परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६९

कसै-कसैलाई यस्तो लाग्न सक्छ, “किन परमेश्‍वर आफैले यो युगको सुरुवात गर्नुपर्दछ? के कुनै सृष्टि गरिएको प्राणी उहाँको स्थानमा खडा हुन सक्दैन र?” तिमीहरू सबैलाई थाहा छ, कि परमेश्‍वर एउटा नयाँ युग सुरु गर्ने स्पष्ट उद्देश्यसहित देह बन्नुभयो, र निश्चय, जब उहाँ एउटा नयाँ युगमा प्रवेश गर्नुहुन्छ, त्यसको साथमा उहाँले पहिलेको युगको अन्त्य गर्नुभएको हुनेछ। परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँ आफैले आफ्नो कामलाई गति दिनुहुन्छ, त्यसैले यो पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई जित्नुभएको र संसारमा उहाँको विजयको प्रमाण हो। प्रत्येक चोटि जब उहाँले मानिसको माझमा काम गर्नुहुन्छ, त्यो एक नयाँ लडाइँको सुरुवात हुन्छ। नयाँ कार्यको सुरुवातविना स्वाभाविक रूपले पुरानोको अन्त्य भएको हुँदैन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त भएको छैन भन्‍ने कुराको प्रमाण हुन्छ। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ कामहरू गर्नुहुन्छ भने मात्र, मानिसले शैतानको अधीनताबाट छुटकारा पाएर नयाँ जीवन प्राप्त गरी नयाँ सुरुवात गर्न सक्दछ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ। परमेश्‍वरले अगुवाइ गर्नुभएको हरेक युगमा, मानिसको एक अंश स्वतन्त्र हुन्छ, र यसरी मानिस परमेश्‍वरको कामसहित नयाँ युगतर्फ अगि बढ्छ। परमेश्‍वरको विजय हुनुको अर्थ उहाँलाई पछ्याउने सबैको विजय हो। यदि सृष्टि गरिएको मानव जातिलाई युगको अन्त्य गर्ने जिम्मेवारी दिइयो भने त्यो मानिस वा शैतानको दृष्टिकोणबाट हुन्छ, र त्यो परमेश्‍वरको विरोध गर्नु वा उहाँलाई धोका दिनुभन्दा कम हुँदैन, त्यो परमेश्‍वरको आज्ञापालन हुँदैन, र मानिसले गर्ने काम शैतानको हतियार बन्दछ। यदि मानिसले परमेश्‍वर आफैले सुरु गर्नुभएको युगमा परमेश्‍वरको आज्ञापालन गर्दछ भने मात्र शैतानलाई पूर्ण रूपले विश्‍वस्त तुल्याउन सकिन्छ, किनकि सृष्टि गरिएको प्राणीको कर्तव्य त्यही नै हो। त्यसकारण म भन्छु, कि तिमीहरूले केवल उहाँलाई पछ्याउनु र आज्ञापालन गर्नुपर्छ, त्योभन्दा बढी तिमीहरूले गर्नुपर्दैन। प्रत्येकले आफ्नो कर्तव्य पालन गर्नु र प्रत्येकले आ-आफ्नो काम गर्नु भनेको यही नै हो। परमेश्‍वरले आफ्‍नै काम गर्नुहुन्छ र उहाँको खातिर मानिसले यो गरिदिनु आवश्यक छैन, न त उहाँ सृष्टि गरिएका प्राणीहरूको काममा नै सहभागी बन्‍नुहुन्छ। मानिसले आफ्‍नै कर्तव्य पूरा गर्छ र ऊ परमेश्‍वरको काममा सहभागी हुँदैन। यो मात्र आज्ञापालन र शैतानको हारको प्रमाण हो। परमेश्‍वर आफैले नयाँ युग सुरु गर्ने काम समाप्त गर्नुभएपछि मानव जातिको बीचमा काम गर्न फेरि उहाँ आफै आउनुहुन्न। तब मात्र मानिसले आफ्नो काम गर्न र सृष्टि गरिएको एक प्राणीको रूपमा उसको काम पूरा गर्न आधिकारिक रूपमा नयाँ युगमा पाइला टेक्छ। यी नै ती सिद्धान्तहरू हुन् जसद्वारा परमेश्‍वरले काम गर्नुहुन्छ, जसलाई कसैले उल्लङ्घन गर्न सक्दैन। यस तरिकाले कार्य गर्नु मात्र समझदारी र व्यावहारिक हुन्छ। परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुपर्छ। उहाँ नै हुनुहुन्छ जसले आफ्नो कामलाई गति दिनुहुन्छ, र उहाँ नै हुनुहुन्छ, जसले आफ्नो काम समाप्त गर्नुहुन्छ। उहाँले कामको योजना बनाउनुहुन्छ, र उहाँ यसलाई प्रबन्ध गर्नुहुन्छ, र अझ बढी, उहाँ नै हुनुहुन्छ, जसले कामलाई फलदायी बनाउनुहुन्छ। जसरी बाइबलमा भनिएको छ “आदि र अन्त्य म नै हुँ; म बीउ छर्ने र कटनी गर्ने हुँ।” उहाँको व्यवस्थापन कार्यसित सम्बन्धित सबै कुरा परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाको शासक हुनुहुन्छ; उहाँको स्थानमा रहेर कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्त गर्न सक्दैन, किनकि उहाँ नै हुनुहुन्छ, जसले सबै थोक आफ्नो हातले समात्नुहुन्छ। संसार सृष्टि गर्नुभएपछि, उहाँले सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुन्छ, र उहाँले सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुन्छ, त्यसरी आफ्नो सम्पूर्ण योजनालाई सफल तुल्याउनुहुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १९२

जब अविश्‍वासीहरूको कुरा आउँछ, तब के परमेश्‍वरका कार्यहरू पछाडिको सिद्धान्त असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने प्रकृतिको छ? कुनै अपवादहरू...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ५७

यदि मानिसको हृदयमा परमेश्‍वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्‍वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९५

अब, तिमीहरूले परमेश्‍वरका मानिसहरू बन्‍ने प्रयास गर्नुपर्छ, र सम्पूर्ण प्रवेशलाई सही बाटोमा सुरु गर्नुपर्छ। परमेश्‍वरका मानिसहरू बन्‍नु...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०७

परमेश्‍वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्