परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३५०

मानवजातिलाई म जित्‍नेछु किनकि मानिसहरूको सृष्टि मैले नै गरेँ र, यसका अतिरिक्त, तिनीहरूले मेरो सृष्टिको प्रचुरताको आनन्द लिएका छन्। तर मानिसहरूले मलाई इन्कार पनि गरेका छन्; म तिनीहरूका हृदयमा अनुपस्थित छु, अनि तिनीहरूले मलाई तिनीहरूको अस्तित्वको निम्ति बोझको रूपमा हेर्छन्, यतिसम्म कि तिनीहरूले मलाई देखेर पनि अझै इन्कार नै गर्छन् र मलाई हराउने हरसम्भव तरिकाहरूको बारेमा सोचेर तिनीहरूका दिमागलाई यातना दिन्छन्। तिनीहरूलाई मैले गम्भीर तवरले व्यवहार गरेको वा तिनीहरूसँग कठोर मागहरू गरेको मानिसहरू चाहँदैनन्, न त तिनीहरूको अधार्मिकताको न्याय गर्ने वा त्यसको सजाय दिने अनुमति नै मलाई दिन्छन्। यसमा संलग्‍न हुनु त दूरको कुरा, बरु तिनीहरूलाई यो झमेलामय लाग्छ। र यसैले मानवजातिलाई लिनु र तिनीहरूलाई पराजित गर्नु मेरो काम हो, जो ममा खान्छ, पिउँछ र रमाउँछ तर मलाई चिन्दैन। म मानवजातिलाई निःशस्त्र पार्नेछु, र त्यसपछि मेरा स्वर्गदूतहरू, मेरो महिमालाई लिएर मेरो वासस्थानमा फर्कनेछु। किनकि मानिसहरूका कार्यहरूले धेरै पहिलेदेखि नै मेरो हृदय तोडेको छ र मेरा कामलाई टुक्राटुक्रा पारेका छन्। मानिसहरूलाई तिनीहरूको जीवन निरन्तर रूपमा जिउन, निरन्तर “शान्ति र सन्तुष्टिका साथ जिउन र काम गर्न”, निरन्तर “तिनीहरूका आफ्नै खेतबारीहरूमा खेतीपाती गर्न” दिएर म खुसीसाथ फर्केर जानुअघि मेरो महिमा पुनः कब्जा गर्ने मेरो इरादा छ, र म तिनीहरूको जीवनमा कहिले पनि हस्तक्षेप गर्नेछैन। तर अहिले दुष्टको हातबाट मेरो महिमा पूर्ण रूपमा पुनः कब्जा गर्ने, पृथ्वीको सृष्टि गर्दा मैले मानिसभित्र हालिदिएको महिमाको पूर्णता फिर्ता लिने मेरो इरादा छ। मानव जातिलाई म कहिले पनि यो फेरि दिनेछैन। किनकि मानिसहरूले मेरो महिमाको संरक्षण गर्न चुकेका मात्र छैनन्, तर तिनीहरूले यसलाई शैतानको प्रतिरूपसँग साटेका पनि छन्। मानिसहरू मेरो आगमनलाई मूल्यवान् ठान्दैनन् न त मेरो महिमाको दिनलाई नै महत्त्व दिन्छन्। मेरो महिमा मलाई फिर्ता दिनु त कहाँ हो कहाँ, तिनीहरू मेरो सजाय प्राप्त गर्ने कुरामा प्रसन्‍न समेत हुँदैनन्, न त तिनीहरू दुष्टको विष फ्याँक्‍न नै इच्छुक छन्। मानवजातिले मलाई त्यही पुरानो तरिकाले नै निरन्तर रूपमा धोका दिन्छ, मानिसहरूले अहिले पनि उही पुरानो तरिकाले नै उज्यालो मुस्कानहरू र खुसी अनुहारहरू धारण गर्छन्। तिनीहरूबाट मेरो महिमा हटेपछि तिनीहरूमाथि आइपर्ने अन्धकारको गहिराइको बारेमा तिनीहरू अनभिज्ञ छन्। विशेष गरी, जब सम्पूर्ण मानवजातिमाथि मेरो दिन आउँछ, यो तिनीहरूको निम्ति नोआको समयको भन्दा कठिन हुन्छ, किनकि इस्राएलबाट मेरो महिमा हट्दा इस्राएल कति अँध्यारो भएको थियो भन्‍ने तिनीहरूलाई थाहा छैन, किनकि निस्पट्ट अन्धकारमय रात कटाउन कति कठिन थियो भन्‍ने कुरा मानिसले बिहान हुँदा भुलिहाल्छ। जब सूर्य फेरि लुक्‍न जान्छ अनि मानिसमाथि अन्धकार आइपर्छ, उसले फेरि अन्धकारमा विलाप गर्छ र आफ्ना दाह्रा किट्नेछ। इस्राएलबाट मेरो महिमा हट्दा ती कष्टका दिनहरू सहन इस्राएलीहरूलाई कति कठिन भएको थियो भन्‍ने के तिमीहरूले बिर्सेका छौ? तिमीहरूले मेरो महिमा देख्‍ने समय अहिले नै हो, र तिमीहरू मेरो महिमामा सहभागी हुने समय पनि अहिले नै हो। जब मेरो महिमाले यो फोहोरी भूमि छोड्छ तब अन्धकारको बीचमा मानिसले विलाप गर्नेछ। मैले काम गर्ने महिमाको दिन अहिले नै हो, मैले मानवजातिलाई दुःखबाट मुक्त गर्ने दिन यही हो, किनकि पीडा र सङ्कटका समयहरू म तिनीहरूसँग बाँड्नेछैनँ। म मानवजातिलाई पूर्ण रूपमा जित्‍न र मानवजातिको दुष्टलाई पूर्ण रूपमा पराजित गर्न मात्र चाहन्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ४९

अय्यूबको दैनिक जीवनमा हामी तिनको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरण देख्छौँ यदि अय्यूबको बारेमा कुरा...

परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५५०

हिजोआज मानिसहरूको खोजमा विचलन छ; तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र खोज्छन्, तर तिनीहरूमा परमेश्‍वरको कुनै...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६५

जुन दिन सबै कुराको पुनरुत्थान भएका थिए, म मानिसको बीचमा आएँ र मैले उसँग सुन्दर दिन र रातहरू बिताएको छु। यस अवस्थामा मात्र मानिसले मेरो...