परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५८

धेरै चाँडो, मेरो काम सकिनेछ र धेरै वर्षहरूको साथ एउटा असहनीय सम्झना बनेको छ। मैले अविच्छिन्‍न रूपमा मेरा वचनहरू दोहोर्‍याएको छु र मेरो नयाँ कामलाई निरन्तर रूपमा फैलाएको छु। अवश्य नै, मेरो सल्लाह मैले गर्ने कामको हरेक अंशको निम्ति आवश्यक तत्व हो। मेरो परामर्शविना तिमीहरू सबै बरालिनेछौ र तिमीहरूले आफैलाई पूर्ण रूपले हराएको समेत पाउनेछौ। अब मेरो काम सकिन लागेको छ र यसको अन्तिम चरणमा छ। म अझ पनि परामर्श दिने काम अर्थात् तिमीहरूले सुन भनेर सल्लाहका वचनहरू प्रदान गर्न चाहन्छु। मैले भोगेका कष्टहरूलाई तिमीहरूले खेर जान दिँदैनौ र त्योभन्दा बढी, मैले लिएको विचारशील वास्तालाई तिमीहरूले बुझ्‍न सक्छौ र तिमीहरूले मेरा वचनहरूलाई मानवजातिको रूपमा गर्नुपर्ने व्यवहारको जगको रूपमा लिन्छौ भन्‍ने मात्रै म आशा गर्छु। ती तिमीहरूले सुन्‍न इच्छा गरेका वचनहरू भए पनि नभए पनि, ती तिमीहरूले आनन्दसाथ स्वीकार गर्ने भए पनि नगर्ने भए पनि, वा तिमीहरूले तिनलाई असजिलो मानेर मात्रै स्वीकार गर्न सके पनि, तिमीहरूले तिनीहरूलाई गम्भीर रूपमा लिनैपर्छ। अन्यथा, तिमीहरूको सतही र बेपर्बाह स्वभाव र आचरणहरूले मलाई गम्भीर रूपमा दुःखी बनाउने र अवश्य नै, ममा घृणा पैदा गर्नेछ। तिमीहरू सबैले मेरा वचनहरू घरीघरी—हजारौँ पटक—पढ्न सक्छौ र तिनलाई हृदयबाटै जान्‍न पुग्‍नेछौ भन्‍ने मलाई धेरै आशा छ। यसरी मात्र मैले तिमीहरूमाथि राखेका अपेक्षाहरूमा तिमीहरू असफल हुन सक्‍नेछैनौ। तथापि, अहिले तिमीहरूमध्ये कोही पनि यसरी जिएका छैनौ। यसको विपरीत, तिमीहरू सबै लम्पटताको जीवनमा, तिमीहरूका हृदय खुसी हुनेगरि खाने र पिउने कुरामा डुबेका छौ र तिमीहरूमध्ये कसैले पनि मेरा वचनहरूलाई तिमीहरूका हृदय र आत्मालाई समृद्ध गराउनको निम्ति प्रयोग गर्दैनौ। यस कारणले गर्दा, मानवजातिको साँचो चेहराको बारेमा म एउटा निष्कर्षमा पुगेको छु: मानिसले मलाई जुनसुकै समयमा विश्‍वासघात गर्न सक्छ र कोही पनि मेरा वचनहरूप्रति पूर्ण रूपमा विश्‍वासयोग्‍य हुन सक्दैन।

