परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६२

कतिपय मानिसहरूले यो सोध्‍नेछन्, “देहधारी परमेश्‍वर र विगतका समयहरूका अगमवक्ता र प्रेरितहरूले गरेका कामको बीचमा रहेको भिन्‍नता के हो? दाऊदलाई पनि प्रभु भनेर भनियो, र येशूलाई पनि त्यसै भनेर भनियो; उनीहरूले गरेका काम फरक-फरक भए तापनि, उनीहरूलाई उही नाउँले बोलाइयो। मलाई बताऊ, किन उनीहरूका पहिचानहरू एउटै थिएनन्? यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र त्यो पनि पवित्र आत्‍माबाट नै आएको थियो, अनि पवित्र आत्‍माले भन्‍ने अभिप्राय राख्‍नुभएका वचनहरूलाई तिनले पनि भन्‍न सके; किन यूहन्‍नाको पहिचान येशूको भन्दा फरक थियो?” येशूले बोल्‍नुभएका वचनहरूले परमेश्‍वरलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सके, र तिनले पूर्ण रूपमा परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्न सके। यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र तिनले परमेश्‍वरको कार्यलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैनथिए। किन यूहन्‍ना, पत्रुस, र पावलले येशूले जस्तै धेरै वचनहरू बोले, तैपनि किन तिनीहरूको पहिचान येशूको जस्तै थिएन? तिनीहरूले गरेको कार्य फरक थियो भन्‍ने नै यसको मुख्य कारण हो। येशूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्नुभयो र प्रत्यक्ष रूपमा काम गर्ने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। उहाँले नयाँ युगको काम गर्नुभयो, जुन कार्यलाई पहिले कसैले पनि गरेको थिएन। उहाँले नयाँ मार्ग खोल्‍नुभयो, यहोवालाई प्रतिनिधित्व गर्नुभयो, र परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभयो, तैपनि पत्रुस, पावल, र दाऊदको हकमा, तिनीहरूलाई जेसुकै भनेर भनिए तापनि, तिनीहरूले परमेश्‍वरको एक सृष्टिको पहिचानलाई मात्रै प्रतिनिधित्व गरे, र तिनीहरूलाई येशू वा यहोवाले पठाउनुभएको थियो। त्यसकारण तिनीहरूले जति नै धेरै काम गरेका भए तापनि, तिनीहरूले जति नै ठूला-ठूला आश्‍चर्यकर्महरू गरेका भए तापनि, तिनीहरू केवल परमेश्‍वरका सृष्टिहरू मात्रै थिए, र तिनीहरूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्न सक्‍दैनथिए। तिनीहरूले परमेश्‍वरको नाउँमा काम गरे वा परमेश्‍वरले पठाउनुभएपछि काम गरे; यसको साथै, तिनीहरूले येशू वा यहोवाले सुरु गर्नुभएका युगहरूमा काम गरे, र तिनीहरूले अरू कुनै काम गरेनन्। आखिरमा, तिनीहरू परमेश्‍वरका सृष्टिहरू मात्रै थिए। पुरानो करारमा, धेरै अगमवक्ताहरूले भविष्यवाणीहरू गरे वा भविष्यवाणीका पुस्तकहरू लेखे। तिनीहरू परमेश्‍वर हुन् भनेर कसैले भनेनन्, तर येशूले काम सुरु गर्ने बित्तिकै, परमेश्‍वरका आत्माले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने गवाही दिनुभयो। किन त्यसो भयो? यस विन्दुमा तँलाई पहिले नै थाहा भइसकेको हुनुपर्छ! पहिले, प्रेरितहरू