परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३७०

मानिस ज्योतिको बीचमा जिउँछ, तर उसलाई ज्योतिको मूल्य थाहा छैन। उसलाई ज्योतिको सार, र ज्योतिको स्रोत, र त्यति मात्र होइन, ज्योति कसको हो भन्‍ने कुरा थाहा छैन। जब म मानिसलाई ज्योति दिन्छु, तुरुन्तै मानिसहरूमाझका अवस्थाहरूलाई जाँच गर्छु: ज्योतिको कारण सबै मानिस परिवर्तन र वृद्धि हुँदैछन्, अनि तिनीहरूले अन्धकारलाई छोडेका छन्। म ब्रह्माण्डको हरेक कुनामा हेर्छु, र पहाडहरू कुहिरोले ढाकिएको, ठन्डामा पानी जमेको देख्छु र ज्योति आएको कारण, मानिसहरूले पूर्वतिर हेर्छन्, ताकि तिनीहरूले केही मूल्यवान् कुरा पत्ता लगाउन सकून्—तापनि मानिसले तुवाँलोभित्र स्पष्ट दिशा छुट्ट्याउन सक्दैन। सम्पूर्ण संसार कुहिरोले ढाकिएको हुनाले जब म बादलहरूको माझबाट हेर्छु, मेरो अस्तित्वलाई पत्ता लगाउने कुनै मानिस हुँदैन। मानिसले पृथ्वीमा केही कुराको खोजी गरिरहेको छ; उसले भोजनको खोजी गरिरहेको जस्तो देखिन्छ; यस्तो लाग्छ, उसले मेरो आगमन पर्खिरहेको छ—तापनि उसले मेरो दिनबारे जान्दैन, र प्रायजसो पूर्वको मधुरो उज्यालो मात्र हेर्न सक्छ। सबै मानिसमध्ये, साँचो रूपमा मेरो हृदयसित मेल खानेहरूलाई म खोजी गर्छु। म सबै मानिसको माझमा हिँड्डुल गर्छु, र सबै मानिसमाझ जिउँछु, तर पृथ्वीमा मानिस सुरक्षित र सकुशल छ, र यसैले साँचो रूपमा मेरो हृदयसँग मेल खाने कोही पनि छैन। मेरो इच्छाबारे कसरी वास्ता गर्नुपर्छ भन्‍ने मानिसहरूलाई थाहा छैन, तिनीहरूले मेरा कामहरू देख्‍न सक्दैनन्, र तिनीहरू ज्योतिमा जान र ज्योतिबाट चमक प्राप्त गर्न सक्दैनन्। मानिसले मेरा वचनहरूलाई सधैँ मूल्यवान् ठाने पनि, शैतानका छलपूर्ण युक्तिहरूलाई देख्‍न सक्दैन; किनकि मानिसको कद अति सानो छ, उसले आफ्नो हृदयका इच्छाअनुसार गर्न सक्दैन। मानिसले मलाई कहिल्यै पनि इमानदारीपूर्वक प्रेम गरेको छैन। जब म उसलाई उच्‍च पार्छु, उसले आफूलाई अयोग्य ठान्छ, तर यसले उसलाई मलाई सन्तुष्ट पार्ने कोसिस गर्ने तुल्याउँदैन। ऊ केवल मैले उसको हातमा दिएको “स्थान” लाई समातेर बस्छ र त्यसलाई जाँच्छ; बरु मेरो प्रेमिलोपनप्रति असंवेदनशील भएर, ऊ आफ्नो स्थानका फाइदाहरू हडप्‍ने कुरामा लागिरहन्छ। के यो मानिसको कमजोरी होइन र? जब पहाडहरू सर्छन्, के तिनीहरूले तेरो स्थानको लागि घुमाउरो बाटो लिन सक्छन्? जब पानी बग्छ, के त्यो मानिसको स्थानअघि आएर समाप्त हुन्छ? के मानिसको स्थानद्वारा आकाश र पृथ्वी उल्टिन सक्छन्? म एकपटक मानिसप्रति दयालु थिएँ, अनि बारम्‍बार नै यो क्रम चलिरह्‍यो—तर कसैले पनि यसलाई वास्ता गर्दैन र मूल्यवान् ठान्दैन। तिनीहरूले यसलाई केवल कथाको रूपमा सुने, वा उपन्यासको रूपमा पढे। के मेरा वचनहरूले साँच्‍चै मानिसको हृदयलाई छुँदैनन्? के मेरा वाणीहरूको साँच्‍चै कुनै प्रभाव छैन? के कसैले मेरो अस्तित्वमा विश्‍वास नगरेको हुन सक्छ? मानिसले आफैलाई प्रेम गर्दैन; बरु, मलाई आक्रमण गर्न ऊ शैतानसित एक हुन्छ, र मेरो सेवा गर्न शैतानलाई “सम्पत्ति” को रूपमा प्रयोग गर्छ। म शैतानका सबै छली योजनालाई छेड्नेछु, र पृथ्वीका मानिसहरूलाई शैतानका छल स्वीकार गर्नबाट रोक्‍नेछु, यसैले कि त्यसको अस्तित्वको कारण तिनीहरूले मेरो विरोध नगरून्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १८८

मानवजातिमध्ये, म सबै मानिसहरूलाई तीन वटा प्रकारमा विभाजन गर्छु। पहिलो अविश्‍वासीहरू, अर्थात् धार्मिक आस्था विहीन मानिसहरू हुन्। तिनीहरूलाई...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५३०

आज, कतिपय मानिसहरू परमेश्‍वरद्वारा प्रयोग गरिन खोजी गर्छन्, तर विजय गरिसकेपछि तिनीहरूलाई सोझै प्रयोग गर्न सकिँदैन। आज बोलिएका वचनहरूका...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २२३

संसारमा, भूकम्‍पहरू जानु विपत्तिको सुरुवात हो। सुरुमा म संसार अर्थात् पृथ्वीलाई परिवर्तन गर्छु, त्यसपछि केही महामारी र अनिकाल ल्याउँछु।...

परमेश्‍वरका दैनिक वचनहरू: आखिरी दिनहरूको न्याय | अंश ८७

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धार्मिक स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव...