परमेश्वरका दैनिक वचनहरू: परमेश्वरको कामलाई चिन्नु | अंश १८५
अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्वर...
परमेश्वर देखा पर्ने घटनाको चाहना गर्ने सबैलाई हामी स्वागत गर्दछौँ।
देहमा उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ, जसलाई उहाँको कामको सम्बन्धमा उल्लेख गरिन्छ र आखिरमा काम समाप्त गर्नुहुने देहधारी परमेश्वर नै हुनुहुन्छ, आत्मा होइन। कतिपयले यो विश्वास गर्छन् कि कुनै अज्ञात समयमा परमेश्वर पृथ्वीमा आउनुहुन्छ र मानिसकहाँ देखा पर्नुहुन्छ, त्यसपछि उहाँले कसैलाई नछोडीकन तिनीहरू हरेकलाई पालैपालो गरी जाँच्दै, सारा मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ। यस्तो विचार गर्नेहरूलाई देहधारणको कामको यो चरणको बारेमा थाहा छैन। परमेश्वरले मानिसलाई पालैपालो गरी न्याय गर्नुहुन्न, र उहाँले मानिसलाई पालैपालो गरी जाँच्नुहुन्न; त्यसो गर्नु भनेको न्यायको काम होइन। के सारा मानवजातिको भ्रष्टता उस्तै छैन र? के सारा मानवजातिको सार उस्तै छैन र? न्याय गरिने भनेको मानवजातिको भ्रष्ट सार, शैतानले भ्रष्ट तुल्याएको मानिसको सार र मानिसका सारा पापहरूलाई हो। मानिसका तुच्छ र सानातिना गल्तीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक छ र यसलाई कुनै निश्चित व्यक्तिको लागि विशेष रूपमा अघि बढाइँदैन। बरु, यो त्यस्तो काम हो जसमा सारा मानवजातिको न्यायलाई प्रतिनिधित्व गर्नको लागि मानिसहरूको समूहलाई न्याय गरिन्छ। मानिसहरूको समूहमा आफ्नो कार्य व्यक्तिगत रूपमा गर्नुभएर, देहमा हुनुहुने परमेश्वरले सारा मानवजातिको कार्यलाई प्रतिनिधित्व गर्नको लागि आफ्नो कार्यको प्रयोग गर्नुहुन्छ, जसपश्चात यो क्रमिक रूपमा फैलिँदै जान्छ। न्यायको काम पनि यस्तै छ। परमेश्वरले निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, तर सारा मानवजातिको सारा अधार्मिकतालाई न्याय गर्नुहुन्छ—उदाहरणको लागि, परमेश्वरप्रतिको मानिसको विरोध वा उहाँप्रति मानिसको अनादर वा परमेश्वरको काममा मानिसको बाधा, इत्यादि। न्याय गरिने भनेको परमेश्वरलाई विरोध गर्ने मानिसको सार हो र यो कार्य नै आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्वरको कार्य र वचन नै आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्यायको काम हो, जुन विगतका समयका मानिसहरूले कल्पना गरेका थिए। देहधारी परमेश्वरले हाल गरिरहनुभएको काम नै वास्तवमा ठूलो सेतो सिंहासनको अगाडि हुने न्याय हो। आजका देहधारी परमेश्वर नै आखिरी दिनहरूमा सारा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो देह र उहाँको काम, उहाँको वचन अनि उहाँको सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। उहाँको कामको क्षेत्र सीमित भए पनि, र सम्पूर्ण ब्रह्माण्डलाई प्रत्यक्ष रूपमा संलग्न नगरे पनि, न्यायको कामको सार भनेको सारा मानवजातिको प्रत्यक्ष न्याय हो—यो चीनका चुनिएका मानिसहरूका खातिर मात्र होइन, न त मानिसहरूको सानो समूहको खातिर नै हो। देहमा परमेश्वरको कार्यको अवधिमा, यो कार्यको क्षेत्रले सम्पूर्ण ब्रह्माण्डलाई संलग्न नगरे तापनि, यसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ र जसरी उहाँको पुनरुत्थान र स्वर्ग आरोहणपछि ब्रह्माण्डभरि येशूको सुसमाचारलाई फैलाइयो त्यसरी नै उहाँले आफ्नो देहको कार्य क्षेत्र भित्रको कामलाई समाप्त गर्नुभएपछि, उहाँले यो कार्यलाई तुरुन्तै सारा ब्रह्माण्डभरि फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् या देहको काम होस्, यो सीमित क्षेत्रभित्र गरिने काम हो तर जसले सम्पूर्ण ब्रह्माण्डको कार्यलाई प्रतिनिधित्व गर्छ। आखिरी दिनहरूको अवधिमा, परमेश्वरले आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ र देहमा हुनुहुने परमेश्वर नै ठूलो सेतो सिंहासनको अगाडि मानिसलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँ आत्मा भए पनि वा देह भए पनि, न्यायको काम गर्नुहुने नै आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यसलाई उहाँको कामको आधारमा परिभाषित गरिन्छ र यसलाई उहाँको बाहिरी रूप वा अन्य विभिन्न कारकतत्वहरूको आधारमा परिभाषित गरिँदैन। यी वचनहरूबारे मानिसले अनेक धारणाहरू राख्ने भए तापनि, देहधारी परमेश्वरको न्याय र सारा मानवजातिलाई गरिने विजयको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जे विचार गरे पनि, आखिर सत्य भनेको सत्य नै हो। कसैले पनि यसो भन्न सक्दैन, “काम गर्ने परमेश्वर नै हुनुहुन्छ, तर देह परमेश्वर हुनुहुन्न।” यो निरर्थक छ, किनभने देहमा हुनुहुने परमेश्वरले बाहेक यो काम कसैले गर्न सक्दैन। यो काम पहिले नै पूरा गरिसकिएको हुनाले, यो कामपछि मानिसलाई न्याय गर्ने परमेश्वरको काम दोस्रो पटक देखा पर्नेछैन; आफ्नो दोस्रो देहधारणमा परमेश्वरले सारा व्यवस्थापनको सम्पूर्ण कार्य समाप्त गरिसक्नुभएको छ र परमेश्वरको कामको चौथो चरण हुनेछैन। न्याय गरिने भनेको मानिस अर्थात्, देहगत र भ्रष्ट तुल्याएको मानिस नै हो र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मा होइन, त्यसकारण न्यायको काम आत्मिक संसारमा होइन तर मानिसको बीचमा गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ
अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा ठूलो अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्वर...
परमेश्वरमा विश्वास राख्दा, तैँले कम्तीमा पनि परमेश्वरसँगको सामान्य सम्बन्धका विषयमा रहेको समस्यालाई समाधान गर्नुपर्छ। यदि परमेश्वरसँग...
यदि मानिसको हृदयमा परमेश्वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्वरको भय मान्न र खराबीबाट अलग रहन सक्छ? आजका मानिसहरूसँग अय्यूबको जस्तै...
मानिसको व्यवस्थापन गर्नु सदैव मेरो कर्तव्य रहिआएको छ। यसको अतिरिक्त, मैले संसारको सृष्टि गर्दा नै मानिसमाथिको विजयको ठहर गरेँ। आखिरी...