र अगमवक्ताहरूले विभिन्‍न पत्रहरू लेखे, र विभिन्‍न भविष्यवाणीहरू गरे। पछि, मानिसहरूले तीमध्ये कतिलाई बाइबलमा समावेश गर्न छनौट गरे, र कति हराएर गए। तिनीहरूले बोलेका हरेक कुरा पवित्र आत्‍माबाट नै आएका थिए भनी भन्‍ने मानिसहरू पनि छन्, त्यसकारण किन यसमध्ये कतिलाई असल ठानिन्छ र यसमध्ये कतिलाई खराब ठानिन्छ त? अनि किन कतिलाई छनौट गरियो, अरूलाई गरिएन? यदि ती वास्तवमै पवित्र आत्‍माले बोल्‍नुभएका वचनहरू नै थिए भने, मानिसहरूले ती छनौट गरिरहनुपर्ने आवश्यकता हुनेथियो र? किन येशूले बोल्‍नुभएका वचनहरू र उहाँले गर्नुभएको कामका विवरणहरू सुसमाचारका चार वटा पुस्तकहरूमा फरक-फरक छन्? के यो ती विवरण लेख्‍नेहरूको गल्ती होइन र? कतिपय मानिसहरूले सोध्‍नेछन्, “पावल र नयाँ करारका अन्य लेखकहरूले लेखेका पत्रहरू र तिनीहरूले गरेको काम आंशिक रूपमा मानिसको इच्‍छाबाट पैदा भएको हुनाले, र मानिसका धारणाहरू मिश्रित भएका हुनाले, के तपाईं (परमेश्‍वर) ले आज बोल्‍नुहुने वचनहरूमा मानव अशुद्धता हुँदैन र? के तिनीहरूमा वास्तवमै मानिसको कुनै धारणा समावेश हुँदैन र?” परमेश्‍वरले गर्नुभएको यो चरणको कार्य पावल र धेरै प्रेरितहरू अनि अगमवक्ताहरूले गरेको कामभन्दा पूर्ण रूपमा फरक छ। पहिचानमा मात्रै भिन्‍नता छैन, तर, मुख्यतः गरिने कार्यमा पनि भिन्‍नता छ। पावललाई प्रहार गरेर तिनी प्रभुको अघि लडेपछि, तिनलाई पवित्र आत्माले नै काम गर्न अगुवाइ गर्नुभयो, अनि तिनी पठाइएका एक व्यक्ति बने। त्यसकारण तिनले मण्डलीहरूलाई पत्रहरू लेखे, अनि यी पत्रहरू सबै येशूका शिक्षाहरू अनुरूप नै थिए। पावललाई प्रभुले प्रभु येशूको नाममा काम गर्न पठाउनुभएको थियो, तर जब परमेश्‍वर स्वयम्‌ आउनुभयो, उहाँले कुनै पनि नाममा काम गर्नुभएन, र उहाँले आफ्‍नो काममा परमेश्‍वरका आत्मालाई बाहेक कसैलाई प्रतिनिधित्व गर्नुभएन। परमेश्‍वर आफ्‍नो काम प्रत्यक्ष रूपमा गर्न आउनुभयो: उहाँलाई मानिसले सिद्ध तुल्याएको थिएन, र उहाँको कार्य कुनै पनि मानिसका शिक्षाहरू अनुसार गरिएन। कामको यो चरणमा परमेश्‍वरले आफ्‍ना व्यक्तिगत अनुभवहरूका बारेमा कुरा गरेर अगुवाइ गर्नुहुन्‍न, तर उहाँसँग जे छ त्यसको आधारमा उहाँले आफ्‍नो काम प्रत्यक्ष रूपमा गर्नुहुन्छ। उदाहरणको लागि, सेवा गर्नेको परीक्षा, सजायको समय, मृत्युको परीक्षा, परमेश्‍वरलाई प्रेम गर्ने समय…। यो सबै यसभन्दा पहिले कहिल्यै नगरिएको काम हो, र यो मानिसको अनुभवहरूको भन्दा बरु वर्तमान युगको काम हो। मैले बोलेका वचनहरूमा, कुन-कुनचाहिँ मानिसका अनुभवहरू हुन्? के ती सबै प्रत्यक्ष रूपमा आत्माबाट नै आउँदैनन्, र के ती आत्माले नै जारी गर्नुभएको होइन र? तिमीहरूको क्षमता कमजोर भएकोले मात्रै तिमीहरू सत्यतालाई देख्‍न सक्दैनौ! मैले बताउने जीवनको व्यावहारिक मार्ग भनेको मार्गमा डोर्याउनु हो, र यसको बारेमा यसभन्दा पहिले कसैले बताएको छैन, न त कसैले कहिल्यै यो मार्गलाई अनुभव गरेको, वा यो वास्तविकतालाई जानेको छ। मैले यी वचनहरू उच्‍चारण गर्नुभन्दा पहिले, कसैले पनि ती बोलेका छैनन्। त्यस्ता अनुभवहरूका बारेमा कसैले पनि कहिल्यै कुरा गरेका छैनन्, न त तिनीहरूले त्यस्ता विवरणहरूका बारेमा नै बोलेका छन्, यसको साथै, यस्ता कुराहरूलाई प्रकट गर्नको लागि कसैले यस्ता स्थितिहरूलाई कहिल्यै औंल्याएका छैनन्। मैले आज डोर्याउने मार्गलाई कसैले कहिल्यै पनि डोर्याएको छैन, र यदि यसलाई मानिसले डोर्याएको थियो भने, यो नयाँ मार्ग हुनेथिएन। उदाहरणको लागि, पावल र पत्रुसलाई लिऊँ। येशूले मार्गको अगुवाइ गर्नुभन्दा पहिले तिनीहरूसँग तिनीहरूका आफ्‍नै अनुभवहरू थिएनन्। येशूले मार्गको अगुवाइ गर्नुभएपछि मात्रै येशूले बोल्‍नुभएका वचनहरूलाई अनि उहाँले अगुवाइ गर्नुभएको मार्गलाई तिनीहरूले अनुभव गरे; यसद्वारा तिनीहरूले धेरै अनुभवहरू प्राप्त गरे, र तिनीहरूले पत्रहरू लेखे। त्यसकारण, मानिसका अनुभवहरू परमेश्‍वरका काम जस्तै उही हुँदैनन्, र परमेश्‍वरको काम अनि मानिसका धारणा र अनुभवहरूले व्याख्या गरेको ज्ञान एउटै होइनन्। मैले बारम्‍बार भनेको छु, आज मैले नयाँ मार्गको अगुवाइ गरिरहेको छु, र मैले नयाँ काम गरिरहेको छु, अनि मेरो काम र वाणीहरू यूहन्‍ना र अरू सबै अगमवक्ताहरूका भन्दा फरक छन्। म कहिल्यै पनि सुरुमा अनुभवहरू प्राप्त गर्ने अनि तिनको बारेमा तिमीहरूलाई बताउने गर्दिन—कुरा त्यस्तो होइन। यदि यस्तो हो भने, के त्यसले तिमीहरूलाई धेरै पहिले नै विलम्बित गरेको हुनेथिएन र? विगतमा, धेरैले बताउने ज्ञानलाई पनि उचालिन्थ्यो, तर तथाकथित आत्मिक व्यक्तित्वहरूका आधारमा मात्रै तिनीहरूका सबै वचन बोलिएका हुन्थे। तिनीहरूले मार्गको अगुवाइ गरेनन्, तर ती तिनीहरूका अनुभवहरूबाट, तिनीहरूले जे देखेका थिए त्यसबाट, र तिनीहरूका ज्ञानबाट आएका थिए। कतिपय तिनीहरूका धारणाबाट आएका थिए, र कति तिनीहरूले भोगेका अनुभवहरूद्वारा रचना गरिए। आज, मेरो कार्यको प्रकृति तिनीहरूकोभन्दा पूर्ण रूपमा फरक छ। मैले अरूद्वारा अगुवाइ गरिने कार्यको अनुभव गरेको छैन, न त अरूद्वारा सिद्ध पारिने कार्यलाई नै मैले स्वीकार गरेको छु। यसको साथै, मैले बोलेका र सङ्गति गरेका सबै कुरा अरू कसैको जस्तो छैन र तिनलाई अरू कसैले कहिल्यै बोलेका छैनन्। आज, तिमीहरू जो भए पनि, तिमीहरूको काम मैले बोल्‍ने वचनहरूका आधारमा गरिन्छ। यी वाणीहरू र कामविना, यी कुराहरूलाई (सेवा गर्नेको परीक्षा, सजायको समय…) कसले अनुभव गर्न सक्थ्यो र, अनि त्यस्तो ज्ञान कसले बोल्‍न सक्थ्यो र? के तँ साँच्‍चै यसलाई देख्‍न सक्दैनस्? कार्यको चरण जेसुकै भए तापनि, मेरा वचनहरू बोलिएपछि तुरुन्तै, तिमीहरू मेरा वचनहरू अनुसार सङ्गति गर्न, र ती अनुसार काम गर्न सुरु गर्छौ, अनि यो तिमीहरूमध्ये कसैले सोचेको मार्ग होइन। यति टाढासम्‍म आइसकेपछि, के तँ त्यति स्पष्ट र सरल प्रश्‍नलाई