परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४८

पवित्र आत्माको काम सधैँ तत्कालीन रूपमा गरिन्छ; उहाँले कुनै पनि समयमा आफ्‍नो योजना बनाउन सक्‍नुहुन्छ, र यसलाई कुनै पनि समय अघि बढाउन सक्‍नुहुन्छ। पवित्र आत्‍माको कार्य वास्तविक छ, र यो सधैँ नयाँ हुन्छ, कहिल्यै पुरानो हुँदैन, र यो सधैँ उच्‍च हदसम्मै ताजा हुन्छ भनेर म सधैँ किन भन्छु? संसारको सृष्टि हुँदा पहिले नै उहाँको कामको योजना गरिएको थिएन; त्यो पटक्कै भएको होइन! कामको हरेक चरणले यसको सम्‍बन्धित समयमा उचित प्रभाव प्राप्त गर्छ, र ती चरणहरूले एकअर्कालाई हस्तक्षेप गर्दैनन्। धेरै पटक, पवित्र आत्माको हालैको कामसँग तेरो मनमा भएका योजनाहरू तुलनायोग्य हुँदैनन्। उहाँको काम मानिसले यो यस्तो हुनुपर्छ भनेर तर्क गरेजस्तो सरल छैन, न त यो, मानिसले कल्‍पना गरेजस्तो जटिल नै छ—यसमा मानिसलाई तिनीहरूको त्यतिबेलाको आवश्यकताअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा आपूर्ति गर्ने कार्य समावेश हुन्छ। मानिसको सारबारे उहाँ जत्ति स्पष्ट अरू कोही छैन, र त्यही कारणले मानिसको यथार्थ खाँचोका निम्ति उहाँले गर्ने काम जत्तिको उपयुक्त अरू केही हुँदैन। त्यसकारण, मानव परिप्रेक्ष्यबाट विचार गर्दा, उहाँको काम कैयौं सहस्राब्दीपहिले नै योजना गरिएको जस्तो देखिन सक्छ। अहिले उहाँले तिमीहरूबीच काम गर्नुहुँदा, तिमीहरू जुन स्थितिमा छौ त्यसलाई हेर्दै काम गर्ने र बोल्‍ने गर्नुहुन्छ, त्यस क्रममा उहाँले मानिसहरूलाई जे खाँचो छ त्यहीअनुसारको वचन बोल्दै, आइपर्ने हरेक स्थितिमा सही वचनहरू बोल्‍नुहुन्छ। उहाँको कामको पहिलो चरणलाई लिऔं: सजायको समय। त्यसपछि, परमेश्‍वरले उहाँको कामलाई मानिसहरूले प्रदर्शन गरेको कुरा, तिनीहरूको विद्रोहीपन, तिनीहरूबाट निस्कने सकारात्मक अवस्थाहरू र नकारात्मक अवस्थाहरू, साथै तिनीहरू नकारात्मकताको निश्चित बिन्दुमा आइपुग्दा खस्किने सबैभन्दा तल्‍लो सीमाको आधारमा सञ्चालन गर्नुभयो; अनि उहाँले आफ्‍नो कामबाट अझै राम्रो परिणाम हासिल गर्न ती कुरालाई पकडमा राख्नुभयो। अर्थात्, कुनै निश्‍चित समयमा तिनीहरूको तत्कालीन अवस्था कस्तो छ त्यहीअनुसार उहाँले मानिसहरूबीच दिगो काम गर्नुहुन्छ; मानिसहरूका वास्तविक अवस्थाहरूअनुसार उहाँले आफ्‍नो कामको हरेक चरणलाई अघि बढाउनुहुन्छ। सम्पूर्ण सृष्टि उहाँकै हातमा छ; उहाँले कसरी तिनीहरूलाई नचिन्‍न सक्‍नुहुन्छ? परमेश्‍वरले गर्नुपर्ने कामको अर्को चरण कुनै पनि समयमा र कुनै पनि स्थानमा मानिसहरूका अवस्थाहरूअनुसार गर्नुहुन्छ। कुनै पनि हालतमा यो काम हजारौं वर्षपहिले योजना गरिएको थिएन; त्यो त मानव धारणा हो! उहाँले आफ्‍नो कामका प्रभावहरूको अवलोकन गर्दै काम गर्नुहुन्छ, र उहाँको काम निरन्तर रूपमा गहन र विकसित हुँदै