परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७०

परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकट गरिएको छ, आखिरी दिनहरूमा मात्रै यसलाई प्रकट गरिएको छ भन्‍ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कार्यले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्‍वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिएको कामले सबै कुराको अन्त्य गर्दछ; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्‍भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्‍वरको राज्यको युगभन्दा बढी होइनन्, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैनन्। यति मात्र हो, कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकट गरिएको छ। यो रहस्यको घुम्टो उठाउनु हो। यस प्रकारको रहस्य कुनै मानिसले प्रकट गर्न नसक्‍ने कुरा हो। मानिससँग बाइबलसम्बन्धी ज्ञान जति नै धेरै भए पनि त्यो वचनहरू भन्दा बढी केही हुँदैन, किनकि मानिसले बाइबलको सारलाई बुझ्दैन। बाइबल पढ्दा मानिसले केही सत्यता बुझ्न सक्छ, केही वचनको व्याख्या गर्न सक्छ, वा केही प्रसिद्ध खण्डहरू र अध्यायहरूमाथि सूक्ष्म जाँच गरेको हुनसक्छ, तर उसले ती वचनहरूभित्र रहेको अर्थ कहिल्यै पनि बुझ्न सक्दैन, किनकि मानिसले देख्‍ने भनेका मृत शब्दहरू मात्र हुन्, यहोवा र येशूको कामको दृश्य देख्दैनन्, र मानिससँग यस कामको रहस्य पत्ता लगाउने कुनै तरिका हुँदैन। त्यसकारण, छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य सबैभन्दा ठूलो रहस्य हो, यसलाई सबैभन्दा गहिराइमा लुकाइएको छ, र यो मानिसका निम्ति पूर्ण रूपमा बुझ्न नसकिने छ। परमेश्‍वर आफैले मानिसलाई नबताउञ्जेल र प्रकट नगरुञ्‍जेलसम्‍म कसैले पनि परमेश्‍वरको इच्छा स्पष्ट रूपमा बुझ्न सक्दैन; अन्यथा, यी कुराहरू मानिसका निम्ति सधैँ रहस्यको कुरा बन्नेछन्, सधैँका लागि मोहोर लगाइएका रहस्यहरू रहनेछन्। धार्मिक संसारमा हुनेहरू सबैको कहिल्यै वास्ता नगर; यदि आज तिमीहरूलाई नबताइएको भए तिमीहरूले पनि यो बुझ्‍ने थिएनौ। छ हजार वर्षको यो काम अगमवक्ताहरूका सबै अगमवाणीहरूभन्दा धेरै रहस्यमय छ। सृष्टिदेखि अहिलेसम्मको सबैभन्दा ठूलो रहस्य यही हो, र युगौँ युगका अगमवक्ताहरूमध्ये कसैले पनि यसलाई बुझ्न सकेको छैन, किनकि यो रहस्यलाई अन्तिम युगमा मात्र प्रकट गरिन्छ र यसभन्दा अघि यसलाई कहिल्यै प्रकट गरिएको छैन। यदि तिमीहरू यस रहस्यलाई बुझ्न सक्छौ भने, र तिमीहरूले यसलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सक्छौ भने, सबै धार्मिक व्यक्तिहरू यो रहस्यद्वारा परास्त हुनेछन्। सबैभन्दा ठूलो दर्शन यही नै हो; यो मानिसले बुझ्ने सबैभन्दा उत्कट इच्छा गर्ने, तर उसका निम्ति धेरै अस्पष्ट कुरा हो। जब तिमीहरू अनुग्रहको युगमा थियौ, त्यस बेला येशूले गर्नुभएको काम वा यहोवाले गर्नुभएको काम के थियो भन्ने तिमीहरूलाई थाहा थिएन। परमेश्‍वरले किन व्यवस्था दिनुभयो, किन उहाँले मानिसहरूलाई त्यो व्यवस्था पालन गर्न लगाउनुभयो वा मन्दिर किन बनाउनुपर्‍यो भनी मानिसहरूले बुझेनन्, र इस्राएलीहरूलाई किन मिश्रबाट उजाड-स्थानमा र त्यसपछि कनानमा लगियो भन्ने कुरा मानिसहरूले बुझ्‍ने कुरा त परै जाओस्। आज आएर मात्रै यी विषयहरूलाई प्रकट गरिएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६७

पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले पनि परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। त्यस्तो मानिसले परमेश्‍वरको प्रतिनिधित्व गर्न...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २००

परमेश्‍वरको मापदण्ड अनुरूप मानवजातिले उहाँप्रति राख्नुपर्ने आचरण वास्तवमा, परमेश्‍वरले मानवजातिलाई त्यति धेरै मापदण्ड दिनुहुन्न—वा,...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३१

आखिरी दिनहरू भनेका ती दिनहरू हुन् जुन बेला सबै थोकलाई विजयद्वारा तिनका प्रकारअनुसार वर्गीकृत गरिनेछ। विजय हासिल गर्नु आखिरी दिनहरूको काम...

परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९०

मानिसले परमेश्‍वरमा विश्‍वास गर्ने हुँदा, उसले परमेश्‍वरका पाइलाहरूलाई चरण-चरण गरी नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्