परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६०

सुरुमा, मानिस जातिको सृष्टिपछि, इस्राएलीहरूले परमेश्‍वरको कार्यको आधारको रूपमा सेवा गरे। सारा इस्राएल नै पृथ्वीमा यहोवाको कार्यको आधार बने। यहोवाको कार्य भनेको व्यवस्था स्थापित गरेर मानिसलाई प्रत्यक्ष रूपमा नेतृत्व गर्नु र गोठाला गर्नु थियो, ताकि पृथ्वीमा मानिसले सामान्य जीवन जिउन सकोस् र यहोवालाई सामान्य तरिकाले आराधना गर्न सकोस्। व्यवस्थाको युगमा परमेश्‍वरलाई मानवद्वारा न त देख्न सकिन्थ्यो न त छुन सकिन्थ्यो। शैतानद्वारा भ्रष्ट गरिएका प्रारम्भिक मानिसहरूलाई शिक्षा दिँदै र तिनीहरूलाई गोठाला गर्दै उहाँले अगुवाइ मात्रै गर्नुभएको हुनाले, उहाँको वचनमा व्यवस्थाहरू, विधिविधानहरू, र मानव आचरणका मूल्य-मान्यताहरू मात्रै समावेश थिए, र यसले तिनीहरूलाई जीवनका सत्यताहरू प्रदान गरेन। उहाँको नेतृत्व अन्तर्गत रहेका इस्राएलीहरू शैतानद्वारा गहन रूपमा भने भ्रष्ट गरिएका थिएनन्। उहाँको व्यवस्थाको कार्य मुक्तिको कार्यको केवल प्रथम चरण, मुक्तिको कार्यको केवल सुरुवात मात्रै थियो, र मानिसको जीवन आचरणको परिवर्तनसँग व्यवहारिक रूपमा यसको कुनै सम्बन्ध नै थिएन। त्यसकारण, मुक्तिको कार्यको सुरुवातमा उहाँले इस्राएलमा गर्नुभएको कार्यको लागि देह धारण गर्नुपर्ने कुनै आवश्यकता थिएन। यही कारणले गर्दा, मानिससँग संलग्न हुनको लागि उहाँलाई एउटा माध्यम—एउटा औजार—को आवश्यकता पर्यो। तसर्थ, सृष्टि गरिएका प्राणीहरूका बीचमा यहोवाको लागि बोल्ने र कार्य गर्नेहरूको उदय भयो, जसले गर्दा, मानिसका पुत्रहरू र अगमवक्ताहरू मानिसहरूका बीचमा कार्य गर्न आए। मानिसका पुत्रहरूले मानिसहरूका बीचमा यहोवाको तर्फबाट कार्य गरे। यहोवाद्वारा “मानिसका पुत्रहरू” भनेर बोलाइनुको अर्थ यहोवाको तर्फबाट यस्ता मानिसहरूले व्यवस्थालाई स्थापित गरे भन्ने हो। इस्राएलका मानिसहरूका बीचमा तिनीहरू पूजाहारीहरू पनि थिए, यहोवाद्वारा रेखदेख गरिएका र सुरक्षा दिइएका पूजाहारीहरू, र जसमा यहोवाको आत्माले कार्य गर्नुहुन्थ्यो; तिनीहरू मानिसहरूका बीचमा रहेका अगुवाहरू थिए र तिनीहरूले प्रत्यक्ष रूपमा यहोवाको सेवा गर्थे। अर्कोतर्फ, अगमवक्ताहरू सारा भूमिका र जातिका मानिसहरूसँग यहोवाको तर्फबाट बोल्ने कार्यप्रति समर्पित थिए। तिनीहरूले यहोवाको कार्यको बारेमा अगमवाणी पनि गर्थे। चाहे तिनीहरू मानिसका पुत्रहरू होऊन्‌ वा अगमवक्ताहरू होऊन्‌, तिनीहरू सबै स्वयम्‌ यहोवाको आत्माद्वारा खडा गरिए र तिनीहरूमा यहोवाको कार्य थियो। मानिसहरूका बीचमा, यहोवालाई प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्नेहरू