जान्छ; हरेक पटक, आफ्नो कामका परिणामहरू अवलोकन गरिसकेपछि, उहाँले आफ्‍नो कामको अर्को चरण कार्यान्वयन गर्नुहुन्छ। क्रमिक रूपमा परिवर्तन गर्न र समय बित्दै जाँदा मानिसहरूलाई उहाँको नयाँ काम देखाउन उहाँले धेरै कुराहरूको प्रयोग गर्नुहुन्छ। कार्य गर्ने यो शैलीले मानिसहरूको खाँचो पूरा गर्न सक्छ, किनभने परमेश्‍वर मानिसहरूलाई एकदमै राम्ररी चिन्‍नुहुन्छ। उहाँले स्वर्गबाट आफ्‍नो काम यसरी नै गर्नुहुन्छ। त्यसै गरी, यसरी नै देहधारी परमेश्‍वरले वास्तविक परिस्‍थितिहरूअनुसार बन्दोबस्त गर्दै र मानिसहरूबीच काम गर्दै आफ्‍नो काम गर्नुहुन्छ। उहाँको कुनै पनि काम संसारको सृष्टि गरिनुभन्दा पहिले नै बन्दोबस्त गरिएको थिएन, न त यसबारे पहिले नै सतर्कताको साथ योजना नै गरिएको थियो। संसारको सृष्टि गरिएको दुई हजार वर्षपछि, यहोवाले मानवजाति यति धेरै भ्रष्ट भएको देख्‍नुभयो कि व्यवस्थाको युग समाप्त भएपछि, यहोवाले अनुग्रहको युगमा मानवजातिलाई छुटकारा दिने आफ्‍नो काम गर्नुहुनेछ भनेर भविष्यवाणी गर्न उहाँले अगमवक्ता यशैयाको मुख प्रयोग गर्नुभयो। अवश्य नै, यो यहोवाको योजना थियो, तर यो योजना पनि त्यो समय उहाँले अवलोकन गरिरहनुभएका परिस्‍थितिहरूअनुसार नै बनाइएको थियो; अवश्य नै, उहाँले आदमको सृष्टि गरेलगत्तै यसबारे विचार गर्नुभएको थिएन। यशैयाले अगमवाणी मात्रै गरिदिए, तर यहोवाले व्यवस्थाको युगको अवधिमा यस कामको लागि अग्रिम तयारीहरू गर्नुभएको थिएन; बरु, उहाँले अनुग्रहको युगको प्रारम्‍भमा यो कामलाई गति दिनुभयो। यो त्यही बेला थियो, जुन बेला परमेश्‍वर देह बन्‍नुहुनेछ भन्‍ने सन्देशबारे योसेफलाई उजागर गर्न सन्देशवाहक उसको सपनामा देखा परे, अनि त्यसपछि मात्रै उहाँको देहधारणको काम सुरु भयो। मानिसहरूले कल्‍पना गरेजस्तो, परमेश्‍वरले देहधारणको आफ्‍नो कार्यको योजना संसारको सृष्टि गरेपछि तुरुन्तै गर्नुभएको थिएन; मानवजातिको विकासको हद र शैतानसँगको उहाँको युद्धको अवस्थाको आधारमा मात्रै यससम्बन्धी निर्णय गरिएको थियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५५

परमेश्‍वरबाट सिद्ध पारिने काम परमेश्‍वरको वचन खाएर र पिएर प्राप्त हुने सिद्धतामा सीमित हुन सक्दैन। यस्तो अनुभव ज्यादै एकतर्फी हुनेथियो,...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०४

यदि मानिसहरूले परमेश्‍वरलाई श्रद्धा गर्ने हृदयले परमेश्‍वरमा विश्‍वास गर्छन्‌ र परमेश्‍वरका वचनहरूको अनुभव गर्छन्‌ भने, यस्ता मानिसहरूमा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४५

अय्यूबको परमेश्‍वरप्रतिको भय र दुष्टताबाट अलग बस्‍ने कार्यको अर्को प्रकटीकरण भनेको सबै कुरामा तिनले परमेश्‍वरको नाउँ उच्‍च पार्नु हो...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्