“शैतानले मानिसलाई यति भ्रष्ट पारेको छ कि ऊसँग अब उप्रान्त मानिसको स्वरूप नै छैन।” बहुसङ्ख्यक मानिसहरू अहिले यस वाक्यांशलाई केही हदसम्म पहिचान गर्दछन्। मैले यसो भनिरहेको छु, किनकि मैले उल्‍लेख गरेको “पहिचान” साँचो ज्ञान नभई सतही स्वीकार मात्र हो। तिमीहरूमध्ये कसैले पनि आफ्नो सही मूल्याङ्कन गर्न सक्दैनौ न त आफैलाई पूर्ण विश्‍लेषण नै गर्न सक्छौ, त्यसकारण तिमीहरू मेरा वचनप्रति अस्पष्ट नै छौ। तर यस पटक, म तिमीहरूभित्र अस्तित्वमा रहेको सबैभन्दा गम्भीर समस्याको वर्णन गर्न तथ्यहरूको प्रयोग गरिरहेको छु। त्यो समस्या विश्‍वासघात हो। तिमीहरू सबै “विश्‍वासघात” भन्‍ने शब्दसँग परिचित छौ, किनकि धेरैजसो मानिसहरूले अर्को व्यक्तिलाई विश्‍वासघात गर्ने केही गरेका हुन्छन्, उदाहरणको लागि श्रीमानले श्रीमतीप्रति गर्ने विश्‍वासघात, श्रीमतीले आफ्नो श्रीमानप्रति गर्ने विश्‍वासघात, छोराले आफ्नो बुबाप्रति गर्ने विश्‍वासघात, छोरीले आफ्नी आमाप्रति गर्ने विश्‍वासघात, नोकरले आफ्नो मालिकप्रति गर्ने विश्‍वासघात, मित्रहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, नातेदारहरूले एक-अर्काप्रति गर्ने विश्‍वासघात, विक्रेताहरूले क्रेताहरूप्रति गर्ने विश्‍वासघात इत्यादि। यी सबै उदाहरणहरूमा विश्‍वासघातको सार सम्मिलित छन्। छोटकरीमा, विश्‍वासघात यस्तो व्यवहार हो जसले मानवताको हराएको कुरालाई प्रदर्शन गर्दै प्रतिज्ञा तोड्छ, नैतिक सिद्धान्तहरूको उल्लङ्‍घन गर्छ वा मानव नैतिकताको विरुद्धमा काम गर्छ। सामान्य रूपमा भन्‍दा, यस संसारमा जन्म लिएको एक मानवजातिको रूपमा तैँले सत्यलाई धोका दिने केही कुरा गरेको हुनेछस्, तैँले अर्को व्यक्तिलाई धोका दिने केही कुरा गरेको तैँले सम्झे तापनि वा तैँले यस अघि धेरै पटक अरूप्रति विश्‍वासघात गरेको भए तापनि केही फरक पर्दैन। तैँले आफ्ना अभिभावकहरू वा मित्रहरूप्रति विश्‍वासघात गर्न सक्‍ने भएको कारण, तँ अरूप्रति पनि विश्‍वासघात गर्न सक्षम छस्, र यसका अलाबा तँ मलाई विश्‍वासघात गर्न र मैले घृणा गर्ने कुराहरू गर्न सक्षम छस्। अर्को शब्दमा, विश्‍वासघात सतही नैतिक व्यवहार मात्र होइन, तर सत्यसँग बाझिने कुरा हो। यथार्थमा यही नै मानवजातिको मप्रतिको प्रतिरोध र अनाज्ञाकारिताको स्रोत हो। यसैले देहायको अभिव्यक्तिमा मैले यसको सारांश दिएको छु: विश्‍वासघात गर्नु मानिसको स्वभाव हो र मसँगको हरेक व्यक्तिको मिलापको निम्ति यो स्वभाव सबैभन्दा ठूलो शत्रु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४१२

मानिसहरूले परमेश्‍वरका वचनहरू जति धेरै ग्रहण गर्छन्, उनीहरूले त्यति नै धेरै अन्तर्दृष्टि प्राप्त गर्छन् र परमेश्‍वरलाई चिन्ने आफ्‍नो खोजीमा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४०५

मैले अघिबाटै भनेको छु, “चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्नमा मात्र ध्यान दिनेहरू सबैलाई त्यागिनेछ; तिनीहरू ती होइनन्, जसलाई सिद्ध बनाइनेछ।”...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ३९३

सबै मानिसहरूमा हुने साधारण समस्या चाहिँ यो हो कि उनीहरूले सत्यता बुझ्छन् तर यसलाई व्यवहारमा लागू गर्नलाई असफल हुन्छन्। एकातिर उनीहरू मूल्य...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४२

शैतानले पहिलोपटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरिन्छ र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ) (छनौट गरिएका खण्डहरू) अय्यूबको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्