परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३६६

म दिन प्रतिदिन अवलोकन गर्दै ब्रह्माण्डमाथि उभिन्छु, र मानव जीवनको अनुभव लिँदै अनि मानवजातिको प्रत्येक कार्यलाई नजिकबाट अध्ययन गर्दै म आफूलाई विनम्रतापूर्वक मेरो वासस्थानभित्र लुकाउँछु। कसैले पनि साँचो रूपले आफूलाई मेरो सामने अर्पित गरेको छैन; कसैले पनि सत्यको खोजी गरेको छैन। कोही पनि कहिल्यै मप्रति कर्तव्यनिष्ठ भएको छैन वा कसैले पनि मेरो समक्ष संकल्प गर्ने अनि आफ्नो कर्तव्य पालन गर्ने कार्य गरेको छैन। कसैले पनि मलाई कहिल्यै तिनीहरूभित्र बास बस्न दिएको छैन, न त मलाई तिनीहरूले आफ्नो जीवनलाई महत्त्व दिए झैँ महत्त्व नै दिएका छन्। कसैले पनि कहिल्यै व्यवहारिक यथार्थमा मेरो ईश्‍वरत्व जे हो त्यो सब देखेको छैन; कोही पनि कहिल्यै व्यवहारिक परमेश्‍वर स्वयम्‌सँग सम्पर्कमा रहन इच्छुक रहेको छैन। जब मानिसहरूलाई पानीले सिङ्गै निल्छ, तब म तिनीहरूलाई स्थिर पानीबाट बचाउँछु र नवजीवन जिउने मौका दिन्छु। जब मानिसहरूले जिउने आत्मविश्‍वास गुमाउँछन्, तब म तिनीहरूलाई जीवन जारी राख्ने साहस प्रदान गर्दै मृत्युको मुखबाट तानेर माथि ल्याउँछु ताकि तिनीहरूले मलाई आफ्नो अस्तित्वको जगको रूपमा प्रयोग गर्न सकून्। जब मानिसहरूले मेरो अवज्ञा गर्छन्, तब म तिनीहरूलाई तिनीहरूको आफ्नै अवज्ञाभित्रबाट मलाई चिन्न लगाउँछु। मानवजातिको पुरानो स्वभावको आधारमा, र मेरो कृपाको आधारमा कुरा गर्दा, मानिसहरूलाई मृत्युमा धकेल्नको साटो म तिनीहरूलाई पश्‍चात्ताप गर्न र नयाँ सुरुवात गर्न दिन्छु। जब तिनीहरूले भोकमरीको सामना गर्छन्, तिनीहरूसँग तिनीहरूको शरीरमा एकै सास मात्र बाँकी रहँदा पनि, म तिनीहरूलाई शैतानको छलको शिकार हुनबाट जोगाउँदै मृत्युबाट खोसेर ल्याउँछु। धेरै पल्ट मानिसहरूले मेरो हात देखेका छन्, धेरै पल्ट तिनीहरूले मेरो दयालु मुखाकृति र मुस्कुराउने अनुहारको साक्षात्कार गरेका छन्, र धेरै पल्ट तिनीहरूले मेरो प्रताप र क्रोध देखेका छन्। मानिसहरूले मलाई कहिल्यै पनि नचिनेको भए तापनि, म जानाजान उत्तेजक बन्न तिनीहरूको कमजोरीहरूलाई अवसरको रूपमा लिँदिनँ। मानवजातिका कठिनाइहरूको अनुभव गर्दा त्यसले मलाई मानव कमजोरीप्रति सहानुभूति राख्न सक्षम तुल्याएको छ। मानिसहरूको अवज्ञा र अकृतज्ञताको प्रत्युत्तरमा मात्र मैले तिनीहरूलाई विविध मात्राका सजायहरू दिने गर्छु।

जब मानिसहरू व्यस्त हुन्छन् म आफूलाई लुकाउँछु, र उनीहरूको फुर्सदको समयमा म आफूलाई प्रकट गर्छु। मानिसहरूले मलाई सबै कुरा जान्ने भनेर कल्पना गर्छन्; तिनीहरूले मलाई परमेश्‍वर स्वयम्‌को रूपमा लिन्छन् जसले सबै अनुनय-विनयहरूलाई स्वीकार गर्नुहुन्छ। त्यसकारण, धेरैजसो मानिसहरू परमेश्‍वरको सहायता माग्न मात्र मकहाँ आउँछन्, तर मलाई चिन्ने इच्छाको कारणले आउँदैनन्। बिरामको वेदनामा हुँदा मानिसहरूले अत्यावश्यक रूपमा मेरो सहयोगको याचना गर्छन्। अप्ठ्यारो परिस्थितिको समयमा, आफ्नो दुःखबाट मुक्त हुनको लागि, तिनीहरूले पूरै शक्ति लगाएर आफ्ना कठिनाइहरू मलाई बताउँछन्। तथापि, सहजताको अवस्थामा हुँदा एकै जना मानवले पनि मलाई प्रेम गर्न सकेको छैन; शान्ति र खुशीको समयमा एक जना मान्छेले पनि तिनीहरूको खुशीमा म पनि सामेल हुन सक्छु कि भनी मलाई खोज्दै आएको छैन। जब तिनीहरूका साना परिवारहरू खुशी र ठीकठाक हुन्छन्, तब मानिसहरूले आफ्ना परिवारहरूका आशिषित् खुसीयालीको आनन्द लिनको लागि मलाई भित्र जान निषेध गर्दै लामो समय अघिदेखि मलाई पन्छाइसकेका हुन्छन् वा मेरो लागि ढोका बन्द गरिसकेका हुन्छन्। मान्छेको मस्तिष्क एकदमै साँगुरो छ; यो त म जस्तो प्रेमिलो, कृपालु, र पहुँचयोग्य परमेश्‍वरलाई राख्न पनि नअट्ने गरी अति नै साँगुरो छ। आनन्ददायी हाँसोका क्षणहरूमा मानिसहरूले मलाई धेरै पल्ट अस्वीकार गरेका छन्; ठेस लाग्दा मानिसहरूले मलाई धेरै पल्ट बैसाखी झैँ आड बनाइएका छन्; रोगले ग्रसित भएका मानिसहरूले धेरै पल्ट मलाई जबरजस्ती चिकित्सकको भूमिकामा हालिदिएका छन्। कति क्रूर छन् मानिसहरू! तिनीहरू सम्पूर्ण रूपले अमर्यादित र अनैतिक छन्। जुन भावनाहरूद्वारा मानिसहरू ओतप्रोत हुनुपर्ने हो तिनीहरूमा ती भावनाहरू पनि छैनन्; तिनीहरू लगभग सम्पूर्ण रूपले मानवताको नामनिशाना विहीन छन्। विगतको बारेमा सोच र वर्तमानसँग तुलना गर त: के तिमीहरूमा कुनै परिवर्तन आइरहेको छ? के तिमीहरूले आफ्‍नो विगतका केही कुरालाई फालेका छौ? वा कि त्यो विगत अझै पनि प्रतिस्थापित हुन बाँकी छ?

