परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७५

सबै प्रकारका मानिसहरूको अनुभवहरूले उनीहरूभित्र भएका कुराहरूको प्रतिनिधित्व गर्छन्। कुनै पनि आत्मिक अनुभव नभएको कसैले पनि सत्यताको ज्ञानको बारेमा बोल्‍न सक्दैन, न त विविध आत्मिक कुराहरूको सही ज्ञानको बारेमा नै कुरा गर्न सक्छन्। मानिसले जे व्यक्त गर्छ त्यो उभित्र जे छ त्यही हो—यो निश्‍चित हो। यदि कसैले आत्मिक कुराहरूको ज्ञान र सत्यताको ज्ञान प्राप्‍त गर्ने चाहना गर्छ भने उससँग वास्तविक अनुभव हुनुपर्छ। यदि तैँले मानव जीवनका सामान्य चेतनाका बारेमा स्पष्‍टसँग बोल्‍न सक्दैनस् भने तैँले त्योभन्दा कति थोरै मात्रामा आत्मिक कुराहरूको बारेमा बोल्‍न सक्‍नेछस्? मण्डलीहरूलाई अगुवाइ गर्न, मानिसहरूलाई जीवन दिन, र मानिसहरूका निम्ति प्रेरितहरू बन्‍न सक्‍नेहरू यथार्थता अनुभव हुनुपर्छ; उनीहरूसँग आत्मिक कुराहरूको सही बुझाइ हुनुपर्छ र उनीहरूमा सत्यताको सही किसिम बुझाइ र अनुभव हुनुपर्छ। यस किसिमका मानिसहरू मात्र मण्डलीहरूलाई अगुवाइ गर्ने सेवक वा प्रेरितहरू बन्‍न योग्य हुन्छन्। अन्यथा, उनीहरूले साना व्यक्तिहरूको रूपमा पछ्याउन मात्रै सक्छन् र अगुवाइ गर्न सक्‍दैनन्, मानिसहरूलाई जीवन उपलब्ध गराउन सक्‍ने प्रेरितहरू बन्‍न सक्‍ने त परै जाओस्। किनकि प्रेरितहरूको कार्य हतार गर्नु वा झगडा गर्नु होइन; बरु जीवन सम्‍बन्धी सेवाको काम गर्नु र अरूलाई तिनीहरूको स्वभाव रूपान्तरण गर्न अगुवाइ गर्नु हो। यो कार्य गर्नेहरूलाई गाह्रो जिम्मेवारी पूरा गर्नको लागि नियुक्ति गरिएको हुन्छ, यस्तो कार्य जो-कोहीले पूरा गर्न सक्दैन। यस किसिमको काम केवल जीवन भएकाहरूले मात्र पूरा गर्न सक्छन्, अर्थात्, सत्यताको अनुभव गरिसकेकाहरूले मात्र पूरा गर्न सक्छन्। यस किसिमको काम त्यतिकै छोडेर हिँड्ने, हतार गर्ने वा आफैलाई खर्च गर्न इच्छुकहरू जोकोहीले पूरा गर्न सक्दैन; सत्यताको अनुभव नभएका, नछिवलिएका वा न्याय नगरिएका मानिसहरू यस किसिमको काम गर्न असक्षम हुन्छन्। अनुभव नभएका मानिसहरू, यथार्थता नभएका मानिसहरू, वास्तविकतालाई स्पष्‍टसँग देख्‍न नसक्‍ने हुन्छन् किनकि उनीहरू आफैमा यस किसिमको सार हुँदैन। त्यसैले, यस किसिमको व्यक्ति अगुवापनको काम गर्न असक्षम हुने मात्र होइन, तर यदि लामो समयसम्म तिनीहरू सत्यतारहित भइरहन्छन् भने उनीहरू विनाशको पात्र बन्‍नेछन्। तैँले व्यक्त गर्ने अन्तर्दृष्टि तैँले जीवनमा अनुभव गरेका कठिनाइहरूको प्रमाणको रूपमा खडा हुन सक्छ, जुन कुराहरूको निम्ति तँलाई सजाय दिइएको हुन्छ, र जुन विषयको निम्ति तेरो न्याय गरिएको हुन्छ। परीक्षाहरूको हकमा पनि यही कुरा लागू हुन्छ: जहाँ व्यक्तिलाई शोधन गरिएको हुन्छ, जहाँ व्यक्ति कमजोर