परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६१

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भनिन्छ? उहाँहरूका बीचमा रहेका भिन्नताहरू के-के हुन्? उहाँहरू सबै नै वचन बोल्ने मानिसहरू हुनुहुन्थ्यो, र उहाँहरूका वचनहरू मानिसको लागि लगभग उस्तै देखिन्थे। उहाँहरू सबैले वचनहरू बोल्नुहुन्थ्यो र कार्य गर्नुहुन्थ्यो। पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्‌। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विचलनहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्‍वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थियो र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्‍वरको आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थियो, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएनन्, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्‍वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्‍वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। परमेश्‍वर कसरी मानिसको रूपमा देहधारी हुनुभयो, त्यो समयमा पवित्र आत्माले कसरी प्रकाशहरू दिनुभयो, र कार्य गर्नको लागि पवित्र आत्मा कसरी मानिसमा ओर्लनुभयो भन्ने विषयमा कुरा गर्दा—यी कुराहरू मानिसले देख्न वा छुन नसक्ने विषयहरू हुन्। यी सत्यताहरूले उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्ने कुराको प्रमाणको रूपमा कार्य गर्नु पूर्ण रूपमा असम्भव छ। जस्तो की, परमेश्‍वरका वचनहरू र कार्यको बीचमा मात्रै भिन्नता छुट्याउन सकिन्छ, जुन मानिसको लागि मूर्त छन्। यो मात्रै वास्तविक छ। यसको कारण के हो भने पवित्र आत्माका कुराहरू तेरो लागि अदृश्य छन् र स्वयम् परमेश्‍वरद्वारा मात्रै यसलाई स्पष्ट रूपमा जानिन्छ, र परमेश्‍वरको देहधारी देहले समेत सबै कुरा जान्दैन; उहाँले गर्नुभएको कार्यद्वारा मात्रै उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरालाई तैँले पुष्टि गर्न सक्छस्। उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्‍वरको आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्‍वरको आत्मा उहाँभित्र हुनुहुन्छ भन्ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्‍वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ। यशैया, दानिएल, र अरूहरू अत्यन्तै उच्च शिक्षा पाएका र सभ्य मानिसहरू थिए; तिनीहरू यहोवाको नेतृत्व अन्तर्गत रहेका असाधारण मानिसहरू थिए। देहधारी परमेश्‍वरको देह पनि ज्ञानवर्धक थियो र उहाँमा चेतनाको कमी थिएन, तर उहाँको मानवत्व खास रूपमा सामान्य थियो। उहाँ एक सामान्य मानिस हुनुहुन्थ्यो, र नाङ्गो आँखाले उहाँसँग सम्बन्धित कुनै पनि विशेष मानवत्वलाई छुट्याउन वा उहाँको मानवत्वमा अरूहरूबाट भिन्न रहेको कुनै पनि कुरालाई पत्ता लगाउन सकिँदैनथ्यो। उहाँ र्णरुपमा अलौकिक वा अद्वितीय हुनुहुन्नथ्यो, र उहाँसँग कुनै पनि उच्च शिक्षा, ज्ञान, वा सिद्धान्त थिएन। उहाँले बोल्नुभएको जीवन र उहाँले देखाउनुभएको मार्ग सिद्धान्तद्वारा, ज्ञानद्वारा, जीवनको अनुभवद्वारा, वा पारिवारिक पृष्ठभूमिद्वारा प्राप्त गरिएका थिएनन्‌। बरु, ती पवित्र आत्माको प्रत्यक्ष कार्य थिए, जुन देहधारी देहको कार्य हो। मानिससँग परमेश्‍वरको बारेमा