तिनीहरू नै थिए; तिनीहरू यहोवाद्वारा खडा गरिएका हुनाले मात्रै तिनीहरूले आफ्ना कार्य गरे र स्वयम् पवित्र आत्मा देहधारी हुनुभएको देह तिनीहरूसँग भएको हुनाले होइन। त्यसकारण, परमेश्‍वरको तर्फबाट बोल्नमा र कार्य गर्नमा तिनीहरू उस्तै भएतापनि, व्यवस्थाको युगमा मानिसका पुत्रहरू र अगमवक्ताहरू देहधारी परमेश्‍वरका देह थिएनन्। अनुग्रहको युगमा र अन्तिम चरणमा परमेश्‍वरको कार्य ठीक विपरीत थियो, किनकि मुक्तिको कार्य र मानिसको न्याय दुवै स्वयम् देहधारी परमेश्‍वरले गर्नुभयो, र उहाँको तर्फबाट कार्य गर्नको लागि अगमवक्ताहरू र मानिसका पुत्रहरू खडा गर्ने अब फेरि कुनै आवश्यकता परेन। मानिसको नजरमा, तिनीहरूको कार्यको सारतत्त्व र विधिको बीचमा कुनै उल्लेखनीय भिन्नताहरू छैनन्। अनि यही कारणले गर्दा मानिसहरूले निरन्तर रूपमा देहधारी परमेश्‍वरको कार्यलाई अगमवक्ताहरू र मानिसका पुत्रहरूको कार्यसँग अन्योल पैदा गर्दै हुन्छन्। देहधारी परमेश्‍वरको रूप र अगमवक्ताहरू तथा मानिसका पुत्रहरूको रूप आधारभूत रूपमा उस्तै थियो। अनि देहधारी परमेश्‍वर अगमवक्ताहरूभन्दा अझै सामान्य र अझै वास्तविक हुनुहुन्थ्यो। यसरी, उहाँहरूबीचको भिन्नता छुट्याउन मानिस असमर्थ छ। मानिसले केवल रूपमा मात्रै ध्यान दिन्छ, कार्य गराइ र बोलाइमा यी दुई उस्तै भएतापनि, तिनीहरूका बीचमा तात्त्विक भिन्नता छ भन्ने बारेमा मानिस पूर्ण रूपमा अनभिज्ञ छ। उस्तै देखिने कुराहरूका बीचमा रहेको भिन्नतालाई बताउने मानिसको क्षमता अत्यन्तै कमजोर भएको हुनाले, उसले सामान्य कुराहरूका बीचमा रहेको भिन्नतालाई छुट्याउन असमर्थ हुन्छ, अति जटिल कुनै कुराको बारेमा त कुरै नगरौं। जब पवित्र आत्माद्वारा प्रयोग गरिएका यी अगमवक्ताहरू र मानिसहरूले बोले र कार्य गरे, यो मानिसका दायित्वहरूलाई अघि बढाउनको लागि थियो, सृष्टि गरिएको प्राणीको प्रकार्यलाई पूरा गर्नको लागि थियो, र यो मानिसले गर्नुपर्ने कार्य थियो। तैपनि, देहधारी परमेश्‍वरका वचनहरू र कार्य भनेको उहाँको सेवकाइलाई अघि बढाउनु थियो। उहाँको बाहिरी रूप सृष्टि गरिएको प्राणीको जस्तो थियो, तैपनि उहाँको कार्य भनेको आफ्नो प्रकार्यलाई होइन तर आफ्नो सेवकाइलाई अघि बढाउनु थियो। सृष्टि गरिएका प्राणीहरूको हकमा “दायित्व” भन्ने शब्दको प्रयोग गरिन्छ, तर देहधारी परमेश्‍वरको देहको हकमा भने “सेवकाइ” भन्ने शब्दको प्रयोग गरिन्छ। यी दुईको बीचमा एउटा अपरिहार्य भिन्नता रहेको छ; यिनलाई एक-अर्कासँग प्रतिस्थापन गर्न सकिँदैन। मानिसको कार्य भनेको केवल आफ्नो दायित्वलाई पूरा गर्नु हो