हुन्छ—यी ती क्षेत्र हुन् जसमा व्यक्तिले अनुभव गरेको हुन्छ, जसमा व्यक्तिको मार्ग हुन्छ। उदाहरणका लागि, यदि कसैले वैवाहिक सम्बन्धमा नैराश्यता भोग्छन् भने उनीहरूले प्रायजसो यस्तो सङ्गति गर्छन्, “परमेश्‍वरलाई धन्यवाद होस्, परमेश्‍वरको प्रशंसा होस्, मैले परमेश्‍वरको हृदयको चाहनालाई सन्‍तुष्‍ट पार्नुपर्छ र मैले मेरो सम्पूर्ण जीवन अर्पण गर्नुपर्छ, र मैले मेरो वैवाहिक सम्बन्धलाई पूर्णतया परमेश्‍वरको हातमा समर्पण गर्नुपर्छ। म मेरो सारा जीवन परमेश्‍वरमा समर्पण गर्न इच्छुक छु।” मानिसभित्र भएका सबै कुराहरू सङ्गतिद्वारा प्रदर्शन गर्न सकिन्छ। चाहे उनीहरू चर्को स्वरमा बोलून् वा शान्त स्वरमा बोलून्, व्यक्तिको बोलीवचनको ढाँचा अनुभवका विषयहरू होइन र तिनले उनीहरूसँग के छ र उनीहरू को हुन् भन्‍ने कुराको प्रतिनिधित्व गर्न सक्दैनन्। यी कुराहरूले व्यक्तिको चरित्र असल कि खराब छ, वा उनीहरूको प्रकृति असल छ कि खराब छ भन्‍ने मात्र बताउन सक्छ, तर कसैसँग अनुभव छ कि छैन त्यस कुरासँग तिनलाई तुलना गर्न सकिँदैन। बोल्दा आफैलाई व्यक्ति गर्न सक्‍ने क्षमता, वा बोलीको सीप वा गति केवल अभ्यासको प्रतिफल हो र यसले व्यक्तिको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। जब तँ आफ्नो व्यक्तिगत अनुभवहरूको बारेमा कुरा गर्छस्, तब तैँले महत्वपूर्ण ठानेका र तँभित्र भएका सबै कुराहरूका बारेमा सङ्गति गर्छस्। मेरो बोलीले मेरो अस्तित्वको प्रतिनिधित्व गर्छ, तर मैले भन्‍ने कुरा मानिसको पहुँचभन्दा बाहिर छ। मैले भन्‍ने कुरा मानिसले अनुभव गर्ने कुरा होइन, र यो मानिसले देख्‍न सक्‍ने कुरा पनि होइन; यो मानिसले छुन सक्‍ने कुरा पनि होइन, तर मैले भन्‍ने कुरा म स्‍वयम्‌ नै हुँ। कतिपय मानिसहरूले मैले शिक्षा दिने कुरा नै मैले गरेको अनुभव हो भनी स्वीकार गर्छन्, तर त्यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो भनी तिनीहरूले पहिचान गर्दैनन्। अवश्‍य नै, मैले जे भन्छु त्यो मैले अनुभव गरेको कुरा हो। छ हजार वर्षसम्म व्यवस्थापनको काम गर्ने म नै हुँ। मैले मानवजातिको सृष्‍टिको सुरुआतदेखि वर्तमान समयसम्म भएका सबै कुरा अनुभव गरेको छु; कसरी म त्यसको बारेमा चर्चा गर्न असक्षम हुन्छु र? जब मानिसको प्रकृतिको कुरा आउँछ, मैले त्यो स्पष्‍ट देखेको छु; मैले त्यो लामो समयदेखि अवलोकन गरेँ। कसरी म त्यसको बारेमा स्पष्‍टसँग कुरा गर्न असक्षम हुन सक्छु र? मैले मानिसको सारलाई स्पष्‍ट रूपमा देखिसकेको छु, त्यसकारण म मानिसलाई सजाय दिन र उसको न्याय गर्न योग्य छु, किनकि सबै मानिस मबाट आएका हुन् तर उनीहरू शैतानद्वारा भ्रष्‍ट बनाइएका छन्। निश्‍चय नै, मैले गरेको कामलाई मूल्याङ्कन गर्न म योग्य छु। यो काम मेरो