परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९७

सियोन! रमाऊ! सियोन! गीत गाऊ! म जितको साथ फर्केको छु, म विजयी बनेर फर्केको छु! सबै मानिसहरू! छिटो गर, राम्रोसित लामबद्ध होऊ! सृष्टिका सबै थोकहरू! अब रोकिऊ, किनकि मेरो व्यक्तित्वले सम्पूर्ण ब्रह्माण्डको सामना गर्दै छ र संसारको पूर्वमा देखा पर्दै छ! आराधनामा घुँडा नटेक्‍ने आँट कसले गर्छ? मलाई साँचो परमेश्‍वर भनी नपुकार्ने आँट कसले गर्छ? कसले आदरसाथ माथि नहेर्ने आँट गर्छ? कसले प्रशंसा नगर्ने हिम्मत गर्छ? कसले नरमाउने आँट गर्छ? मेरा मानिसहरूले मेरो सोर सुन्‍नेछन्, र मेरा छोराहरू मेरो राज्यमा जीवित रहनेछन्! पहाडपर्वत, नदीनाला र सबै थोकहरू अनन्त रूपमा जयजयकार गर्दै नरोकिईकन उफ्रिरहनेछन्। यस बेला, कसैले पनि पछाडि फर्कने हिम्मत गर्नेछैन, र कसैले पनि प्रतिरोध गर्नका निम्ति खडा हुने आँट गर्नेछैन। यो मेरो अचम्मको काम हो, र त्योभन्दा पनि बढी, यो मेरो महान् शक्ति हो! म सबै थोकलाई आ-आफ्नो हृदयमा मेरो आदर गर्ने बनाउँछु, र त्योभन्दा पनि बढी, म सबै कुरालाई मेरो प्रशंसा गर्ने बनाउँछु! यो छ हजार वर्षे मेरो व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो, र मैले पूर्वनिर्धारित गरेको कुरा यही हो। न त कुनै व्यक्तिले न त कुनै वस्तु वा कुनै घटनाले नै मेरो प्रतिरोध वा विरोध गर्न खडा हुने आँट गर्छ। मेरा सबै मानिसहरू मेरो पर्वततर्फ (अर्को शब्दमा भन्‍नुपर्दा, मैले पछि सृष्टि गर्ने संसारतर्फ) आउनेछन् र मेरो सामु समर्पित हुनेछन्, किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ। (यसले म मेरो शरीरमा भएको बेलालाई बुझाउँछ। देहमा पनि मसँग अख्तियार छ, तर देहमा समय र स्थानको सीमिततालाई नाघ्‍न नसकिने भएकोले मैले पूर्ण महिमा पाएको छु भनेर भन्‍न सकिँदैन। मैले देहमा ज्येष्ठ छोराहरूलाई प्राप्‍त गर्ने भए पनि, मैले महिमा प्राप्‍त गरेको छु भनेर भन्‍न सकिँदैन। म सियोनमा फर्केपछि र मैले आफ्नो रूप परिवर्तन गरेपछि मात्र मैले अख्तियार प्राप्‍त गरेको हुन्छु, अर्थात् मैले महिमा प्राप्‍त गरेको हुन्छु भनेर भन्‍न सकिन्छ।) मेरो निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन। मेरो मुखको वचनले सबै नाश हुनेछन्, र मेरो मुखको वचनद्वारा सबै थोक अस्तित्वमा आउनेछन् र पूर्ण हुनेछन्। मेरो महान् शक्ति यही हो र यही नै मेरो अख्तियार हो। म सामर्थ्य र अख्तियारले भरिपूर्ण भएकोले कुनै व्यक्तिले मलाई बाधा दिने हिम्मत गर्न सकेन। मैले पहिले नै सबै कुरामाथि विजय प्राप्त गरेको छु, र मैले विद्रोहका सबै छोराहरूलाई पहिले नै जितिसकेको छु। म मेरा ज्येष्ठ छोराहरूलाई मेरो साथमा सियोनमा फर्काएर ल्याउँदै छु। म एकलै सियोन फर्किरहेको छैनँ। त्यसकारण, सबैले मेरा ज्येष्ठ छोराहरूलाई देख्‍नेछन् र यसरी मप्रति आफ्नो हृदयमा आदरभाव जगाउनेछन्। यही नै ज्येष्ठ छोराहरू प्राप्‍त गर्ने मेरो लक्ष्य हो र संसारको सृष्टिदेखि नै यो मेरो योजना रहिआएको छ।