भने, परमेश्‍वरको कार्य भनेको आफ्नो सेवकाइलाई व्यवस्थापन गर्नु, र अघि बढाउनु हो। त्यसकारण, धेरै प्रेरितहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भएतापनि र धेरै अगमवक्ताहरू उहाँद्वारा भरिएका भएतापनि, तिनीहरूको कार्य र वचनहरू भनेका सृष्टि गरिएका प्राणीहरूका रूपमा रहेको आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै थियो। तिनीहरूका अगमवाणीहरूले देहधारी परमेश्‍वरद्वारा बोलिएको जीवनको मार्गलाई नाघेका हुन सक्थे, र तिनीहरूको मानवत्वले देहधारी परमेश्‍वरको मानवत्वलाई अझै नाघेको हुन सक्थ्यो, तर तिनीहरूले अझै आफ्नो दायित्व पूरा गर्दै थिए, र सेवकाइलाई पूरा गर्दै थिएनन्। मानिसको दायित्वले मानिसको प्रकार्यलाई जनाउन सक्छ; मानिसद्वारा प्राप्त गरिने कुरा पनि यही नै हो। तैपनि, देहधारी परमेश्‍वरद्वारा अघि बढाइएको सेवकाइ उहाँको व्यवस्थापनसँग सम्बन्धित छ, र यो मानवद्वारा प्राप्त गरिँदैन। देहधारी परमेश्‍वरले चाहे बोल्नुहुन्छ, चाहे कार्य गर्नुहुन्छ, वा चाहे जे-जस्ता आश्चर्यका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले आफ्नो व्यवस्थापनभित्र रहेर नै महान् कार्य गर्दै हुनुहुन्छ, र उहाँको सट्टामा त्यस किसिमको कार्य मानिसद्वारा गर्न सकिँदैन। मानिसको कार्य भनेको परमेश्‍वरको व्यवस्थापनको कार्यको निश्चित चरणमा रहेर सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो दायित्वलाई पूरा गर्नु मात्रै हो। परमेश्‍वरको व्यवस्थापन नभएको भए, अर्थात्, यदि देहधारी परमेश्‍वरको सेवकाइ हराएको भए, सृष्टि गरिएको प्राणीको दायित्व हराउने थियो। आफ्नो सेवकाइलाई अघि बढाउनको लागि परमेश्‍वरले गर्ने कार्य मानिसलाई व्यवस्थापन गर्नको लागि हो, जबकी मानिसले निभाउने आफ्नो दायित्व भनेको सृष्टिकर्ताका मागहरूलाई पूरा गर्न उसको दायित्व निभाउनु हो, र आफ्नै सेवकाइलाई अघि बढाउने विचार गर्ने कुरा कुनै पनि हालतमा हुन सक्दैन। परमेश्‍वरको अन्तर्निहित सारतत्त्वको लागि—उहाँको आत्माको लागि—परमेश्‍वरको कार्य भनेको उहाँको व्यवस्थापन नै हो, तर सृष्टि गरिएको प्राणीको बाहिरी रूपलाई धारण गर्नुहुने देहधारी परमेश्‍वरको लागि, उहाँको कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनु हो। उहाँले गर्नुहुने जेसुकै कार्य भनेको आफ्नो सेवकाइलाई अघि बढाउनको लागि हो; मानिसले गर्न सक्ने भनेको परमेश्‍वरको व्यवस्थापनको क्षेत्राधिकारभित्र र उहाँको मार्गदर्शनको अन्तर्गत रही सक्दो प्रयास गर्नु मात्रै हो।

—वचन देहमा देखा पर्नुहुन्छ

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्