परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४६

परमेश्‍वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने बारे जान्नुपर्छ, यो सही मार्ग हो कि होइन, र यो परमेश्‍वरको कार्य हो कि होइन भन्ने कसरी मापन गर्ने सो जान्नुपर्छ। साँचो मार्ग खोज्ने सबैभन्दा आधारभूत सिद्धान्त के हो? यस मार्गमा पवित्र आत्माको कार्य छ कि छैन, यी शब्दहरू सत्यताको अभिव्यक्ति हुन्‌ कि होइनन्‌, को प्रमाणित भएको छ, र यसले तेरो लागि के ल्याउँछ भनी तैँले हेर्नुपर्छ। साँचो मार्ग र झूटो मार्गबीचको भिन्नता छुट्ट्याउनको लागि आधारभूत ज्ञानका धेरै पक्षहरू चाहिन्छ, जसको सबैभन्दा आधारभूत पक्ष भनेको त्यसमा पवित्र आत्माको कार्य उपस्थित छ कि छैन भनी बताउनु हो। किनकि परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासको सारतत्त्व भनेको परमेश्‍वरको आत्मामाथिको विश्‍वास हो, र यो देह नै परमेश्‍वरको आत्माको वासस्थान भएकोले, देहधारी परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास पनि हो, जसको अर्थ यो हो कि यस्तो विश्‍वास भनेको अझै आत्मामाथिको विश्‍वास हो। आत्मा र देहबीचमा भिन्नता छ, तर यस देह आत्माबाट आएको हुनाले, र वचन देह हुन आएकोले, मानिसले जे विश्‍वास गरेपनि त्यो परमेश्‍वरको अन्तर्निहित सारतत्त्व नै हो। त्यसैले, यो साँचो मार्ग हो कि होइन भनेर छुट्ट्याउँदा, सबैभन्दा मुख्य कुरा तैँले यसमा पवित्र आत्माको कार्य छ कि छैन भन्ने कुरा हेर्नुपर्छ, त्यसपछि तैँले यस मार्गमा सत्यता छ कि छैन हेर्नुपर्छ। सत्यता भनेको सामान्य मानवत्वको जीवन स्वभाव हो, भन्नुको मतलब, यो त्यो कुरा हो जुन परमेश्‍वरले सुरुमा मानिसलाई सृष्टि गर्नुहुँदा उबाट माग गर्नुभएको थियो, जस्तो कि, (मानव भाव, अन्तर्दृष्टि, बुद्धि, र मानिस हुनुको आधारभूत ज्ञान लगायत) सामान्य मानवत्वको सम्पूर्णता। अर्थात्‌, यस मार्गले मानिसहरूलाई सामान्य मानवत्वको जीवनमा डोर्याउन सक्छ कि सक्दैन, बोलिएको सत्यता सामान्य मानवत्वको यथार्थअनुसार माग गरिएको छ कि छैन, यस सत्यता व्यवहारिक र वास्तविक छ कि छैन, र यो सर्व समय सापेक्षिक छ कि छैन भनी तैँले हेर्नुपर्छ। यदि सत्यता छ भने, यसले मानिसलाई सामान्य र वास्तविक अनुभवहरूमा अग्रसर गराउन समर्थ हुन्छ; यसको साथै, मानिसहरू पहिलाभन्दा अझै सामान्य हुन्छन्‌, तिनीहरूको मानव भाव पहिलाभन्दा अझ पूर्ण हुन्छ, शरीरमा तिनीहरूको जीवन र आत्मिक जीवन पहिलाभन्दा अझ व्यवस्थित हुन्छन्‌, र तिनीहरूको भावनाहरू पहिलाभन्दा अझ सामान्य हुन्छ। यो दोस्रो सिद्धान्त हो। एउटा अर्को सिद्धान्त छ, जुन मानिसहरूसँग परमेश्‍वरको बारेमा बढ्दो ज्ञान छ कि छैन, र यस्तो कार्य र सत्यता अनुभव गर्दा यसले तिनीहरूमा परमेश्‍वरप्रतिको प्रेमको निम्ति प्रेरणा दिन सक्छ कि सक्दैन र तिनीहरूलाई पहिलाभन्दा अझ परमेश्‍वरको नजिक ल्याउँछ कि ल्याउँदैन भन्ने हो। यसमा यो नै साँचो मार्ग हो