देख्‍न सक्दैनस् र? यो कतिपयले सोचेको मार्ग होइन, न त यो कुनै पनि आत्मिक व्यक्तित्वहरूमा आधारित छ। यो नयाँ मार्ग हो, र येशूले कुनै बेला बोल्‍नुभएका धेरैजसो वचनहरू समेत अब उप्रान्त लागू हुँदैनन्। मैले नयाँ युगको सुरुवात गर्ने कार्यको बारेमा बोलिरहेको छु, र यो एकलै खडा हुने काम हो; मैले गर्ने काम, अनि मैले बोल्‍ने वचनहरू सबै नयाँ छन्। के यो आजको नयाँ काम होइन र? येशूको कार्य पनि यस्तै थियो। उहाँको काम पनि मन्दिरका मानिसहरूको भन्दा फरक थियो, र यो फरिसीहरूको कामभन्दा पनि फरक नै थियो, न त यो इस्राएलका सबै मानिसहरूले गरेको कामसँग नै कुनै पनि रीतिले मिल्थ्यो। यसलाई देखिसकेपछि, मानिसहरूले आफ्‍नो मनमा यो निर्णय गर्न सकेनन्: “के यो साँच्‍चै परमेश्‍वरले नै गर्नुभएको हो?” येशूले यहोवाको कुनै पनि व्यवस्थालाई पक्रिनुभएन; जब उहाँ मानिसलाई शिक्षा दिन आउनुभयो, तब उहाँले जे बोल्‍नुभयो त्यो नयाँ र प्राचीन सन्तहरू र पुरानो करारका अगमवक्ताहरूले भनेका भन्दा फरक थियो, र यसले गर्दा, मानिसहरू अनिश्‍चित नै रहे। यही कारणले गर्दा मानिसलाई निराकरण गर्नु निकै कठिन हुन्छ। कामको यो नयाँ चरणलाई स्वीकार गर्नुभन्दा पहिले, तिमीहरूमध्ये बहुसंख्यकले हिँडेको मार्ग भनेको ती आत्मिक व्यक्तित्वहरूको जगलाई अभ्यास गर्नु र त्यसमा प्रवेश गर्नु थियो। तर आज, मैले गर्ने काम अत्यन्तै फरक छ, त्यसकारण यो सहि हो कि होइन सो निर्णय गर्न तिमीहरूले सक्दैनौ। तैँले पहिले कुन मार्ग हिँडिस् मलाई त्यसको चासो छैन, न त तैँले कसको “भोजन” खाइस् वा तैँले कसलाई आफ्‍नो “पिता” को रूपमा लिइस् त्यसप्रति मलाई कुनै चासो छ। मैले आएर मानिसलाई अगुवाइ गर्न नयाँ काम ल्याएको हुनाले, मलाई पछ्याउने सबैले मैले जे भन्छु सोही अनुसार काम गर्नुपर्छ। तँ जत्तिसुकै शक्तिशाली “परिवार” बाट आएको भए तापनि, तैँले मलाई पछ्याउनैपर्छ, तैँले तेरा पहिलेका अभ्यासहरू अनुसार व्यवहार गर्नु हुँदैन, “तेरो अभिभावक पिता” तल झर्नैपर्छ, र तेरो अधिकारमा पर्ने भागको खोजी गर्नको लागि तँ आफ्‍नो परमेश्‍वर सामू आउनुपर्छ। तेरो पूर्णता मेरै हातमा छ, र तैँले तेरो संरक्षक पितालाई अति धेरै अन्धविश्‍वास अर्पण गर्नु हुँदैन; उसले तँलाई पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। आजको काम एकलै खडा हुन्छ। आज मैले बताउने सबै कुरा अवश्य नै विगतको जगमा आधारित छैन; यो नयाँ सुरुवात हो, र यो मानिसको हातले सृष्टि गरेको हो भनेर भन्छस् भने, मुक्ति दिन नसकिने गरी अन्धा भएको तँ नै होस्!

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ३३

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३५

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छस्? तैँले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४६

परमेश्‍वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्