ठूला-ठूला धारणाहरू भएकाले, र अझै खास रूपमा, यी धारणाहरू अत्यन्तै अथाह र अलौकिक तत्त्वहरूसँग सम्बन्धित भएकाले, जस्तो की मानिसको नजरमा, चिन्हहरू र आश्‍चर्यकर्महरू गर्न नसक्ने, मानवीय कमजोरी सहितका एक सामान्य परमेश्‍वर निश्चित रूपमा नै परमेश्‍वर हुनुहुन्न भन्ने धारणाले गर्दा यसो भएको हो। के यी मानिसका त्रुटिपूर्ण धारणाहरू होइनन् र? यदि देहधारी परमेश्‍वरको देह एक सामान्य मानिस थिएन भने, उहाँ देह हुनुभयो भनेर कसरी भन्न सकिन्छ? देह धारण गर्नु भनेको सामान्य, साधारण मानिस बन्नु हो; यदि उहाँ अभौतिक प्राणी रहिआउनुभएको भए, उहाँ देह बन्नुहुने थिएन। उहाँ देहबाटको हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्नको लागि, देहधारी परमेश्‍वरले सामान्य देहलाई धारण गर्नु आवश्यक पर्यो। यो केवल देहधारणको महत्त्वलाई पूरा गर्नको लागि मात्रै थियो। तैपनि, अगमवक्ताहरू र मानिसका पुत्रहरूका हकमा यो लागू भएको थिएन। तिनीहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका वरदान प्राप्त मानिसहरू थिए; मानिसको नजरमा, तिनीहरूको मानवत्व खास रूपमा महान् थियो, र तिनीहरूले सामान्य मानवत्वलाई माथ दिने विभिन्न कार्यहरू गरे। यसकारणले गर्दा, मानिसले तिनीहरूलाई परमेश्‍वरको रूपमा लिए। अब तिमीहरूले यो कुरालाई स्पष्ट रूपमा बुझ्नुपर्छ, किनभने यो विगतका युगहरूका सबै मानिसहरूद्वारा सहजै अन्योलमा पारिएको विषय हो। यस अतिरिक्त, देहधारण रहस्यमय कुराहरूमध्ये सबैभन्दा रहस्यमय कुरा हो, र मानिसले देहधारी परमेश्‍वरलाई स्विकार गर्न सबैभन्दा कठिन छ। म जे भन्छु त्यो तिमीहरूको प्रकार्यलाई पूरा गर्ने र देहधारणको रहस्य सम्बन्धी तिमीहरूको बुझाइप्रति अनुकूल छ। यी सबै नै परमेश्‍वरको व्यवस्थापनसँग, दर्शनहरूसँग सम्बन्धित छन्। दर्शनहरू, अर्थात् परमेश्‍वरको व्यवस्थापनको कार्य सम्बन्धी ज्ञान प्राप्त गर्नको लागि यसबारे तिमीहरूको बुझाइ अझै लाभदायक हुनेछ। यसरी, तिमीहरूले विभिन्न प्रकारका मानिसहरूले पूरा गर्नुपर्ने दायित्वको बारेमा धेरै नै बुझाइ प्राप्त गर्नेछौ। यी वचनहरूले तिमीहरूलाई प्रत्यक्ष रूपमा मार्ग नदेखाए तापनि, तिमीहरूको प्रवेशको लागि ती अझै पनि निकै सहयोगीसिद्ध छन्, किनकि वर्तमानमा तिमीहरूको जीवन दर्शनहरूमा निकै अभावग्रस्त छ, र यो तिमीहरूको प्रवेशलाई रोक्ने निकै ठूलो बाधा बन्नेछ। यदि तिमीहरू यी समस्याहरूलाई बुझ्न असमर्थ रहेका छौ भने, तिमीहरूको प्रवेशलाई अघि बढाउने कुनै उत्प्रेरणा हुनेछैन। अनि तिमीहरूको दायित्वलाई पूरा गर्नको लागि त्यस्तो खोजीले कसरी तिमीहरूलाई सर्वोत्तम रूपमा सक्षम पार्न सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ५८२

मेरा वचनहरू पूर्ण भएपछि, पृथ्वीमा क्रमिक रूपमा राज्य स्थापना हुन्छ र मानिस क्रमिक रूपमा सामान्य अवस्थामा फर्कन्छ, यसरी मेरो हृदयको राज्य...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४२

आखिरी दिनहरूका देहधारी परमेश्‍वर मुख्य रूपमा उहाँका वचनहरू बोल्न, मानिसको जीवनलाई जे आवश्यक छ त्यो सबै व्याख्या गर्न, मानिसले कुन कुरामा...

परमेश्‍वरका दैनिक वचनहरू: बाइबल सम्‍बन्धी रहस्यहरू | अंश २७८

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि,...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्