परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २९८

यसले प्रायःजसो मानिसहरूका मनमा उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछः “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं” (उत्पत्ति १:२६)। यहाँ परमेश्‍वरले “हामी” मानिसलाई “हाम्रै स्वरूप” मा बनाऔं भन्नुभएकोले, “हामी” शब्दले दुई वा अधिकलाई संकेत गर्दछ; उहाँले “हामी” भन्नुभएकोले त्यहाँ एक मात्र परमेश्‍वर छैनन्। यसरी, मानिसले अस्पष्ट भिन्नाभिन्नै व्यक्तित्वहरूको बारेमा सोच्न थाल्यो, र यी शब्दहरूबाट पिता, पुत्र र पवित्र आत्माको धारणा उत्पन्न भयो। त्यसो भए पिता कस्तो हुनुहुन्छ? पुत्र कस्तो हुनुहुन्छ? अनि पवित्र आत्मा कस्तो हुनुहुन्छ? के आजको मानवजाति तीन जना मिलेर बनेको एक व्यक्तित्वको स्वरूपमा बनाइनु सम्भव छ? त्यसो भए, के त्यस्तो मानिसको स्वरूप पिता, पुत्र वा पवित्र आत्माको जस्तो हुन्छ? मानिस परमेश्‍वरको कुन व्यक्तित्वहरूको स्वरूपमा छ? मानिसको अवधारणा केवल गलत र मूर्खतापूर्ण छ! यसले एक परमेश्‍वरलाई धेरैवटा परमेश्‍वरहरूमा विभाजन गर्न मात्र सक्दछ। मोशाले उत्पत्तिको पुस्तक लेखेका समयमा मानवजाति संसारको सृष्टिपछि सृष्टि गरिएको थियो। आदिमा, संसार सुरु भएको बेला मोशा अस्तित्वमा थिएनन्। मोशाले धेरैपछि मात्र बाइबल लेखेका थिए, त्यसैले स्वर्गका परमेश्‍वरले के बोल्नुभयो भनी तिनले सम्भवतः कसरी जान्न सक्थे? परमेश्‍वरले संसार कसरी सृष्टि गर्नुभयो भन्ने कुराको तिनलाई अलिकति पनि आभास थिएन। बाइबलको पुरानो करारमा पिता, पुत्र र पवित्र आत्माको बारेमा कुनै उल्लेख गरिएको छैन, केवल एक मात्र सत्य परमेश्‍वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको उल्लेख मात्र छ। युग परिवर्तन हुँदै जाँदा उहाँलाई विभिन्न नाउँहरूले सम्बोधन गरियो, तर ती प्रत्येक नाउँले फरक-फरक व्यक्तित्वलाई बुझाउँछ भनी यसले प्रमाणित गर्दैन। यदि त्यस्तो हुन्थ्यो भने, तब के परमेश्‍वरमा असङ्ख्य व्यक्तित्वहरू हुने थिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, त्यो व्यवस्थाको युगमा सुरु गर्न परमेश्‍वर आफैले गर्नुभएको काम थियो। त्यो परमेश्‍वरको काम थियो, जहाँ जसै उहाँ बोल्नुभयो, त्यस्तै हुन आयो र जसै उहाँले आज्ञा गर्नुभयो, त्यस्तै भयो। कुनै पनि समयमा यहोवाले उहाँ काम गर्न आउनुभएका पिता हुनुहुन्छ भन्नुभएन, न त उहाँले मानवजातिको उद्धार गर्न पुत्र आउनुहुने अगमवाणी नै गर्नुभयो। जब येशूको समय आयो, त्यस बेला परमेश्‍वर सम्पूर्ण मानवजातिलाई छुटकारा दिन देह बन्नुभयो मात्र भनियो, पुत्र आउनुभयो भनी भनिएन। युगहरू एकै प्रकारका नभएकाले र परमेश्‍वर आफैले गर्नुहुने काम पनि फरक-फरक हुने भएकोले, उहाँले आफ्नो कामलाई विभिन्न क्षेत्रहरूमा गर्नु आवश्यक छ। यस प्रकारले, उहाँले प्रतिनिधित्व गर्नुहुने पहिचान पनि फरक-फरक हुन्छन्। मानिसले यहोवा येशूका पिता हुनुहुन्छ भनी विश्‍वास गर्छ, तर वास्तवमा येशूले यसलाई स्वीकार्नु भएन, जसले भन्नुभयोः “हामी कहिल्यै पनि पिता र पुत्रको रूपमा चिनिंदैनौ; म र स्वर्गमा हुनुहुने पिता एक हौं। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई देख्दछन्।” सबै भनिसकेपछि, उहाँ चाहे पिता होऊन् वा पुत्र, उहाँहरू एक आत्मा हुनुहुन्छ, अलग-अलग व्यक्तित्वहरूमा विभाजित हुनुहुन्न। मानिसले एक पटक व्याख्या गर्न खोज्यो भने फरक-फरक व्यक्तित्वहरू साथै पिता, पुत्र र पवित्र आत्माको सम्बन्धको धारणाले गर्दा विषयहरू जटिल बन्छन्। जब मानिसले फरक-फरक व्यक्तित्वहरूको कुरा गर्छ, के त्यसले परमेश्‍वरलाई भौतिक बनाउँदैन? मानिसले ती व्यक्तित्वहरूलाई पहिलो, दोस्रो र तेस्रो दर्जामा राख्छ; यी सबै मानिसको कल्पना मात्र हुन्, जुन उल्लेख गर्नु योग्यको छैन, र पूर्ण रूपमा अवास्तविक छ! यदि तैंले उसलाई, “त्यहाँ कतिजना परमेश्‍वरहरू छन्?” भनी सोधिस् भने, उसले भन्नेछ कि परमेश्‍वर पिता, पुत्र र पवित्र आत्मा भएको त्रिएकत्व हुनुहुन्छः एक मात्र साँचो परमेश्‍वर। यदि तैंले अझ बढ्ता, “पिता को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले यसो भन्नेछः “पिता स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्मा हुनुहुन्छ; उहाँ सबैका नियन्त्रक हुनुहुन्छ, र उहाँ स्वर्गका मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा आत्मा हुनुहुन्छ?” उसले भन्नेछः “हो!” यदि तैंले उसलाई, “पुत्र को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले भन्नेछ कि अवश्य येशू पुत्र हुनुहुन्छ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभएको हो?” उसले भन्नेछः “येशू पवित्र आत्माद्वारा मरियमको गर्भमा आउनुभयो र जन्मनुभयो।” त्यसो भए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको काम पनि पवित्र आत्माको प्रतिनिधि होइन र? यहोवा आत्मा हुनुहुन्छ, र यसैले येशूको सार पनि हुनुहुन्छ। अब आखिरी दिनहरूमा, यो भन्नु आवश्यक छैन कि यो अझै पनि आत्मा हुनुहुन्छ; उहाँहरू कसरी फरक-फरक व्यक्तित्वहरू हुन सक्छन्? के यो आत्माले भिन्नै दृष्टिकोणबाट गरिरहनुभएको आत्माकै काम होइन र? जस्तै, त्यहाँ व्यक्तित्वहरू बीच कुनै भिन्नता हुँदैन। येशूको गर्भधान पवित्र आत्माबाट भएको थियो, र निसन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न त देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुहुन्थ्यो भने पनि, उहाँ अझै आत्मा, परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, जसले आदिमा मानिसलाई सृष्टि गर्नुभयो। अर्थात्, उहाँ परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो। उहाँले बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, केवल आत्माको रूपमा र कसैले पनि उहाँ देखापर्नुभएको घटनालाई देखेन। अनुग्रहको युगमा मात्र जब परमेश्‍वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो एक यहूदीको स्वरूपमा पहिलोचोटि मानिसले उहाँलाई देख्यो। उहाँको सन्दर्भमा यहोवाका कुनै कुरा थिएन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधान, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधान हुनुभयो, र येशू परमेश्‍वरका आत्माको मुर्तरूपको रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशू मात्र आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, तब उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हुन्थ्यो भने, काम गर्न सकिने थिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा तीब्र पारिएको आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, र यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्‍वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीड्को माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हत्केलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। यद्यपि उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिन्छ, उहाँ अझै पनि उहाँ नै, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रुसिकरणद्वारा सारा मानवजातिको छुटकारा उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र आखिरी दिनहरूमा सबै जाति र सबै देशहरूका निम्ति घोषणा पनि हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। अलग-अलग व्यक्तित्वहरू छैनन्, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०६

मैले यति धेरै वचन व्यक्त गरेको छु, र मेरो इच्‍छा र मेरो स्वभावलाई पनि व्यक्त गरेको छु, तैपनि मानिसहरू मलाई चिन्‍न र मलाई विश्‍वास गर्न अझै...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३०८

मानिसहरूको जीवनका अनुभवहरूमा भने मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, र उहाँले चाहिँ मलाई के दिनुभएको छ भनेर तिनीहरूले...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७२

पवित्र आत्माको प्रवाहमा गरिएको काम चाहे परमेश्‍वरको आफ्नै काम होस् वा प्रयोग गरिएका मानिसहरूको काम होस्, त्यो काम पवित्र आत्माको काम हो।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६८

के सत्यता सम्‍बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्