परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८२

परमेश्‍वरमा विश्‍वास गर्दा, परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? व्यक्तिले पथभ्रष्ट वा भ्रमित नभई परमेश्‍वरका वचनहरू अनि परमेश्‍वरको आजको कामको आधारमा नै परमेश्‍वरलाई चिन्नुपर्छ, र सबैभन्दा पहिला, उसले परमेश्‍वरको कामलाई जान्‍नुपर्छ। परमेश्‍वरलाई चिन्नुको आधार यही हो। परमेश्‍वरका वचनहरूको सटीक बुझाइ नभएका ती सबै विभिन्‍न भ्रमहरू धार्मिक धारणाहरू मात्र हुन्; ती विकृत अनि गलत बुझाइ हुन्। धार्मिक व्यक्तित्वहरूको सबैभन्दा ठूलो खुबी भनेको विगतमा बुझेका परमेश्‍वरका वचनहरूलाई आजका परमेश्‍वरका वचनहरूसँग तुलना गर्नु हो। यदि आजका परमेश्‍वरलाई सेवा गरिरहँदा तँ विगतमा पवित्र आत्माको अन्तर्दृष्टिद्वारा प्रकट गरिएका कुराहरूमा टाँसिरहन्छस् भने, तेरो सेवाले बाधा सृजना गर्नेछ, अनि तेरो अभ्यास पुरानो हुनेछ, त्यो धार्मिक रीति बाहेक केही हुनेछैन। यदि परमेश्‍वरको सेवा गर्नेहरूमा, अरू योग्यताहरूका अलावा, तिनिहरू बाहिरी रूपले नम्र र धैर्य हुनैपर्छ भन्ने कुरामा तैँले विश्‍वास गर्छस् भने, अनि आज तैँले यस प्रकारको ज्ञानको अभ्यास गरिस् भने, यस्तो ज्ञान केवल धार्मिक धारणा हुन्छ; यस्तो अभ्यास केवल देखावटी कार्य बनेको छ। “धार्मिक धारणा” भन्‍ने वाक्यांशले प्राचीन र अप्रचलित (परमेश्‍वरले पहिले बोल्नुभएका वचनहरू अनि पवित्र आत्माले सोझै प्रकट गर्नुभएको प्रकाशलगायत) कुराहरूलाई दर्साउँछ, अनि ती कुराहरूलाई आज अभ्यास गरियो भने, त्यसले परमेश्‍वरको कामलाई बाधा पुर्‍याउँछ, अनि मानिसलाई केही पनि लाभ हुँदैन। यदि मानिसहरूले धार्मिक धारणाभित्र पर्ने ती कुराहरूलाई आफूबाट हटाउन सकेनन् भने, ती कुराहरू परमेश्‍वरको सेवा गर्ने तिनीहरूको कार्यमा ठूलो बाधा बन्‍नेछन्। धार्मिक धारणा बोकेका मानिससँग पवित्र आत्माको कामसित कदम मिलाउने कुनै उपाय हुँदैन—तिनीहरू एक कदम, दुई कदम गर्दै पछि पर्छन्। यस्तो हुन्छ किनभने यी धार्मिक धारणाहरूले मानिसलाई असाधारण रूपमा स्व-धर्मी र अहङ्कारी बनाउँछ। परमेश्‍वरले विगतमा उहाँले जे भन्नुभएको थियो र जे गर्नुभएको थियो त्यसलाई सम्झेर बस्नुहुन्न; यदि कुनै कुरा काम नलाग्‍ने भयो भने, उहाँले त्यसलाई हटाउनुहुन्छ। के तँ आफ्‍ना धारणाहरू त्याग्न साँच्चै असक्षम छस्? यदि तँ विगतमा परमेश्‍वरले बोल्नुभएका वचनहरूमा नै झुन्डिन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको कामलाई बुझ्छस् भन्‍ने प्रमाणित गर्छ? यदि तैँले आज पवित्र आत्माको ज्योति ग्रहण गर्न सक्दैनस्, बरु त्यही पुरानो प्रकाशमा झुन्डिरहन्छस् भने, के त्यसले तैँले परमेश्‍वरको पाइला पछ्याइरहेको छस् भन्‍ने प्रमाणित गर्छ? के तँ अझै पनि धार्मिक धारणाहरू त्याग्न असक्षम छस्? यदि त्यसो हो भने, तँ परमेश्‍वरले विरोध गर्ने व्यक्ति बन्‍नेछस्।

यदि मानिसहरूले धार्मिक धारणाहरूलाई त्याग्‍न सक्छन् भने, तिनीहरूले आज परमेश्‍वरका वचनहरू र कामलाई नाप्न तिनीहरूले दिमाग लगाउन छाड्नेछन, त्यसको साटो प्रत्यक्ष रूपले तिनको पालन गर्नेछन्। आज परमेश्‍वरको कार्य स्पष्टतः विगतको जस्तो नभए पनि तैँले विगतको दृष्टिकोणलाई त्याग्न अनि परमेश्‍वरको आजको कार्यलाई सोझै पालन गर्न सक्छस्। विगतमा परमेश्‍वरले जस्तोसुकै प्रकारले कार्य गर्नुभएको भए तापनि, यदि तैँले आजका परमेश्‍वरको कामलाई महत्वपूर्ण स्थान दिनुपर्छ भन्‍ने कुरा बुझ्‍न सक्छस् भने, तँ आफ्‍ना धारणाहरूलाई त्यागिसकेको, परमेश्‍वरको आज्ञापालन गर्ने, अनि परमेश्‍वरका कार्य अनि वचनहरू पालन गर्न र उहाँका पाइलाहरू पछ्याउन सक्‍ने व्यक्ति होस्। यसमा, तँ साँचो रूपले परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्छस्। तैँले परमेश्‍वरको कार्यलाई विश्लेषण वा सुक्ष्म जाँच गर्दैनस्; यो कुरा परमेश्‍वरले आफ्‍नो पहिलेको काम बिर्सनुभएको, र तैँले पनि यसलाई बिर्सेको छस् भन्‍ने जस्तै हो। वर्तमान वर्तमान नै हो, अनि विगत विगत नै हो, विगतमा उहाँले गर्नुभएका कुराहरूलाई परमेश्‍वरले पन्छाउनुभएको छ, तँ त्यसैमै बसिरहनु हुँदैन। त्यस्तो व्यक्तिले मात्रै सम्पूर्ण रीतिले परमेश्‍वरको आज्ञा मान्छन् अनि आफ्‍ना धार्मिक धारणाहरूलाई पूर्ण रूपले त्यागेका हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १४८

पवित्र आत्माको काम सधैँ तत्कालीन रूपमा गरिन्छ; उहाँले कुनै पनि समयमा आफ्‍नो योजना बनाउन सक्‍नुहुन्छ, र यसलाई कुनै पनि समय अघि बढाउन...

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६१०

मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्छौ, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य पूरा गर्छौ, सत्यता र...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ | अंश २४६

मैले बोलेका हरेक वाक्यमा परमेश्‍वरको स्वभाव समावेश छन्। तिमीहरूले मेरा वचनहरू होशियारसाथ मनन गर्नेछौ, र तिमीहरूले त्यसबाट निश्‍चय नै ठूलो...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ८६

परमेश्‍वरले यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुहुन्छ (छनौट गरिएका खण्डहरू) चौथो दिन, परमेश्‍वरले फेरि आफ्‍नो अख्तियार प्रयोग...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्