मानव संसारका उकालीओरालीहरू अनुभव गर्दै मैले हिमश्रृङ्खलाहरू र नदीका घाटीहरू पार गरेको छु। तिनीहरूमाझ म घुम्दै हिँडेको छु र धेरै वर्ष म तिनीहरूमाझ बसेको छु, तैपनि मानवजातिको स्वभाव कमै मात्र परिवर्तन भएको जस्तो देखिन्छ। अनि मानिसहरूको पुरानो स्वभावले जरा गाडिसकेको र त्यसबाट टुसा पलाएको हो कि जस्तो देखिन्छ। तिनीहरूले त्यो पुरानो प्रकृतिलाई कहिल्यै पनि बदल्न सक्दैनन्; तिनीहरूले त्यसको मौलिक जगमा मात्रै यसलाई अलिअलि सुधार गर्छन्। मानिसहरूले भने झैँ, सार बदलिएको छैन, तर स्वरूप चाहिँ धेरै नै बदलिएको छ। मानिसहरू सबै मलाई मूर्ख बनाउन र तामझामद्वारा प्रभावित गर्न खोजिरहेका छन् भन्‍ने देखिन्छ ताकि तिनीहरूले झुक्याएर मेरो प्रशंसा जित्न सकून्। म मानव छललाई न त प्रशंसा गर्छु न त यसलाई ध्यान नै दिन्छु। रिसले आगो हुनुको साटो म देखे पनि नदेखे झैँ गर्ने प्रवृत्ति अँगाल्छु। मैले मानवजातिलाई केही निश्चित हदसम्मको छुट दिने, त्यसपछि सबै मानिसहरूलाई एकैचोटि सामना गर्ने योजना बनाएको छु। मानिसहरू सबै आफूलाई प्रेम नगर्ने अनि आफ्नो ख्याल राख्दै नराख्ने व्यर्थका तुच्छ व्यक्तिहरू भएको हुँदा, किन मैले तिनीहरूलाई फेरि पनि कृपा र प्रेम गर्नु आवश्यक हुन्थ्यो र? कुनै अपवाद विना नै, मानिसहरूले आफूलाई नै चिन्दैनन्, न त तिनीहरूलाई आफ्नो मूल्य कति धेरै छ भन्ने कुरा नै थाहा छ। तिनीहरूले आफूलाई जोख्नको लागि तराजुमा राख्नुपर्छ। मानिसहरूले मलाई वास्ता गर्दैनन्, त्यसैले म पनि तिनीहरूलाई गम्भीर रूपमा लिँदिनँ। तिनीहरूले मलाई ध्यान दिँदैनन्, त्यसैले मैले पनि तिनीहरूउपर अझ परिश्रमसित काम गर्नु पर्दैन। के यो दुवै संसारका सर्वोत्तम कुरा होइन र? के यसले तिमीहरू, अर्थात् मेरा मानिसहरूलाई व्याख्या गर्दैन र? तिमीहरूमध्ये कसले चाहिँ मेरो समक्ष संकल्पहरू गरेर पछि तिनलाई त्याग गरेको छैन र? बारम्बार विभिन्न कुराहरूमा मन डुलाउनुको सट्टा, कसले चाहिँ मेरो अगाडि दीर्घकालीन संकल्पहरू गरेको छ र? सधैँ, मानिसहरूले सहज परिस्थितिमा मेरो अगाडि संकल्पहरू गर्छन्, र कठिन परिस्थितिमा ती सबैलाई रद्द गर्छन्; अनि पछि, तिनीहरूले फेरि त्यही संकल्पलाई लिन्छन् र मेरो अगाडि राख्छन्। के म त्यति धेरै अपमानयोग्य छु र मानवजातिले फोहोरको थुप्रोबाट टिपेको फोहोर वस्तु यसै स्वीकार गरूँ? कमै मात्र मानिसहरू आफ्ना संकल्पहरूमा दृढ रहन्छन्, केही मात्र पवित्र छन्, र केहीले मात्र तिनीहरूको लागि अमूल्य रहेका वस्तुहरू मलाई बलि चढाउँछन्। के तिमीहरू सबै उस्तै छैनौ र? यदि तिमीहरूले राज्यका मेरा मानिसहरूको सदस्यको रूपमा आफ्नो कर्तव्य निभाउन सक्दैनौ भने, तिमीहरूलाई घृणा र अस्वीकार गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: गन्तव्य र परिणामहरू | अंश ६०४

प्रत्येक मण्डलीमा त्यस्ता व्यक्तिहरू हुन्छन् जसले मण्डलीका लागि समस्या उत्पन्न गर्छन् वा परमेश्‍वरको काममा हस्तक्षेप गर्दछन्। तिनीहरू सबै...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४३७

मण्डलीको जीवन केवल एउटा यस्तो प्रकारको जीवन हो जहाँ मानिसहरू परमेश्‍वरको वचनको स्वाद लिन भेला हुन्छन्, र यसले व्यक्तिको जीवनको सानो भागलाई...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश २०३

सिद्ध बनाइनु भनेको के हो? जितिनु भनेको के हो? मानिसहरूलाई जित्नका निम्ति कुन मापदण्डहरू पूरा हुनुपर्दछ? र तिनीहरूलाई सिद्ध बनाउनका निम्ति...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश १६

परमेश्‍वरको कामको दौरान भाग्ने व्यक्तिहरूप्रति परमेश्‍वरको आचरण यस प्रकारका मानिसहरू जहाँतहीँ हुन्छन्: परमेश्‍वरको मार्गको बारेमा निश्चित...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्