परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३४८

मानिसको व्यवस्थापन गर्नु सदैव मेरो कर्तव्य रहिआएको छ। यसको अतिरिक्त, मैले संसारको सृष्टि गर्दा नै मानिसमाथिको विजयको ठहर गरेँ। आखिरी दिनहरूमा मानिसलाई पूर्ण रूपमा जित्‍ने छु अथवा मानवजातिका बीचमा भएका विद्रोहीहरूको विजय नै शैतानमाथिको मेरो विजयको प्रमाण हो भन्‍ने कुरा मानिसहरूलाई थाहा नहुन सक्छ। तर जब मेरो शत्रु मसँग युद्ध गर्न आयो, तब मैले त्यसलाई शैतानले बन्दी बनाएर आफ्ना सन्तान र त्यसको घरको रखवाली गर्ने निष्ठावान दासहरू बनाएकाहरूलाई म जित्‍ने छु भनेर अगाडिबाटै भनेँ। जित्‍नुको मूल अर्थ हराउनु, शर्ममा पार्नु हो; इस्राएलीहरूको भाषामा, यसको अर्थ पूर्ण रूपमा हराउनु, नाश गर्नु र मेरो विरुद्धमा थप प्रतिरोध गर्न असक्षम तुल्याउनु भन्‍ने हुन्छ। तर आज तिमीहरूको माझ प्रयोग गर्दा यसको अर्थ जित्‍नु हुन्छ। मानवजातिको दुष्टलाई पूर्ण रूपमा समाप्त गर्नु र पूरै पराजित गर्नु सधैँको मेरो अभिप्राय रहिआएको छ भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ, ताकि त्यसले फेरि मेरो विरुद्ध विद्रोह गर्न नसकोस्, मेरो कामलाई बाधा दिने वा खलबलाउने कुनै सास हुने कुरा त परै जाओस्। यसैले, मानिसको सवालमा यस शब्दको अर्थ विजय हासिल गर्नु हुन आउँछ। यस शब्दको अर्थहरू जेसुकै भए तापनि मानवजातिलाई हराउनु मेरो काम हो। मानवजाति मेरो व्यवस्थापनको थप भाग हो भन्‍ने कुरा केही समयको लागि सत्य हो, यसलाई अझ स्पष्टताका साथ भन्‍दा मानवजाति मेरो शत्रुबाहेक अरू कोही पनि होइन। मानवजाति मेरो विरोध गर्ने र अवज्ञा गर्ने दुष्ट हो। मानवजाति मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मलाई धोका दिने प्रधान स्वर्गदूतको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मैले धेरै पहिले त्यागेको दुष्टको पैतृक सम्पत्ति बाहेक कोही पनि होइन, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ। सुरुमा मैले मानवजातिलाई बनाएँ; अर्थात् मानवजातिको पुर्खा आदमलाई बनाएँ। ऊ बल, तेजले भरिएको स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको सहभागितामा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेका मानिसहरू मेरा सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए। आदम मूलरूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा बनाइएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको भन्‍ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्‍ने, मेरो प्रतिरूप भएको र मेरो सास भएको सृष्टि गरिएको एक मात्र प्राणी थियो। सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै ठहराएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी हुन्छ। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृजिएकी दोस्री मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्‍ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाहीका हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए। तथापि, मानवजातिको संसारलाई पूर्ण अन्धकारमा धकेल्दै मानवजातिका पुर्खाहरूका सन्तानलाई दुष्टले कुल्चियो र बन्दी बनायो र ती सन्तानले मेरो अस्तित्वमा विश्‍वासै नगर्ने बनाइदियो। त्योभन्दा घृणित कुरा त यो छ कि दुष्टले मानिसहरूलाई भ्रष्ट पार्ने र तिमीहरूलाई कुल्चीमिल्ची पार्ने काम गर्दा यसले मेरो महिमा, मेरो गवाही, मैले तिनीहरूलाई दिएको जीवनशक्ति, तिनीहरूमाथि मैले फुकेको सास र जीवन, मानव संसारमा भएको