परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८७

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धार्मिक स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो अनाज्ञाकारिता हो, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्‍न लगाउनको लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शुद्धीकरण प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

परमेश्‍वरले बोल्नुभएका वचनहरूबाट यो बुझ्न सकिन्छ, कि उहाँले मानव देहलाई अघिबाटै दोषी ठहराइसक्‍नुभएको छ। त्यसो भए, के यी वचनहरू सरापका वचनहरू होइनन् र? परमेश्‍वरले बोल्नुभएका वचनहरूले मानिसको वास्तविक रङ प्रकट गर्दछ, र त्यस्तै प्रकाशद्वारा उसको न्याय हुन्छ, र जब उसले आफू परमेश्‍वरको इच्छा पूरा गर्न असमर्थ छु भन्‍ने देख्छ, तब भित्र उसले शोक र पछुतोको महसुस गर्दछ, उसले आफू परमेश्‍वरप्रति ऋणी भएको महसुस गर्छ, र परमेश्‍वरको इच्छा प्राप्त गर्न सक्दैन। कहिलेकहीँ यस्ता समयहरू हुन्छन् जब पवित्र आत्माले तँलाई भित्रबाट अनुशासित गर्नुहुन्छ, र यो अनुशासन परमेश्‍वरको न्यायबाट आउँदछ; कहिलेकहीँ यस्तो समय हुन्छ, जब परमेश्‍वरले तँलाई हप्‍काउनुहुन्छ, र आफ्नो अनुहार तँबाट लुकाउनुहुन्छ, जब उहाँले तँलाई कुनै ध्यान दिनुहुन्न र तँभित्र कुनै काम गर्नुहुन्न, तँलाई शोधन गर्नका निम्ति विनाआवाज तँलाई दण्ड दिनुहुन्छ। मानिसमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपले उहाँको आफ्नो धार्मिक स्वभाव स्पष्ट पार्नको लागि हो। मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँको स्वभाव धार्मिकता, क्रोध, सजाय र न्याय हो भनी गवाही दिन्छ; मानिसले परमेश्‍वरको धर्मी स्वभावको गवाही दिन्छ। मानिसलाई सिद्ध बनाउन परमेश्‍वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्‍वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्‍वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैंले उहाँलाई प्रेम गर्न सक् र तैंले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैंले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्‍वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्‍वरको प्रेम यस्तो प्रकारको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ९१

इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्‍नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र न्याय थिएन,...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १६४

त्यस बेलाको येशूका वाणीहरू र कार्यले धर्मसिद्धान्तलाई पछ्याएन, र उहाँले पुरानो करारको व्यवस्थाको कार्य अनुसार आफ्‍नो काम गर्नुभएन। यसलाई...

परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश ६

कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ।...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४२

धेरै वसन्त र शरदहरूमा तिमीहरूसँग सङ्गत गर्दै म तिमीहरूमाझ रहेको छु; म तिमीहरूमाझ लामो समयदेखि बसेको छु र मैले तिमीहरूसँगै बाँचेको छु।...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्