण र रूपान्तरण हासिल गर्न सक्षम बनाउनुहुन्छ। यसका साधनहरूचाहिँ निराकरण गर्ने र अनुशासनमा राख्‍ने कार्यहरू हुन् र यसका लक्ष्यहरू विजय र नवीकरण गर्ने कार्यहरू हुन्। मानिसहरूमा भएको अस्पष्ट परमेश्‍वरसम्बन्धी अन्धविश्‍वासी विचारहरू हटाउनु सदैव परमेश्‍वरको अभिप्राय रहँदै आएको छ, र हालै यो उहाँले गर्नुपर्ने अत्यन्त जरुरी कार्य पनि भएको छ। यस स्थितिलाई विचार गर्न सबै मानिसहरूले दीर्घकालीन दृष्टिकोण राख्‍न सकून्। प्रत्येक व्यक्तिले अनुभव गर्ने तरिका परिवर्तन होस्, ताकि परमेश्‍वरको यो जरुरी अभिप्राय चाँडै सफल होस् र परमेश्‍वरको पृथ्वीको कामको अन्तिम चरण सर्वोत्तम रूपमा सम्पन्‍न हुन सकोस्। तिमीहरूले परमेश्‍वरलाई जुन निष्ठा दिनु उचित छ त्यो उहाँलाई देओ, र अन्तिमचोटि परमेश्‍वरको हृदयलाई सान्त्वना देओ। दाजुभाइ-दिदीबहिनीहरूको माझमा यो जिम्मेवारीबाट पछि हट्ने वा झारा टार्न काम गरेको बहाना गर्ने कोही नहोस्। यसपटक परमेश्‍वर निमन्त्रणाको जवाफस्वरूप, र मानिसको अवस्थाको प्रतिक्रियास्वरूप देहमा आउनुहुन्छ। यसको मतलब, उहाँ मानिसलाई जुन कुराको आवश्यकता छ त्यो प्रदान गर्न आउनुहुन्छ। मानिसको योग्यता वा प्रकार जे-जस्तो भए पनि, संक्षेपमा उहाँले उसलाई परमेश्‍वरको वचन देख्‍न र उहाँको वचनबाट परमेश्‍वरको अस्तित्व र प्रकटीकरण देख्‍न र उसलाई सिद्ध पार्ने परमेश्‍वरको कार्यलाई स्वीकार गर्न सक्‍ने बनाउनुहुन्छ, र यस क्रममा उहाँले मानिसका विचार र धारणालाई परिवर्तन गर्नुहुन्छ, ताकि मानिसको हृदयको गहिराइमा परमेश्‍वरको मूल अनुहार दह्रिलोसँग गढेर बसोस्। पृथ्वीमा परमेश्‍वरको एक मात्र इच्छा यही हो। मानिसको जन्मजात प्रकृति जति नै महान् भए पनि, वा मानिसको सार जति नै नराम्रो भए पनि वा विगतमा मानिसको व्यवहार वास्तवमा जस्तोसुकै भएको भए पनि, परमेश्‍वरले यी कुरामा कुनै ध्यान दिनुहुन्‍न। मानिसले आफ्नो भित्री हृदयमा रहेको परमेश्‍वरको स्वरूपलाई नयाँ बनाओस् र मानवजातिको सार बुझ्न सकोस्, र त्यसमार्फत मानिसको वैचारिक दृष्टिकोण रूपान्तरित होस् र उसले अन्तस्करणबाट परमेश्‍वरको चाहना गर्न र उहाँसँगको एक अनन्त सम्बन्ध जागृत गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ: परमेश्‍वरले मानिसबाट अपेक्षा गर्नुभएको एउटा मापदण्ड यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४३

जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १३४

सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍ने अवसर नगुमाओ मानव जीवनका धेरै दशकहरूको अवधि लामो पनि होइन, छोटो पनि होइन। जन्‍मदेखि बीस वर्षसम्मको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १४४

शैतानको परीक्षा (छनौट गरिएका खण्डहरू) मत्ती ४:१-४ तब उजाड स्थानमा दुष्टबाट परीक्षा गरिनलाई आत्माले येशूलाई लानुभयो। र उहाँले चालीस दिन र...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३९

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्