कि होइन भनी यसलाई मापन गर्न सकिन्छ। सबैभन्दा आधारभूत कुरा यो मार्ग अलौकिकभन्दा पनि व्यावहारिक छ कि छैन, र यसले मानिसको जीवन प्रदान गर्न समर्थ छ कि छैन भन्ने हो। यदि यो यी सिद्धान्तहरूसँग मिल्छ भने, यही मार्ग सत्य मार्ग हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ। तिमीहरूको भावी अनुभवहरूमा अन्य मार्गहरू स्विकार गराउनको लागि म तिमीहरूलाई यी कुराहरू भन्दिनँ, न त भविष्यमा अर्को नयाँ युगको कार्य हुनेछ भनी पूर्वानुमानको रूपमा नै भन्छु। म ती भन्छु ताकि तिमीहरू आजको मार्ग नै साँचो मार्ग हो भन्ने कुरामा निश्चय हुन सक, ताकि तिमीहरू आजको कार्यमा आफ्नो विश्‍वासमा आंशिक रूपमा मात्र पक्का हुनेछैनौ र यसमा अन्तर्दृष्टि पाउन असमर्थ हुनेछैनौ। निश्चित हुनुको बाबजुद पनि अझै धेरै जना अन्योलमा पछ्याउँछन्‌; यस्तो निश्चयतामा कुनै सिद्धान्त हुँदैन, र यस्ता मानिसहरू चाँडो वा ढिलो निमिट्यान्न हुनुपर्छ। आफ्नो पछ्याइमा विशेष गरी उत्सुक भएकाहरू समेत पनि तीन भाग निश्चित र पाँच भाग अनिश्चित हुन्छन्‌, जसले देखाउँछ कि तिनीहरूसँग कुनै जग छैन। तिमीहरूको क्षमता अति कमजोर छ र तिमीहरूको जग अति सतही छ त्यसैले तिमीहरूसँग फरक छुट्ट्याउने समझ नै छैन। परमेश्‍वरले आफ्नो कार्य दोहोर्याउनुहुन्न, उहाँले त्यस्तो कार्य गर्नुहुन्न जुन यथार्थपरक हुँदैन, उहाँले मानिससँग अत्याधिक मागहरू गर्नुहुन्न, र उहाँले यस्तो कार्य गर्नुहुन्न जुन मानिसको भावभन्दा पर हुन्छ। उहाँले गर्नुहुने सबै कार्य मानिसको सामान्य भावको हदभित्र हुन्छ, र यसले सामान्य मानवत्वको भावलाई उछिन्दैन, र उहाँको कार्य मानिसको सामान्य आवश्यकताहरू अनुसार गरिन्छ। यदि यो पवित्र आत्माको कार्य हो भने, मानिसहरू पहिलाको भन्दा अझ बढी सामान्य बन्छन्‌, र तिनीहरूको मानवत्व पहिलाको भन्दा अझ अधिक सामान्य हुन्छ। मानिसहरूले तिनका भ्रष्ट शैतानी स्वभावको बारे, र मानिसको सारबारे बढ्दो ज्ञान हासिल गर्छन्‌, र तिनीहरूले सत्यताको लागि पहिलेको भन्दा अझ ठूलो तिर्सना पनि राख्छन्‌। भन्नुको मतलब, मानिसको जीवन वृद्धि हुन्छ र वृद्धि हुन्छ, र मानिसको भ्रष्ट स्वभाव झन्‌-झन्‌ धेरै परिवर्तनको सक्षम बन्छ—यी सबैको अर्थ परमेश्‍वर मानिसको जीवन बन्नुहुन्छ भन्‍ने हो। यदि कुनै मार्गले मानिसको सारका ती कुराहरू प्रकट गर्न असक्षम छ, मानिसको स्वभावलाई परिवर्तन गर्न असक्षम छ, र, यसको साथै, मानिसहरूलाई परमेश्‍वरको सामुन्ने ल्याउन वा परमेश्‍वरको बारेमा तिनीहरूलाई साँचो समझ दिन असक्षम छ, र तिनीहरूको मानवत्वलाई अझ पहिलाको भन्दा पनि बढि खस्कने बनाउँछ र तिनीहरूको भाव अझ पहिलाको भन्दा असामान्य बनाउँछ भने, यो मार्ग सत्य मार्ग हुँदै होइन, र यो दुष्टात्माको कार्य, वा पुरानो मार्ग हुन सक्छ। छोटकरीमा, यो पवित्र आत्माको वर्तमान कार्य हुन सक्दैन। तिमीहरूले यी सब वर्ष परमेश्‍वरमा विश्‍वास गरेका छौ, तापनि तिमीहरूसँग साँचो