शरीरले नगरेको भए पनि, यो आत्माको प्रत्यक्ष अभिव्यक्ति हो, र मसँग जे छ र म जे हुँ त्यो यही हो। त्यसैले, त्यसलाई व्यक्त गर्न र मैले गर्नुपर्ने काम गर्न म योग्य छु। मानिसहरूले भन्‍ने कुरा भनेका उनीहरूले अनुभव गरेका कुरा हुन्। त्यो उनीहरूले देखेका, उनीहरूको मनले बुझ्‍न पुग्‍न सक्‍ने, र उनीहरूको चेतनाले थाहा पाउन सक्‍ने कुरा हुन्। तिनीहरूले सङ्‍गति गर्न सक्‍ने कुरा यही हो। परमेश्‍वरको देहधारी शरीरले बोल्‍नुभएका वचनहरू आत्माको प्रत्यक्ष अभिव्यक्ति हुन् र यी वचनहरूले आत्माद्वारा गरिएको काम व्यक्त गर्छन्, जुनचाहिँ शरीरले अनुभव गरेको वा देखेको छैन, तैपनि उहाँले आफ्नो अस्तित्वलाई व्यक्त गर्नुहुन्छ, किनकि देहको सारतत्त्व आत्मा नै हो, र उहाँले आत्माको काम व्यक्त गर्नुहुन्छ। यो आत्माले अघिबाटै गरिसक्‍नुभएको काम हो, तापनि त्यो देहको पहुँचभन्दा बाहिर छ। देहधारणपछि, देहको अभिव्यक्तिद्वारा उहाँले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व थाहा गर्न सक्षम तुल्याउनुहुन्छ र मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँले गर्नुभएको काम देख्‍ने तुल्याउनुहुन्छ। मानिसको कामले मानिसहरूलाई उनीहरू केमा प्रवेश गर्नुपर्छ र उनीहरूले के बुझ्‍नुपर्छ सोबारे ठूलो स्पष्टता दिन्छ; यसमा मानिसहरूलाई सत्यताको बुझाइ र अनुभवतिर अगुवाइ गर्ने कुरा समावेश हुन्छ। मानिसको काम भनेको मानिसहरूलाई पालनपोषण गर्नु हो; परमेश्‍वरको काम भनेको मानिसहरूको निम्ति नयाँ मार्ग र नयाँ युगहरूको सुरुवात गरिदिनु, र मरणशील मानिसहरूले थाहा गर्न नसक्‍ने कुरा मानिसहरूलाई प्रकट गरिदिनु हो, यसरी तिनीहरूले उहाँको स्वभाव बुझ्‍न सक्छन्। परमेश्‍वरको काम भनेको सबै मानवजातिलाई अगुवाइ गर्नु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०६

मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने, परमेश्‍वरलाई प्रेम गर्ने र परमेश्‍वरलाई सन्तुष्ट पार्ने तरीका भनेको उनीहरूका हृदयले परमेश्‍वरका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ९१

मानिससँग करार स्थापित गर्न परमेश्‍वरले आफ्‍नो वचनको प्रयोग गर्नुहुन्छ उत्पत्ति ९:११-१३ अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३३९

अहिले मैले तेरो भोगी देहलाई हेर्दैछु, जसले मलाई फुस्ल्याउँछ र मसँग तेरा निम्ति एउटा सानो चेतावनी मात्र छ, यद्यपि म सजायले तेरो “सेवा”...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४३

तिमीहरू अहिले कुन कुराले सुसज्जित हुनु आवश्यक छ त्यसबारे के तिमीहरूलाई थाहा छ? यसको एक पक्षमा काम सम्बन्धी दर्शनहरू पर्छन्, र अर्को पक्ष...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्