जब सबै कुरा तयार हुन्छन्, त्यो म सियोन फर्कने दिन हुनेछ, र यो दिनको सम्झनामा सबै मानिसले उत्सव मनाउनेछन्। जब म सियोन फर्कन्छु, पृथ्वीका सबै थोक मौन रहनेछन्, र पृथ्वीमा भएका सबै थोकलाई शान्ति हुनेछ। जब म सियोन फर्कन्छु, सबै थोकले आफ्नो मूल स्वरूप फेरि प्राप्‍त गर्नेछन्। तब, म सियोनमा मेरो काम थाल्नेछु। म दुष्टहरूलाई दण्ड र असललाई इनाम दिनेछु, म मेरो धार्मिकतालाई लागू गर्नेछु, र म मेरो न्याय अघि बढाउनेछु। म सबै थोक सम्पन्‍न गर्न मेरा वचनहरूको प्रयोग गर्नेछु, र यसरी सबै मानिस र सबै थोकलाई मेरो हातको सजाय अनुभव गराउनेछु, र सबै मानिसहरूलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देखाउनेछु। न्यायको दौरान विद्रोहमा खडा हुने कसैले आँट गर्नेछैन, किनकि ममा सबै थोक हासिल हुन्छन्; र यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि ममा सबै कुरा प्रकट हुन्छन्। यसबाट, मेरो महान् शक्ति र मेरो अख्तियारलाई देख्‍न सम्भव हुन्छ। कसैले पनि मलाई चिढ्याउने आँट गर्नेछैन, र कसैले पनि मलाई बाधा दिने आँट गर्नेछैन। ममा सबै थोक खुला गरिन्छ। कसले कुनै कुरा लुकाउने आँट गर्छ र? म अवश्य नै त्यस्ता व्यक्तिहरूलाई कुनै दया देखाउँदिनँ! त्यस्ता दुष्टहरूले मेरो कठोर दण्ड पाउनैपर्छ, र त्यस्ता निकम्मा मानिसहरू मेरो नजरबाट हटाइनुपर्छ। म फलामको डन्डाले उनीहरूमाथि शासन गर्नेछु र अलिकति पनि दया नदेखाई र तिनीहरूका भावनाहरूलाई रत्तीभर विचार नगरी तिनीहरूको न्याय गर्न म आफ्नो अख्तियार प्रयोग गर्नेछु, किनकि म परमेश्‍वर स्वयम्‌ हुँ, जो भावनाहीन र प्रतापी हुनुहुन्छ र जसलाई चिढ्याउन सकिँदैन। सबैले यो बुझ्नु र हेर्नुपर्छ, नत्र तिनीहरू मद्वारा कुनै “उद्देश्य वा कारणविना” प्रहार गरिएर ढालिनेछन् र नाश पारिनेछन्, किनकि मलाई चिढ्याउनेहरू सबैलाई मेरो डन्डाले प्रहार गरी ढाल्नेछ। तिनीहरूले मेरा प्रशासनिक आदेशहरू जान्दछन् कि जान्दैनन् त्यसको मलाई कुनै मतलब छैन; त्यो मेरो निम्ति कुनै परिणामको हुनेछैन, किनकि मेरो व्यक्तित्वले कसैले चिढ्याएको सहन गर्दैन। त्यसैकारण म एक सिंह हुँ भनी भनिएको हो; म जसलाई छुन्छु, त्यसलाई प्रहार गरी ढाल्छु। त्यसैले, मलाई करुणा र प्रेमिलोदयालुपनका परमेश्‍वर हुँ भन्‍नु ईश्‍वरनिन्दा हो भनेर भनिएको हो। सारमा, म थुमा होइनँ, बरु सिंह हुँ। कसैले मलाई चिढ्याउने आँट गर्दैन; जसले मलाई चिढ्याउँछ, म उसलाई तुरुन्तै र कुनै दया नगरी मृत्यु दण्ड दिनेछु। मेरो स्वभाव देखाउनका लागि यो पर्याप्‍त छ। त्यसकारण, अन्तिम युगमा मानिसहरूको एउटा ठूलो समूह फिर्ता जानेछ, र यो कुरा मानिसहरूलाई सहन गाह्रो हुनेछ, तर जहाँसम्म मेरो कुरा छ, म त ढुक्‍क र आनन्दित छु, र म यसलाई कुनै गाह्रो कामको रूपमा हेर्दिनँ। मेरो स्वभाव नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १२०

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०३

जब मानिसहरूभित्र परमेश्‍वर जीवन बन्नुहुन्छ तब तुरुन्तै मानिसहरू परमेश्‍वरलाई त्याग्न असमर्थ हुन्छन्‌। के यो परमेश्‍वरको काम होइन र? योभन्दा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १८०

तिमीहरूले परमेश्‍वरको कार्यलाई मानिसको कार्यबाट कसरी अलग गर्ने हो सो कुरा जान्‍नैपर्छ। तैँले मानिसको काममा के देख्‍न सक्छस्? मानिसको काममा...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २११

आज, मैले तिमीहरूमा गर्ने कामको उद्देश्य तिमीहरूलाई सामान्य मानवताको जीवनमा डोऱ्याउनु हो; यो नयाँ युगको प्रारम्‍भ गर्ने र मानवजातिलाई नयाँ...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...