सारा महिमा र मैले मानवजातिमा खर्च गरेको मुटुको सारा रगतलाई क्रूरताका साथ जबरजस्ती खोस्दै छ। मानवजाति अब उप्रान्त ज्योतिमा छैन, मानिसहरूले मैले दिएका सबै कुराहरू गुमाएका छन् र मैले दिएको महिमालाई तिनीहरूले लत्याएका छन्। सृष्टि गरिएका सबै प्राणीहरूको परमप्रभु म नै हुँ भन्‍ने कुरा तिनीहरूले कसरी स्वीकार्न सक्छन्? स्वर्गमा भएको मेरो अस्तित्वलाई तिनीहरूले कसरी निरन्तर विश्‍वास गर्न सक्छन्? पृथ्वीमा मेरो महिमाको प्रकटीकरणलाई तिनीहरूले कसरी पत्ता लगाउन सक्छन्? तिनीहरूका पुर्खाहरूले श्रद्धा गरेका परमेश्‍वरलाई यी नातिनातिनाहरूले कसरी तिनीहरूलाई सृष्टि गर्ने परमेश्‍वरको रूपमा लिन सक्छन्? यी दयनीय नातिनातिनाहरूले मैले आदम र हव्वालाई दिएको महिमा, प्रतिरूप र गवाहीका साथै मैले मानवजातिलाई प्रदान गरेको अस्तित्वमा रहनको निम्ति तिनीहरू भर पर्ने जीवन उदारतापूर्वक दुष्टलाई “सुम्पिएका” छन्; र दुष्टको उपस्थितिप्रति तिनीहरू पूर्णरूपमा अनभिज्ञ छन्, र मेरो सारा महिमा त्यसलाई दिन्छन्। “मैला” शब्दको स्रोत यही होइन र? यस्तो मानवजाति, यस्ता दुष्ट भूतहरू, यस्ता हिँड्ने लाशहरू, यस्ता शैतानका आकृतिहरू, यस्ता मेरा शत्रुहरूले कसरी मेरो महिमा प्राप्त गर्छन्? म मेरो महिमालाई पुनः कब्जा गर्नेछु, मानिसहरूको माझमा रहेको मेरो गवाही र कुनै बेला मसँग भएका सबै कुराहरू र मैले धेरै पहिले मानवजातिलाई दिएका कुराहरूलाई म पुनः कब्जा गर्नेछु—म मानवजातिलाई पूर्ण रूपमा जित्‍ने छु। तथापि, मैले सृष्टि गरेका मानवहरू मेरा प्रतिरूप र मेरो महिमा भएका पवित्र मानिसहरू थिए भन्‍ने कुरा तैँले थाहा पाउनुपर्छ। तिनीहरू शैतानका थिएनन्, न त तिनीहरू त्यसको कुल्चाइका वशमा नै थिए, तर तिनीहरू अलिकति पनि शैतानको विष नभएका मेरा विशुद्ध प्रकटीकरण थिए। अनि यसैले, मैले मेरा हातले सृष्टि गरेका, मैले प्रेम गर्ने र अन्य कसैको स्वामित्वमा नभएका पवित्र जनहरूलाई मात्र म चाहन्छु भन्‍ने कुराको जानकारी म मानवजातिलाई दिन चाहन्छु। यसका अतिरिक्त, म तिनीहरूमा आनन्दित हुनेछु र तिनीहरूलाई मेरा महिमा ठान्‍नेछु। तथापि, शैतानले भ्रष्ट पारेको, आज शैतानको वशमा भएका र जो उप्रान्त मेरो मूल सृष्टि होइनन् ती मानवजातिको चाहना मैले गरेको होइन। किनकि शैतानलाई पराजित गरेको महिमाको प्रमाणको रूपमा मानव संसारमा अस्तित्वमा रहेको मेरो महिमालाई म पुनः कब्जा गर्नेछु, मानवजातिका बीचमा बाँचेकाहरूमाथि म पूर्ण विजय हासिल गर्नेछु। मेरो व्यक्तित्वको क्रिस्टलीकरणको लागि मेरै गवाहीलाई मात्र मेरो आनन्दको वस्तुको रूपमा म लिन्छु। मेरो इच्छा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७६

पवित्र आत्माका सबै कार्य मानिसहरूको फाइदाको निम्ति गरिएका हुन्छन्। यसले मानिसहरूलाई सुधार गर्छ; मानिसहरूलाई फाइदा नगर्ने कुनै कार्य छैन।...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ५०

राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको पूर्णतामा प्रकट भएको...

परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२४

तिमीहरू सबैले अब परमेश्‍वरमाथिको विश्‍वासको साँचो अर्थलाई बुझ्नुपर्छ। मैले यसअघि बताएको परमेश्‍वरमाथिको विश्‍वासको अर्थ तिमीहरूको सकारात्मक...

परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वर देखा पर्नु र उहाँको काम | अंश ६९

मेरो महिमा देख्न तिनीहरू कसैसँग विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिको माझबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्