मार्ग र झूटो मार्गको बीचमा फरक छुट्ट्याउनको लागि, वा यस सत्य मार्ग खोजी गर्नको लागि यस सिद्धान्तको बारे अलिकति पनि ज्ञान छैन। अधिकांश मानिसहरू यी कुराहरूमा रुचि समेत राख्दैनन्‌; तिनीहरू केवल त्यहीँ जान्छन्‌ जहाँ बहुसंख्यक जान्छन्‌, र त्यही दोहोर्याउँछन्‌ जे बहुसंख्यकले भन्छन्। यो व्यक्ति कसरी साँचो मार्ग खोज्ने व्यक्ति हो? यस्ता मानिसहरूले साँचो मार्गलाई कसरी पत्ता लगाउन सक्छन्‌? यदि तिमीहरूले यी विभिन्न मुख्य सिद्धान्तहरू बुझ्छौ भने, जेसुकै भएतापनि, तिमीहरू धोकामा पर्नेछैनौ। आज, यो महत्त्वपूर्ण छ कि मानिसहरूले भिन्नता छुट्ट्याउन सकून्‌; सामान्य मानवत्वद्वारा धारण गरिनुपर्ने कुरा यही हो, र मानिसहरूले आफ्नो अनुभवमा धारण गर्नुपर्ने कुरा यही हो। यदि, आज पनि, मानिसहरूले पछ्याउने क्रममा अझै पनि केही भिन्नता छुट्ट्याउन सक्दैनन्‌, र यदि तिनीहरूको मानव भाव अझै वृद्धि भएको छैन भने, मानिसहरू अति मूर्ख छन्‌, र तिनीहरूको खोजी गलत र भ्रष्ट भएको छ। आज तेरो खोजीमा अलिकति पनि भिन्नता छैन, र तैँले भनेजस्तै यो सत्य होला कि तैँले सत्य मार्ग पत्ता लगाएको छस्‌, तर के तैँले यसलाई प्राप्त गरेको छस्‌? के तँ केही छुट्ट्याउन समर्थ भएको छस्‌? यस सत्य मार्गको सारतत्त्व के हो? यस सत्य मार्गमा, तैँले सत्य मार्ग प्राप्त गरेको छैनस्‌; तैँले सत्यताको कुनै कुरा प्राप्त गरेको छैनस्‌। भन्नुको मतलब, तैँले त्यो कुरा हासिल गरेको छैनस्‌ जुन परमेश्‍वरले तँबाट माग गर्नुहुन्छ, र यसरी तेरो भ्रष्टतामा कुनै परिवर्तन भएको छैन। यदि तैँले यसरी नै खोजी जारी राखिस्‌ भने, तँ अन्ततः निमिट्यान्न हुनेछस्‌। यस दिनसम्म पछ्याएको हुनाले, तैँले समातेको मार्ग सही मार्ग हो भन्ने कुरामा तँ निश्चित हुनुपर्छ, र अब उप्रान्त कुनै शङ्का गर्नुहुँदैन। केही झीनामसिना मामिलाहरूको कारण धेरै मानिसहरू सदैव अनिश्चित हुन्छन्‌ र सत्यताको पछि लाग्न छोड्छन्‌। यस्ता मानिसहरू ती हुन्‌ जोसँग परमेश्‍वरको कार्यको विषयमा कुनै ज्ञान हुँदैन; तिनीहरू ती हुन्‌ जसले अन्योलमा परमेश्‍वरलाई पछ्याउँछन्‌। ती मानिसहरू जसलाई परमेश्‍वरको कार्यको बारेमा थाहा हुँदैन ती उहाँसँग घनिष्ठ हुन, वा उहाँको गवाही दिन असक्षम हुन्छन्। म तिनीहरूलाई परामर्श दिन्छु जसले आशिषहरू मात्र खोज्छन्‌ र जति सक्दो चाँडो सत्यतालाई पछ्याउन अस्पष्ट र अमूर्त कुरा मात्र पछ्याउँछन्‌, ताकि तिनीहरूको जीवनले अर्थ पाउन सकून्। अब उप्रान्त आफैलाई मूर्ख नबनाओ।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ४३

जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ७०

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४६

परमेश्‍वरको कार्य बुझ्नु भनेको सजिलो कुरा होइन। तेरो खोजीमा तँसँग मापदण्डहरू र उद्देश्य हुनुपर्छ, तैँले साँचो मार्ग कसरी खोज्ने भन्ने...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्