परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १९२

मानिसको बीचमा कसैले परमेश्‍वरको मनस्थितिको आतुरीलाई विरलै बुझ्‍न सक्छ, किनभने मानव-प्राणीको क्षमता अत्यन्तै न्यून छ र तिनीहरूको आत्मा निकै बोधो छ, त्यसकारण परमेश्‍वरले के गर्दै हुनुहुन्छ त्यसलाई तिनीहरूले न त ध्यान नै दिन्छन् न त वास्ता नै गर्छन्। यही कारणले गर्दा, मानिसको बारेमा परमेश्‍वर सधैँ व्याकुल हुनुहुन्छ, मानौँ मानिसको पाशविक प्रकृति कुनै पनि क्षणमा प्रकट हुन सक्छ। यसबाट के कुरालाई अझै स्पष्ट रूपमा देख्‍न सकिन्छ भने पृथ्वीमा परमेश्‍वरको आगमनको साथमा अत्यन्तै ठूला परीक्षाहरू पनि समावेश छन्। तर मानिसहरूको एउटा समूहलाई पूर्ण बनाउनका खातिर, महिमाले भरिपूर्ण परमेश्‍वरले मानिसलाई कुनै पनि कुरा नलुकाई आफ्‍नो हरेक अभिप्राय बताउनुभयो। उहाँले मानिसहरूको यो समूहलाई पूर्ण बनाउने दृढ सङ्कल्प गर्नुभएको छ, त्यसकारण जस्तोसुकै कठिनाइ वा परीक्षा आए पनि उहाँले त्यसबाट नजर हटाउनुहुन्छ र यो सबैलाई बेवास्ता गर्नुहुन्छ। एक दिन परमेश्‍वरले आफ्‍नो महिमा पाउनुभएपछि, मानिसले उहाँलाई चिन्‍नेछ भन्‍ने दृढ विश्‍वास गर्दै, र परमेश्‍वरले मानिसलाई पूर्ण तुल्याउनुभएपछि, उसले परमेश्‍वरको हृदयलाई पूर्ण रूपमा बुझ्नेछ भन्‍ने विश्‍वास गर्दै उहाँले चुपचाप आफ्‍नो काम गर्नुहुन्छ। अहिले त्यस्ता मानिसहरू पनि हुन सक्छन्, जसले परमेश्‍वरलाई परीक्षा गरिरहेका छन्, वा परमेश्‍वरलाई गलत रूपमा बुझिरहेका छन्, वा परमेश्‍वरलाई दोष दिइरहेका छन्; परमेश्‍वरले यीमध्ये कुनैलाई पनि मनमा राख्‍नुहुन्‍न। जब परमेश्‍वर महिमामा ओर्लनुहुन्छ, तब परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजातिको खुशीको लागि हो भनी मानिसहरू सबैले बुझ्‍नेछन्, र परमेश्‍वरले गर्नुहुने सबै कुरा मानवजाति राम्ररी अस्तित्वमा रहन सकोस् भनेर नै हो भन्‍ने कुरा तिनीहरू सबैले बुझ्‍नेछन्। परमेश्‍वर परीक्षा लिएर आउनुहुन्छ, र उहाँ प्रताप र क्रोध पनि लिएर आउनुहुन्छ। परमेश्‍वरले मानिसलाई छोड्नुहुने समयमा, उहाँले आफ्‍नो महिमा प्राप्त गर्नुभएको धेरै समय भइसकेको हुनेछ, र उहाँ महिमा र फर्केर जानुको आनन्दले भरिएर जानुहुनेछ। पृथ्वीमा काम गर्नुहुने परमेश्‍वरलाई मानिसहरूले जसरी इन्कार गरे पनि, उहाँले कहिल्यै पनि ती कुराहरूलाई मनमा राख्‍नुहुन्‍न। उहाँले आफ्‍नो काम मात्रै गरिरहनुहुन्छ। परमेश्‍वरले संसार सृष्टि गर्नुभएको हजारौँ वर्ष भइसक्यो। उहाँ अतुलनीय मात्रामा काम गर्नको लागि पृथ्वीमा आउनुभएको छ र उहाँले मानव संसारको इन्कार र निन्दालाई पूर्ण रूपमा अनुभव गर्नुभएको छ। कसैले पनि परमेश्‍वरको आगमनलाई स्वागत गर्दैन; उहाँलाई रूखो अभिवादन गरिएको छ। यी हजारौँ वर्षको कठोर हिँडाइको अवधिमा, मानिसको चाल-चलनले परमेश्‍वरलाई गहिरो चोट पुर्‍याएको धेरै भइसकेको छ। उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिन छोड्नुभएको छ, बरु मानिसलाई रूपान्तरण गर्ने र शुद्ध पार्ने अर्को योजना बनाउनुभएको छ। उपहास, निन्दा, सतावट, संकष्ट, क्रूसीकरणको कष्ट, मानिसले गरेको बहिष्कार, आदि इत्यादि कुरा जसलाई परमेश्‍वरले देहमा आउनुभएदेखि सामना गर्नुभएको छ: परमेश्‍वरले यी कुराहरूलाई पर्याप्त मात्रामा चाखिसक्‍नुभएको छ, र मानव संसारको कठिनाइहरूको हकमा भन्दा, देहमा आउनुभएका परमेश्‍वरले यी सबै कुरालाई पूर्ण रूपमा भोगिसक्‍नुभएको छ। स्वर्गमा हुनुहुने परमेश्‍वर पिताका आत्माले यस्ता दृश्यहरूलाई असहनीय पाउनुभएको धेरै भइसक्यो र, आफ्‍नो शिर पछाडि ढल्काएर आँखा बन्द गरी आफ्‍नो प्रिय पुत्र फर्किने प्रतीक्षा गर्नुहुन्छ। मानवजातिले कुरा सुनोस् र पालना गरोस्, र उहाँको देहको सामुन्ने अत्यन्तै लाजको अनुभूति गरेर, उहाँको विरुद्धमा विद्रोह गर्न छोड्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ। मानवजातिले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ। उहाँले मानिसबाट ठूला-ठूला कुराहरू पूरा हुनुपर्छ भनी भन्न छोड्नुभएको धेरै भइसकेको छ, किनभने परमेश्‍वरले अत्यन्तै धेरै मूल्य चुकाउनुभएको छ, तैपनि मानिस सहजताको साथ आराम गरिरहेको छ र उसले परमेश्‍वरको कार्यलाई अलिकति पनि ध्यान दिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २२

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ३९

परमेश्‍वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्‍वरबाट तर्केर गएको छ सृष्टिको समयदेखि नै, परमेश्‍वरको स्वभाव...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२६

म पृथ्वीमा मेरो कामलाई त्यसको सम्पूर्णतामा प्रकट गर्दै आफ्नो अधिकार प्रयोग गर्दछु। मेरो काममा जे जति छन् ती सबै पृथ्वीमा प्रतिबिम्बित...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७२

आज, मानिसहरू बाइबल नै परमेश्‍वर हुन् र परमेश्‍वर नै बाइबल हुनुहुन्छ भनेर विश्‍वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्